हेट नियुजब्लाड पत्रिकासँग कुरा गर्दै ६४ वर्षका जानले भने, मैले त उनलाई आकर्षक महिला ठानेको थिएँ। पूरै महिला।
उनले हाल ४८ वर्षकी मोनिकासित केही पनि पुरुषपना नदेखिएको बताए। 'सेक्स गर्दा पनि मैले त केही थाहा पाइनँ", उनी भन्छन्।
त्यत्रो वर्ष उनीहरु सुखी र सामान्य पारिवारिक जीवन बिताउँदै थिए। मोनिकाले पूर्णकालीन रोजगार पाएपछि उनीहरुबीच तनाव सुरु भयो। त्यसपछि मोनिका नाइट क्लबमा देखिन थालिन्। देखिने लुगा लगाउन थालिन्। जान र उनका छोराले पनि हल्ला सुन थाले, खासमा मोनिका केटा हुन्।एक दिन जानले थर्काए मोनिकालाई। हिंसात्मक रुपमा केरकार गरेपछि बल्ल मोनिकाले स्विकारे, 'हो, म केटा नै भएर जन्मिएको थिएँ।'
'मेरो त संसारै भास्सियो,' जान निन्याउरो अनुहार लाएर भन्छन्।
उनले कानुनी प्रक्रिया त अघि बढाएका छन् तर अदालतले मोनिकालाई घरबाट बाहिर राख्ने अनुमति दिन अस्वीकार गरेको छ।
No comments:
Post a Comment