
कोरला नाका खोल्न धौलागिरि अञ्चलबासी एकजुट
उपल्लो मुस्ताङमा तिब्वतबाटै सबै सामान आयात हुने गर्दछ । नाका खुलेमा मुस्ताङको भूभाग सहित धौलागिरि अञ्चलका अन्य जिल्लाले समेत प्रत्यक्ष लाभ लिनेछन् । भारतले दक्षिणका सिमा नाकाहरुमा गरेको अघोषित नाकाबन्दीका कारण देशभरको जनजिवन प्रभावित बनिरहेको अवस्थामा नेपाल र चीनबीच ब्यापारीक दृष्टिकोणले सबैभन्दा नजिक तथा उत्तम मानिएको कोरला नाका खोल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले बेनीअनलाइनलाई बताए ।
शनिबारको छलफलबाट थप योजना बनाएर अगाडी बढ्ने उनले बताए । कोरला नाकासम्म मुस्ताङ तर्फबाट सडक सुबिधा पुगीसकेको छ । हालै सिमा प्रशासन कार्यालय लोमान्थाङमा भएको बार्तामा तिब्बती अधिकारीहरु पनि नाका खोल्न सकारात्मक देखिएका थिए । नाका खुलाउन चिन सरकारलेनै निर्णय गर्नुपर्ने उनिहरुको भनाई थियो । चिनिया पक्षले कोरला नाका र उपल्लो मुस्ताङलाई चिन बिरोधी गतिबिधि हुन सक्ने भन्दै सुरक्षाका हिसावले संवेदनशिल मानेको छ ।
Subscribe to:
Posts (Atom)