अमेरिकी कंग्रेसमा 'नेपाल प्रस्ताव' दर्ता

न्युयोर्क, श्रावण १६ - अमेरिकी कंग्रेसको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टिभ्स’ मा नेपाल प्रस्ताव दर्ता गरिएको छ । संभवत अमेरिकी कंग्रेसको इतिहासमा नेपाल सम्बन्धी प्रस्ताव दर्ता भएको यो पहिलो घटना हो ।
LARSON
नेपालप्रति सरोकार राख्ने सात जना अमेरिकी कंग्रेसम्यानहरुले मंगलबार प्रस्ताव दर्ता गर्दै नेपालमा अबिलम्ब निर्वाचन मार्फत सरकारको गठनको पहल गर्न अमेरिकी कंग्रेसमा छलफलको माग गरेका छन् । प्रस्तावबारे आगामी साता 'हाउस अफ रिप्रिजेन्टिभ्स’ को विदेश नीति सम्बन्धी समितिमा छलफल हुनेछ ।  
वासिङटन राज्यका डेमोक्रयाट् कंग्रेसम्यान रिक लार्सनको नेतृत्वमा दर्ता गरिएको सो नेपाल प्रस्तावमा एक रिपब्लिकन पार्टी पक्षधर कंग्रेसम्यान फ्लोरिडाका एनडर क्रेन्साको समेतको सर्मथन । क्रेन्सासहित कोलोराडोका जेरेड पोलिस, क्यालिफोर्नियाका अमी बेरा लगायत वासिङ्टन राज्यका विधायकहरु डेनिस हेक, सुजान डेलबेने र डेरेक किलमेरले लार्सनको नेतृत्वमा दर्ता गरेको प्रस्तावमा समर्थन गरेका छन् ।
फ्लोरिडाका क्रेन्सा र कोलोराडोका पोलिस, अमेरिकी कंग्रेसमा नेपाल सरोकार समुहका संयोजकद्वय हुन् । गत बर्षको निर्वाचनमा वासिङटन राज्यबाट कंग्रेसम्यान पदमा उम्मेद्‍वार दिएका नेपाली मुलको दर्शन रौनियारले विशेष पहलपछि सो प्रस्ताव दर्ता गरिएको हो । विगत केहि महिनादेखि रौनियार यस बिषयमा सक्रिय थिए ।
नेपालप्रति विशेष चासो र अध्ययन गरिरहेका वासिङटन राज्यका विधायक लार्सनको नेतृत्वमा दर्ता गरिएको तीन पेजको प्रस्तावमा नेपालको स्वतन्त्र निर्वाचनको अपरिहार्यतमा जोड दिँदै निर्वाचनमा बृहत सहभागिताका लागि अमेरिकी सरकार लगायत अन्तर्राष्ट्रिय समुदायले सहयोग र सदभाव गर्नुपर्ने उल्लेख छ । त्यसैगरि, नेपाली जनताहरुको स्वाभिमान एवम राष्ट्र निमार्णमा उनीहरुकै सहभागितालाई महत्त्व दिनुपर्ने उल्लेख गर्दै नेपालमा शान्ति स्थापना एवम जनताको हक अधिकारको प्रत्याभूतिका लागि निर्वाचन मार्फत सरकार गठनलाई प्रमुख प्राथकिता दिईएको छ ।
प्रस्तावमा नेपालको अखण्डता, स्वाभिमान र राष्ट्रिय सुरक्षा प्रति अमेरिकी सर्मथन उल्लेख गरिएको छ । 


संसारका सबैभन्दा दुखद १० तस्विर, जसले रुन बाध्य बनाउँछन्!



एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि
दुखि नभई सुखै पाउँदैनन्। बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केहि यस्ता तस्विर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनिया सामु व्यक्त गरेका हुन्छन।
हामीले तपाईसामु दश यस्ता तस्विर प्रस्तुत गर्दैछौँ जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियासामु प्रष्ट पार्छन्। यो तस्विर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने हाम्रो उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने हाम्रो मान्यता छ।

१. बौद्ध भिक्षुको आत्मदाह (1963)
यस तस्विरले पुरै दुनियालाई शोक सन्तप्त बनाईदियो। यहाँ बौद्ध भिक्षु दक्षिणी वियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए। भिक्षुले आफैले आफुलाई आगो लगाए। अचम्मको कुरा के छ भने शरिरमा आगो लाग्दै गर्दा उनि न चिच्याए न त जलुञ्जेल हल्लिए नै। उनले चुपचाप आत्मदाह गरे।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर

२. इराक युद्ध (2003)
एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए। उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए। कैदीले सैनिकसँग अपिल गरे की आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ। अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर

३. भोपाल ग्याँस काण्ड (1984)
भोपाल ग्याँस काण्ड दुनियाको सबैभन्दा ठुलो औद्योगिक घटना मध्ये एक हो। भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चिस हजार भन्दा बढि मानिस प्रभावित भएका थिए। यो तस्वित सोही घटनाको हो। घटनास्थलमा एक बच्चाको शरिर फेला पर्यो। ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर

४. पहिलो कालो विद्यार्थीलाई निकाला (1957)
नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट(कालो वर्णकी विद्यार्थी) थिईन्। स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यबहार भयो। आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो। तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर

५. भुकम्पले आमाकै अगाडी पाँच बच्चाको ज्यान लियो (1983)
सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडी ज्यान लिएको थियो। यो तस्विरले बताउँछ की उसलाई कति पिडा भईरहेको छ।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर

६. आफ्नै सैनिक र नागरिकमाथी बम प्रहार
कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन्। दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथी बर्सियो। ईलाकामा भागदौड मच्चियो। भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर

७. ज्वालामुखी पछि हिलोमा फसेकी आमयरा सांजेच (1985)
कोलंबियाको आर्मिरोमा सन् १९८५ मा फुटको ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो। आमयरा सांजेच १३ बर्सकी थिईन्। उनि हिलोमा फसेकी थिइन्। आफ्नो घर बर्बाद भएपछि पनि उनि तीन दिन सम्म हिलोमा नै गाडिएकी थिइन्। फ्रेंक फार्नियर यो तस्विर लिएका थिए। यसै तस्विरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो। केहि दिनपछि आयमराको मृत्यु भयो।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर

८. स्पाइनल कर्ड नबन्दै अप्रेशन (1999)
यो तस्विर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडा को सफल अप्रेशन गरेका थिए। यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कडको पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन। स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकाले पछि बच्चाको हड्डीको विकास हुँदैन।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर
९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (1975)
सन् १९७५ मा यो दर्दनाक तस्विर क्यामरामा कैद भएको थियो। घरमा आगो लागे पछि आमा र बच्चाले झ्यालबाट हाम फाले। माथिल्लो तलामा रहेका उनिहरु जर्ने भर्यांग समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो। बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए।
इतिहास की 10 सबसे दुखद तस्वीरें, जिन्होंने किया रोने पर मजबूर

१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्द
यो तस्विरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे। अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्द। यस तस्विरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।

नक्कली कागजपत्रमा आउने विदेशीसँग डेढ करोड असुली

 नक्कली कागजपत्र देखाएर अवैध रूपमा नेपाल प्रवेश गरेका विदेशी नागरिकलाई कारबाही गर्दा डेढ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अध्यागमन विभागले एक सातामा १३ जनाबाट भिसा, बिलम्ब शुल्क र जरिवानासहित १ करोड ५० लाख ९९ हजार राजस्व उठाएको हो । अवैध रूपमा नेपाल आएका विदेशीलाई यसअघि मन्त्रिपरिषद्ले निर्णय गरी राजस्व मिनाहा गरी पठाउने गरेको थियो । 

पुरानो व्यवस्थाबाट नभई विभागको अधिकार प्रयोग गरी जरिवानासहित राजस्व लिएको हो । अध्यागमन ऐनअनुसार भिसा शुल्क, बिलम्ब शुल्क र जरिवाना लिएको हो । अध्यागमन ऐनको दफा ३ को -१) मा कुनै पनि विदेशीले राहदानी र भिसा नलिई नेपाल प्रवेश गर्न र बस्न नपाउने उल्लेख छ ।

विभागका महानिर्देशक शरदचन्द्र पौडेलका अनुसार अवैध रूपमा नेपाल छिरेर भिसा शुल्क, जरिवाना तिर्नेमा सोमालियाका १२ र १ पाकिस्तानी छन् । पाकिस्तानी सन् २००४ अगस्त १० देखि नेपाल बस्दै आएका थिए । विभागले उनलाई १५ लाख ५२ हजार ३ सय भिसा शुल्क र ४५ हजार जरिवाना तिराएको छ । यस्तै, १२ जना सोमालियाका नागरिकबाट १ करोड ३१ लाख ७२ हजार ७ सय भिसा शुल्क र ३ लाख ५० हजार जरिवाना तिराएको विभागका अनुसन्धान अधिकृत देवषिर् सापकोटाले जानकारी दिए । सोमालियाका नागरिकलाई सरकारी स्वीकृतबिना नेपाल प्रवेशमा रोक लगाइएको छ ।

भारत हँुदै नक्कली कागजपत्रमा नेपाल प्रवेश गरेका उनीहरूलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग -यूएनएससीआर) ले शरणार्थीको मान्यता दिएको थियो । 'भारत हुँदै नेपालको खुला नाकाबाट नेपाल प्रवेश गरेपछि नक्कली कागजपत्र फालेर कुन देशको हो भन्ने पत्ता लगाउन नसक्ने गरी शरणार्थीका रूपमा बसेका थिए,' महानिर्देशक पौडेलले भने, 'यूएनएचसीआरले शरणार्थी मान्यता दिएर उनीहरूले पालनपोषण गरिरहेका थिए । शरणार्थीलाई पुनर्बास गराउने क्रममा उनीहरूलाई पनि अमेरिका लगे ।' जरिवाना र भिसा शुल्क तिरेपछि उनीहरूलाई अन्तर्राष्ट्रिय आप्रवासी संगठनले केही दिनअघि अमेरिका लगेको हो ।

अवैध रूपमा नेपालमा बस्ने विदेशी नागरिकलाई जरिवाना तिराएपछि सामान्यतया देश निकाला गरिन्छ । कारबाही गरेको व्यक्ति १ देखि ३ वर्षसम्म नेपाल आउन प्रतिबन्ध लगाइन्छ । नक्कली कागजपत्रमा नेपाल प्रवेश गरेर यूएनएचसीआरको संरक्षणमा बस्ने कम्तीमा ३ सयभन्दा बढी विदेशी रहेको विभागले जनाएको छ ।

मस्र्याङदीमा मात्रै दर्जन परियोजना, १ हजार ६० मेगावाट विजुली निस्कदै

मस्र्याङदीमा मात्रै दर्जन परियोजना, १ हजार ६० मेगावाट विजुली निस्कदै


१५ साउन, काठमाण्डौं । मस्र्याङ्दी नदीमा झण्डै एक दर्जन जलविद्युत परियोजना निर्माणाधीन अवस्थामा छन् । हिमाली जिल्ला मनाङका दुई नदी खांसार र जारसांङ खोलाको दोभानबाट सुरु भएको यो हिमनदीको तीब्र बहावको पानी विद्युत उत्पादनका लागि उपयुक्त भएकाले पानीमा आधारित एक दर्जन परियोजना विभिन्न चरणमा निर्माणाधीन छन् ।

विद्युत विकास विभागले यो नदीमा विद्युत उत्पादनकै लागि भनेर अहिले पनि विभिन्न आठ परियोजनालाई समभाव्यता अध्ययन उत्पादन अनुमति प्रदान गरिसकेको छ । मनाङ जिल्लाबाट दक्षिणतर्फ सीमा जोडिएको जिल्ला लमजुङ हुँदै बग्ने यो नदी बेसिनमै नेपालकै दुई ठूला परियोजना सञ्चालनमा आइसकेका छन् । मस्र्याङदी नदीको अनुमानित लम्बाई एक सय ५० किलोमिटर छ ।

यही नदीमा ७० मेगावाट क्षमताको मध्य मस्र्याङ्दी र ६९ मेगावाटको मस्र्याङदी जलविद्युत परियोजनाले लामो समयदेखि एक सय ३९ मेगावाट उत्पादन गरिरहेका छन् । यी परियोजनाहरु लमजुङ र तनहुँ जिल्लामा पर्ने नदी बेसिनमा विद्युतगृह निर्माण गरी सञ्चालन गरिएका छन् । पछिल्लो समय यो नदीको बेसिन ‘मस्र्याङ्दी करिडोर’ को नामले प्रवर्द्धकमाझ परिचित छ ।

विद्युत विकास विभागले मस्र्याङ्दी नदीमै निर्माण र सञ्चालन गर्नेगरी करिब ५ परियोजनालाई स्विकृति दिइसकेको छ । प्रस्तावित र निर्माणाधीनमा ५० मेगावाट क्षमताका मध्यमदेखि ६ सय मेगावाटसम्मका ठूला परियोजना छन् ।

रेडकर्नर 'नोटिस'मा नेता पनि


  • (0 votes)

रेडकर्नर 'नोटिस'मा नेता पनि
अपराधको विश्वव्यापी सञ्जालमा नेपालीको उपस्थितिलाई सामान्य मान्न सकिन्न। हत्या, ठगी, चोरी तथा अपहरणका मुद्दामा नेपालीहरू दोषी देखिएका छन्। नेपालीहरू स्वदेश तथा विदेशमा अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातिमा सामेल भएका छन्। 
विभिन्न अपराधमा फरारको सूचीमा दर्ज भई रेड कर्नर नोटिससमेत जारी भएको नेपालीको संख्या ७९ पुगिसकेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार विभिन्न अभियोगमा नौ मुलुकले नेपाल प्रहरीकै पूर्व डिएसपीसहित ७९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो।
चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारीजस्ता गम्भीर अपराधमा मुछिएको भन्दै नौ मुलुकले उनीहरूविरुद्ध नोटिस जारी गरेका हुन्। सबैभन्दा बढी भारतीय इन्टरपोलले २५ नेपालीविरुद्ध नोटिस जारी गरेको छ। कतारको दोहास्थित इन्टरपोलले २० जनाविरुद्ध, यूएईले १३, नेपालले ११, अमेरिकाले चार जनाविरुद्ध नोटिस जारी गरेका छन्। यस्तै साउदी अरेबियाले तीन जना, बेलारुस र बहराइनले एक/एक जनाविरुद्ध नोटिस जारी गरेका छन। नयाँदिल्लीले चोरी, डाँका, ठगी र हत्या आरोपमा नोटिस जारी गरेको हो भने कतार, दुबई र युएईमा धेरैजसो नेपालीमाथि चेक बाउन्स र ठगीका मुद्दामा नोटिस जारी भएका छन्।
अमेरिकाले यौन दुर्व्यवहार र ठगीको अभियोग लगाएको छ भने नेपालले रेड कर्नर नोटिस जारी गरेकामा वैदेशिक रोजगारका ठगी, अपहरणका फरार अपराधी र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न छन्।
सञ्चार उद्यमी जमिम साहको २०६६ सालमा हत्या हुँदा त्यसमा संलग्न नेपाल प्रहरीका पूर्व डिएसपी जगदीश चन्द इन्टरपोलको फरार सूचीमा छन। उनलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले २०६७ मंसिरमा फरारको सूचीमा राखेको हो।

वैदेशिक रोजगारको ठगीमा काठमाडौँका भूपेन्द्र खड्का फरार छन्। उनलाई वैदेशिक रोजगार विभागले ४ करोड ५० लाख रुपैयाँको ठगी गरेको अभियोगमा रेडकर्नर नोटिस जारी गरेको हो। छजना नेपालीलाई विदेश पठाउने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ। नुवाकोटका विष्णुबहादुर लामा र रामबहादुर तामाङसहित तीनजनालाई वैदेशिक रोजगारमै २ करोड १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा रेड कर्नर नोटिस जारी गरिएको छ। एक देशमा अपराध गरेर अर्काे देशमा गई लुकेर बस्न सक्ने भएकाले रेड कर्नर नोटिस जारी गरिएको छ। नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ।
ठेगाना उल्लेख नभएका टासी छिरिङलाई वन्यजन्तुका अंग व्यापार गरेको अभियोगमा रेड कर्नर नोटिस जारी गरिएको छ। भारतले काठमाडौँ, महारागञ्जका विनिता प्रधान र अनुप प्रधानलाई पनि रेडकर्नर नोटिस जारी गरेको छ। त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअगाडि एक भारतीय र एक अमेरिकन नागरिकलाई रेड कर्नर नोटिसमा राख्न सिफारिस गरेको छ। प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवालले नेपालबाट पछिल्लो पटक दुई विदेशीलाई रेड कर्नर नोटिस जारी गरेको बताए।
डाक्टर उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्ने तीनजना पनि इन्टरपोलको रेड कर्नर नोटिसमा छन्। अपहरणका मुख्य योजनाकार केशव दर्लामी मगर, राजेश छत्री भनिने गोकुल गिरी र राजु थापा इन्टरपोलको फरार सूचीमा छन्। उनीहरूलाई नेपाल प्रहरीले जहाँ भए पनि पक्राउ गरी नेपाल बुझाइदिन आग्रहसहित इन्टरपोललाई पत्र लेखेका कारण रेड कर्नर नोटिस जारी भएको हो।
इन्टरपोल सूचीमा भारतीय जाली नोटको कारोबारमा कैद काट्दै गर्दा फरार भएका पाकिस्तानी नागरिक मोहम्मद जामिल टटी पनि छन्। वन्यजन्तुको छाला गैरकानुनी रूपमा राखेका अमेरिकी नागरिक इयान वाकर पनि फरार छन्। प्रहरी प्रवक्ता सिलवालले विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा फर्काउन सकिनेे बताए। तर, अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परे पनि पक्राउ गरेर पठाउन नमिल्ने बताए। सुपुर्दगी कानुन नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने उनको भनाइ छ। 'नेपालमा सुपुर्दगी कानुन छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन,' सिलवालले भने, 'तर, त्यो देशमा नेपालीले गरेको अपराधबमोजिम यहाँ पक्राउ गरेर सजाय दिन सकिन्छ।'
नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ। २०६३ सालमा भारतमा किड्नी निकालेर बिक्री गरी फरार रहेका डाक्टर अमित कुमारलाई चितवनमा पक्राउ गरेर भारतको जिम्मा लगाइएको थियो। यस्तै नेपालमा अपराध गरेर फरार रहेका एक नेपालीलाई क्यानडा प्रहरीले रेड कर्नर नोटिसकै आधारमा पक्राउ गरी फिर्ता पठाइदिएको थियो। विभिन्न बैंकमा दुई करोड रुपैयाँभन्दा बढी ऋण लिएर फरार रहेका रोशन पाण्डेलाई क्यानडा छिर्न नदिई पक्राउ गरेर जापान हुँदै नेपाल पठाइएको थियो। उनी क्यानडाको एयरपोर्टमै पक्राउ परेका थिए।

के हो रेड कर्नर नोटिस?
लुकी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो। सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौँ सदस्य हो। इन्टरपोलमा हालसम्म एक सय ९० देश सदस्य छन्।
इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ। अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेड कर्नर नोटिस जारी गर्न अनुरोध गर्छ। सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ। इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन्। सोही अनुरूप खोजी कार्य हुन्छ।
नेता पनि नोटिसमा
सन् २००३ मा राज्यविरुद्धको अपराध, हत्या आतंक आदिमा संलग्न रहेको भन्दै पुष्पकमल दाहालसहित १४ जना माओवादी नेताका नाममा पनि रेड कर्नर नोटिस जारी गरिएको थियो। पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफलाई पाकिस्तान सरकारले रेड कर्नर नोटिस जारी गर्न गरेको आग्रहलाई भने इन्टरपोलले अस्वीकार गरेको थियो।
- See more at: http://www.nagariknews.com/friday/story/4726#sthash.XD0jNchg.dpuf

दुबईमा हत्याको अभियोगमा एक नेपालीलाई मृत्युदण्डको सजाय



साउन ७ । हत्याको अभियोगमा दुबईममा एक जना नेपालीलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका संखुवासभा मंडेपोवरी ३ का अनिश खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा मृत्यु दण्ड सुनाइएको हो ।अदालतले शनिबार मृत्युदण्ड सजाय सुनाएका राई ८ महिनादेखि अबुधाबीको अलेन कारागारमा भएको बताइएको छ ।

दुबईमा महिलाले सञ्चालन गरेको व्यापारीक भान्सामाकाम गर्ने नेपाली र पाकिस्तानीबी भएको झडपमा एक पाकिस्तानीको मृत्यु भएको थियो। सोही अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो। उनी पाकीस्तानीसँगकोझगडामा गत कात्तिक ९ गते जेल परेका थिए ।

तर, झगडामा घाइते भएकापाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो ।
राईलाई फाँसी सजाय दिएको खबर आइतबार विहान पाएपछि डेढवर्षे छोरासहित पत्नी बिना राई परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीनव रक्षाका लागि पहल गरिदिन आग्रह गरेको अन्नपूर्णमा खबर छ ।

पढ्नुहोस है त सायद केहि जानकारी मिल्नेछ ,,



१) एउटा बयस्क
बिरालो प्रति घण्टा २० किलोमिटर
(१२ माइल्स) डौडिन सक्छ।
२) चितुवा ७६ किलिमिटर (४६ माइल्स)
प्रति घण्टा डौडिन सक्छ। अहिले सम्म
मानिस मात्र ३० किलोमिटर (१८
माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ।
३) चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन ,
उ बिरालो जस्तो म्याउँ गर्छ।
४)
छेपारोको जिब्रो उसको शरीरको लम्बाइ
भन्दा २ गुणा लामो हुन्छ।
५) चिम्पान्जी ऐनाको अगाडि बसेर
आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन।
६) एउटा मुसा पानी बिना उँट भन्दा धेरै
दिन बाँच्न सक्छ।
७) हिप्पोपोटामस नामक जलगैडाले
पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ।
८) एउटा गाईले आफ्नो जीवन भर लगभग
२००००० गिलास दुध दिने गर्छ।
९) डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने
गर्छ।
१०) ब्लु व्हेलको आवाज १८८ डेशिवल
सम्मको रेकर्ड गरिएको छ जुन अन्य
जनावरहरु भन्दा सबै भन्दा बढी हो।
११) ग्रेहाउन्ड नामक कुकुर 41.7 माइल्स
प्रति घण्टा सम्म डौडिन सक्छ ,
यो जातिको कुकुरको अस्तित्व ६०००
साल अगाडि प्राचिन
मिस्रमा पाईएको छ।
१२) बिरालोले
राती मानिसहरुको तुलनामा ६ गुणाले
बढि देख्न सक्छ
किनकी उसको आँखामा भएको tapetum
lucidum नामक कोशीकाले प्रकाशलाई
reflect गर्छ।
१३) खैरो भालु साधारण तया घोडा जतिकै
डौडिन सक्छ।
१४) पोथी सिँहले भाले
सिँहको तुलनामा ९०% सिकार गर्ने
गर्छ।
१५) जेल्लीफिश नामक माछामा ९५%
पानीको मात्रा हुन्छ।
१६)
जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ
र उसको वजन लगभग ४ औँसको हुन्छ।
१७) बिरालो र कुकुरहरु पनि मानिसहरु
जस्तै बाँयाहाते र दाँया हाते हुन्छन
।१८) जिराफले आफ्नो २१ इन्च
लामो जोब्रोको कारणले आफ्नो कान आँफै
सफा गर्न सक्छ।
१९) गोहीले आफ्नो जिब्रो निकाल्न
सक्दैन।
२०) सबै किसिमका धुर्बिय भालुहरु
बाँया हाते हुन्छन।
२१) कमिलाहरु कहिले पनि सुत्दैनन।


१) एउटा बयस्क
बिरालो प्रति घण्टा २० किलोमिटर
(१२ माइल्स) डौडिन सक्छ।
२) चितुवा ७६ किलिमिटर (४६ माइल्स)
प्रति घण्टा डौडिन सक्छ। अहिले सम्म
मानिस मात्र ३० किलोमिटर (१८
माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ।
३) चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन ,
उ बिरालो जस्तो म्याउँ गर्छ।
४)
छेपारोको जिब्रो उसको शरीरको लम्बाइ
भन्दा २ गुणा लामो हुन्छ।
५) चिम्पान्जी ऐनाको अगाडि बसेर
आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन।
६) एउटा मुसा पानी बिना उँट भन्दा धेरै
दिन बाँच्न सक्छ।
७) हिप्पोपोटामस नामक जलगैडाले
पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ।
८) एउटा गाईले आफ्नो जीवन भर लगभग
२००००० गिलास दुध दिने गर्छ।
९) डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने
गर्छ।
१०) ब्लु व्हेलको आवाज १८८ डेशिवल
सम्मको रेकर्ड गरिएको छ जुन अन्य
जनावरहरु भन्दा सबै भन्दा बढी हो।
११) ग्रेहाउन्ड नामक कुकुर 41.7 माइल्स
प्रति घण्टा सम्म डौडिन सक्छ ,
यो जातिको कुकुरको अस्तित्व ६०००
साल अगाडि प्राचिन
मिस्रमा पाईएको छ।
१२) बिरालोले
राती मानिसहरुको तुलनामा ६ गुणाले
बढि देख्न सक्छ
किनकी उसको आँखामा भएको tapetum
lucidum नामक कोशीकाले प्रकाशलाई
reflect गर्छ।
१३) खैरो भालु साधारण तया घोडा जतिकै
डौडिन सक्छ।
१४) पोथी सिँहले भाले
सिँहको तुलनामा ९०% सिकार गर्ने
गर्छ।
१५) जेल्लीफिश नामक माछामा ९५%
पानीको मात्रा हुन्छ।
१६)
जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ
र उसको वजन लगभग ४ औँसको हुन्छ।
१७) बिरालो र कुकुरहरु पनि मानिसहरु
जस्तै बाँयाहाते र दाँया हाते हुन्छन
।१८) जिराफले आफ्नो २१ इन्च
लामो जोब्रोको कारणले आफ्नो कान आँफै
सफा गर्न सक्छ।
१९) गोहीले आफ्नो जिब्रो निकाल्न
सक्दैन।
२०) सबै किसिमका धुर्बिय भालुहरु
बाँया हाते हुन्छन।
२१) कमिलाहरु कहिले पनि सुत्दैनन।

animation road of tunnel way kathmandu to hetauda

ओहदाको ख्याल नगर्दा


  • कुटनीतिक आचारसंहिता उल्लंघनमा राष्ट्रपति पनि


भारतीय प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रिपरिषदमा पाँचौँ वरीयताका मन्त्री हुन्, विदेशमन्त्री सलमान खुर्सिद। तीन दशक लामो राजनीतिक 'करिअर'मा उनी सत्तारूढ कांग्रेस (आई)को राष्ट्रिय कार्यसमितिको सूचीमा भने भेटिन्नन्।

तर, भारतको मन्त्रिपरिषदमा पाँचौँ वरीयताका मन्त्री रहेका खुर्सिदलाई भेट्न २५ असारका दिन नेपालका सबैजसो ठूला दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरू लाइन लागे, बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा।

त्यस दिन पूर्वप्रधानमन्त्रीहरू एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराई, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपा अध्यक्ष सूर्यबहादुर थापा खुर्सिदलाई भेट्न द्वारिकाज पुगेका थिए। ओहदा नमिल्ने यस्ता भेटघाट रोक्न परराष्ट्रमन्त्रीको हैसियतमा कूटनीतिक आचारसंहिता जारी गर्ने पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवसहित अन्य ६ जना पूर्वउपप्रधानमन्त्री पनि खुर्सिदलाई भेट्न लाइन लाग्नेमध्येमा थिए।

एमाओवादी अध्यक्ष प्रचण्ड त खुर्सिदलाई भेट्नकै लागि सिंगापुरबाट हतार हतार र्फके। जबकि, उनी खुर्सिद आउनु दुई दिनअघि २३ असारमा पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरतर्फ लागेका थिए। तर, खुर्सिद काठमाडौँ ओर्लेको तीन घन्टा बित्दा नबित्दै उनी पनि सिंगापुरबाट र्फके। सिंगापुरतर्फ लाग्दा चार दिनका लागि गएको जानकारी उनका सहयोगीहरूले दिएका थिए। पत्नी सीताको उपचार जति महत्त्वपूर्ण थियो, विषयवस्तुका दृष्टिले खुर्सिदसँगको भेट त्यति महत्त्वपूर्ण थिएन। किनभने, ४ मंसिरको घोषित चुनावबाहेक अन्य विषयमा खुर्सिदले कसैसँग पनि कुराकानी गरेनन्।

पूर्वप्रधानमन्त्रीहरू भट्टराई, खनाल, देउवा र थापाको त अझ केही घन्टाअघि मात्र खुर्सिदसँग भेट भइसकेको थियो, दरबारमार्गस्थित याक एन्ड यती होटलमा, परराष्ट्र मन्त्रालयद्वारा आयोजित दिवाभोजमा।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाका अनुसार परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले खुर्सिदको सम्मानमा आयोजना गरेको दिवाभोजमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि निम्ता गरिएको थियो। खासमा खुर्सिदको नेपाल भ्रमणको राजनीतिक महत्त्व पनि भएकाले उनीसँग कुराकानी होस् र ओहदासम्बन्धी विवाद नआओस् भनेर त्यो भोजमा पूर्वप्रधानमन्त्रीहरूलाई निम्त्याइएको थियो। तर, द्वारिकाजका लागि खुर्सिद याक एन्ड यतीबाट प्रस्थान गरेपछि पूर्वप्रधानमन्त्रीहरू फेरि उनलाई पछ्याउँदै द्वारिकाज नै पुगे, जुन न आवश्यक थियो, न त उनीहरूको ओहदा अनुसारको व्यवहार नै।

परराष्ट्र मन्त्रालय प्रोटोकल डिभिजनका पूर्वप्रमुख (शिष्टाचार महापाल) गोपालबहादुर थापा भन्छन्, "ओहदाको दृष्टिले आफूभन्दा कनिष्ठ व्यक्तिलाई भेट्न यसरी गति छाडेर गएको दृश्य अन्यत्र कमै मात्र देख्न पाइन्छ। नेताहरूले आफ्नो हैसियत आफैँ बुझेनन्।"



पहिले पनि यस्तै

ओहदा नमिल्ने गरी नेपाली नेताहरू विदेशीलाई भेट्न लाइन लागेको यो पहिलो घटना भने होइन। पहिले पनि ओहदा नसुहाउने खालका भेटघाट नभएका होइनन् तर देखिने गरी हुँदैनथे। संविधानसभा चुनावपछिकै एउटा घटना हेरौँ। राकेश सुद भारतीय राजदूत भएर आए। राष्ट्राध्यक्षसमक्ष ओहदाको प्रमाणपत्र पेस नगरुञ्जेल राजदूतको हैसियत 'प्रस्तावित राजदूत' मात्रै हुन्छ। अर्थात्, उसको हैसियत अन्य कुनै विदेशी नागरकिको भन्दा बढी हुँदैन। १५ वैशाख ०६५ मा ओहदाको प्रमाण पत्र पेस नगरुञ्जेल उनको हैसियत पनि त्यस्तै थियो।

तर, राजदूतको हैसियत पाउनै बाँकी सुदसँग १२ वैशाख ०६५ मा पूर्वउपप्रधान र परराष्ट्रमन्त्री माधव नेपालले भेट गरे। नेपाललाई भेट्न सुद उनकै निवास पुगेका थिए। थापा भन्छन्, "परराष्ट्रमन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री भइसकेका नेपालले सुदलाई भेट्नु उनको कद अनुसारको व्यवहार थिएन।"

त्यसभन्दा लज्जास्पद घटना त भूतपूर्व भइसकेका राजा ज्ञानेन्द्रले २९ जेठ ०६५ मा नारायणहिटी छाडेको पर्सिपल्ट भयो। ३१ जेठको त्यस दिन राजदरबार संग्रहालयमा परिणत भएको घोषणा गर्न नारायणहिटी परसिरमा विशेष कार्यक्रम आयोजना गरएिको थियो। कार्यक्रममा पूर्वउपप्रधानमन्त्री नेपाल र राजदूत सुद पनि उपस्थित थिए। एउटा टेन्टमुनि सुद र नेपाल कुराकानी गररिहेका थिए। तर, त्यहाँ देउवा र उपेन्द्र यादव आइदिए। सुद उठे। नेपाल उनको पछि लागे। नेपाललाई तान्दै, धाप मार्दै सुदले केही पर कुनातिर लगे। सुदको यो व्यवहारप्रति नेपालले कुनै प्रतिक्रिया जनाएनन्। बरू झन्डै १५ मिनेट उनीसँग कुराकानी गरे।

आफ्नो ओहदाको ख्याल नगरी विदेशीलाई पहुँच दिनेमा राष्ट्रपति रामवरण यादव तथा पूर्वप्रधानमन्त्री गिरजिाप्रसाद कोइराला र पुष्पकमल दाहाल 'प्रचण्ड' पनि उत्तिकै चर्चित छन्। राजा ज्ञानेन्द्र निलम्वित भएपछि प्रधानमन्त्री कोइरालाले राष्ट्राध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए। कोइरालाको निवासमा भारतीय राजदूत देव मुखर्जीको आउजाउ हुन्थ्यो।

उनीपछिका प्रधानमन्त्री प्रचण्डले त अझ लाजै नमानी भारतसँग बिगि्रएको सम्बन्ध सुमधुर पार्ने भन्दै पटक-पटक भारतीय दूतावास छिरेको आफैँ सार्वजनिक गरे। तत्कालीन भारतीय विदेशमन्त्री एसएम कृष्णा र अर्थमन्त्री प्रणव मुखर्जी आउँदा पनि प्रचण्ड आफैँ उनीहरूलाई भेट्न होटल द्वारकिाज पुगेका थिए।

०६८ मा नेपाल सरकारले नै जारी गरेको आचारसंहिता अनुसार कुनै पनि विदेशी कूटनीतिज्ञले नेपालका उच्च अधिकारीहरूसँग भेट्दा परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने हुन्छ। तर, नेता त परै जाओस्, राष्ट्रपतिले समेत यो आचारसंहितालाई वास्ता गरेका छैनन्। जस्तो: गत वर्षको साउनमा राष्ट्रपतिसँग भेटघाटका लागि संस्कृतिविद् सत्यमोहन जोशीलाई लगिँदा उनीसँगै भारतीय राजदूत जयन्त प्रसादसमेत रहेको जोशीले एउटा अन्तर्वार्तामा बताएका थिए। राष्ट्रपति यादव र राजदूत प्रसादबीचको सो भेट परराष्ट्र मन्त्रालयको जानकारीमा थिएन। नाम उल्लेख नगर्ने सर्तमा परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, "ओहदाको प्रमाणपत्र पेस गर्दा र बिदाइ भेटबाहेक कुनै पनि देशका राजदूतले राष्ट्रपतिलाई भेट्नु जरुरी हुँदैन। राष्ट्रपति आफैँले ओहदा बिर्सेर भेट गरेपछि हाम्रो के लाग्छ ?"

भारत मात्र होइन, चीनलगायत मुलुकबाट मन्त्रीहरूको भ्रमण दल आउँदा नेपाली नेताहरूले ओहदा बिर्सेर यसै गरी भेट गररिहेका हुन्छन्। ११ असारमा त्यस्तै भयो। काठमाडौँस्थित चिनियाँ राजदूतावासले होटल सोल्टीमा पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्षहरूलाई अघिल्लो दिन आएका स्टेट काउन्सिलर याङ् जेइचीसँग अनौपचारकि अन्तरक्रिया गराउन दिवाभोजको कार्यक्रम राख्यो। सबैजसो पूर्वप्रधानमन्त्रीसहित पार्टीका प्रमुखहरू जेइचीसँगको दिवाभोजका लागि होटल सोल्टी पुगे। जबकि, जेइची चिनियाँ राजनीतिक प्रणाली अनुसार मन्त्री भन्दामाथि र उपप्रधानमन्त्रीभन्दा तलका अधिकारी हुन्। पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठचाहिँ सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू जानु ओहदाविपरीत नभएको दाबी गर्छन्। भन्छन्, "खुर्सिद आउँदा लाइन लागेर भेट्न जानुचाहिँ हाम्रा नेताहरूको गल्ती नै हो।"

०६७ भदौ तेस्रो साता नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता हे यङ्लाई भेट्न पनि नेपाली नेताहरू अहिलेजस्तै गरी लाइन लागेर उनको मुकाम रहेको होटल सोल्टी पुगेका थिए। नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति सुशील कोइराला उपसभापति प्रकाशमान सिंहलाई लिएर त्यहाँ गएका थिए भने नेकपा एमाले अध्यक्ष झलनाथ खनालले पनि उनलाई होटलमै भेटे। प्रधानमन्त्री भइसकेका एमाओवादी अध्यक्ष प्रचण्ड पार्टी नेताहरू मोहन वैद्य र बाबुराम भट्टराईसमेत रहेको दलबलका साथ होटल सोल्टी पुगेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीका नेता यङ्को हैसियतचाहिँ उपप्रधानमन्त्रीसरहको मात्र थियो।

११ मंसिर ०६८ मा भएको तत्कालीन भारतीय अर्थमन्त्री प्रणव मुखर्जीको भ्रमणका दौरान उनले राष्ट्रपति रामवरण यादवसँग मात्र भेटेनन्, प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटघाटको अवसर पाए। मुखर्जीलाई भेट्न पूर्वप्रधानमन्त्री प्रचण्डदेखि देउवासम्मै याक एन्ड यती होटल पुगेका थिए। कांग्रेस सभापति सुशील कोइरालाले पनि होटल पुग्न हिचकिचाएनन्। केन्द्रीय कमिटीको बैठकमा व्यस्त भएको कारण देखाएर पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधव नेपालचाहिँ मुखर्जीलाई भेट्न गएनन्। तर, ओहदा नमिलेकाले भेट्न नगएको भन्न सकेनन् उनीहरूले। बरू, पूर्वउपप्रधानमन्त्रीहरू केपी ओली र भरतमोहन अधिकारीलाई मुखर्जीलाई भेट्न होटलमै पठायो एमालेले। सूर्यबहादुर थापाले पनि मुखर्जीलाई भेट्न छुटाएनन्।

खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेलगत्तै प्रचण्ड र देउवालाई  भारतले भ्रमणका लागि बोलायो। प्रचण्ड १९ वैशाख र देउवा २६ जेठमा एकहप्ते भारत भ्रमणमा गए। दुवै नेताले भारतमा उच्च सम्मान पनि पाए। तर, त्यतिबेला कसैले पनि ख्याल नगरेको एउटा गम्भीर तथ्य अर्काे के हो भने, प्रचण्ड र देउवा दुवैले राष्ट्रपति मुखर्जीलाई भेट्नचाहिँ पाएनन्। प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट नगराइने भएपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालाले चीन भ्रमणको निम्तो अस्वीकार गरििदए। खनालको साटो पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली र कोइरालाको साटो केन्द्रीय सदस्य सूर्यमान गुरुङ नेतृत्वको एमाले-कांग्रेसको टोली यतिबेला चीन भ्रमणमा छ।

भारतले कात्तिक ०६६ को तेस्रो साता एमाले अध्यक्ष खनाललाई नयाँदिल्ली निम्त्यायो। तर, प्रधानमन्त्री सिंह र कांग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग भेटघाट गराएन । यसबारे भारतमै आलोचना भएपछि विमानस्थल पुगिसकेका खनाललाई फिर्ता गरेर प्रधानमन्त्री सिंहसँग भेट गराइएको थियो।



सचेत विदेशी

भारतीय कर्मचारीतन्त्र ओहदाको सम्बन्धमा बढी सचेत देखिन्छ। यो कुरा अर्थमन्त्री मुखर्जीको नेपाल भ्रमणका क्रममा देखिएको थियो। मुखर्जीको भ्रमण टोलीमा विदेशसचिव रञ्जन मथाई पनि थिए। नेपाली परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराईचाहिँ त्यतिबेला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगै चीन भ्रमणमा थिए। समान ओहदाका सचिव नभएकाले सहसचिव धनञ्जय झालाई निमित्त सचिव बनाइएको थियो। तर, झासँग ओहदा नमिल्ने भन्दै मथाईले समकक्षीय भेटघाट अस्वीकार गरििदए।

स्रोतका अनुसार ओहदा नमिल्ने भन्दै मथाईले निमित्त सचिव झासँग भेट गर्न अस्वीकार गरेका थिए। त्यसपछि उनले त्यस बेलाका मुख्यसचिव माधवप्रसाद घिमिरेलाई भेटेका थिए। परराष्ट्र मन्त्रालयका एक अधिकृत नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, "राजनीतिक नेतृत्व मात्र होइन, आफ्नो ओहदा अनुसारको व्यवहार नगर्नेमा कर्मचारी नेतृत्व पनि उत्तिकै जिम्मेवार छ।" पूर्वशिष्टाचार महापाल थापा गतिछाडा नेतृत्वलाई ओहदाको सम्बन्धमा सचेत गराउनमा कर्मचारीतन्त्र पनि चुकेको स्वीकार्छन्। गणतन्त्र स्थापनाताका शिष्टाचार महापाल रहेका थापा भन्छन्, "प्रधानमन्त्रीलाई रिझाउँदा राजदूत बन्ने अवसर पाइन्छ भनेर गलत सल्लाह दिने काम परराष्ट्र मन्त्रालयका साथीहरूबाटै सुरु भयो।"

पूर्वराजदूत कमल कोइराला नेताहरूले ओहदाको ख्याल नगरी विदेशी अधिकारीहरूलाई एकपछि अर्को गर्दै भेट्न गएका घटनालाईर् राष्ट्रिय लज्जाको रूपमा व्याख्या गर्छन्। भन्छन्, "ओहदा नमिल्ने भेटघाटलाई निरन्तरता दिएर जनताको शिर झुकाउने काम आइन्दा नदोहोरियोस्।" 

भट्टराईको राष्ट्रपति बन्ने दाउ

काठमाडौ, साउन १ । पदीय भागबन्डाको विषयमा चर्को विवाद भएपछि विस्तारित बैठक आह्वान गरेको एकीकृत नेकपा माओवादीले पदत्याग गरेका डा.बाबुराम भट्टराईलाई मनाउन नसकेपछि अन्ततः अध्यक्षलाई शर्वसक्तिमान बनाएर अन्य सबैलाई केन्द्रीय सदस्यमा थन्क्याउने भएको छ। कुनै बेला अध्यक्षलाई सेना, सरकार र मोर्चा सबैको जिम्मेवारी दिँदा अग्रपंक्तिमा विरोध गर्ने भट्टराई स्वयंको प्रस्तावका आधारमा एमाओवादीले अहिले संगठनात्मक क्षेत्रमा देखिएको विवाद हलको त्यस्तो जुक्ति निकाल्न लागेको छ ।

एमाओवादीभित्र सधैंजसो आफू र आफ्नो परिवारका सदस्यलाई केन्द्रमा राखेर निर्णय लिन माहिर भनी आलोचना खेप्दै आएका भट्टराईले किन अध्यक्षलाई सर्वशक्तिमान बनाएर अन्य सबैलाई केन्द्रीय सदस्यमा खुम्च्याउने प्रस्तावमा अडान लिइरहेका छन् रु अहिले एमाओवादीभित्र यस विषयमा निकै ठूलो बहस हुन थालेको छ। अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्षमै रहिरहन गरेको आग्रहलाई त उनले मानेका छैनन् नै, वरिष्ठ नेताको प्रस्ताव पनि लत्याएका छन्। जसका कारण दिनँहुजसो बस्दै आएको एमाओवादीको पदाधिकारी, संगठन विभाग, ब्युरो इन्चार्ज र राज्य समिति संयोजकहरूबीचको छलफलले समाधान दिन सकिरहेको छैन।

सोमबारको बैठकमा पनि नेताहरूका बीचमा कुरा मिल्न नसक्दा समाधान निस्कन सकेको छैन। यद्यपि, अध्यक्ष मात्रै कायम गरी अन्यलाई सदस्य राखेर जाने भट्टराईको प्रस्तावमा सहमति खोज्ने बिन्दुमा अध्यक्ष दाहाल पुगिसकेको स्रोतको भनाइ छ। दाहाल पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा ‘आवश्यकताको सिद्धान्त’का आधारमा खास–खास नेताहरूसँग छलफल गर्ने गरी अध्यक्ष र सदस्य मात्र रहने संगठनात्मक संरचना निर्माण गरेर जाने निष्कर्षमा पुगेका छन्।

आफूले ‘पदत्याग’ गरे पनि पदाधिकारीमा नै रहेका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीका विषयमा कुनै सोचविचार नै नगरी पार्टीको सर्वोच्च निकाय महाधिवेशनले चुनेका सबैलाई (अध्यक्षबाहेक) पदत्यागका लागि बाबुरामले बारम्बार गरेको आग्रहका पछाडिको मक्सद के हो त रु अहिले एकीकृत माओवादीका नेता तथा कार्यकर्ताबीच बहस छ।स्रोतका अनुसार भट्टराई कुनै पनि हालतमा केन्द्रीय सदस्यभन्दा माथिल्लो जिम्मेवारी अहिले लिने पक्षमा देखिन्नन् । उनी आफ्नो पदत्यागको अडानमा यथावत् रहनेछन् । तर, फेरि अर्का उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीलाई पनि पदाधिकारीमा रहन दिने पक्षमा उनी छैनन् ।

त्यही भएर उनले अध्यक्ष मात्रै राखेर अन्य सबैलाई केन्द्रीय सदस्यको मात्र जिम्मेवारीमा राख्ने प्रस्तावमा अडान लिइरहेका छन् । बाबुरामनिकट एक नेताका अनुसार भट्टराई पार्टी संगठनको अस्त–व्यस्ततालाई मिलाउनका लागि जस्तोसुकै त्याग गर्न तयार छन् भन्ने कुरा जनताको नजरमा प्रस्ट्याउन आतुर छन् । उनले पदत्यागको घोषणा गर्दा जनस्तरबाट ‘नौटंकी निर्णय’ को संज्ञा पाएकाले पनि अडानमा दह्रोसँग खुट्टा टेकेको देखाउन चाहन्छन् ।

तर, अध्यक्ष दाहालनिकटका नेताहरू भट्टराईको पदत्यागको घोषणा, उनले लिएको अडान र समाधानका लागि राखेको प्रस्तावका बीचमा स्वार्थकेन्द्रित राजनीति लुकेको दाबी गर्छन् । ‘भट्टराईको अबको मिसन राष्ट्रपति बन्ने देखिन्छ, त्यसका लागि भट्टराईले अहिलेदेखि नै वातावरण निर्माण थालिसकेका छन्,’ दाहालनिकट एक पोलिटब्युरो सदस्यले भने, ‘तर, उनको त्यो रणनीति सम्भव होलाजस्तो लाग्दैन ।’

ती नेताका अनुसार भट्टराई अहिले आवश्यकता पर्‍यो भने देशभित्र जस्तोसुकै त्याग गर्न सक्ने त्यागी नेताको छवि बनाउन चाहन्छन् भने बाह्य रूपमा पनि विश्वासको वातावरण निर्माणमा जुटेका छन् । ‘भट्टराईजी अध्यक्षलाई शर्वशक्तिमान बनाउन भूमिका खेलेको भन्दै त्यसको गुन पछि लिने दाउमा लागेको देखिन्छ,’ दाहालनिकट अर्का नेताले भने, ‘उनको उद्देश्य राष्ट्रपति बन्ने ध्याउन्नमा केन्द्रित छ । ’ पदाधिकारीमा रहेका श्रेष्ठ र बोगटीले भने भट्टराईको प्रस्तावमा चर्को विरोध गरिरहेका छन् । तैपनि, अध्यक्षले बोगटीलाई मनाउन सक्ने र श्रेष्ठ अन्ततः सहमतिमा आउन बाध्य हुने निष्कर्ष भट्टराईको देखिन्छ ।

अचम्मको परिचय


२०६१ सालतिरको कुरा हो। लक्ष्मीपुर–४, डाँडागाउँस्थित वसन्तपुर सामुदायिक वनको सदस्य भएकी थिएँ। म आफैं सदस्य हुन नगए पनि मलाई सदस्यमा राखिदिएका थिए। एक जना भए पनि थारुको सहभागिता गराउने भनेर छलफल भएपछि मलाई समितिमा बस्ने प्रस्ताव आएको थियो। प्रस्तावअनुसार मैले सहमति जनाएकी थिएँ। त्यतिबेला म जमिनदारकै घरमा कमलरी थिएँ। बैठकका बेला समितिको छलफलका लागि समय जुटाउन हम्मेहम्मे पर्थ्यो। जमिनदारकै सहमतिमा सदस्य भएकी थिएँ, त्यसैले काम सकेर बैठकमा जान रोकतोक थिएन।   

शान्ता चौधरी

चौधरी पूर्व कमलरी तथा पूर्व सभासद् हुन्।Emailshanta.chy1@gmail.com
एक दिन समितिको पहिलो बैठक बस्दा परिचयात्मक कार्यक्रम थियो। उपस्थित सबै जनाले आ–आफ्नो परिचय दिन थाले। मलाई परिचय भन्ने कुरा नै थाहा थिएन। उपस्थित सबैले परिचय दिँदै आएपछि मेरो पालो आयो। मनमा सोंचे 'यो परिचय भन्ने के होला?' मेरो अगाडिको एकजनाले आफ्नो परिचय यसरी दिएका थिए– 'नमस्कार! म प्रेमप्रकाश देवकोटा, घर डाँडागाउँ, वसन्तपुर।' उनको पछाडि मेरो पालो आयो। छेउकाले 'लौ तेरो पालो आयो' भनेपछि म पनि जुरुक्क उठें। एक छिन टोलाएँ। मनमा के भन्ने होला भन्ने लाग्यो। अकस्मात मैले पनि भनिदिएँ– 'म प्रेमप्रकाश देवकोटा, घर डाँडागाउँ, वसन्तपुर।' सबैजना गलल्ल हाँसे। किन हाँसे होलान्? मैले जानिनँ कि क्या हो भनेर सोचें। 'तेरो नाम भन न तेरो नाम' भनेर छेउकै अर्काले सिकायो। अनि मैले आफ्नो नाम भनेर परिचय दिएँ। यसरी म पहिलो चोटी परिचय दिँदा फसादमा परेकी थिएँ।


कमलरीलाई हेरिने दृष्टिकोण
बिहे गर्नुअघिसम्म त यौन दुर्व्यवहारको दृष्टिले हेरे, हेरे। कतिपय घरमा त बिहे गरिसकेपछि पनि यस्तो दृष्टिले हेर्ने क्रम रोकिएन। रेवती यस्तो मामलामा कमजोर थिए। उनकी श्रीमतीलाई यसबारे बताएँ पनि। यस्तो व्यवहार अन्यत्र पनि भएको छ। श्रीमतीहरूलाई भनेपछि उनीहरू श्रीमान्लाई हप्काउन त हप्काउँथे तर किन कुरा लाइस् भनेर फेरि उल्टै हामीले नै गाली र धम्की खानुपर्थ्यो। 'दुर्व्यवहार सहन तयार रहनुपर्ने तर कसैलाई भन्न नपाइने' गजवको प्रचलन थियो कमलरी प्रथाभित्र। धान निफन्न बस्दा होस् वा घाँस ल्याइरहेका बेला, मेलापात जाँदा होस् वा भाँडा माझिरहेका बेला, यस्तो दुर्व्यवहारका थुप्रै प्रयास भए। तर कुनैलाई पनि सफल हुन भने दिइन। जुन मेरा लागि निकै ठूलो सफलता हो।
कमलरीका लागि छुट्टै कोठा वा सुरक्षित स्थान हुँदैनथ्यो। प्रायः सबै ठाउँमा हामीलाई भर्यानङमुनि सुताइन्थ्यो। कि त सामान राखेको ठाउँ (स्टोर) मा सुत्न लगाइन्थ्यो। कहीँ कहीँ भने गोठमा पनि सुतियो। यस्ता कुनै पनि ठाउँ सुरक्षित नहुने भएकाले उमेर बढ्दै जाँदा झन् झन् डर लाग्दै जान्थ्यो। घरकै मानिसबाट खतरा त छ नै, साथै यस्ता ठाउँमा बाहिरी मान्छे पनि सहजै आउन सक्ने भएकाले त्यसको जोखिम पनि उत्तिकै हुने गर्छ। धन्न, मेरा थुप्रै कमलरी साथीलाई यस्तो बेलामा समस्या आइपरे पनि मलाई भने त्यस्तो सामना गर्नुपरेन।
खानेकुरामा पनि विभेद हुन्थ्यो। कोहीकोहीले मात्र आफ्नै भान्साको खानेकुरा दिन्थे। धेरैले चाहिँ हामी कमलरीका लागि खाना नै छुट्टै पकाउँथे। मानौं, हामीले गतिलो र मीठो खान हुँदैन। चामल पखालिदिने, मसला पिँधिदिने, तरकारी केलाइदिने, पानी ठीक पारिदिने जस्ता सबै काम मैले गरिदिनुपर्थ्यो। यसरी सबै ठीकठाक पारिदिए पनि पकाउन भने उनीहरू आफैं अघि सर्थे। किनकि हामी थारु जातका भएकाले उनीहरू छोएको खाँदैनथे। तर अचम्म, गाउँमा यसरी हामीले पकाएको नखाए पनि बजारमा भने चल्थ्यो। खेतुलालको घर बजारमा थियो, त्यसैले त्यहाँ भने पकाएको पनि चल्थ्यो। गाउँमा नचल्ने, अरुले देख्नेगरी खान नहुने तर बजारमा चाहिँ कसैले नदेख्ने भएकाले चल्ने, गजवकै बानीबेहोरा थियो जमिनदारहरूको।
२०६० सालमा बल्ल कमैयाबाट मुक्त भएपछि श्रीमान्ले बालुवा, गिटी बोक्ने, घर बनाउने क्रममा मजदूरी गर्ने काम गर्नुभयो। एकातर्फ ज्याला नै निकै कम दिन्थे। दिनभरको ८० देखि १०० रुपियाँसम्म दिन्थे, त्यो पनि काम गरेको धेरै समयपछि। अर्कोतर्फ कतिले त काम गरेको पैसै नदिने। यो तालले खानै पनि पुगेन। बडो मुस्किल भयो जिन्दगी। खानै नपुग्ने भएपछि यसरी काम गर्नुको औचित्यमाथि नै प्रश्न खडा भयो। यो अवस्थाले हामी दुवैलाई निकै चिन्तित पनि बनायो। के गर्ने, के गर्ने भन्ने दोधार उत्पन्न भयो।

थुप्रै गरियो उटुङ्ग्या काम
उटुङ्ग्या काम पनि थुप्रै गरिएको छ कमलरी बस्दा। जमिनदारका छोराछोरीले आफूभन्दा सानो भए पनि बाबुआमाको साथ पाएर मलाई पिट्थे। दुर्व्यवहार गर्थे। म घरमा त केही गर्दिनथें। आमाबाबुकै अगाडि उनीहरूलाई केही गर्न सक्ने कुरा पनि भएन। तर गोठालो जाँदा उनीहरूलाई पनि फकाएर लैजान्थें र अघिको रिस पोख्थें। खोलामा गहिरो ठाउँमा लगेर डुबाइदिन्थें। केही न केही निहुँ झिकेर पिट्थें पनि। त्यतिमात्र हैन, मैले यसरी पानीमा डुबाएको, पिटेको कुरा घरमा बाबुआमालाई भनिस् भने भोलि पनि यसै गर्छु भनेर थर्काउँथें। उनीहरू घरमा गएर बाबुआमालाई कुरा लगाउने आँट नै गर्दैनथे। केहीले आँट गरिहाले पनि मेरो मुखतिर हेर्थे, जब म आँखा तरिदिन्थें डराएर भन्नै सक्दैनथे। यसरी पनि धेरै पटक मैले आफूलाई कुटपिट गर्ने आफूभन्दा साना भाइबहिनीलाई पैंचो तिरेकी छु। आखिर बच्चा बुद्धि न हो, मसँग यसबाहेकको पैंचो तिर्ने उपाय पनि के नै थियो र?
अहिले जमिनदारका छोरीहरूले फोन गरेका बेला त्यो कुरा सम्झन्छन् र जिस्कँदै भन्छन् पनि– ओइ शान्ता, तैंले पानीमा डुबाएका बेला हामी मरेको भए के गर्थिस् भन त! जे होस्, अचेल पनि फोनमा यस्तै रमाइला कुरा गर्छौं हामी। तर हामी दुवै पक्षबीच न कुनै रिसराग छ, न त्यतिबेलाको पैंचो तिर्ने भावना नै। म पनि उनीहरूलाई भनिदिन्छु कि 'तिमीहरूले किन मैले काम छलेको कुरा बाबुआमालाई लगाइदिएको त?, कुरा नलगाइदिएको भए के हुन्थ्यो नि?' अनि हामी दुवैथरी मजाले हाँस्छौं र त्यतिबेलाको कुरा सम्झेर निकै रमाइलो पनि महसुस गर्छौं।
जमिनदार घरमा नभएका बेला लिची र आँप टिपेर बारमा लुकाउँथे। अनि गोठालो जाँदा खान्थें। अरु काम गर्दा भन्दा गोठालो जान मजा आउँथ्यो। किनकि गोठालो जाँदा चोरेर फलफूल खान पाइन्थ्यो। खोलामा माछा मारेर पनि खाइन्थ्यो। काँक्रा पनि धेरै चोरेर खाइयो। गोठालामा सबै साथी आफूजस्तै कमलरी हुने भएकाले दुःखसुख साट्न पनि पाइन्थ्यो। पानी खाने निहुँले नजिकैको कसैको घरमा दुई तीन जना मिलेर जाने गर्थ्यौं, एउटाले पानी मागेर घरको मान्छेलाई अल्मल्याउने गरिन्थ्यो भने बाँकीले फलफूल चोर्ने काम पनि हुन्थ्यो। जुन गाईवस्तु भएको ठाउँमा लगेर बाँडिचुँडी खाने गर्थ्यौं।
यसरी गोठालो जाँदा अर्को फाइदा पनि थियो। यतिबेला केही फुर्सद हुने भएकाले जङ्गलमा पात टिपिन्थ्यो। दुई मुठा पातको एक रुपियाँ आउँथ्यो। यसरी टिपेको पात चराउन लगिएको वस्तुसँगै जमिनदारको घरमा लग्यो भने उनीहरूले नै राखिहाल्थे। त्यसैले म गाईवस्तु फर्काउनुअघि नै पात आमालाई दिएर आउँथे। उहाँले बेचिदिनुहुन्थ्यो। यसरी जम्मा भएको आम्दानीबाट मन लागेको खानेकुरा खाइन्थ्यो भने धेरैचाहिँ फिल्म हेरेरै सिध्याइन्थ्यो।
(साउन २ गते कमैया मुक्ति दिवसका दिन एमाले अध्यक्ष झलनाथ खनालबाट विमोचन हुने शान्ता चौधरीको किताब 'कमलरीदेखि सभासद्सम्म' को एक अंश। शान्ता आफैं १८ वर्ष कमलरी (जमिनदारको घरमा काम गर्न नोकर बस्ने) बसेकी थिइन्।)

सामाजिक सन्जालमा लेखिएपछि रिसाइन् राजदुत

Mayaकाठमाडौं, असार ३१ - कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्माले सामाजिक सन्जालमा नेपाली श्रमिकका पीडासम्बन्धी लेखहरु लेखेकै भरमा नेपाली नागरिक दीपेन्द्र भेटवाललाई कतारबाट निश्कासन गर्न पत्राचार गरेको स्वीकारेकी छिन् ।
भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफमा उनले यस्तो स्वीकारोक्ति गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् ।
शर्माले संसारको जुनसुकै कुनाबाट प्रयोग गर्नसकिने विद्युतीय माध्यम इन्टरनेटमा सजिलै उपलब्ध सामाजिक सन्जालमा लेखेकै भरमा आफ्ना नागरिकलाई देश निकालासम्मकै कदम उठाउन कतारी सरकारलाई औपचारिक आग्रह गरेकी थिइन् । त्यसबारे उनले नेपालको परराष्ट्र मन्त्रालयलाई पूर्व जानकारीसमेत गराएकी थिइनन् ।
मन्त्रालयले सोधेको स्पष्टिकरणमा पूर्व जानकारी किन नगराएको भनेरसमेत सोधेकोमा उनको जवाफी पत्रमा त्यसबारे केही उल्लेख छैन । राजदुत शर्माले जवाफी पत्रमा भेटवालद्धारा सामाजिक सन्जालमा पोष्ट गरिएका 'आपत्तिजनक' वाक्यहरु पनि संलग्न गरेकी छिन् । 'वर्षौंदेखि आफ्नै देशका शासक प्रशासकबाट ठगिंदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्,' एउटा वाक्य यस्तो छ । अन्य वाक्यमा नेपालीको शीर झुकेको, नेपाली मजदुरले आत्मदाहसमेत गरेको रालगायतका प्रसंग छन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरु शर्माको जवाफ पढ्दा उनले भेटवाललाई व्यक्तिगत रिसइवीका कारण कतारबाट निकाला गराउन खोजेको प्रष्ट बुझिने उल्लेख गर्छन् । 'सामाजिक सन्जालमा मानिसले जिम्मवार ढंगले आफ्नो मनमा लागेको कुरा लेख्न सक्छ । त्यसमाथि उनले सामाजिक सन्जालमा लेखेको भनेर उल्लेख गरिएका वाक्यहरु पढेर कोही आत्मदाहका लागि प्रेरित हुने भन्ने तर्क पनि हावादारी छ,' उनीहरु भन्छन् ।
शर्माको जवाफी पत्रमा भेटवालसूगका आफ्ना व्यक्तिगत स्तरका मतभिन्नताहरुलाई पनि उनलाई देशै निकाला गर्नका लागि आवश्यक आधारका रुपमा प्रस्तुत गरेकी छिन् । 'यो पत्रका कुराहरु अध्ययन गर्दा उनलाई कारवाही गर्नुपर्ने देखिन्छ । कम्तिमा नसिहत,' मन्त्रालयका एक वरिष्ठ अधिकारी भन्छन् ।
मन्त्रालयले यो पत्र र यसको विषयलाई अहिलेसम्म औपचारिक रुपमा वाहिर ल्याएको छैन । राजदुत शर्माले कतारी विदेश मन्त्रालयस्थित एसिया विभागमा गएर प्रष्टिकरण दिएको विषयमा पनि जवाफमा उल्लेख गरेकी छिन् । उनले विविसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा बोलेको विषयलाई मिडियाले बङग्याएको दाबीसमेत गरेकी छिन् । कतारी विदेश मन्त्रालयमा गएर माफी मागेको, त्यो घटनाबाट आफूलाई मार्गनिर्देशन भएको पनि उनले जनाएकी छिन् ।
साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली नागरिकका लागि खुला जेल भएको भन्दै टिपप्णी गरेको समाचार सन्चार माध्यमहरुले प्रसार गरेका थिए ।
विदेश मन्त्रालयमा स्पष्टिकरण दिएर हिंड्दा त्यहाँका अधिकारीले आफूलाई लिफ्टसम्म आएर विदा गरेको प्रसंग पनि उनले उल्लेख गरेकी छिन् ।
 शर्माले कतारी सरकारलाई पत्र लेखेपछि त्यहाँको नेपाली समुदायको विरोधका कारण परराष्ट्र मन्त्रालयले उक्त पत्र फिर्ता लिन निर्देशन दिएको थियो ।
शर्मा एनेकपा (माओवादी)को सिफारिसमा लाखौं नेपाली मजदुर कार्यरत कतारमा राजदुत नियुक्त भएकी हुन् ।
- See more at: http://www.ekantipur.com/np/2070/3/31/full-story/372102.html#sthash.d3tdiVfP.QTqpDjgD.dpuf

दाइजोमा सुन नल्याएपछि बेहुला रित्तो हात फर्किए



रौतहट- दाइजो नदिएको भन्दै केटा पक्षले विवाह तोडेको समाचार हामीले सुन्दै आएका छौं। तर रौतहटमा भने दाइजोबापत सुन नल्याएको भन्दै केटी पक्षले विवाह तोडेका छन्। आइतबार राति जन्ती लिएका आएका भारत बिहारको सितामढी बैरगनिया थानाक्षेत्रको जमुआ गाँउका बेहुला एक्लै फर्किएका छन्। आइतबार राति रौतहटको बिर्ती प्रष्टो-८, बडका बरेडवामा आएका उनीहरु सोमबार बिहान भोकभोकै फर्किएका थिए।

सुनको गहना बेहुला पक्षले नल्याएको आक्रोशमा बेहुली पक्षले दाइजोस्वरुप केटा पक्षलाई दिएको रकम जन्तीको गाडी घेरेर असुल गरेका छन्। लाल साह सोनारको २५ वर्षीय छोरा सुरेश साहको बिर्ती प्रष्टोका बडेरवा टोलका चुल्हाइ साहकी छोरीसँग विवाहका लागि जन्ती आएको थियो।
बेहुलासहित जन्तीहरु विवाह मण्डपमा प्रवेश गर्नासाथ बेहुलीका बुबा चुल्हाइ साहले गहना के के लिएर आएका छौं भनी बेहुला पक्षलाई सोधेका थिए। सुनको गहना नल्याएको भनेपछि विवाह नगर्ने अडानका साथ जन्तीलाई घेरेर विवाहबापत दिइएको दाइजोको १३ हजार रुपैया असुल गरी छोडेका थिए। 'विवाह गर्नुअघि दाइजोबापद सुन ल्याउने सहमति गरेका थियौं,' बेहुलीका बुबा चुल्हाइ साहले भने, 'विवाहमा नल्याएको देखेपछि हामीले विवाह तोड्यौं।' उनले वाचा पूरा नगरेकाले विवाह नगरेको स्पष्ट पारे।
बेहुला पक्षले आर्थिक अवस्था कमजोर रहेको बताउँदै विवाह गर्न ल्याएको चाँदीको गहनाहरु देखाएपछि बेहुली पक्ष आक्रोसित भएर लगन गाठो तोडेका थिए। एकथान पनी सुनको गहना ल्याउन नसक्ने केटासँग छोरीको विवाह नगर्ने अडान बेहुली पक्षले राखेपछि विवाह टुटेको थियो। केटाका बुबाले नजिकैको बजारबाट सुनको साधारण गहणा ल्याएर विवाह गराउनुपर्ने भने पनि उनको केही नलागेको स्थानीयले बताए।
लगन गाठोको समय सकेपछि रातभरि भोकै पेट जन्तेहरु बेहुलीको घरमा बसी सोमबार बिहान फर्किएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक प्रहलाद केशरीले बताए। बेहुलाकेटा रोगी रहेका र कमाउन पनि नसक्ने भएको साथै गहना पनि नल्याएकाले विवाह टुटेको बेहुली पक्षले सोमबार दाबी गरेको छ। तर विवाह मण्डपमा सुनको गहनाको अलावा कुनै चर्चा न आएको बेहुला पक्षको भनाइ छ।

हात मिलाउँदा यसरी थाहा पाउन सकिन्छ व्यक्तिको चरित्र

कोही साथीसँग भेट हुँदा हात मिलाउनु एक आम संस्कार नै हो । हामीले हात मिलाएर साथीसँग सामान्य शिष्टाचार निर्वाह गर्छौँ अनि हात छुटाएर अन्य कुराको प्रसँग सुरु गर्छौँ । हात मिलाइरहँदा उसको हत्केलाको
विषयमा हाम्रो ध्यान जाँदैन । तर यदि राम्ररी बुझ्न सक्ने हो भने र हात मिलाउँदाको समयमा केही कुरामा ध्यान दिने हो भने तपाइँले आफुसँग हात मिलाइरहेको व्यक्तिको भावना तथा व्यवहारका विषयमा धेरै कुरा पत्ता लगाउन सक्नुहुनेछ ।



हस्तरेखा शास्त्रका अनुसार यदि कोही व्यक्तिको हत्केला पातलो, कठोर तथा सुख्खा छ भने त्यो व्यक्ति चिन्ताबाट गुजि्ररहेको हुन्छ भन्ने बुझ्नुपर्छ । त्यस्तो हत्केला हुने व्यक्ति अधिकांस समय चिन्तामा तथा अन्योलमा रहन्छ । यस्ता मानिस कुनै पनि कार्यलाई राम्रोसँग गर्न असक्षम हुन्छ ।
जो व्यक्तिका हत्केला मोटा, वजनदार तथा कोमल हुन्छन् त्यो व्यक्ति विलासी तथा कामुक हुन्छ । यस्ता व्यक्ति आफ्नो जिवन सुख सुविधामा बिताउन चाहने खालका हुन्छन् । यस्ता व्यक्तिले ऐश आरामका सबै चिज प्राप्त गर्न चाहन्छन् ।

त्यस्तै जुन व्यक्तिका हत्केला पातला, कोमल तथा नरम हुन्छन् त्यस्ता मानिस अल्छी, आराम गरिरहन चाहने तथा यौनका भोगी हुन्छन् । यस्ता मानिसले आलस्यको कारण बेलाबेलामा क्षति समेत भोग्नुपर्छ ।

हस्तरेखा विज्ञहरुका अनुसार कठोर हत्केलावाला व्यक्तिहरु मिहिनेती हुन्छन् । यदि सबै औँलाहरु हत्केलाको समान भागबाट उठेका छन् भने त्यस्ता व्यक्तिहरु स्थिर मनका धनी, मिहिनेती, बुझक्कड, समझदार हुन्छन् ।

जुन व्यक्तिको हत्केलामा खाल्डो हुन्छ त्यस्ता व्यक्तिहरु दुर्भाग्यशाली हुन्छन् । हत्केलामा खाल्डो हुनु शुभ होइन । यस्ता मानिसहरुको जिवनमा दुख आइरहन्छ ।

सानो हत्केला हुने व्यक्तिभन्दा चौडा हत्केला हुने व्यक्ति सोँच विचारले काम गर्ने खालको हुन्छ । सानो हत्केला हुने मानिसका ह्याण्डराइटिङ पनि उति राम्रो नहुने बताइन्छ ।

हत्केला तथा औँला लचिलो हुने व्यक्ति प्रतिकुलता तथा कठीन परिस्थिति सँग जुध्न सक्षम हुन्छ । यस्ता व्यक्तिहरु धैर्यवान र अरुको कुरा सुन्न सक्ने खालका हुन्छन् । त्यसको विपरित जसको हत्केला कठोर हुन्छ उनीहरु जिद्दी, अरुको कुरा नसुन्ने, अरुलाई विश्वास नगर्ने तथा अधीर हुन्छन् ।

त्यसैले अब कोही साथीसँग हात मिलाउँदा केहीबेर उसको हत्केला आफ्नो हत्केलामा अठ्याएर उल्लेखित कुराहरु मनन गर्नुहोस् । एकचोटी उसको हातमा पनि हेर्नुहोस् र अनुमान लगाउनुहोस् तपाइँको साथीको चरित्र कस्तो छ भनेर । अनि साँच्ची ऊ सँगको हेलमेलबाट अनुभुत गरेका कुराहरुसँग दाँज्नुहोस् मेल खान्छ की खाँदैन ?

पारसले फेरि मान्छे कुटे, कुटाई खानेमा अन्नपूर्ण होटलका साहु


1_20130220081817_20130302013732
यती साह्रो बिरामी भएर निको हुँदा धेरैले अब पारस सुध्रिएलान, उनले राम्रो गर्लान भन्ने सोचेका थिए ।तर त्यो सोचाई विपरित पुनः पारसले एक जनासँग दुर्व्यवाहारपूर्ण व्यवहार गरेका छन ।
उनले होटल डेल अन्नपूर्णका साुह कपिल राणालाई दुर्व्यवहार गरेको आजको जनआस्थाले खबर छापेको छ ।
बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता गर्नेको सुचिमा कपिल पनि भएको र पुनस्थापना केन्द्रमै भएपछि पारसले कपिललाई अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवाहार गरेको बताइएको छ ।
राजा त्रिभुवनका छोरा बसुन्धारतातर्फको सम्पत्ति अपुताली परेर कपिलले अन्नपूर्ण हतयाएको र महेन्द्रको खलकले र महेन्द्रको खलकले त्यसको हिस्सेदारी दाबी गरिररहेको पुरानै झगडाको कारण हो वा अरु नै कारण पारस र कपिलको तनावपूर्ण रहेको खबरमा उल्लेख छ ।
हाल काठमाडौँ फर्किसकेका कपिलले कोहीसँग पनि खुलेर नबोलेको बताइएको छ ।

कोसी ब्यारेजमा खतराको संकेतका रुपमा रातो झण्डा राखियो

इटहरी, २६ असार । अबिरल वर्षाका कारण सप्तकोसी नदीको कोसी ब्यारेजमा खतराको सूचक रातो झण्डा गाडिएको छ । एकलाख ५० हजार क्यूसेक प्रतिसेकेन्ड पानी कोसीमा बग्न थालेपछि रातो झण्डा राख्ने गरिन्छ । हिजो दिउँसोदेखि नै कोसीमा पानीको बहाव बढ्ने÷घट्ने क्रम जारी छ । हिजो साँझ कोसीमा २ लाख ७३ हजार ६ सय क्यूसेक प्रतिसेकेन्ड पानी बगेको थियो  ।
आज  मध्याह्न २ लाख ४३  हजार ९१० क्यूसेक प्रतिसेकेन्डको दरले  पानीको बहाव भइरहेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटा ढोकामध्ये ३७ बटा खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोसीमा पानीको बहाव बढेसँगै कोसीको पश्चिमी क्षेत्रमा रहेको श्रीलङ्का टापूतर्फ कटान सुरु भएको छ । श्रीलङ्का टापू कोसीको भङ्गालोको बीचमा पर्छ ।
कोसीले कटान थालेपछि सो क्षेत्रका सर्वसाधारण आतङ्िकत भएका स्थानीयवासी बाबुराम कार्कीले जानकारी दिनुभयो ।
यो वर्ष कोशी नदीको पानीलाई पश्चिमतर्पm फर्काइएकाले सो क्षेत्रमा कटान भएको हो । पूर्वी तटबन्धतर्फको धरहरा टपन भन्ने ठाउँमा रहेको स्पर नम्बर २३–५२ देखि २३–७८ को बीचमा पानीको धार ठोकिरहेको छ । पानीको धारले पानीको बेग रोक्न लगाइएको प्रोकोपाइनहरु समेत बगाएर लगेको छ । वर्षाका कारण सुनसरीको सोनापुर–३ मा टेग्रा खोलामा आएको बाढी गाउँ पसेको छ । खोला गाउँ पस्दा सोनापुर रनिगाउँका २ सय घर उच्चजोखिममा परेका छन् ।
दुई दिनदेखि खोला गाउँ पस्दा पनि रोकथामका लागि प्रशासनले वास्ता नगरेको स्थानीयवासीले गुनासो गरेका छन् । औद्योगिक करिडोरका उद्योगहरुमा टेग्रा खोलाको बाढी पसेको छ । बाढीका कारण अरिहन्त मल्टिफाइबर्स लिमिटेड, प्रगति टेक्सटायललगायतका उद्योगको कामसमेत प्रभावित भएको छ ।
यस्तै सुनसरी खोलाको बाढीले  नरसिंह गाविसको १, २, ३, ४, ५, ७ र ६ डुबानमा पर्दा सयौँ स्थानीयवासी विचल्लीमा परेका छन् । नरसिंह गाविस ३ का ४०, २ का ५४ र ६ का ४३ घर डुबानमा परेको पीडितहरुले बताएका छन् । डुबानका कारण विस्थापित भई सुनसरी खोलाको बाँधमा त्रिपाल टाँगेर बस्न बाध्य भएको  स्थानीयवासी जगदीश यादवले जानकारी दिनुभयो ।
सुनसरीको दुहवी बजार क्षेत्रमा २ फिटसम्म पानी जमेको छ । दुहवी–१ को मुसहर बस्तीमा १५ परिवार विस्थापित भई स्थानीय मदन आश्रित विद्यालयमा आन्तरिक शरणार्थी भई बसेको स्थानीयवासी आषिश यादवले जानकारी दिनुभयो ।
सुनसरीको वक्लौरी–३ स्थित मुसहर बस्तीमा पसेको पानीले १ सय घर डुबानमा पारेको स्थानीय विजय चौधरीले जानकारी दिनुभयो ।

जेलमा परेको shere लाई उसको बाउले उसलाई चिट्ठी लेखेछ.....

जेलमा परेको shere लाई उसको बाउले उसलाई चिट्ठी लेखेछ.....

प्रिय छोरा , मलाई खेतमा आलु रोप्नु छ ! तर अब म बुढो भएछु,,खेत खन्न सकिरहेको छुइन ! सायद त यहाँ भैदिएको भए दुवै जना मिलेर खेत खनथ्यौ होला..! अब मैले एक्लई खेत खन्नु पर्ने भयो छोरा..!!! ,,, ,,,

पत्र पड्ने बित्तिकै shere ले उत्तर लेखेछ... बाउ तिमि पागल भयौ कि क्या हो..,तिमि किन खेत खन्ने कुरा गर्छौ.! त्यहा त मैले हथियार लुकाएर राखेको छु,, यदि तिमीले खेत खनेउ भने त म झनै बर्बाद हुनेछु ..!! ,,

पत्र पठाएको भोलि पल्टै थुप्रै पुलिस त्यो किशानको खेतमा गएर हथियार खोज्न थाले.. हथियार खोज्ने क्रममा सबै खेत पनी खनिदिए..!

Shere ले फेरी अर्को पत्र लेख्यो...,, ,,
बाउ म जेल बसेर तिम्रो यति नै मद्दत गर्न सके,,, तिम्रो खेत पनि खनियो,,,, अब तिमि मजाले आलु रोपा है ,

भारतका बफादार नेपाली नेताका स्वार्थ एक पछि अर्को खुल्दै


bhattarai
भारतीय सरकारलाई हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा हेर्न दिने निर्णय बिद्वान प्रधानमन्त्री डा बाबुराम भट्टराईले गरेका थिए । उनले जतिसुकै होइन भनेपनि त्यो बेला उनैको मन्त्री मण्डलका सदस्य, परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले दह्रो बिरोध गरेको घटनाले भट्टराईको भारतभक्ति प्रस्ट हुन्छ । अहिले यहिँ उल्लेखित बुँदाले प्रस्ट पार्छ, भट्टराईले के गर्न चाहेका थिए ।
त्यति मात्रै होइन, उनले भारतीय सरकारलाई लुम्बिनी र पशुपतीनगरमा चेक पोइन्ट राख्न दिन राजि समेत भएका रहेछन् । जुनकुरा सहमती भैसकेको भनेर किटानसाथ उल्लेख छ । तर यि विषयमा तिनै नारायणकाजीले बाहेक अरुले बिरोध गर्न सकेनन् । राष्ट्रियताका विषयमा एकिक्रित नेकपा माओवादी के चाहन्छ भन्ने उ छोटो समयकालागि सरकारमा पुग्दा भारतप्रति देखाएका सदाशयतालेनै प्रस्ट पार्छ ।
जेठ १७ गते भारतीय गृहसचिव र नेपालका गृहसचिवद्वारा २८ बुँदे सम्झौता गर्ने योजना बनाएका थिए । फेरीपनि भारतीय स्वार्थमै । नेपालमा संविधान नभएको, बिकाउ नेताको दबदबा चलेका बेला चुनावको मुख पारेर खुर्सिदले नंग्रा गाड्ने योजना बनाउँदै आएका थिए । तर त्यसमा उल्लेखित दुईवटा बुँदा जुन राष्ट्रियतासित संवन्धित थिए, तिनलाईपनि संझौता नगर्नु भनेर सर्वोच्चले अन्तरिम आदेश दियो । भारतीय बिदेशमन्त्री सलमान खुर्शिद नेपाल आउने अघिल्लो दिन । तर धन्न सर्बोच्च अदालत जिवितै थियो र उसले राष्ट्रियताका पक्षमा अन्तरिम आदेश दिएर रोकिदियो ।
यो पटक हाम्रा नेताको भारत भक्तिपनि अचम्मैको देखियो । खास्टाले छोपेको बिरालो हो होइन भन्ने चिन्न धेरै कुर्नु पर्दैन । पूर्व प्रधानमन्त्रीको लर्कोनै खुर्सिदको पाउ पर्न पुग्यो । उनीहरुको तँछमँछाड देख्दा लाग्थ्यो, जो ढिलो जान्छ उसले थोरै आशिर्वाद, सानो भाग पाउँछ । त्यसैले ति हुर्रिँदै उनी बसेकै होटेल द्वारिकाजमा पुगे । स्वदेशमा उपचार हुन सक्दैन भन्ने चिकित्शकिय किटान नगरि श्रीमतीलाई सिंगापुर उपचार गर्न लगेका एकिक्रित नेकपा माओवादीका प्रचण्डपनि दगुर्दै आइपुगे । खुर्सिद नेपाल आउनासाथ उनकि पत्नी सिताको रोगपनि साफ भयो । नत्र भारतको बिदेशमन्त्री आउँदा किन हतार हतार उनलाई भेट्न बिदेशबाट आउनुपर्थ्यो ? के भारतीय बिदेशमन्त्रीसित आवश्यक भेटघाट गर्न अहिलेको सरकार सक्षम छैन ? भारतीय बिदेशमन्त्रीलाई नेपालकै परराष्ट्रमन्त्रीले भेटेर हुन्न ? प्रचण्ड नहुँदा उनैको पार्टीका अन्य नेताले भेट्दा हुन्न ? उनीसितको भेटघाट राष्ट्रिय हितकालागि भन्दा पाउभक्तिका लागि थियो भन्ने के यसैबाट बुझिन्न र ? के नेपाली कांग्रेसका सभापती सुशिल कोइराला अमेरिकाबाट खुर्सिदलाई भेट्न नआएर केहि फरक पर्‍यो ?
सर्बोच्च अदालतले भारतसित संझौता नगर्नु भनेर आदेश दिएपछि किन एकाएक भ्रमण छोट्याएर फिर्ता भए खुर्सिद ? स्पष्ठ छ, उनी नेपाल संवैधानिक, राजनितिक रुपले अप्ठेरामा परेका बेला, दलहरु फुटेर कमजोर भएका बेला, नेपाली जनता कमजोर भएका बेला राष्ट्रघातीहरुलाई गुलियो बाँडेर नेपाललाई फेरी फसाउन चाहन्थे । चुनावका बेला ‘तिमीहरुलाई जिताउन सहयोग गरौंला’ भन्ने गुलियो रस चटाएर बिकाउ नेताहरुलाई आफ्नो स्वार्थमा ल्याप्चे हान्न लगाउने दाउमा आएका थिए । तर सर्वोच्च अदालतले लोप्पा खुवाइदिएपछि उनको स्वार्थले हावा खायो, उनी फर्किए । उनी नेपालको हितका लागि आएकै थिएनन् । निचोर्न आएका थिए । सर्वोच्च अदालत बाधा बनेपछि उनी किन बसुन् ?
सर्वोच्च अदालतकै बहालवाला प्रधान न्यायाधिशलाई किन मन्त्री परिषदको अध्यक्ष बनाइएको रहेछ ? अहिले झन खुल्दै छ । किन उनी मन्त्री परिषदको अध्यक्ष भएपछिपनि उनलाई प्रधान न्यायाधिशबाट राजिनामा गराउन जोडजुलुम गर्दा किन दुबै पदमा राख्न खोजिएको रहेछ ? सर्वोच्च अदालतलाईपनि भारतीय स्वार्थमा चलाउन । संविधान नभएको बेला अन्तिम अस्त्रका रुपमा रहेको सर्वोच्चलाईपनि प्रयोग गरेर राष्ट्रिय हितका विषयहरुमा भारतको स्वार्थ अनुकूल संझौता गर्ने । देशघाती निर्णयहरु गरेर आफ्ना भारतीय मालिकहरुलाई रिझाउने ।
‘बैध्य बा ‘को रहस्यमय चिन यात्रा
यता भारतीय बिदेशमन्त्री खुर्दिन नेपाली नेतालाई दर्शनभेट दिँदै थिए । यहि मौकामा नेकपा-माओवादीका अध्यक्ष मोहन बैध्य ‘किरण’ भने चिन हानिए । तर उनी किन चिन गएका हुन् ? सार्वजनिक गरिएको छैन । एकथरी हूलले भारतीय मालिक रिझाउने । अर्काथरीले चिनिया मालिक रिझाउन खोजेको त होइन ? नत्र राष्ट्रियताका विषयमा सबैभन्दा चर्को नारा उराल्ने नेपका-माओवादीका अध्यक्षले किन आफ्नो भ्रमणबारे सार्वजनिक गरेनन् ? के भारत बिरोधी भएर मात्रै पुग्छ ? भारत बिरोधी देखिएर चिनको अन्ध समर्थक बन्नु के नेपालको राष्ट्रियताको हितमा हुन्छ ? यसमा उनको पार्टी किन बोल्दैन ? किन उनका कार्यकर्ताहरुले चासो राखेका छैनन् ? नेपाली जनताले भारत वा चिनको बिरोध गरेका होइनन् । हाम्रो मुलुकमाथि हुने गरेको हस्तक्षेप, थिचोमिचो र दबाब, राष्ट्रिय हित प्रतिकूल हुने गरेका कामको बिरोध गरेका हुन् । भारतको हस्तक्षेप मान्य नहुँदा नेपालीलाई चिनको हस्तक्षेपपनि मान्य हुन सक्दैन ।