Sex Satisfaction after nipple surgery

शल्यक्रियामार्फत स्तनको आकार बढाएका महिलाहरूले सेक्समा बढी आनन्द प्राप्त गर्ने एक अध्ययनले देखाएको छ। साना स्तन हुदाको समयमा भन्दा प्रत्यारोपणमार्फत ठूला स्तन बनाएपछिको यौन आनन्द उच्च हुने अध्ययनको निष्कर्ष छ।
अनलाइनमार्फत गरिएको सर्वेक्षणका क्रममा ६१ प्रतिशत महिलाले ब्रेस्ट इन्लार्जमेन्टपछि आफूहरूले बढी यौन सम्पर्क गर्ने गरेको बताए भने ७० प्रतिशतले यौनमा बढी आनन्द प्राप्त गरेको बताए। शल्यक्रियामार्फत स्तन बढाएका वा गठिला बनाएका महिलाहरूमा यौन उत्तेजनामा वृद्धि हुने र चरमोत्कर्ष पनि सहजै प्राप्त हुने गरेको पाइयो।
शोधकर्तामध्येका एक अमेरिकाको टेक्सास विश्वविद्यालयका प्लास्टिक सर्जन एन्ड्रयु ट्रसरले स्तन प्रत्यारोपणपछि महिलामा आत्मविश्वास बढ्ने र त्यसले अन्य कुरामा जस्तै यौनजीवनमा पनि सकारात्मक प्रभाव पार्ने बताए। एक अध्ययनअनुसार अमेरिकामा पछिल्लो तीन वर्षमा मात्र १० लाख महिलाले स्तन बढाउने शल्यक्रिया गराएका छन्।
No comments:
Post a Comment