बिहेको १९ वर्षपछि बल्ल थाहा भो - पत्‍नी त पुरुष पो रहेछ


लन्डन, मंसिर १३ (एजेन्सी) - बेल्जियमका एक पुरुषले विवाहको १९ वर्षपछि आफ्नी पत्‍नीसित सम्बन्ध विच्छेद गर्न कानुनी प्रक्रिया अघि बढाएका छन्। कारण- पत्नी पुरुष हुनु !  आफ्नी पत्‍नी पुरुष भएर जन्मिएको र पछि लिङ्ग परिवर्तन गरी महिला बनेको भर्खरै थाहा पाएपछि उनले यस्तो निर्णय गरेका हुन्।

हेट नियुजब्लाड पत्रिकासँग कुरा गर्दै ६४ वर्षका जानले भने, मैले त उनलाई आकर्षक महिला ठानेको थिएँ। पूरै महिला।

उनले हाल ४८ वर्षकी मोनिकासित केही पनि पुरुषपना नदेखिएको बताए। 'सेक्स गर्दा पनि मैले त केही थाहा पाइनँ", उनी भन्छन्।

त्यत्रो वर्ष उनीहरु सुखी र सामान्य पारिवारिक जीवन बिताउँदै थिए। मोनिकाले पूर्णकालीन रोजगार पाएपछि उनीहरुबीच तनाव सुरु भयो। त्यसपछि मोनिका नाइट क्लबमा देखिन थालिन्। देखिने लुगा लगाउन थालिन्। जान र उनका छोराले पनि हल्ला सुन थाले, खासमा मोनिका केटा हुन्।एक दिन जानले थर्काए मोनिकालाई। हिंसात्मक रुपमा केरकार गरेपछि बल्ल मोनिकाले स्विकारे, 'हो, म केटा नै भएर जन्मिएको थिएँ।'

'मेरो त संसारै भास्सियो,' जान निन्याउरो अनुहार लाएर भन्छन्।

उनले कानुनी प्रक्रिया त अघि बढाएका छन् तर अदालतले मोनिकालाई घरबाट बाहिर राख्ने अनुमति दिन अस्वीकार गरेको छ।

Indonesian baby on 40 cigarettes a day


कटरिना कैफ गायिका बन्दै








प्रियंका चोपडापछि बलिउडमा अर्की अभिनेत्री पनि गायिका बन्ने भएकी छिन् । सायद तपाइँलाई विश्वास नलाग्न सक्छ, तर यो कुरा साँचो हो की बलिउडकी टप नायिका कटरिना कैफ गायिका बन्दैछिन् ।

समाचार अनुसार यश चोपडाको आउँदो फिल्ममा उनले गुलजारको शव्द तथा ए आर रहमानको संगीतमा रहेको एक गीतमा आवाज दिनेछिन् । हुनत यसअघि कटरिनाले आदित्य चोपडाको फिल्ममा गीत गाउने बताइएको थियो । तर धूम-३ मा नभै उनले पहिले यश चोपडाकेा फिल्ममा गित गाउने भएकी छिन् । समरण रहोस् उनले धूम-३ मा गाउने गीतको रिहर्सल समेत गरिसकेकी थिइन् ।

यश चोपडाको आगामी फिल्ममा मुख्य अभिनेत्रीको रुपमा रहेकी कटरिनालाई उक्त फिल्ममा नायिका सँगै गायिकाको रुपमा पनि देख्न पाइने भएको छ । सुत्रका अनुसार कटरिनाले गाउने चर्चा चलेसँगै उनलाई गीत गाउनका लागि थुप्रै अफर आएका छन् । अली अफरले कटरिनलाई आफ्नो एल्बममा युगल गीत गाउनका लागि अफर गरिसकेका छन् ।

बलिउडमा आफ्नी प्रतिद्वन्दी प्रियंका चोपडा गायन क्षेत्रमा प्रवेश गरेसँगै स्वरकी धनी कटरिनालाई पनि गित गाउने जंग चलेको हुनसक्छ । चोपडाले आफ्नो आवाजमा एक एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन् भने अपूर्व लखियाको फिल्म जंजीरको एक रिमेक गितमा समेत आवाज दिने तय भएको छ ।