पेन्सिलभानियास्थित 
एउटा हाई स्कुलकी शिक्षिकाले आफ्नै विद्यार्थीसँग पटकपटक यौनसम्पर्क गरेर गुरुहरूको 
शिर निहुराएकी छन् । शिक्षिका छँदै उनले १७ वषर्ीय छात्रसँग धेरैपटक अनैतिक सम्पर्क 
गरेको सार्वजनिक भएपछि उनी पक्राउ परेकी छन् । हाल उनी पदबाट राजीनामा दिइसकेकी छन् 
। ती शिक्षिकाले छात्रलाई कहिले आफ्नै कारमा त कहिले होटलहरूमा लगेर यौनसम्पर्क 
राख्दै आएकी थिइन् । २५ वर्षीया पूर्वशिक्षिका रचेल फ्यारेले विवाह गरेको दुई 
महिनापछि नै विद्यार्थीसँग कथित यौनसम्बन्ध राख्न थालेकी थिइन् । उनी 
पेसिल्भानियाको बंगोर क्षेत्रस्थित हाई स्कुलका ११ कक्षामा विद्यार्थीहरूलाई 'रिडिङ 
लर्निङ' पढाउँथिन् ।
रसेल 
हाल पतिसँग समेत पारपाचुके गरिसकेकी छन् । उनीमाथि एक नाबालिकलाई भ्रष्ट बनाएको 
आरोपमा कारबाही समेत गरिएको छ । स्थानीय प्रहरीहरू भन्छन्, 'शिक्षिका रसेलले तीन 
अन्य छात्रसँग समेत यौनसम्बन्ध कायम गरेको अनुसन्धानको क्रममा खुलेको छ ।' ती किशोर 
छात्रको उमेर हाल १८ वर्ष पुगेको छ । प्रहरीले 'पीडित' छात्रलाई उद्धृत गर्दै 
'रसेलले फेसबुकमार्फत विद्यार्थीलाई फकाएकी हो, शिक्षिकाको मिठोमिठो कुराले उनी 
जालमा फसेका रहेछन्' बताएको छ । छात्रले प्रहरीसँगको बयानमा भनेका छन्, 'पहिले 
फेसबुकमा सम्पर्क भयो, त्यसपछि हामीबीच कयौंपटक छुट्टाछुट्टै स्थानमा यौनसम्बन्ध 
कायम भएको थियो । मसँग गुरुआमाले कहिले सुनसान ठाउ त कहिले पार्किङमा समेत सम्बन्ध 
स्थापित गर्नुभएको थियो ।' यसबारे अनुसन्धानमा खटिएका प्रहरीहरूका अनुसार स्थानीय 
वालमार्ट र दुईपटक मोनरो काउन्टीको तन्नेस्भिर्ल्लेको रमादामा पनि ती छात्रसँग 
रसेलले यौनसम्पर्क गरेको खुलेको छ । 'शिक्षिकाले स्कुलमा आफ्ना सहकर्मीहरूसँग १७ 
वर्षका दुई जना विद्यार्थीसँग यौनसम्बन्ध कायम गरेको धेरै पहिले स्विकारे थिइन्,' 
प्रहरीहरू भन्छन्, 'पछि उनले काउन्टी जासुस रोबर्ट रिघी समक्ष पनि आफ्नो कुकृत्य 
स्विकारेकी थिइन् ।
पूर्वशिक्षिका 
रसेल फ्यारेलको विवाह सन् २०१० को जुनमा भएको थियो । उनले कथित यौनसम्पर्क त्यही 
वर्षको अगस्टदेखि जनवरी २०११ सम्म कायम राखेकी थिइन् । बंगोर क्षेत्रको हाई स्कुलको 
प्रमुख पेटि्रसिया मुलरायले भने, 'फ्यारेलविरुद्ध लागेका आरोपहरूको जानकारी प्राप्त 
भएलगत्तै काउन्टीमा उजुरी दर्ता गरिएको थियो ।'
बंगोर 
क्षेत्रको उक्त विद्यालयबारे विवाद यो पहिलो भने होइन । सन् २००९ मा विद्यालयकै 
जीवविज्ञान शिक्षकले प्राणघातक रूपमा हेरोइनको सेवन गरेका थिए । त्यस्तै स्कुलकै एक 
शिक्षकका सहयोगीलाई ड्रग राख्न र छात्रहरूलाई आपूर्ति गर्ने गरेको स्विकारेपछि 
उनलाई जेल चलान गरियो । यसैगरी सन् २०१० मा एक शिक्षिकाको सहयोगीले पनि एउटा अश्लील 
तस्बिर छात्रहरूको मोबाइलमा सर्कुलेट गरेपछि स्कुल फेरि विवादमा मुछिएको थियो । 
पछिल्लो साता मात्रै प्राथमिक तहकी एक शिक्षिका सान्नोन एलिसिया स्किमिएदरलाई १४ 
वर्षका एक विद्यार्थीसँग यौनसम्बन्ध कायम गरेको दोषी पाइएपछि ४० वर्षको जेल सजाय 
सुनाइयो । अमेरिकी अदालतद्वारा यौनकाण्डमा मुछिएका शिक्षकहरूलाई दिइएको यो सजाय 
हालसम्मकै सबैभन्दा ठूलो हो ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।