पार्टीमा वेश्या बोलाउँने राजदूतको जागिर चट


hondurasबोगोटा, पुस २२, होन्डुरस सरकारले कोलम्बियामा तैनाथ आफ्ना राजदूतलाइ क्रिसमस पार्टीमा वेश्याहरूलाइ बोलाएको मामलामा बर्खास्त गरेको छ ।  आधिकारिक सूत्रहरूले जनाए अनुसार यो पार्टी बोगोटा स्थित दूतावासमा आयोजना गरिएको थियो । ती वेश्याहरूलाइ ल्याउनका लागी दूतावासको सरकारी गाडीको प्रयोग गरिएको थियो । उनीहरूले दुतावासबाट ल्यापटप र मोबाइल फोन पनि चोरेर लगेका थिए । 

यस मामलालाइ गम्भीरताका साथ हेर्दै राजदूत कारलोस रोड्रिगजलाइ आफ्नो पदबाट राजिनामा दिन निर्देशन दिइएको छ ।
होन्डुरस सरकारले यस मामलालाइ उच्च स्तरीय जांचका लागी एक कमिटी गठन समेत गरेको छ । उता कोलम्बिया प्रहरी भने ती दुइ बेश्याहरूको खोजी गरिरहेको छ । यो पार्टी राजदूतका एक नजिकका अधिकारीले आयोजना गरेको बताइएको छ ।

खुल्ला चौरमै वेड सिन भिडियो


 खुल्ला चौरमै वेड सिन भिडियो 

जार’सँग मागियो एक करोड



१९ पुस, हेटौंडा । आफ्नै श्रीमतीका पूर्वपति (जार)ले ज्यान मार्ने
धम्की दिएपछि मकवानपुरका एक युवक
श्रीमतीसहित घर छाडेर सदरमुकाम हेटौंडा पुगेका छन् ।
‘आफ्नी पत्नी’सँग बिहे गरेको भन्दै
पूर्वपतिले क्षतिपूर्ति वापत १ करोड
रुपैयाँ माग्ने र ज्यान मार्ने धम्कीसमेत
दिने गरेपछि ज्यानकै असुरक्षा भएको भन्दै
ती युवक श्रीमतीसहित हेटौंडा आएका हुन् ।
आफ्नी श्रीमती लगिदिएको भन्दै
ती पुरुषले आफूसँग क्षतिपूर्तिबापत १
करोड रुपैयाँ माग्नुका साथै ज्यानमार्ने
धम्की दिएको ठिंगन ५ का अष्टबहादुर
स्याङतानले बताए । उनले गत ११
मंसिरमा रिनु सिंगरसँग बिबाह
गरेका थिए । रिनुको २०६३
सालमा मन्थली २ का मोटेबहादुर गोलेसँग
१२ बर्षकै उमेरमा बिहे भएको थियो । तर,
श्रीमान् र देवरले सँधै कुटपिट मात्र गर्ने
र काममा मात्र लगाउने गरेपछि रेनुले
गोलेलाई छाडेकी थिइन् ।
पहिलो श्रीमानबाट रेनुको ४
बर्षको छोरो छ, उनी बाबुसँगै बस्दै
आएका छन् ।