गोली समेत पड्काउन पासाङको निर्देशन; प्रहरी प्रमुख राना पासाङकहाँ


pasang_nanda_kishor_punकाठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाको पक्षमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतस्फुर्त रुपमा स्थानिय बासिन्दाहरु उभिएपछि गगनका प्रतिस्पर्धी एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङले चुनावमा छापामार शैली अपनाएका छन्। पासाङले कपन क्षेत्रमा एक दर्जन भन्दा बढी फ्ल्याट भाडमा लिई भाडाकै कायकर्ता र पूर्व लडाकुलाई राखेर चुनावी प्रयोजनका लागि उनीहरुलाई प्रशिक्षण दिइरहेको कपनबासीले बताएका छन्। उनीहरुका लागि पासाङले मोटरसाइकलमा पेट्रोल, खानाका लागि क्याटरिङको ब्यवस्था र बस्नलाई फ्ल्याट ब्यवस्था गरेका कारण राजधानीका अधिकांश आपराधिक समुहहरुको पनि कपनमा ओइरो लागेको समाचार जनप्रहार साप्ताहिकले छापेको छ।
निर्वाचन आचारसहिंता विपरित पासाङले एक फ्ल्याटमा दश जनाको समुह बनाउँदै उनीहरुलाई हतियार समेत उपलब्ध गराएको स्रोतको दावी छ। स्रोत भन्छ–‘आवश्यक परे गोली पड्काउ, परेको म ब्यहोर्छु भन्दै पासाङले कार्यकर्ताहरुलाई निर्देशन दिने गरेका छन्।’ तर कपन पुगेका अधिकांश समुहले एक जना बराबर एक लाख रुपैयाँ माग गरेपछि पासाङ हच्किएका हुन्।
यसैबीच, कार्तिक ३० गते अवकाश पाउन लागेका आईजीपी कुँवेरसिंह राना केहि दिन अघी बुधबार कपनस्थित पासाङको निवासमा किन पुगे भन्ने विषयले प्रहरी संगठनभित्रै खुल्दुली मच्चिएको छ। बुधबार दिउँसो ४ बजे प्रहरी पोशाकमै गाडिमा झन्डा हल्लाउँदै आईजीपी राना पासाङको निवासमा २० मिनेट बसेर फर्किएका थिए। यो विषयलाई लिएर प्रहरीका उच्च अधिकारीहरुले आइजीपी रानाप्रति चरम आक्रोश ब्यक्त गरेका छन्। अवकाश हुने मितिलाई मध्यनजर राखि म्याद थप गर्नका लागि राना पासाङको चाकडी गर्न पुगेको हुन सक्ने असन्तुष्ट एक डीआईजीले बताए। स्रोतका अनुसार चुनावमा आफुलाई सहयोग गर्ने सहमति भएमात्र म्याद थपका लागि अध्यक्ष प्रचण्डसँग बार्ता गर्ने पासाङले बताएपछि आइजीपी रानाले सहयोग गर्ने बचन दिएर फेरी भेटौंला भन्दै फर्किएका थिए। पासाङको निवासबाट फर्कने क्रममा घर बाहिर रहेका पासाङका छोरा दिपेशले नमस्कार अंकल भन्दै रानालाई संवोधन गरेपछि रानाले के छ बाबु ? भन्दै हात मिलाएर बाहिरिएको एक प्रत्यक्षदर्शी बताए।

यस्ता छन् वैद्य माओवादीका गोप्य योजना

http://www.youtube.com/watch?v=9Vf2YV71hWo&list=UUYBKFok-HWHWwFk9h3N_fBg

downloadकाठमाडौं,कात्तिक ९– संविधानसभा निर्वाचन असफल बनाउन नेकपा–माओवादीले मोवाइल टावर भत्काउनेदेखि प्रहरीको हतियार खोस्नेसम्मको योजना बनाएको सूचना गृह मन्त्रालयले पाएको छ । दुई साताअघि दाङमा बसेको माओवादी बैठकले यस्तो नीति बनाएको भन्दै गृहले सुरक्षा रणनीति सर्कुलर गरेको खबर आजको नयाँ पत्रिकामा छ ।
गृह मन्त्रालयले संकलन गरेको गोप्य सूचना अनुसार माओवादीको दाङ बैठकले ४ मंसिरमा हुने निर्वाचनलाई जीबन मरणको सवाल बनाएको छ ।सबै कदम चालेर निर्वाचनलाई असफल बनाउन खोजेको भन्दै गृहले माओवादीका शीर्ष नेतालाई निगरानीमा राखेको छ । उनीहरुका चुनावविरोधी गतिबीधी निस्तेज पार्न सुरक्षा निकायलाई सर्कुलर जारि गरेको छ ।गृहले गरेको सर्कुलरमा मोवाइल टावर हान्ने तथा प्रहरीका हतियार खोस्ने जस्ता माओवादी रणनीतिउपर सचेत रहन भनिएको छ । टेलिफोन टावर तोडफोड गर्दा संचार बिच्छेद हुने र चुनाव भाँडन सजिलो हुने माओवादीले बनाएको गृह स्रोतको दावी छ ।गृहको सर्कुलरमा बैद्य माओवादीले जनबिद्रोहको लागि बाताबरण बन्दै गएको उल्लेख गर्दै बिस्तारै अर्थभुमिगत हुने ,त्यसपछि हतियार प्रयोग गर्ने र त्यसपछि पुर्ण रुपमा भुमिगत हुने रणनीति माओवादीले लिएको कुरा उल्लेख छ ।
 

भारतीय सहयोगका गाडी रक्सौलमा थुप्रदै

nepal-indiaकाठमाडौ, कार्तिक ९ - भारत सरकारले नेपालमा दोस्रो संविधान निर्वाचनलाई सघाउन पठाउन लागेका गाडीहरु रक्सौल नाकामा आएर जम्मा हुन थालेका छन् । शुक्रबारसम्म दुई सयभन्दा बढी गाडी रक्सौल आइसकेको वीरगन्ज भन्सार स्रोत कार्यालयले जनाएको छ ।
तीन महिनाअघि भारतीय विदेशमन्त्री सलमान खुर्सिदले आफ्नो एक दिने भ्रमण दौरान ७ सय ६४ वटा सवारी सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसअघि संविधानसभा निर्वाचन मीति घोषणालगत्तै नेपाल सरकारले नै सात सय गाडी उपलब्ध गराउन भारत सरकारलाई लिखित आग्रह गरेको थियो ।
भारत सरकारले चुनावको एक महिना अघिसम्ममा गाडीहरु उपलब्ध गराउने वचनवद्धता प्रकट गरेकामा यतिबेला नेपालको दक्षिणीद्धार वीरगन्जसँग सीमावर्ती भारतीय शहर रक्सौलमा आउन सुरु गरेको हो । अधिकारीहरुका अनुसार सबै गाडी आइसकेपछि वीरगन्जमै त्यहाँस्थित भारतीय वाणिज्यदुतावासले एक कार्यक्रम आयोजना गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको छ ।
पहिलो संविधानसभा निर्वाचनमा पनि भारत सरकारले नेपाललाई यत्तिकै भारी संख्यामा गाडी सहयोग गरेको थियो । स्रोतहरुका अनुसार, भारतले यस पटक टाटा कम्पनीबाट उत्पादित टेल्कोलाइन नामक मानिस र सामान दुवै बोक्न मिल्ने गाडी धेरैसंख्यामा उपलब्ध गराउँदै छ । भारत सरकारको सहयोगमा प्राप्त यी गाडीमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले प्रयोग गर्नेछ । त्यससँगै गृह मन्त्रालय र शसस्त्र प्रहरी बलले पनि यी गाडी बाँड्नेछन् ।
भारत सरकारले गर्न लागेको गाडी सहयोग दोस्रो संविधानसभा निर्वाचनका लागि नेपाललाई प्राप्त सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्राविधिक सहयोग हो । भारतसँगै छिमेकी राष्ट्र चीन र जापानले चुनावका लागि प्राविधिक सहयोग उपलब्ध गराएका छन् ।


'पहिलो प्रहार दाहालमाथि'

dev gurungचितवन, कार्तिक ८ - नेकपा-माओवादीका सचिव देव गुरुङले चुनाव बहिस्कारको क्रममा आफूहरुको पहिलो प्रहार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल गुट बनेको बताएका छन् ।  चितवनको भरतपुरमा शुक्रवार नेकपा-माओवादी र सोसल रिपब्लिकन पार्टीविचको एकिकरण कार्यक्रममा बोल्दै सचिव गुरुङले दाहाल गुटसंगै अन्य ठूला पार्टी मुख्य निसाना बन्ने बताए ।
' हाम्रो ५० प्रतिशत राजनीतिक विजयी भई सकेको छ,' गुरुङले भने ,' अब  चुनाव बहिस्कार गरी यसलाई ध्वस्त पारेर विजयी हांसिल गर्ने सुरमा छौं ।' गुरुङले विदेशीको इसारामा संविधान सभाको निर्वाचन हुन लागेको र दाहाल भारतिय विस्तारवाद लागु गर्ने हनुमान बनेको आरोप लगाए । 'विदेशीको प्रायोजनमा निर्वाचन हुन लागेको छ,' गुरुङले भने ,' दलले विदेशीका सामु नांगो रुपमा आत्म समर्पण गरेर चुनाव गर्न लागी परे ।' गुरुङले विदेशीको इसारामा अध्यक्ष दाहालको डिजाईनमा सेना परिचालन गर्ने काम भएको आरोप लगाए । अधिकांश समय दाहाललाई गाली गर्न समय खर्चिएका गुरुङले विदेशीको हतियार दाहाल बनेको आरोप लगाए ।  
गुरुङले विदेशीको इसारामा दाहाल हतियार बनेरै सेना परिचालन गरी पार्टीको धारलाई समाप्त पार्न लागी परेपनि १० बर्ष सम्म जनयुद्ध लडेर मुनाफाको रुपमा पाएको जीवन त्यसै समर्पण नगर्ने टिप्पणी गरे । उनले चार दलका शिर्ष नेता लचक भई गोलमेच सम्मेलन मार्फत सहमति गर्न तयार रहेको उनले बताए । गुरुङ ३३ दलिय मोर्चाले सशक्त रुपमा चुनाव बहिस्कारका कार्यक्रम गर्ने जानकारी दिए । उनले एकिकरण भएको सोसल रिपब्लिकन पार्टी चितवन,गोरखाका नेता तथा कार्यकर्तालाई अविर लगाएर स्वागत गरे । संविधान सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकबाट उम्मेद्वारी दिएका आधा दर्जन कार्यकर्ता पार्टीमा प्रबेश गरेका हुन् ।

किन दिँदैछन् गोरखालीले बाबुरामलाई भोट ?

baburam

गोरखा, कात्तिक ८– गोरखाको खोप्लाङ वडा नं. ४ बेलबासमा जन्मेर २०२६ सालमा एसएलसी बोर्ड फस्ट हुनुभएका एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई मत दिएर जीताउन गोरखा क्षेत्र नं. १ का बासिन्दा आतुर भएका छन् ।नेता भट्टराईले कात्तिक ३, ४, ५ र ६ गते गोरखामा गर्नुभएको जनभेटघाट कार्यक्रमले यस्तो संकेत गरेको हो । नेता भट्टराईको स्वागतको लागि गोरखाका हजारौं मानिसहरु फूलमाला लिएर लामबद्ध भएका थिए । गोरखा नगरपालिका वडा नं. १ देखी ११ सम्मका मानिसहरु र बक्राङ, मनकामना, ताक्लुङ, घैरुङ, ताङिलचोक, मकैसिङ, फुजेल, दर्बुङ, घ्याल्चोक सम्मको कार्यक्रममा गाउँलेहरुको अपार माया डा. भट्टराईलाई रह्यो । यसअघि पनि यहाँका मानिसहरुले एमाओवादीलाई मत दिएर देश भरीमै दोश्रो अत्यधिक मतले विजयी गराएका थिए । यसअघि नेपाली काँग्रेसले ९ हजार मत प्राप्त गरेको थियो भने एमाओवादीले ४० हजार । गोरखाको ग्रामीण क्षेत्रमा ८० प्रतिशत भन्दा बढी मानिसहरु एमाओवादी रहेका छन् ।
डा. भट्टराईको काम गर्ने शैलीका कारण यहाँका मानिसहरु नामकै आधारमा भोट दिन तयार भएका छन् । अझै जनभेटघाटको कार्यक्रमले यहाँ एमाओवादी प्रति जनउभार आएको छ । गाउँमा देखिएका जति सबै मानिसहरु एमाओवादी भएका छन् । मिडियाको प्रचारमा अत्य दलहरु अगाडि भएपनि वस्तुगत रुपमा एमाओवादी पाँच गुना अग्र पंक्तिमा छ ।
गोरखा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत यस अघि डा. भट्टराईले मनकामना मन्दिर जीर्णोद्वारको काम , मनकामना गोरखकाली टे«किङ रुट निर्माण, गोरखा बुंकोट, नामजुङ, घैरुङ, तिनमाने, मनकामना सडक निर्माण, गोरखा ताप्ले, अश्राङ बोर्लाङ सडक निर्माण, गोरखा नारेश्वर निवेल सडक निर्माण, लक्ष्मीबजार फुजेल सडक, लक्ष्मिबजार मनकामना सडक, अवुवा मनकामना सडक, खैरेनी मनकामना सडक, स्याउली मनकामना सडक, दशकिलो मनकामना सडक निर्माण, वेनिघाट आरुघाट सडक निर्माण, दरौंपुल, बुढीगण्डकीमा दुईवटा निर्माणका साथै पर्यटकीय आर्थिक क्षेत्रमा जोड दिँदै काम गर्दै आउनुभएको छ । गोरखाका बुद्धिजीवि, शिक्षक, मजदुर सबै तह र तप्काका मानिसहरु वीच डा. बाबुराम भट्टराई आशाको केन्द्र हुनुहुन्छ । उहाँको गोरखा निर्वाचन क्षेत्र नं. १ आगमनले यहाँका प्रशासनिक निकायका काम चुस्तदुरुस्त हुने र विकासमा सबै क्षेत्रका जनताको समान पहुँच हुने कुरामा दुईमत छैन ।
एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारका पालामा गाउँ विकास समितिमा आएको २० देखि ५० लाख सम्मको बजेटबाट अहिले स्थानीय गाउँमा विकासको प्रभाव बढेपछि यहाँका मानिसहरु एमाओवादी पक्का जनताको पार्टी भएको स्वीकार गरेका छन् ।
स्वास्थ्य संस्थामा निशूल्क उपचार, कक्षा १० सम्म निशुल्क शिक्षा, पछाडि पारिएका वर्ग समुदायका लागि विशेष सुविधा, आर्यखसका लागि अलग्गै व्यवस्था भने अनुसार एमाओवादीले गरेपछि यहाँका मानिसहरु एमाओवादीलई दुईतिहाई बढी मत दिएर जिताउन आतुर देखिएका हुन् । एमाओवादीको नीति अनुसार यहाँका विद्यालयहरुमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने चलन रहँदै आएको छ ।
नेता भट्टराई प्रधानमन्त्री भएको बेला बहुप्रतिष्ठित बुढीगण्डकी आयोजनाले बैधानिकता पाएपछि यस क्षेत्रको कायापलट हुन लागेका भन्दै यहाँका मानिसरु खुशि भएका छन् । यसबाट नेपालको लोडसेडिङ मुक्त हुनुका साथै लाखौ मानिसहरुले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाउने छन् । भन्न त मानिसहरुले ८० वर्ष पहिले पनि बुढी गण्डकी नदिबाट विजुली निकाल्न सकिन्छ भन्थ्ये तर हामीलाई पत्यार लाग्दैन थियो तर बाबुराम भट्टराईले गरेर देखाईदिए भन्नुहुन्छ फुजेल पुनी गाउँका वृद्ध पिताम्बर लामिछाने । फ्रान्सको टयाक्बेल्ट कम्पनिले चुल्ठेभिरमा भीर खोपेर काम गरेको देखेपछि यहाँका मानिसहरु साँच्चै जे बोल्यो त्यो गर्ने पार्टी एमाओवादी नै रहेछ भन्नेमा ढुक्क भएर बसेका छन् । एमाओवादीलाई स्थीर सरकार बनाउन चाहिने मत नदिए देशको विकास सम्भव नभएको दरबुङ एमाले नेता समेत रहेका ज्योति घिमिरेले बताए ।
एकातिर जनताको अपारमा माया एमाओवादीलाई छ नै त्यसमा पनि बोलेका काम फत्ते गर्ने प्रचण्ड बाबुराम जस्ता विश्व चर्चित नेताका कारण गोरखामा एमाओवादी प्राणप्रिय पार्टी बन्न सकेको छ ।
बाईस वर्षे शिक्षण पेशालाई तिलाञ्जली दिँदै पार्टीमा लाग्नुभएका एमाओवादी मुख्य सचिव हितराज पाण्डे एउटा इमान्दार र कर्मठ नेता हुनुुहुन्छ । गाईखुर गाविसको तल्लो मैदान वेतेनीमा जन्मनु भएका नेता पाण्डे जनयुद्धका योजनाकार समेत हुनुहुन्छ । आफ्नो क्षेत्रको विकासका लागि भन्दै एमाओवादी विस्तारीत बैठक समेत पालुङटारमा गराएर यहाँको विकासमा कायापलट गराउनु भएका नेता पाण्डेलाई यस अधिकै रेकर्ड रहने गरी मत दिन गोरखा निर्वाचन क्षेत्र नं. २ का मानिसहरु आतुर भएका हुन् ।
एमाओवादी पार्टी भनेपछि हुरुक्कै गोरखा क्षेत्र नं. २ का बासिन्दाहरु पुरानो रकर्ड कायम राख्न भन्दै दिनरात चुनावी मैदानमा खटिएका छन् । एमाओवादीको आगमनसँगै यहाँ विकासले गति लिएर क्षेत्रका सबे गाविसमा मोटरबाटो र विजुलीबत्ती पुगेको थियो । नेता पाण्डे निरन्तर जनताको वीचमा हुनुहुन्छ ।
स्थानीय तहको नेताको माग राख्दै आएका गोरखा क्षेत्र नं. ३ का मानिसहरु स्थानीय विकास प्रेमी जुझारु युवा नेता छम बहादुर गुरुङलाई पाएपछि खुशि मात्रै भएका छैनन् । यसअघिको निर्वाचनमा आएको भन्दा बढी मत लिएर विजयी गराउन लागि परेका छन् । यहाँका मानिसहरुले अन्यपार्टीका मानिसहरु गाउँ आउँदा लखेटेर भगाएका छन् । उत्तरी गोरखाका १४ गाविसमा गुरुङ बाहेक अन्य नेता चुनाव प्रचारमा जाने स्थिति छैन । चिनियाँ सरकारसँग राम्रो सम्बन्ध कायम राखी उत्तरी गोरखाको विकासका लागि आवाज उठाएर कार्यान्वयन गर्दै आएका नेता गुरुङको पहलमा गोरखाको छेकम्पारमा तिब्बत जाने बाटो बनाउन डोजर पुगेको छ ।
बारपाक, लाप्राकमा मोटर बाटो पुगेको छ । आरुघाट स्थित बुढी गण्डकी नदिमाथि मोटरपुल बनेको छ । सिर्दीवासमा आवासिय विद्यालयको निर्माण भएको छ । लापु स्थित कालरात्री माविमाको नयाँ भवन निर्माण भएको छ । चिनियाँ सरकारले वर्सेनी ३० सौं लाखको खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ । पटक पटकको चीन भ्रमणबाट छम बहादुर विकासका लागि प्रतिवद्ध हुँदै चिनियाँ मोडलबाट उत्तरी गोरखाको कायापलट गर्न लागि पर्नुभएको छ । यस्ता नेतालाई एमाओवादीले उम्मेदवार बनाउनु उत्तरी गोरखाको विकासको मुल फुटाउन हो भन्नुहुन्छ गुम्दाका स्थानीय भीम प्रसाद गुरुङ बताउनुहुन्छ । उत्तरी गोरखाका विकासका लागि गुरुङले जिल्ला पार्टी, केन्द्र पार्टी र पार्टी सरकारमा रहेका बेला जस्ताको तस्तै समस्या राख्दै स्थानीयका माझ प्रिय बन्नु भएको थियो । जिल्लाको पन्द्रुङ गाविस स्थित शैलपुत्री उमाविमा अध्ययन सकेर जनयुद्धको थालनी देखि नै पार्टीमा लाग्नु भएका नेता गुरुङले दुई तिहाई भन्दा बढी मतान्तरले जित्ने निश्चित भएको बारपाकका धन बहादुर घले बताउनुहुन्छ ।
एमाओवादीको घोषणा पत्रका अनुसार जनता पेन्सन कार्यक्रमबाट प्रत्यक ६५ वर्ष उमेर समूहका मानिसहरुलाई दूई हजार मासिक भत्ता दिने, औषधोउपचार निशुल्क दिने लगायतका जनहितका कार्यक्रमले एमाओवादीको देशभर विजय निश्चित भएको छ । यस कारण देशमा एमाओवादीको आवश्यकता छ ।

सुत्केरीलाई ल्याएका कुखुरा प्रहरीबाटै गायब


४ कात्तिक, काठमाण्डौं ।सुत्केरी छोरी भेट्न ओखलढुंगा रुम्जाटारका मीठु सार्की २ जना सहयोगीसँग सिन्धुली- काभ्रे हुँदै लोकल कुखुरा बोकेर काठमाण्डौं आउँदै थिइन् । शनिबार बिहान जगाती आइपुग्दा महानगरीय प्रहरी वृत्तका प्रहरीले उनीहरुलाई रोके र कुखुरा मागे । उनीहरुसँगै आएका पुष्प पोख्रेल र बच्चुराम गुरुङका हातमा पनि कुखुरा थिए । आफूहरु सुत्केरी भेट्न आएकाले कुखुरा नदिने बताएपछि प्रहरीले मीठुसँग १ हजार रुपैयाँ मागे । पैसा र कुखुरा दुवै नपाएपछि प्रहरीले ६ वटै कुखुरा लिएर हिँडे । र, बहाना बनाए । कुखुरालाई बर्डफ्लु लगोको छ । जबकी प्रहरीले यसरी पशुपन्छी नियन्त्रणमा लिन पाउँदैन, त्यो काम पशु क्वारेन्टाइनको हो ।
‘कुखुरा फुत्काउन अनेक गरे,’ काठमाण्डौं आएपछि मीठुले भनिन् ‘सुरुमा एउटा कुखुरा मागे, दिन्नौं भनेपछि केहीबेर अलमल गरेर सबै दिएर गए । बर्डफ्लु लागेको पो भने ।’
उनीसँग जीपमा आएका पुष्प र बच्चुसँग भएका ३ वटा कुखुरा पनि बिरामी भएको भन्दै प्रहरीले गायब बनाएको मीठुलाई उदृत गर्दै कारोबार दैनिकले खबर छापेको छ । दुवैले काठमाण्डौंमा बस्दै आएका रुम्जाटारका बद्रीकाजी गुरुङलाई ती कुखुरा ल्याइदिएका थिए ।

Dashain Song Nepal Army Rifleko Sirani MasiNepal) YouTube (+playlist)

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

इपीएस परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण (नतीजासहित)

(0 votes)
काठमाडौं- रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीएसको भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ। परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका छन्। गत असोज २० र २१ गते भएको परिक्षामा ४७ हजार ९ सय २८ जनाले फर्म भरे पनि ४४ हजार एक सय ३७ जनाले परीक्षा दिएका थिए। ३ हजार ६ सय ६२ जना कृषितर्फ र ४ हजार ३ सय ८९ जना उत्पादनमुलक काममा उत्तीर्ण भएका छन्। 

कोरियाले यस वर्ष कृषिमा करिब ३ हजार ६ सय र औद्योगिक क्षेत्रमा ४ हजार ६ सय उर्तिर्ण गराउने बताउँदै आएको थियो। कोरिया मानव संसाधन विकास एचआडीले उत्तरपुस्तिका जाँच गरी नतिजा दिएलगत्तै नतिजा सार्वजनिक गरिएको इपीएस कोरिया शाखाका प्रमुख दिल्ली बाँस्तोलाले नागरिकलाई बताए।
Passer' list_2013-1 Passer' list_2013-2 Passer' list_2013-3 Passer' list_2013-4 Passer' list_2013-5 Passer' list_2013-6 Passer' list_2013-7 Passer' list_2013-8 Passer' list_2013-9 Passer' list_2013-10 Passer' list_2013-11 Passer' list_2013-12 Passer' list_2013-13 Passer' list_2013-14 Passer' list_2013-15 Passer' list_2013-16 Passer' list_2013-17 Passer' list_2013-18 Passer' list_2013-19 Passer' list_2013-20 Passer' list_2013-21 Passer' list_2013-22 Passer' list_2013-23 Passer' list_2013-24 Passer' list_2013-25 Passer' list_2013-26 Passer' list_2013-27 Passer' list_2013-28 Passer' list_2013-29 Passer' list_2013-30 Passer' list_2013-31 Passer' list_2013-32 Passer' list_2013-33 Passer' list_2013-34 Passer' list_2013-35 Passer' list_2013-36 Passer' list_2013-37 Passer' list_2013-38 Passer' list_2013-39 Passer' list_2013-40 Passer' list_2013-41 Passer' list_2013-42 Passer' list_2013-43 Passer' list_2013-44 Passer' list_2013-45 Passer' list_2013-46 Passer' list_2013-47 Passer' list_2013-48 Passer' list_2013-49 Passer' list_2013-50 Passer' list_2013-51 Passer' list_2013-52 Passer' list_2013-53
अन्य लिस्ट यहाँ क्लिक गरेर हेर्नुस्