किस खाने विद्यार्थी हाम्रा होइनन्” (भिडियोसहित)



नवलपरासीको गैँडाकोटस्थित रानीखोलामा सामूहिक चुम्बन खाने चार जना विद्यार्थी स्थानीय सरस्वती निकेतन विद्यालयका पूर्वविद्यार्थी भएको पुष्टि भएको छ । चार जोडी विद्यार्थीले सामूहिक चुम्बन गरिरहेको भिडियो यु–टयुबमार्फत सार्वजनिक भएको थियो ।
सरस्वती निकेतनले बुधबार पत्रकार सम्मेलन गरी यस घटनामा विद्यालयको नाम मुछिएकोप्रति दु:ख व्यक्त गरेको हो । विद्यालयले घटनामा संलग्नमध्ये कुनै पनि विद्यार्थी हाल अध्ययनरत नरहेको जनाएको छ । ‘चार जना केही पहिलेका विद्यार्थी हुन्, अरू वरिपरिका विद्यालयका छन् तर हाम्रो नाम जोडेर प्रचारबाजी भएकोमा हामी दु:खी भएका छाँै,’ सरस्वती निकेतनका प्रिन्सिपल भरतबन्धु कँडेलले भने ।
भिडियोमा देखिनेमध्ये दर्शना गुरुङ र कविता गोतामेलाई कक्षा १० मा पढ्दापढ्दै अश्लील क्रियाकलापमा लागेको भनेर विद्यालयले निष्काशन गरेको प्रिन्सिपल कँडेलले जानकारी दिए । त्यस्तै किस्मत गुरुङ र अजित भुजेलले गत साल एसएलसी सकेर विद्यालयबाट गएको उनको भनाइ छ । भिडियोमा देखिएका रजिना कुमाल, टेकबहादुर, रोजिना थापा, दुर्गा नाम गरेकाहरू अन्य विद्यालयका रहेको सरस्वती निकेतनले जनाएको छ ।
स्थानीय समुदायले स्कुले विद्यार्थीले यसरी सामूहिक चुम्बन गरेको भिडियो सार्वजनिक हुनुलाई अश्लीलताको पराकाष्ठा भनेका छन् । दृश्यमा रानीखोलाको किनारका ढुंगामाथि किशोर–किशोरीले चुम्बन गर्दै कसले लामो समयसम्म गर्न सक्ने भनी प्रतिस्पर्धा गरिएको देखिन्छ । हाल विद्यालयसँग असम्बन्धित बिद्यार्थीहरूको भिडियोमा नाम जोडेर यु–टयुबमा सार्वजनिक गरिएकोमा सरस्वती निकेतनले कानुनी उपचारका लागि उजुरी गर्ने जनाएको छ । ‘हाम्रो विद्यालयको नाम जोडेर किन सार्वजनिक भयो, हामी यसबारे कानुनी लडाइँ लड्छाँै, साइबर अपराधको मुद्दा दर्ता गर्ने तयारी गर्दै छाँै,’ प्रिन्सिपल कँडेलले भने ।
झन्डै दुई महिनाअघि भएको भनिएको सो घटनालगत्तै इलाका प्रहरी कार्यालय गैँडाकोटले पक्राउ गरी छानबिन गरेको भन्दै विद्यालयले भिडियो सार्वजनिक हुनुमा प्रहरी पनि जिम्मेवार रहेको आरोप लगाएको छ । उनीहरू र उनीहरूका अभिभावक कोही आफ्नो सम्पर्कमा नरहेको विद्यालयको भनाइ छ । भिडियोबारे पहिल्यै जानकारी भए पनि विद्यालयको नाम जोडिएको हाल मात्र थाहा पाएपछि स्पष्टकरण दिन पत्रकार सम्मेलन गर्नुपरेको प्रिन्सिपलले सुनाए । सरस्वती निकेतन व्यवस्थापन समितिका अध्यक्ष टोलनाथ घिमिरे, अभिभावक शिक्षक संघका अध्यक्ष रामनाथ तिमिल्सिना, भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण कँडेल र विद्यार्थी इकाइ समितिका सभापति रवि थापाले संयुक्त विज्ञप्ति जारी गर्दै यथार्थ विवरण पत्ता लगाई दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् 

नेपालकी बिन्दु अमेरिकामा ‘पोर्न स्टार’





एसएलसी पनि पास नगरेकी पोखरा हेम्जाकी बिन्दू परियार अहिले अमेरिकी बजारमा हटी बिन्दुको नामले चिनिन्छिन् । बयस्क क्लवमा एकपछि अर्को गर्दै कपडा उतारेर नाच्ने स्ट्रीपर डान्सरको पेशामार्फत यौन बजारमा छिरेकी बिन्दु अहिले पोर्न स्टारका रुपमा अघि बढिरहेकी छिन् ।
युट्युव तथा बिभिन्न वेबसाइटमा बिन्दुका सेक्स भिडियोहरु प्रसस्त भेट्न सकिन्छ । बिन्दु नेपाली, हटी बिन्दु र बिन्दु परियारका नाममा उनका यौनलीला प्रर्दशन गरिएका भिडियोहरु भेट्न सकिन्छ । ती भिडियोहरुमा उनले आफुलाई नेपालीका रुपमा चिनाएकी छिन् । कतिपय भिडियोमा नेपालीमै बोलेको पनि भेटिन्छ ।बिन्दु खुलेआम स्ट्रीपर डान्सर र पोर्न स्टारका रुपमा चिनिन खोज्दैछिन् । स्ट्रीपर डान्स अमेरिकामा कानुनी मानिन्छ ।पोखराकी बिन्दु कसरी अमेरिका पुगिन, कसरी पोर्न स्टार बनिन, त्यसको बेग्लै कथा छ । सन् २००० मा पोखरामा एक अमेरिकी पर्वतारोहीसँग भेट हुन्छ बिन्दुको । बिन्दुको रुपबाट आर्कषिर्त ती पर्वतारोहीले बिहे गर्ने प्रस्ताव गर्छन, त्यसलाई स्वीकार्दै १७ बर्षे बिन्दु झण्डै दोब्बर उमेरका अमेरीकीसँग बिबाह गरेर अमेरिका पुग्छिन् ।


ती पर्वतारोहीको वाचा हुन्छ- औपचारिक बिहे गरेर श्रीमती बनाउने, सन्तान जन्माउने र सन्तानलाई अमेरिकी नागरिकता दिलाउने । तर पर्वतारोहीले श्रीमती बनाएर राखेपनि औपचारिकता दिएनन् । एक दिन पार्टीमा क्लव गएका बेला स्ट्रीपर डान्सर भेटिन र आफ्ना श्रीमानलाई त्यस्तो अंगाल्ने प्रस्ताव राखिन् । श्रीमानले प्रस्ताव स्वीकार गरेपछि उनी स्ट्रीपर डान्सरका रुपमा काम गर्न थाल्छिन् ।

बर्षमा आधा समय पर्वततिर घुम्ने श्रीमानको अभावमा उनले नयाँ नयाँ मानिससँग सम्बन्ध गाँस्छिन, उनमा आत्मबिश्वास पलाउँदै जान्छ र ब्यबसायीक पोर्न स्टारका रुपमा काम गर्न थाल्छिन् ।
बिन्दु अहिले अमेरिकाको टेक्सासका क्वलहरुमा काम गर्छिन । ब्यबसायीक पोर्न स्टारका रुपमा स्थापित हुने उनको सपना छ ।

वहालवाला मन्त्री टोपबहादुर रायमाझी पत्नीको चर्तिकलाको यथार्थता


Couple1_f


वहालवाला मन्त्रीको श्रीमतीलाई अपुग के होला? उत्तर सजिलै आउन सक्छ, अपुग केही हुन्न। हुन पनि हो, क्षमता, विवेक, बुद्धी, शिष्टतालाई भन्दा तडक भडक, ढोंग, पाखण्ड देखाउनेलाई बढी सम्मान गर्ने हाम्रो जस्तो समाजमा मन्त्रीको पत्नीलाई शक्ति सान, सौकत सबै उपलब्ध नहुने कुरै रहेन। तर, यी सबै चिज उपलब्ध हुँदाहुँदै पनि स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको निवर्तमान श्रीमती योगमाया बन्जाडे ‘सिमा’ ले मन्त्री श्रीमानलाई नै छोडेको घटनालाई सामान्य रुपमा लिन सकिन्न। रायमाझी र उनको कौशलबाट प्राप्त वैभवलाई बन्जाडेले किन परित्याग गरिन? बन्जाडेले आरोप लगाए जस्तै रायमाझीले यौनतुष्टी पुरा गरिदिन नसकेकोले मात्र उनी ‘पोइला’ गएकी हुन? वा यसभित्र लुकेका कारणहरू अझ गम्भिर छन्? खोजीनीति सुरु हुनु स्वभाविकै हो। किनभने यस काण्डले रायमाझीको राजनीतिमा ग्रहण लाग्ने निश्चित छ।

बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला रायमाझीलाई धोका दिन र उनको राजनीतिक भविष्य डामाडोल बनाई दिन सक्ने उल्लेख थियो। स्रोतका अनुसार बन्जाडेका लागि नयाँ–नयाँ पुरुष फेर्नु गिलासको पानी पिउनु जति कठिन पनि थिएन। युद्धकालमा भारतमा रहँदा उनले दुई पटक परपुरुषसँग घरजम गरिसकेकी थिइन। त्यसक्रममा एक पटक दुई महिनापछि आफै फर्किएर आएकी थिइन भने एक पटक खोजेर ल्याइएको थियो। आफ्नो श्रीमतीको चरित्रबारे रायमाझी स्वयं पनि जानकार थिए। तर, पनि किन उनले बन्जाडेलाई नियन्त्रण गर्न सकेनन? यो भने निकै रहस्यको विषय रहेको उनी निकटस्थहरू बताउँछन्। रायमाझीको कुनै न कुनै ‘लुज प्वाइन्ट’ मा टेकेर बन्जाडेले बार्गेनिङ गर्ने गरेको र त्यही कारण उनले श्रीमतीलाई नियन्त्रणमा राख्न नसकेको जानकारहरूको दावी छ।

स्रोतका अनुसार त्यो वार्गेनिङ प्वाइन्ट भनेको आर्थिक अपचलन हुन सक्छ। बुझिए अनुसार सशस्त्र युद्ध चलिरहेकै बेला बन्जाडेले दिल्ली नजिकैको नोयडामा फ्ल्याट खोज्दै हिडेकी थिइन्। त्यसबेला रायमाझी दम्पतीले फ्ल्याट खरिद गरेका हुन सक्छिन। ‘सायद तैले मलाई नियन्त्रण गर्न खोजिस भने पोल खोलिदिन्छु भनेर बन्जाडेले बार्गेनिङ गरेकी र त्यही भएर रायमाझीले उनलाई नियन्त्रणमा लिन नसकेका हुन सक्छन।’स्रोत भन्छ।

स्रोतका अनुसार बन्जाडेले बुटवलमा बिहानै देखि वियर खाएर मात्ने गरेकी थिएन भने मधेसमुलको एक जना कवाडी ठेकेदारसँग पनि लहसिएकी थिइन्। बुटवलकै एउटा अपार्टमेन्टमा रहेको रेष्टुरेष्टमा गएर उनीहरूले वियर खाने गरेका थिए। बन्जाडेलाई विभिन्न पुरुषहरूसँग लहसिने बानी रायमाझीसँग विवाह हुनु अघि देखि नै लागेको हो। स्रोतका अनुसार उनका बाबु भारतमा दिल्लीनगरको हरियो गाडी चलाउँथे। बाबुकै पछि लागेर वन्जाडेका दाजुले पनि दिल्ली नगरको गाडी चलाउने काम नै गरिरहेका छन्। र, उनीहरू दिल्लीमै बस्छन्। उनीहरूको आय राम्रै छ। सानै देखि घरमा तास खेल्न, मादक पदार्थ सेवन गर्न आइरहनेहरूको संगतबाट उनी पुरुषहरू फेरिरहने बानी परेकी हुन्।
माओवादी शान्ति प्रक्रियामा आएर बन्जाडे बुटवलमा बस्न थालेपछि पनि उनले अहिले विवाह गरिएको भनिएका रामबहादुर कार्की बाहेकका पुरुषहरूसँग समेत यौन सम्वन्ध कायम राख्ने गरेकी स्रोतको दावी छ। बुझिए अनुसार बन्जाडेले करोडौ रुपियाँ पनि हिनामिना गरेकी छिन्। जुन रुपियाँलाई माइतीहरूकै सल्लाहमा दिल्लीमै राखेकी हुनसक्ने अनुमान गरिएको छ। ६ महिना अघि नै बन्जाडेले माइतीहरूलाई नयाँ ज्वाइ यो हो भनेर कार्कीलाई चिनजान गराएकी थिइन्। रायमाझीलाई समेत उनले ‘तिमीलाई छोडछु’ भनेर जानकारी दिएकी थिइन्। त्यसलाई सार्वजनिक गर्दा आफ्नो ‘प्रेष्टिज’ गुम्ने भएकोले रायमाझीले त्यसलाई सार्वजनिक नगरी दिन बन्जाडेलाई आग्रह गरेका थिए। उनले ‘तिम्रो स्वतन्त्रता गर तर मेरो इज्जत जाने गरी बाहिर नदेखाई देऊ बेला–बेलामा आउँदै गर’ भनेका स्रोतका दावी छ। दोस्रो श्रीमान् भनिएका कार्कीले पनि गलहत्याएपछि बन्जाडेले अहिले आत्मा हत्या गर्छु भन्ने गरेकी छन्। ‘त्यो उसको घुर्की मात्र हो। त्यसरी केटा फेर्ने बानी परेकी र त्यति ठूलो रकम जिप्ट्याकी बन्जाडे के मर्थी। आगामी दिनमा अझ मस्ती गरेर बस्छे।’ उनको आनीबानीबारे नजिकबाट जानकार स्रोत भन्छ।
Source:www.weeklynepal.com