कुस्मा बलेवा जेड्ने ट्रस्टब्रिज निर्माणको तयारी
पर्वतको सदरमुकाम कुस्माबजार र बागलुङ्गको बलेवा जोड्नका लागि कालीगण्डकी नदी माथि मोटरेबल ट्रष्टब्रिज निर्माण हुने भएको छ । प्रस्ताबित कुस्मा नेपाने ट्रष्ट ब्रिज नेपालकै अग्लो र लामो एक मात्र ट्रष्टब्रिज हुने छ । छिमेकी मुलुक चिनमा निर्माण भएको प्रबृधि प्रयोग गदैै ५ सय १० मिटर लामो तथा ९ मिटर चौडा मोटरबेल पुल निर्माण गर्ने तयारी भएको हो । पुल निर्माणका लागि संभाब्यता अध्ययन गरिएको छ भने कुस्मा र बलेवा क्षेत्रका बासिन्दाले निर्माण समिति समेत गठन गरेका छन । करिब १ अर्व २९ करोडको लागतमा निर्माण हुने पुल नेपालमै पहिलो पुल हुने हुने संभाब्यता अध्ययनमा संलग्न इन्जिनियर शुसिलबाबु रेग्मीले बताउनुभयो । ‘यो पं्रबिधी नेपालमै पहिलो पटक अध्ययन र सर्वे गरिएको हो । ’ उहाँले भन्नुभयो । छिमेकी मुलुक चीनमा करीव १ हजार २ सय मिटर लामो पुलबाट एउटा पहाडबाट अर्को पहाडलाई जोड्ने काम भएकाले त्यही प्रबिधी र सहयोगका आधारमा पुल निर्माण गर्ने लक्ष्य राखेको उहाँको भनाई छ । पुल निर्माण पछि कुश्माबाट सिधै १ मिटेनमा सवारी साधन वारपार हुनेछन् भने नेपानेमा प्रस्तावित पोलिटेक्निक इन्टिच्यूट तथा बलेवा विमानस्थल संचालनमा समेत सहयोगी हुने अपेक्षा गरिएको छ । पुल निर्माण पछि बलेवा क्षेत्रलाई बागलुङ कुश्माको बैकल्पिक व्यापारिक केन्द्रका रुपमा विकास गर्न र कुश्मा तथा बागलुङलाई नेपालकै पहिलो पर्यटकीय गन्तव्य बनाउँदै यहाँको जीवनस्तर माथि उकास्न सकिने पुल निर्माण समितिका अध्यक्ष मेघनाथ पौडेलले बताउनुभयो ।
गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय बनाउन तीव्र निर्माण
त्रिभुवन विमानस्थलको विकल्पका रूपमा र बुद्धमार्गीको आस्थाको केन्द्र रहेको
भैरहवास्थित विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने काम तीव्र पारेको छ । यसका
लागि नागरिक उड्डयन प्राधिकरणले दुई सय बिघाभन्दा बढी जमिन अधिग्रहण गरिसकेको छ भने
पूर्वाधारका काम पनि अघि बढाउन थालेको छ ।
जग्गा अधिग्रहणका लागि आर्थिक सहयोग गरेको एसियाली विकास बैंकसँग पूर्वाधार निर्माणका लागि पनि सहुलियत ऋणको अपेक्षा गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । 'छिट्टै निर्माण कार्य अघि बढाउन एडीबीसँग सकारात्मक छलफल भइरहेको छ,' पर्यटन सचिव सुशील घिमिरेले शुक्रबार आयोजित कार्यक्रममा भने, 'विदेशी राष्ट्र पनि भैरहवासँग सिधै उडान गर्न इच्छुक छन् ।' सोझै उडान हुन सके सबैभन्दा बढी बौद्धमार्गीलाई सजिलो हुनेछ । विशेषगरी पूर्वी एसियामा छरिएर रहेका करिव डेढ अर्व बौद्धमार्गीमध्ये झिनो संख्याले मात्र यो विमानस्थलको प्रयोग गरे नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने विज्ञहरूले सुझाउँदै आएका छन् । स्वयं मन्त्रालयले समेत शून्य दशमलव ५ प्रतिशत बौद्धमार्गी बुद्धको जन्मस्थल आए नेपालको पर्यटन आय हजार गुणाले बढ्ने पक्षेपण गर्दै यो विमानस्थललाई प्राथमिकतामा राखेको हो । 'लुम्बिनीलाई अन्य राष्ट्रसँग सिधै हवाई उडान सञ्चालन हुने गरी निर्माण नगरी हामीलाई सुखै छैन,' उनले भने । यो विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन एडीबीसँग सन् २००८ मा ३६ मिलियन डलरको ऋण सम्झौता भएको थियो । यसबाट करिब दुई सय बिघा जमिन अधिग्रहण भइसकेको छ । सन् २०१५ सम्म निर्माण सक्ने लक्ष्य लिएकाले मन्त्रालयले यसलाई तीव्र गतिमा अघि बढाउने घिमिरेले जानकारी दिए । यो विमानस्थलको धावनमार्गलाई २ हजार ६ सय मिटर लम्बाइबाट ३ हजार मिटर पुर्याउने लक्ष्य छ । टर्मिनल भवनलगायतका सम्पूर्ण भौतिक पूर्वाधारको क्षमता वृद्धि गर्न ९९ मिलियन डलर लागत लाग्ने अनुमान मन्त्रालयको छ । दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजना प्रमुख मुरारी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापका कारण विमान अवतरण गर्न धेरै बेर आकाशमा पर्खिनुपर्ने, खराब मौसम भएका बेला ठूला विमान अवतरण गर्न नसकिएर दिल्ली लैजानुपर्ने बाध्यता रहेको जानकारी दिँदै विकल्पमा गौतम बुद्ध विमानस्थललाई निर्माण अघि बढाउन थालिएको बताए । उनका अनुसार थप रकमका लागि एसियाली विकास बैंक सकारात्मक छ र मे-जुनसम्म एडीबीले सहमति दिने सम्भावना छ ।

कुबेतमा महिलाको बिजोग
काठमाडौ, वैशाख २७ - पछिल्लो दुई सातामा तीनजना नेपाली महिला कामदारले अवैध रूपमा बच्चा जन्माई हत्या गरेको समाचार कुबेतको नेपाली समुदायमाझ भुसको आगोझैं फैलियो । प्रहरीका अनुसार कुबेतको साद अल अब्दुल्लास्थित एक कुबेतीको घरमा काम गर्ने नेपाली चेली पेट दुःखाइ र अत्यधिक रक्तश्रावको कारण सिकिस्त बिरामी भइछन् । अस्पतालमा चिकित्सकले परीक्षणपश्चात् गर्भपतनको कारणले अत्यधिक रक्तश्राव भएको बताएपछि उनी प्रहरीको फन्दामा परिन् । प्रहरीले उनी कार्यरत घरको खानतलासी गर्दा बाथरुममा ब्लांकेटमा पोको पारेको अवस्थामा बच्चाको शव भेट्टाएछ । कुबेती प्रहरीसामु आफ्नो अपराध कबुल गरिसकेकाले उनी प्रहरी हिरासतमा छिन् र उनलाई गर्भवती बनाउने व्यक्तिको खोजीमा कुबेती प्रहरी लागिपरेको छ ।
त्यसैगरी कुबेतको कुरैइन क्षेत्रको एक घरको छतमा नवजात शिशुको शव भेटिएपछि त्यहाँ ठूलै हलचल मच्च्िाएछ । प्रहरीले त्यस घरमा काम गर्ने घरेलु कामदारमाथि अनुसन्धान एवं तहकिकात गर्दा नेपाली महिला कामदारले आफ्नो अपराध कबुल गरिछन् । उनले प्रहरीलाई नेपालमा केटा साथी भएको र गर्भ पनि उस...Continue Reading
डरलाग्दो हुँदैछ फेसबुकको कुलत
फेसबुक पछिल्लो समयमा मानिसको जिवनशैली नै बनेको छ भन्दा फरक नपर्ला । नयाँ पुस्ता एक किसिमले फेसबुक जस्तो सामाजिक संजालको अम्मली नै बन्दै गएको छ । विज्ञहरुले फेसबुकका कारण युवाहरु मनोरोगी बन्दै गएको बताएका छन् । इजरायली शोधकर्ताहरुले फेसबुकका कारण युवापुस्तामा मनोरोग बढ्दै गएको बताएका हुन् ।
तेलअबिब विश्वविद्यालयका शोधकर्ताका अनुसार फेसबुकमा बन्ने भर्चुअल रिलेसनसिपले इन्टरनेटको कुलतमा युवायुवतीहरुलाई फसाइरहेको छ र ठूलो भ्रम सिर्जना समेत गरिदिने गरेको छ । शोधकर्ता डाक्टर उरी नित्जानका अनुसार फेसबुकको अधिक प्रयोग र युवाहरुको मनोवैज्ञानिक समस्याका बीचमा दहि्रलो सम्बन्ध बन्दै गएको छ । फेसबुक जस्ता सोसल साइटमार्फत प्रेम सम्बन्ध गाँसिने तथा सम्बन्ध टुट्ने जस्ता घटनाहरुका कारण उनीहरुमा एक्लोपना, तनाव जस्ता समस्या देखिन्छन् जसले कालान्तरमा मनोरोग सिर्जना गर्छ ।
शोधकर्ताहरुका अनुसार १८ देखि ३४ वर्ष उमेरका ४८ प्रतिशत युवायुवतीले निद्राबाट जाग्ने बित्तिकै चाहे मध्यरात नै किन नहोस् मोबाइलमै भएपनि आफ्नो फेसबुक लगइन गरिहाल्छन् । यसरी तन्द्रामै फेसबुक चलाउनेमध्ये २८ प्रतिशतले ओछ्यानमा सुतेरै फेसबुक खोलेका हुन्छन् ।
पत्नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्नी कस्ती ?
तपाईँलाई थाहा छ पत्नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्नीहरुको बारेमा बयान गरेका हुन्।
कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए। सुजाताको स्वभाव भने विपरीत। एक
पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्नी बारे उपदेश दिएका रहेछन्। सात प्रकार यस्तो छ-
१) बधक पत्नी
जो स्त्री आफ्ना पतिप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको वध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।
२)चोरीसम (चोर) पत्नी
पतिले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।
३) आयासम (स्वामिनी) पत्नी
केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।
४) मातुसम (आमा जस्ती) पत्नी
आमाले छोरोको हित चाहे जस्तै सँधै पतिको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे। यस्ती पत्नी सदाचारयुक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।
५) भगिनीसम (बहिनी जस्ती) पत्नी
पतिको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।
६)सखीभरिया (साथी जस्ती) पत्नी
पति देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।
७) दासीसम (दासी जस्ती) पत्नी
कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।
सात प्रकारका पत्नीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका पत्नीहरु छन्। यी मध्ये तिमी आफूलाई कुन प्रकारकी पत्नी मान्छौ ?
ल अब तपाईँ पनि भन्नुस्, तपाईँ महिला हुनुहुन्छ भने तपाईँ कस्ती पत्नी ? तपाईँ पुरुष हुनुहुन्छ भने तपाईँकी पत्नी कस्ती ?
यी त भए बुद्धकालीन समाजमा पत्नीका प्रकार। आधुनिक युगमा पत्नीका प्रकारमा केही थप्नु पर्ने पनि पो देख्नुभयो कि ? कमेन्टमा लेख्नुस् है।
साभार : माई संसार
ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ?
मेरो पेट पोल्छ र दुख्छ पनि। चिकित्सकले ग्याष्ट्रिक भनेका छन्। खानपान र जीवनशैली परिवर्तनले ग्यास्ट्रिक नियन्त्रण गर्न सकिन्नँ?-
डा. हेमराज कोइरालाको जवाफ-
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
- यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।

उपचारः
- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।

Subscribe to:
Posts (Atom)