उनले आफू उम्मेदवार बनेको धनुषा–५ मा राष्ट्रपति डा।रामवरण यादव र सुरक्षाका तीनै निकायले प्रत्यक्ष रुपमा धाधली गरेको उनले बताए । रिपोर्टर्स क्लबले शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘अरु क्षेत्रमा पनि धाधली भएन भन्न सक्ने अवस्था छैन, प्रश्न उठेपछि आयोग गठन गरेर आशंकाको समाधान गर्नु पर्छ ।’
“त्यो बेलाको राष्ट्रपतिको कलडिटेल चेक गरे पुष्टि हुन्छ । पत्रकार, मानवअधिकारवादी र पर्यवेक्षक स्वयमले अनुभव गरेका छन्, १८ सय मतपत्र निर्वाचनको अघिल्लो दिन नै लगिएको छ’, आफ्नो क्षेत्रमा धाधली गर्न राष्ट्रपति नै लागेको बताउदै महासेठले भने, ‘मेरो क्षेत्रमा धाधली भयो भने अरु क्षेत्रमा भएन भनेर भन्न सकिने अवस्था छैन । त्यसैले प्रश्न उठिसकेपछि छानविन आयोग गठन गरे केही फरक पर्दैन ।’
उनले निर्वाचन धाधलीमा निर्वाचन आयोग पनि संलग्न भएको आरोप लगाए । निर्वाचनको दिन जारी भएको १० बुदे परिपत्र त्यसको उदाहरण भएको उनेको भनाई छ ।
No comments:
Post a Comment