श्रीमान बिदेशमा भएकी नर्स डाक्टरसंग रासलिला गर्दागर्दै पक्राउ



झापामा एक चिकित्सक र नर्सलाई यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । यौनसम्पर्क समागममा लिप्त डाक्टर र नर्सलाई विराटनगर मुनालपथमा रहेको डाक्टर सरोज राईको कोठाबाट रंगेहात पक्राउ गरिएको हो ।

झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग विशेषज्ञ डा.सरोज राई सोहि अस्पतालमा कार्यरत २३ वर्षीया नर्स नीरा तामाङसंग अबैध यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका हुन ।

डा.राई तथा नर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको सहकर्मीहरुले बताएका छन । चिकित्सक राईको एक छोरा र श्रीमती छन् भने नर्स तामाङका श्रीमान अष्ट्रेलियामा छन । नर्स तामाङको दुई वर्ष अगाडि विवाह भएको थियो ।

गर्भवती र सुत्केरी हुँदा समेत छाडेनन् ससुराले.....




सिन्धुपाल्चोक, २७ माघ । ‘मलाई ससुराले गर्भवती र सुत्केरी हुँदासम्म पनि छोडेनन्’ लामो समयदेखि ससुराबाट बलात्कृत हँुदै आएकी १८ वर्षीया रमिला(नाम परिवर्तन)ले भनिन् । आठ महिनाको गर्भ रहेको बेला गोठमा लडाएर ससुराले बलात्कार गरेको उनले बताइन् । सुत्केरी भएको चार महिना पुगेका बेला बच्चालाई तेल लगाउँदै गर्दा कोठामै आएर आफूलाई बलात्कार गरेको जानकारी दिइन् ।
ठूलोसिरुबारी–५का ४५ वर्षीय दिलबहादुर दुलालले पटकपटक यौन दुव्र्यवहार गरेपछि सोमबार बुहारी रमिलाले दुलालबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् । आफूमाथि ससुराले बलात्कार गरेको कुरा श्रीमान्लाई बताएको र श्रीमान्ले पनि बेवास्ता गरेपछि प्रहरीमा उजुरी गर्न वाध्य भएको उनले बताइन् । ‘ससुराले नराम्रो काम गरेको कुरा मैले पटकपटक श्रीमान्लाई बताएँ,’ रमिलाले भनिन्, ‘तर, जति भने पनि उल्टो मलाई नै नराम्रो देख्न थालेपछि पुलिसकोमा उजुरी गरेकी हुँ ।’

तनहुँ भानुकी रमिलाको दुई वर्षअघि २१ वर्षीय विष्णुबहादुर दुलालसँग प्रेम विवाह भएको थियो । प्रेम विवाह भएकै कारण बिहे गरेदेखि नै सासूससुराले आफूलाई नराम्रो व्यवहार गर्ने गरेको रमिलाले बताइन् । रमिलाका श्रीमान् विष्णु जोमसोममा ट्रयाक्टर चलाउने काम गर्थे । ‘श्रीमान् कहिलेकाँही मात्रै घर आउने भएकाले मौका छोपेर ससुराले मलाई जबर्जस्ती गर्ने गर्थे,’ उनले भने ।’

आफूमाथि जबर्जस्ती भएको कुरा गाउँलेलाई बताउँछु भन्दा ससुराले घरबाट निकाल्ने धम्की दिएको उनले बताइन् । ससुराले आफूलाई पहिलोपटक आठ महिनाको गर्भवती हँुदा घर नजिकैको खेतमा पानी लगाउन गएको बेला एक्कासी पानी दर्कन थाल्यो । ओत लाग्न गोठमा पसेकी मात्रै के थिएँ, ससुरा भनौदो पापीले एक्कासी भुइँमा लडाएर जबर्जस्ती गर्‍यो ।’

त्यसपछि आफूमाथि पटकपटक बलात्कार भएको उनले बताइन् । ‘त्यसपछि मलाई एक्लै भेट्ने बित्तिकै जबर्जस्ती गर्न थाल्यो,’ सौर्यसँग उनले भनिन् । करिब एक साताअघि पछिल्लोपटक आफू बलात्कृत भएको उनले बताइन् । ‘हप्तादिन जति अघि कोठामा बसेर बच्चालाई तेल लगाइरहेको थिएँ । कोठाभित्र आएर एक्कासी लडाएर मलाई बलात्कार गर्‍यो,’ उनले भनिन् ।

रमिलालले प्रहरी कार्यालयमा उजुरी गरेपछि ससुरा दिलबहादुर फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुजनकुमार राजभण्डारीले जनाएका छन् ।

रकम लिएर बलात्कार घटना मिलाए प्रहरी प्रमुखले


rapeलहान, माघ २५ - सिरहाको वस्तीपुरमा गत शुक्रबार एक किशोरीमाथि भएको बलात्कार घटना मिलाउन स्थानीय प्रहरी चौकीका प्रमुखले रकम लिएको खुलासा भएको छ ।

शुक्रबार बेलुकी खेत हेर्न गइरहेकी बस्तीपुर–६ की १४ वर्षीया किशोरीलाई एक्लै देखेपछि बगैचामा रहेको झुपडीमा रातभरी बलात्कार गरिएको घटना वस्तीपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेलले जाहेरी लिनुका साटो रकमको लेनदेन गरि स्थानीय अगुवाको रोहवरमा मिलाएको हो ।

स्थानीय वस्तीपुर ६ का जोगेन्द्र यादव, ओम प्रकास महतो, बस्तीपुर ८ कै रामसुन्दर यादव, सिग्नेश्वर पासमान, गोविन्दपुर २ का रामलोचन महतोको रोहवरमा पीडित पक्षलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपियाँ दिनुपर्ने निर्णय गराएर घटना ढाकछोप गर्ने प्रयास गरिएको हो ।

बेलुकी खेत हेर्न गइरहेको किशोरीलाई छिमेकी १८ वर्षीय नागे यादवले जबजस्ती तानेर नजिकै रहेको बगैंचामा पुर्याए पनि बगैंचामा रहेका नागेका दाजु २५ वर्षीय मागेन भन्ने चन्देश्वर यादवले किशोरीलाई देखेपछि भाइलाई घर पठाई त्यही रहेको झुपडीमा रात बलात्कार गरेका थिए ।

घटनाको जानकारी स्थानीय बासिन्दाबाट गोप्य रुपमा वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले मंगलबार पाएपछि मात्र घटना सार्बजनिक भएको थियो । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी निरीक्षक खतिवडाले उक्त चौकीका प्रमुख पोखरेललाई निगरानीमा राखी कारबाही चलाउनुका साथै बलात्कृत किशोरीलाई उपचारको लागि राजबिराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।

बलात्कृत किशोरीले घटनाबारे आफ्ना बुवालाई बताएपछि उनी छोरीलाई बलात्कार गर्ने पीडकलाई कारबाही गर्न भन्दै शनिवार बस्तीपुरस्थित प्रहरी चौकी पक्की टोल पुगेका थिए । तर सो चौकीका पोखरेलले पीडितलाई न्याय दिलाउनुको साटो त्यस दिनभरी आफ्नै चौकीमा समाजका केही अगुवाहरुलाई बोलाई पञ्चेयती गरेर रकमको लेनदेन गर्दै ढाकछोप गरी घटना मिलाउने प्रयास गरेका थिए ।

‘मातहतको कार्यालय भए पनि बलात्कारजस्तो जघन्य घटनाको जानकारी हामीलाई दिइएन’, वडा प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक खतिवडाले भने ‘वस्तीपुरकै सर्वसाधारणबाट बलात्कारको घटनालाई रकमको लेनदेन गर्दै थामथुम पारिएको सूचना प्राप्त भएपछि तत्कालै सो चौकीका प्रमुख पोखरेललाई निगरानीका लागि नियन्त्रणमा लियौं ।’

बेलुकी एक्लै किशोरीलाई खेततर्फ गइरहेको देखेपछि भाइ नागेले नै जबर्दस्ती करणी गर्ने उद्देश्यले बगैंचामा लिएर गएको अनुसन्धानमा खुलेको छ’, प्रहरी निरीक्षक खतिवडाले भने ‘तर बगैंचाभित्र उनको दाई चन्देश्वर यादवले किशोरीसहित भाइलाई देखेपछि भाइलाई घर पठाई त्यहीभित्र रहेको झुपडीमा रातभरी किशोरीलाई बलात्कार गरेको पाइएको छ ।’

जाहेरी लिनु र सोको जानकारी माथि पठाउनुको साटो प्रहरी चौकीका प्रमुख पोखरेलले स्थानीय अगुवाको रोहवरमा छलफल गराई पीडित पक्षलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपियाँ दिनुपर्ने निर्णय गराएका थिए । सोही निर्णय अनुसार पीडकका पिता बेचन यादवले आइतबार एक लाख रुपैयाँया प्रसनि पोखरेलसमक्ष जम्मा गरेका थिए । पोखरेलले भने त्यसमध्ये ९० हजार मात्र पीडित किशोरीका पितालाई बुझाएका थिए । घटना मिलाउन पीडकको तर्फबाट आफुले २५ हजार नगद लिएको वडा प्रहरी कार्यालय लहानको निगरानीमा राखिएका प्रहरी सहायक निरीक्षक पोखरेलले सञ्चारकर्मी समक्ष स्वीकारे ।

वस्तीपुर प्रहरी चौकीका प्रमुख पोखरेललाई मङ्गलबारै नियन्त्रणमा लिइएको सूचना पाउने बित्तिकै किशोरीलाई बलात्कार गर्ने चन्देश्वर यादव र उनका भाइ नागे यादव तथा पिता बेचन यादव फरार छन् ।

तीन पक्राउ

प्रसनि पोखरेलको पहलमा छलफलमा बस्ने पाँच मध्ये वस्तीपुर–६ मा बस्ने जोगेन्द्र यादव तथा बस्तीपुर–८ मा बस्ने रामसुन्दर यादवलाई वडा प्रहरी कार्यालय लहानले मङ्गलबार राति र सिग्नेश्वर पासमानलाई बुधबार अपरान्ह पक्राऊ गरिएको छ । छलफलमा रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका जोगेन्द्र र रामसुन्दर यादवलाई सार्वजनिक मुद्धा चलाइएको प्रहरीले जनायो । बलात्कारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनायो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णहरि शर्माले बलात्कारजस्तो जघन्य अपराधलाई समेत ढाकछोप गरी मिलाउने प्रयास गर्ने स्थानीय प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेललाई कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जनाए ।

५ डलरमा ब्वाइफ्रेण्ड !




माघ २५ – प्रेमी पनि भाडामा ? धेरैलाई लाग्नसक्छ, यो असंभव छ । तर ५ डलरमा एक घण्टाका लागि प्रेमी भाडामा लिन सक्नुहुन्छ । सुन्दा अचम्म लाग्छ, तर बिबिसीका अनुसार हाम्रै छिमेकी देश चीनमा यस्तो चलन बढेको छ ।

तर यस्ता प्रेमी देखाउनका लागिमात्र भाडामा लिने गरिन्छ ।

३ डलर थप तिर्नुभयो भने उसले तपाइँको गालामा चुम्बन पनि गर्छ । उसलाई तपाइँले घरमा पनि लैजानसक्नुहुन्छ । घरमा छुट्टै बेड दिने हो भने ८० डलर ।

चीनमा पनि नेपालमाजस्तै आफ्ना सन्तान २० वर्ष पार गरेपछि विवाह गर्न समाजिक दवाब हुन्छ । छोरीहरुमा यस्तो दबाब अझ बढी हुन्छ । परिवारका सदस्य भेला भएका बेला विवाह किन नगरेको भन्ने प्रश्नबाट बच्न चिनियाँ महिलाहरुले नयाँ वर्षमा भाडाको प्रेमीलाई परिवारसँग भेटाउने गरेका छन् ।

अंग्रेजी महिला फेब्रअुरीमा चीनको नयाँ वर्ष पर्छ । नयाँवर्षमा घर बाहिर रहेका परिवारका सदस्य एकै ठाउँमा भेला हुन्छन् ।

अविवाहित चिनियाँ महिलाको यही समस्यालाई बुझेर केही अनलाइनहरुले भाडाको प्रेमीबारे विज्ञापन नै दिने गरेका छन् । माथिको दिइएको मूल्य एक अनलाइनको विज्ञापनमा उल्लेख गरिएको मूल्य हो ।
नयाँ वर्षमा धेरै अविवाहित चिनियाँ महिला परिवारका सदस्यले यसबारे सोध्ने प्रश्नदेखि डराउँछन् । यस्तै एक महिला हुन् डिङ्. ना ।
‘म बुढी भै सकेको छु, ३० वर्षको हुदाँ पनि एक्लै छु, म धेरै दवावमा छु । मेरा दिदीबहिनी र आफन्तले किन अहिलेसम्म बिहे नगरेको भनेर प्रश्न गर्छन् । उनीहरुले फोन गर्दा पनि मलाई उठाउन डर लाग्छ’ ना भन्नुहुन्छ ।

एक अनलाइन सेवाकी परामर्शदाता जोउ सियापेङका अनुसार अविवाहित महिलालाई समयमा विवाह नहुनुको पिडा अरु बेलामा भन्दा नयाँ वर्षको समयमा बढी हुन्छन् । किनकी त्यतिबेला परिवारका सबै सदस्य संगै हुन्छन् ।

‘चीनियाँहरु परिवारसँगै बसेर खाना खान मन पराउँछन् । नयाँ वर्षमा परिवारका विवाहित सदस्य आफ्नो जोडीसँग हुन्छन् । दाई भाउजुसँग, दिदी भिनाजुसँग, त्यो टेबलमा तपार्इँ मात्र एक्लै हुनुहुनेछ । त्यो बेला कस्तो महसुस हुन्छ तपाई आफैं अनुभव गर्न सक्नुहुन्छ ।’ सियापेङले भन्नुभयो ।

भाडाको प्रेमी बन्ने केटाहरुको अनुभव पनि थरि थरिका छन् । कृषि सामग्री बेच्ने लि ली पहिलो पल्ट भाडाको प्रेमी बन्ने प्रयासमा हुनुहुन्छ । नयाँ वर्षको बेलामा घर जान छाडेर उहाँ पैसा कमाउनका लागि भाडाको प्रेमी हुने निर्णय गर्नुभएको छ ।

‘मलाई रमाइलो अनुभव भइरहेको छ’ ली भन्नुहुन्छ ‘यस मार्फत मैले मनमिल्ने केटी भेट्न पनि सक्छु, के थाहा मेरो जीवन साथी यसैमध्ये कोही पो हुन् की ?’ नयाँ वर्षका लागि लीलाई अहिलेसम्म ३० जना महिलाले सम्पर्क गरिसकेका छन् । तर उहाँ कोसँग जाने भन्ने कुराको टुङ्गो लागि सकेको छैन ।
यस्तो कुरा हामीलाई अचम्म लाग्ला तर चीनको पप संस्कृतिले यस्तो हुन सक्ने देखाएको छ । चीनका केही टिभी श्रृङ्खलाले पनि यस्तै विषयवस्तु देखाउने गरेका छन् । तर नयाँ पुस्ताले यस्तो कुरालाई खासै महत्व नदिएको विज्ञहरु बताउँछन् ।

नयाँ पुस्ताले आफुले जस्तै दवाव आफ्नो छोराछोरीले महसुस गरेको हेर्न चाहदैनन् । परिवर्तन त भै रहेको तर पुरै परिवर्तन हुन अझै २० देखि ३० वर्ष लाग्ने विज्ञहरुको भनाई छ ।

उपाधि जिते नाइजेरियन खेलाडीलाई सित्तैमा सेक्स गर्न दिइने




नाइजेरिया, माघ २५ (एजेन्सी)- नाइजेरियन राष्ट्रिय फुटबल टोलीका लागि त्यहाँका यौनकर्मीहरुले अनौठो प्रस्ताव राखेका छन्। दक्षिण अफ्रिकामा जारी 'ओरेन्ज अफ्रिकन कप अफ नेशन्स'को उपाधि जितेमा खेलाडीहरुलाई यौनको मजा दिने ती यौनकर्मीहरुले बताएका छन्।

'द एसोशिएसन आफ नाइजेरियन प्रोस्टिच्यूट्स'ले राष्ट्रिय टोलीका खेलाडीलाई उपाधि जितेपश्चात सित्तैमा यौन सम्बन्ध राख्‍न दिइने एजेन्सीले बताएको छ। अफ्रीकन खेलसम्बन्धि वेवसाइट 'एल्लाफ्रिकाडटकम'ले राष्ट्रिय सचिव जेसिका एल्विसलाई उद्धृत गर्दै लेखेका छन्- क्वाटरफाइनमा पाएको सफलतासँगै यदि टोलीले उपाधिमाथिसमेत कब्जा जमाए प्रत्येक खेलाडीका लागि एक हप्ता सित्तैमा यौनसम्बन्ध राख्‍न दिइनेछ।

सचिव जेसिकाले राष्ट्रिय फुटबल टोलीले गुमाएको गौरव फिर्ता ल्याउन यो उपाधि जित्‍नैपर्ने बताएका छन्। उनले क्वाटरफाइनलमा पाएको सफलताका लागि खेलाडीहरुलाई बधाई पनि दिएका छन्।

वेवसाइटले जनाएअनुसार राष्ट्रिय टिमलाई समर्थन गर्दै ती यौनकर्मीहरुले एक हप्ताका लागि फ्रि सेक्स प्रदान गर्नेछन्। तर एएनपीका अनुसार उक्त सेवा खेलाडीका लागि मात्र हो कि ग्राहकका लागि पनि हो भन्ने कुरा यकिन हुन सकेको छैन। राष्ट्रिय टोलीले सेमिफाइनलमा आइतबार आइभोरीकोस्टसँग खेल्दैछ।

आँखा छलेर अवैध सम्बन्ध, तर घट्दैछ वैवाहिक जीवनको अन्त्य




आफ्नो लोग्ने वा स्वास्नीलाई छलेर परस्त्री वा परपुरुषसँग लहसिनेहरुको संख्या बढ्दा डिभोर्सको दर घटेको देखिएको छ । यो तथ्य हाम्रो देशको भने होइन ।

बेलायतमा पछिल्लो समयमा दम्पतीहरुमा एकले अर्कोको आँखा छलेर अरु कुनै व्यक्तिसँग अवैध सम्बन्ध गाँस्ने चलन बढ्दै गएपनि सम्बन्ध विच्छेदका घटनामा भने कमी आएको देखिएको छ । सरकारी तथ्यांकले पछिल्लो ३० वर्षमा धोकाधडकिा कारण हुने डिभोर्सको संख्या आधा जसोले घटेको छ ।

तर विवाहित महिला पुरुषलाई परस्त्री वा परपुरुषसँग डेटिङको मौका जुराइदिने एक वेबसाइटका अनुसार पछिल्लो समय परपुरुष तथा परस्त्रीसँग सम्बन्ध गाँस्न इच्छुक विवाहित महिला पुरुषको संख्या निकै बढेको छ ।उक्त डेटिङ वेबसाइट मार्फत यस्तो अवैध रोमान्सका लागि जोडी भेटाउनेको संख्या निकै बढिरहेको छ । एस्ले मेडिसन डट कमका संस्थापक नोएल बिडरम्यानका अनुसार धोकाधडीका यस्तो चलन बढ्दै गएपनि दाम्पत्य जिवन टुंगिने घटना भने कम हुँदै गएका छन् ।

यस्तो उल्टो हुनुको कारण खोतल्दै नोएल भन्छन् यस्ता अवैध सम्बन्ध स्थापित गर्ने बाटो निकै सजिलो र गोप्य बन्दै गएको र त्यसको बारेमा पार्टनरले सुइँको सम्म नपाउने गरेकाले पार्टनरले धोकाधडीको गन्ध नै पाउन सक्दैन । यस्तो हुँदा लोग्ने स्वास्नी मध्ये कुनै एकजना अरु नै सँग रोमान्समा भुलिरहेको भएपनि अर्कोलाई पत्तो हुँदैन ।

कतिपय अवस्थामा दुबैजना अरु कुनै दुइ जनासँग मस्ती गरिरहेका हुन्छन् एक अर्काको आँखा छलेर । तर एक अर्काको त्यस्तो मस्ती दुबैजनालाई थाहा हुँदैन । दुबै जनाले एक अर्कालाई पंगु बनाएको मनमनै ठान्दै बस्छन् । कुनैदिन कसैगरी त्यस्तो सम्बन्धको खुलासा भयो भने दुबै जना नै मुछिएका हुनाले एक जनाको हात माथि पर्ने कुरा भएन । अनि तैँ चुप मै चुप ।

बेलायतको यो ट्रेन्ड हाम्रोमा ठ्याक्कै मेल नखान सक्छ । वास्तवमा धोकाधडी यसरी बढ्दै जाँदा पनि दाम्पत्य जिवनमा खटपटको दर घट्नु हाम्रो लागि उल्टो कुरा जस्तो लाग्दछ । तर प्रविधिको विकाशले सम्बन्धहरुमा ल्याएको फरकपनाका कारण पश्चिमा समाजमा यो कुरा सामान्य बनिसकेको छ ।

सुपरमार्केटमा मोडल नाङ्गै छिरिन्





मोडल र फोटोग्राफरले चाहेपछि जे पनि हुन्छ रे भन्ने कुरा अब साँचो भएको छ । भन्ने गरिन्छ फोटोग्राफरले मोडललाई नाङ्ग्उँछन् । यो पनि अब कुनै इश्यु भएन ।अहिले फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ भने मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यति वेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ । दिउँसै मोडल बजारमा नाङ्गै घुम्छे,पसलमा सपिङ्ग गर्छे, रेल चढ्छे, सडकमा हिउँ उठाउँछे, भिखारी झैं पैसा माग्छे, न्युयोर्कको व्यस्त सडकमा पर्सियन मोडल इरिका सिमोनले न्युयोर्क शहरमा सबैका सामुफोटोग्राफर अ घि अघि नाङ्गै निश्चिन्त घुमेकी छिन् । २५ वर्षकी मोडल इरिका सिमोनले आफ्नो जन्मदिनमा न्युयोर्कको व्यस्त बजारमा आफ्ना सबै दैनिकी गरेकी हुन्, तर त्यो सबै दैनिकीका लागि उनले कुनै पनि कपडा लगाएकी छैनन् । दुई वर्ष अघि जब उनी फेशन सप्ताहाका लागि मोडलिङ फोटोग्राफी गर्दै थिइन, त्यतिवेला उनलाई यस्तो योजना फुरेको थियो । त्यसकै एक भाग स्वरुप उनी स्थानीय सुपरमार्केटमा एक प्याकेट चुरोट किन्न छिरिन्, त्यो पनि नाङ्गै । सैधं कपडामा आउने इरिका जब सुपरमार्केटमा नाङ्गै आइन तब पसले मात्र होइन, कर्मचारी र मार्केट पुगेका उपभोक्ता पनि जिल खाएर उनलाई हेरिरहे । फोटोसुटको पहिलो दिन इरिकाले पश्चिमी न्युयोर्कमा पाँचवटा सट दिएकी थिइन । जब इरिकाको दिमागमा यो योजना आएको थियो, त्यसपछि उनले आफूलाई नाङ्गो बनाएर घर भित्रै दर्जनौं पटक फोटो सुट गरेकी थिइन ।


अश्लील भिडियो फेसबुकमा राख्ने धम्की दिदै यौन शोषण







नौ कक्षामा स्थानीय स्कूलमा पढदादेखि नै उसले मन पराउँदो रहेछ । किशोर उमेरको कारण प्रेमको अर्थ नबुझी मैले पनि उसलाई मन पराउन थाले । पत्राचार हुन थाल्यो । ११ कक्षा पढदा साथीको अगाडि थप्पड हानेर मेरो बेइज्जत गर्‍यो । त्यसपछि निरन्तर मानसिक र शारीरक दबाब दिन थाल्यो । असली स्वभाव अर्को भएको ठानी टाढा रहेर भुल्ने प्रयत्न गरे । त्यो केटा विदेश गयो । फर्केपछि सुध्रन्छ होला भन्ने अपेक्षा थियो ।
तर उसको स्वभाव पहिलाको जस्तै रहेछ ।
त्यसपछि उनलाई पूर्णत रुपमा त्यागे । उच्च माध्यमिक तहको अध्ययन गरिरहेको बेला मेरो वैवाहिकको कुरा आयो । राम्रो परिवार र विदेशमा अध्ययनरत शिक्षित केटा थियो । विवाह पनि पक्का भयो । यो कुरा थाहा पाएपछि त्यो केटाले उक्त कामलाई पनि भाजो हाली मसंग शारीरक सम्पर्क भएको र श्रीमती बनाई सकेको भनी अनर्गल झुटो प्रचार गरी विवाह हुन दिएन । उच्च माध्यमिक तहको अध्ययन पुरा गरी क्याम्पस तहको अध्ययनका लागि ०६५ सालमा पोखराको एक इन्जिनिरिङ कलेजमा गए ।

त्यहाँ पनि फोन गरी अश्लिल शब्द प्रयोग गरेर हैरान बनायो । अध्ययनको क्रममा छुट्टीमा ०६७ माघ २ गते काठमाडौं आँए । अन्तिम पटक भेट्ने इच्छा गरेको भन्दै उसको दाइले फोन गर्‍यो । एक घण्टा कुरा गर्ने सर्तमा मलाई पीडा दिने केटा, उनको दाई र म चाबहिलको एउटा रेष्टुरेन्टमा खाजा खान गए । खाजामा नसालु पदार्थ राखेको रहेछ । खादाखादै मलाई चक्कर लाग्न थाल्यो । बेहोस भएछु । ब्यूझिदा बसपार्कको एउटा होटलमा लगेर बलत्कार गरी अश्लिल भिडियो बनाएछ । सबै जानकारी पाएपछि मलाई उक्त भिडियो देखाई पुनः पटक पटक बलत्कार गर्‍यो । अब म उसकी श्रीमती भएको र विवाह नगरेमा भिडियो सार्वजनिक गरी बेइज्जत गर्ने र फेसबुकमा राख्ने सम्मको धम्की दियो ।

घटनापछि पढाई तर्फ कुनै ध्यान गएन । परीक्षामा दुई बिषयमा फेल पनि भए । मेरो पढाईको स्तर अचानक गुमेको, निरन्तरको तनावको कारण आनी बानीमा आएको परिवर्तनबाट साथीहरुले मेरो बिषयमा जिज्ञासा राख्दा मैले सबै कुरा सुनाए । साथीहरुले कानुनी कारबाही गर्न सल्लाह दिएपछि मोरङ स्थित घरमा गए । दाई, दिदी, भिनाजुलाई भन्दा उल्टो सामाजिक बेइज्जत होला भन्ने चिन्ताले त्यही केटाको परिवारसंग सम्पर्कमा गए ।

दुबै परिवारको दबाबमा ०६८ जेठ ९ गते त्यही केटासंग मेरो विवाह भयो । पुनः अध्ययनको लागि पोखरा फर्के । विवाह भएपछि कसैसंग बोल्न, हिडन नहुने, बुबा, दाई शिक्षक, भाई सबलाई बात लगाउन उ पछि परेन । श्रीमती भएपछि उसबाट पशुवत करणीको समाना गर्नु पर्‍यो । मेरो इच्छा विरुद्ध पटक पटक वैवाहिक बलत्कार गरे । उनको यस्तो व्यवहारले कानुनी रुपमा सम्बन्ध बिच्छेद नगर्दासम्म उसको निजी सम्पति वा अधिकारको बस्तु ठानी मानसिक, शारीरिक शोषण गर्ने भएकोले पतिको नाताबाट सम्बन्ध बिच्छिेद हुनु आवश्यकता ठानेर यो निवेदन दिएको हु ।

काठमाण्डौ, माघ २४, कान्तिपुरमा प्रकाशित पीडित युवतिले अदालतमा दिएको निवेदनको अंश

प्रेम प्रस्ताव राख्ने किशोरलाई सिस्नुपानी झ्याम झ्याम



उदयपुर,  - कक्षाकी सहपाठी किशोरीलाई प्रेम प्रस्ताव राखेको आरोपमा यहाँका एक किशोरलाई सिस्नुपानी लगाइङ्कए छ । जिल्लाको पहाडी गाविस ताम्लिछा- ३ का १५ वर्षीय रामचन्द्र कार्कीलाई छोरीलाई प्रेम प्रस्ताव राखेको भन्दै किशोरीका बाबु सोही ठाउँका कृष्ण निरौला खत्रीले सिस्नोपानीले कुटेको पीडितका आफन्तले बताएका छन्।
पीडितका दाजु राजन कार्कीका अनुसार स्थानीय महेन्द्र उच्च मावि ताम्लीछामा कक्षा १० का विद्यार्थी कार्कीले आफ्नै कक्षाकी सहपाठी १४ वर्षीया सिर्जना (नाम परिवर्तन) लाई पत्र लेखेर प्रेम प्रस्ताव राखेको भन्दै खत्रीले भाइमाथि सिस्नुपानीले कुटपिट गरेको बताए। 'खत्रीले रामचन्द्रलाई घर नजिकै बोलाएर लगाएको लुगा च्यातच्युत पारी सिस्नुपानीले झ्याम कि झ्याम हाने' कार्कीले भने, 'गाउँले र हामीले केही गर्न सकेनौं।'

अर्का स्थानीय रमण लुईटेलका अनुसार रामचन्द्रले सिर्जनालाई 'म तिमीलाई मन पराउँछु, तिमीले मलाई मन पराउछ्यौ कि पराउदिनौ ?,' पत्रमा उनले लेखेका थिए 'मन पराए पराउँछु भन, नपराए पराउँदिन भन।' किशोरीले सो पत्र बाबुलाई लगेर देखाएपछि खत्रीले कार्कीलाई बोलाएर सिस्नुपानीले छ्याप्दै कुटपिट गरेको उनले बताए। लुइटेलका अनुसार किशोर बाबुविहीन र गरिव भएकाले खत्रीले हेपेर कुटपिट गरेका हुन्।