प्रतिघन्टा १६० किमि गतिमा हुइँकिने बिजुली रेल केही वर्षमै तराईका विभिन्न जिल्लामा छुक्छुकाउनेछ। नेपालकै पहिलो विद्युतीय रेलवे सेवा 'बर्दिबास–सिमरा १०८ किमि' खण्ड निर्माण आइतबार शिलान्यास हुँदैछ। यसमा जयनगर–जनकपुर–महोत्तरी रुट जोडेर लिगको लम्बाइ १६७ किमि बनाउने काम दुई खण्डबाट यसअघि नै सुरु भइसकेको छ।
बर्दिबास¬–सिमरा विद्युतीय रेलमार्ग निर्माण आइतबार सर्लाही रानीगन्जमा एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले औपचारिक शिलान्यास गर्दैछन्।
नेपाल रेलवे विभागका अनुसार यससँगै नेपालमा विद्युतीय रेलवेको भौतिक निर्माण सुरु हुनेछ। त्यसका लागि विभागका सुपरिटेन्डेन्ट इन्जिनियर राजेश्वरमान सिंह र सिनियर डिभिजनल इन्जिनियर टेकराज बोहरालगायतको टोली शनिबारै बर्दिबास आइसकेको छ।
सम्बन्धित निर्वाचन क्षेत्रका सभासद, राजनीतिक दलका नेता–कार्यकर्ता तथा नागरिक समाजका अगुवा नेपालकै पहिलो विद्युतीय रेलवे निर्माण सेवा शिलान्यासमा उत्साहपूर्वक सहभागी हुने स्थानीय कृष्ण खनालले जानकारी दिए। उनका अनुसार तराईका विभिन्न जिल्ला जोड्ने यो सेवा सञ्चालनमा आएपछि उक्त क्षेत्रका बासिन्दालाई छिटो र सुलभ यातायात सुविधा मात्र प्राप्त हुनेछैन, विकास निर्माणले समेत फड्को मार्नेछ।
महोत्तरीको बर्दिबासबाट बाराको सिमरासम्म (१०८ किमि) विद्युतीय रेलवे निर्माण ६ वर्षभित्र पूरा गरिसक्ने लक्ष्य विभागले लिएको सुपरिटेन्डेन्ट इन्जिनियर सिंहले जानकारी दिए।
उनका अनुसार निर्माण तीन चरणमा विभाजन गरी काम अघि बढाइनेछ। आइतबारदेखि सुरु हुन लागेको पहिलो चरणमा सर्लाही फुलजोरबाट पश्चिम सवा पाँच किलोमिटरसम्म माटो पुर्ने र कल्भर्ट तथा पुल बनाउने काम हुनेछ। यो काम ३० करोडमा ठेक्का दिइएको सिंहले बताए।
'माटो पुर्ने र कल्भर्ट बनाउने कामका लागि तीनवटा नेपाली निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का पाएका छन्,' उनले भने। रेलवे निर्माणमा सबै खर्च नेपाल सरकार आफैंले बेहोर्ने सिंहले जनाए।
पूरै योजना सम्पन्न गर्न ४ अर्बभन्दा बढी लाग्ने अनुमान डिभिजनल इन्जिनियर बोहराको छ। 'यो विद्युतीय रेल हो, मेटेरियल, निर्माण कार्य सबै महँगो पर्छ,’ बोहराले नागरिकसँग भने, 'पूरै काम सकेर रेलसेवा चालु गर्न प्रतिकिमि ४० करोड हाराहारी लागत पर्ने देखिन्छ।’
राणाकालदेखि नै महोत्तरीको बिजलपुरादेखि भारतको जयनगरसम्म सञ्चालित 'न्यारोगेज' रेलवे स्तरोन्नति गरी बर्दिबाससम्म पुर्यादउने काम सुरु भइसकेको छ। ब्रोडगेजमा बनिरहेको जयनगर–जनकपुर–बर्दिबास रेलवेको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको बोहराले बताए।
दुवै काम पूरा भएपछि भारतको जयनगर जनकपुर, महोत्तरी, सर्लाही, रौतहट हुँदै बाराको सिमरासम्म १ सय ६७ किमि रेलमार्ग सुरु हुनेछ।
जनकपुर–जयनगर रेलसेवा सुरुमा महोत्तरीको बिजुलपुरासम्म सञ्चालित थियो। बगहीखोलाको पुल भत्किँदा सेवा जनकपुरमै सीमित भएको थियो। अहिले दुवैतिरबाट रेलवे निर्माण थालिएको स्थानीय खनालले जानकारी दिए।