महात्मा गान्धीका यौनलीला


gandhi-naked-ambitionमहात्मा गान्धीको जीवन त्यति सादगीपूर्ण थिएन, जति उनको नामले बताउाँछ ।
भारतले ‘महात्मा’ र राष्ट्रपिताजस्ता उपाधि दिएका मोहनदास करमचन्द गान्धी आप्mनो असामान्य यौनजीवनका लागि बद्नाम छन् । तथापि, उनको छवि नबिग्रियोस् भनेर गान्धीका नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ ।
उनका सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ । महात्मा गान्धीको विकृत यौनजीवनबारे प्रख्यात लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही समयअघि थुप्रै खुलासा गरेका थिए । पढौँ, एडम्सले आफ्नो पुस्तक ‘गान्धीः न्याकेड एम्बिसन’मा खुलासा गरेका तथ्यहरू :
गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी किशोरीसित भएको थियो । कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् । त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो ।
सुरुमा उनीहरू केटाकेटी भएकाले एक–अर्कासित नजिकन पनि धकाउथे । सुहागरातका दिन आफ्नो कस्तुरबासित हेराहेरसमेत हुन नसकेको गान्धीले बताएका छन् । तर, केही समयपछि उनीहरूको वैवाहिक जीवन सामान्य बन्दै गयो । बिहेको केही वर्षपछि कस्तुरबा गर्भवती भइन् । सन् १९०० मा गान्धीको कान्छो सन्तान जन्मेको थियो ।
यसबीचमा सबैभन्दा अनौठो प्रसंग के छ भने आफ्ना पिता मृत्युशøयामा छट्पटाइरहेका वेला गान्धी कस्तुरबासित सेक्स गरिरहेका थिए । गान्धीले कस्तुरबासित सेक्स गर्दैगर्दा उनका पिताले अन्तिम श्वास लिएको बताइन्छ । अझ खराब कुरा, त्यतिवेला १७ वर्षकी कस्तुरबा गर्भवती थिइन् । उनको सो बच्चा खेर गएपछि गान्धी आत्मग्लानिमा परेका थिए ।
०००
गान्धी सन् १८८८ मा लन्डन वकालत पढ्न गए । त्यतिवेला उनले रक्सी, मासु र महिला तीनै चिजलाई नछुने शपथ खाएका थिए । तर, सन् १८९१ मा लन्डनबाट फर्केलगत्तै उनले आफ्नो शपथ तोड्दै कस्तुरबासित समागम गरे र एक वर्षभित्रै दोस्रो बच्चा जन्माए । त्यसपछि सन् १८९३ मा उनी दक्षिण अफ्रिका गए, ब्रिटिस साम्राज्यका एक कार्यकर्ताका रूपमा ।
धेरै मानिस भन्छन् कि गान्धी आफ्नी श्रीमती कस्तुरबा तीन बच्चाकी आमा भएपछि उनलाई मन पराउन छाडेका थिए । गान्धी जब दक्षिण अफ्रिका पुगे, कैयौं शिक्षित एवं आधुनिक महिलासित उनको चिनजान भयो । ती महिला उनलाई राम्रा लाग्न थाले । थुप्रै महिलासित उनी नजिकिए । उनीहरूबाट मिल्ने सन्तुष्टि गान्धीले कस्तुरबाबाट पाउन सक्दैनथे । यसै दौरान एक दर्जन महिलासित गान्धीको शारीरिक सम्बन्ध कायम भयो । उनीहरूमध्ये ६ जना पाश्चात्य जीवनशैली भएका थिए । उनीहरू थिए– ग्राह्म पोलक, नल्ली क्रैम कुक, म्याडलिन स्लेड (जो मिराबेनको नामले चिनिन्थिन्), मार्गारेट स्पिगल, सोजा स्केलेसिन र इस्टर फियरिंङ ।
सन् १९१५ मा दक्षिण अफ्रिकाबाट फर्केपछि गान्धीले सावरमती आश्रम खोलेर आफ्नो यौनप्यास मेटाउने नाजायज अभ्यास सुरु गरे । आश्रम सञ्चालनमा आएलगत्तै गान्धीले महिला सहयोगीहरूसित नग्नताको पराकाष्टा प्रदर्शन गरेका थिए, जसले आश्रमका अन्य सदस्य असन्तुष्ट बने ।
सधैँ फलफूल र बदाम मात्र खाए पनि गान्धीलाई कब्जियतको समस्या हुन्थ्यो । उनी घन्टौँ ट्वाइलेटमा बिताउँथे । ट्वाइलेट बस्दा पनि उनी आश्रमका महिलाहरूलाई बोलाउँथे । शौच गरिसकेपछि उनलाई ती महिलाहरूले नांगै सुताएर तेल घसिदिनुपथ्र्यो । प्रत्येक बिहान उठेपछि उनले महिलाहरूलाई सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘बहिनी आज तिम्रो दिसापिसाब कस्तो भयो ?’
आश्रममा चरम असन्तुष्टि बढेपछि गान्धीले केही समय सेक्सी क्रियाकलाप बन्द गर्न बाध्य हुनुपरेको थियो । तर, त्यो बन्देज धेरै समय रहेन । उनले ब्रह्मचर्य नामको ढोंगी सिद्धान्त जन्माएर एकैसाथ धेरै नांगा महिलासित सुत्न थाले । सुरु–सुरुमा एउटै कोठामा भए पनि अलग–अलग ओछ्यानमा सुत्थे । तर, पछि धेरै महिलासित एउटै ओछ्यानमा सुत्न थाले । परिस्थितिलाई अझ बढी चुनौतीपूर्ण बनाउने भन्दै कम उमेरका केटी र साथीका श्रीमतीहरूसित पनि सुते ।
३८ वर्षको हुँदा गान्धीले गरिबी र पवित्रतालाई अपनाउने भन्दै ब्रह्मचर्यको शपथ लिएका थिए (ब्रह्मचर्यसम्बन्धी गान्धीको यस्तो परिभाषा थियो ः जहाँ कहिल्यै कुनै वासनात्मक भावना हँुदैन र सधैँ ईश्वर भक्तिमा मन तल्लीन हुन्छ, ऊ कुनै प्रकारको चेतना वा अचेतनाको अवस्थामा स्खलित हुन सक्दैन । ऊ नांगा केटीहरूसित सुत्न सक्छ, ती केटी चाहे जति सुन्दर भए पनि ऊ सम्भोगका लागि उत्तेजित हुँदैन ।’ गरिबी अंगाल्न गान्धीलाई सजिलो थियो, तर पवित्रता उनको वशको कुरा थिएन ।
महिलाहरूसित नांगै सुतेकोबारे आलोचना हुँदा गान्धी आफू अद्र्धनारीश्वर (भगवान् शिवजस्तो) भएको दाबी गर्थे । उनको भनाइ थियो, ‘नारी र पुरुष दुवै स्वरूप भएकाले मलाई कुनै शारीरिक प्यास छैन ।’ गान्धी आफूलाई सबैको आमा बताउँथे । आश्रमका प्रत्येक महिलालाई उनी आमा वा बहिनी भनेर अरूको आँखामा छारो हाल्ने प्रयास गर्थे । उनी भन्थे, ‘म जे गर्छु, अन्तरात्माको आदेशअनुसार गर्छु । त्यसैले मेरा सबै कर्म पवित्र छन् ।’
गान्धी यो पनि भन्थे, ‘धेरै नांगा स्त्रीहरूसित सुत्दा मभित्र गर्मी पैदा हुन्छ । यस्तो क्रियाले नेचुरोप्याथीको काम गर्छ । साथै यसबाट मेरो ब्रह्मचर्य परीक्षण गर्न पनि सजिलो हुन्छ ।’ गान्धीले नांगा स्त्रीहरूसित सुत्दा पनि आफ्नो यौनांगमा कडापन नआएको भन्दै प्रयोग सफल भएको जिकिर गरेका छन् ।
गान्धीले आफ्नो प्रतिज्ञाको एक वर्षपछि सबै भारतीय नागरिकलाई बिहे नगर्न सल्लाह दिए । उनले भनेका थिए, ‘यदि बिहे गर्ने नै हो भने पनि आफ्नी श्रीमतीसित कसैले यौन सम्बन्ध नराखून् ।’
ब्रह्मचर्यका नाममा गान्धीले नारी अस्मिताको धज्जी उडाइरहेका थिए । उनको आश्रममा केटा र केटीले सँगसँगै नुहाउनु र सुत्नुपथ्र्यो । तर, कसैले सेक्ससम्बन्धी क्रियाकलाप गरेमा उनीहरूलाई दण्डित गरिन्थ्यो । उनी श्रीमान्लाई श्रीमतीसित एकान्तमा नबस्न आदेश दिन्थे । कसैलाई (यौन संसर्गको) उल्कै छटपटी भयो भने चिसो पानीले नुहाउन सल्लाह दिन्थे । यद्यपि, यो नियम उनले आफ्ना लागि भने लागू गर्नुपर्दैनथ्यो ।
गान्धी आफ्नो सेक्स अनुभवबारे अनुयायीसित खुलेर गफ गर्थे । उनका गफ प्रायः उत्तेजक हुन्थे । उनी यौनमा पवित्रता कसरी कायम राख्ने भनेर बारम्बार अनुयायीलाई सिकाउ“थे । गान्धीबाट प्रभावित मानिसहरूले लामो समयसम्म उनले सिकाएका नियम पालना पनि गरे । तर, जब उनीहरूलाई महसुस भयो कि यी कुराहरू प्रकृतिको नियमविरुद्ध छन्, त्यसपछि गान्धीको ‘सेक्स प्रयोग’ले हावा खायो ।
०००
Mohandas K. Gandhi ;Manilal Gandhi ;Mrs. Kanu Gandhi;Pyarelal;Sita Gandhi;Sushila Pai;Raj Kumariकस्तुरबाको मृत्युपछि गान्धीको जीवनमा थुप्रै स्त्रीहरू आउन थाले । उनी जोकसैलाई पनि आफूसित सुताउँथे । तर, नियम यस्तो थियो, उनीहरू आफ्नै श्रीमान्सित चाहिँ सुत्न पाउँदैनथे ।
गान्धीका एक सचिव प्यारेलाल नैयरकी सुन्दर बहिनी थिइन्, सुशीला नैयर । सुशीला गान्धीकी निजी चिकित्सक पनि थिइन्, र सानैदेखि गान्धीको हेरचाहमा सक्रिय रहिन् । ठूली हुन्जेल उनले गान्धीसँगै नुहाउनुपथ्र्यो, अनि निर्वस्त्र भएर गान्धीसितै सुत्नुपथ्र्यो । जब यस विषयमा गान्धीप्रति औँला उठ्न थाल्यो, उनले सँगै सुते पनि आफ्नो पवित्रता कायम राखेको स्पष्टीकरण दिए ।
गान्धीले भने, ‘जब उनी नुहाउँछिन्, म आफ्नो आँखा पूरै बन्द गर्छु । मलाई थाहा हुँदैन, उनी नांगै नुहाउँछिन् कि कट्टु लगाएर । उनले साबुन दलेको चाहिँ म आवाजबाट पत्ता लगाउँछु ।’ भनिन्छ, गान्धीसित सुशीलाको यस्तो सामिप्यतालाई लिएर आश्रममा रहेका अन्य स्त्रीहरूको मनमा जलन पैदा हुन्थ्यो ।
मानिसको वीर्यका बारेमा गान्धीको असाधारण विश्वास थिए । उनी भन्थे, ‘कसैले आफ्नो अमूल्य द्रव्य (वीर्य) जोगाएर राख्यो भने उसित जीवनमा कहिल्यै सफल नहुने ताकत हुन्छ ।’
०००
आफूसित बढीभन्दा बढी आध्यात्मिक साहसका निम्ति बढीभन्दा बढी आकर्षक महिलाको आवश्यकता महसुस गर्थे गान्धी । भारत स्वतन्त्र भएको वेला सन् १९४७ मा सुशीला ३३ वर्षकी थिइन् । स्वतन्त्रताभन्दा अघि साम्प्रदायिक दंगाको वेला बंगालमा गान्धीले आफ्नी १८ वर्षीया नातिनी मनुलाई बोलाए र उनीसित सुत्न थाले । गान्धीले भने, ‘हामी दुवै मुस्लिम हातबाट मारिन सक्छौ“, त्यसैले हामीले आफ्नो पवित्रताको सर्वश्रेष्ठ परीक्षा दिनुपर्छ । हामीले आफ्नो सबैभन्दा पवित्र बलिदान गर्नुपर्छ । अब हामी दुवै एउटै ओछ्यानमा नांगै सुत्न थालौ“ ।’
स्वतन्त्रतापूर्व जब गान्धीका यौनलीला चलिरहेका थिए, त्यसमा उनका नाती कनु गान्धीकी १८ वर्षीया पत्नी आभा पनि मिसिन आइन् । आभा पनि गान्धीसित सुत्न थालिन् । आफ्नो जीवनको अन्तिम समयतिर गान्धी मनु र आभा दुवैसित सुत्ने गर्थे । सन् १९४८ मा गान्धीको हत्या हुँदा पनि उनका दायाँ–बायाँ यिनै दुई महिला थिए ।
मनुसित सुत्दा आफूलाई थुप्रै लाभ भएको गान्धी बताउँथे । यसबाट देश विभाजन तथा हिन्दू–मुस्लिम एकताजस्ता गम्भीर समस्यामाथि विचार गर्न सहयोग पुगेको उनको हास्यास्पद भनाइ थियो । उनले मनुसित आफू आभासित जसरी सुत्ने गरेको दाबी गरेका थिए । मनु र आभा आफ्नो जीवनको सहारा बनेको समेत उनले बताए । त्यतिवेला मनु विवाहित थिइन् र सुरेन्द्र मसरवाला उनका पति थिए । सन् १९४५ मा उनले प्रेससित भनेका थिए, ‘आभा र मनुसित नांगै सुतेर मलाई आफ्नो ब्रह्मचर्य प्रयोगमा धेरै सफलता मिलेको छ । पहिले मैले यो प्रयोग कस्तुरबासित पनि गरेको थिए“, तर परिणाम हासिल भएको थिएन ।’
०००
गान्धीले सेक्सबारे थुप्रै विवादास्पद कुरा लेखेका र बोलेका थिए । तर, उनका प्रशंसकले ‘बापु’को छविमा दाग लाग्ने डरले ती तथ्यहरू लुकाए, नष्ट गरे । सेक्ससित जोडिएका गान्धीका विचारलाई भारतमा दबाइएको छ, किनकी उनका विचार लोकप्रिय भएनन् । गान्धीले सेक्सको प्रसंग उल्लेख गरेका धेरै पत्र नष्ट गरिए । नष्ट हुनबाट जोगिएको एउटा पत्रमा उनले यस्तो लेखेका छन्, ‘वीणा मसित सुत्नु एउटा संयोग मान्न सकिन्छ । यति मात्र भन्न सकिन्छ, उनी मसित लुटुपुटु भएर सुतेकी थिइन् ।’ लुटुपुटुको अर्थ के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ ।
गान्धीको यौन कर्तुतका कारण थुप्रै मानिस उनलाई घृणा गर्न थालेका थिए । उनीहरूमध्ये एक प्रेमा बेन कंटकले सन् १९३८ मा प्रसाद र दीक्षा नामका किताब लेखिन्, जसमा उनले गान्धीसितको आफ्नो सेक्ससम्बन्ध उजागर गरेकी थिइन् । यसबाट महाराष्ट्रमा ठूलै हंगामा मच्चिएको थियो ।
गान्धीको विरोध गर्नेमा उनका सबैभन्दा कान्छो छोरा देवदास गान्धीको नाम पनि आउ“छ । उनी ५० को दशकका लब्ध प्रतिष्ठित पत्रकारसमेत हुन् । गान्धीसित लामो समय सुत्ने मनु उनै देवदासकी छोरी थिइन् । सानै उमेरमा आफ्नी आमा गुमाएकी मनुलाई गान्धीले छोरी भनेर आफूसँग नांगै सुताउँथे ।
गान्धीले उनले नवविवाहितलाई ब्रह्मचर्यको पालना गर्न सल्लाह दिएका थिए । जबकि जवाहरलाल नेहरूले गान्धीको यस्तो विचारलाई असामान्य र अप्राकृतिक संज्ञा दिएका छन् । गान्धीको विचारबाट रुष्ट भएर उनका केही स्टाफले राजीनामा दिए । राजीनामा दिनेमा दुई पत्रिकाका सम्पादक पनि पर्छन्, जसले केटीसित सुत्ने गान्धीको भाषण छाप्न छाडेका थिए । गान्धीको असामान्य यौन व्यवहारका कारण समर्थक तथा प्रसंशकहरूले उनलाई अनादरसमेत गर्न थालेका थिए ।
आलोचकहरू भन्छन्, ‘गान्धीले सक्रिय ब्रह्मचर्यका नाममा महिलाहरूमाथि अत्याचार गरेका थिए ।’ उनी महिलाहरूको स्वीकृति लिनु पनि आवश्यक सम्झिदैनथे । उनको यौन उत्पीडनको सिकार बनेका महिलाहरूसित सहनुभन्दा अर्को विकल्प थिएन ।
एक दिन गान्धीका स्टेनोग्राफर आरपी परशुरामले उनलाई नग्न मनुसित पल्टिरहेको देखेपछि राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिँदा गान्धीले उनलाई ‘तिमीले आश्रम छाडेर आफूलाई केही फरक नपर्ने जवाफ दिएका थिए । निर्मलकुमार बसु गान्धीका नजिकका सहयोगी थिए । एकदिन यस्तो घटना भयो, जसले निर्मल कुमारलाई गान्धीको कट्टर आलोचक बनाइदियो । त्यस रात गान्धी अक्सरजस्तै नग्न मनु र सुशीला नैयरसित सुतिरहेका थिए । बिहान हुनुभन्दा पहिले कोठाभित्रबाट अस्वभाविक आवाज आएपछि उनले ढोकाको कापबाट चियाए । उनले देखे, गान्धी तीखो आवाजमा चिच्याइरहेको र आफ्नो दुवै हातले टाउकोमा हिर्काइरहेको ।
त्यसरात के भएको थियो भनेर मनु र सुशीला दुवैले मुख खोलेनन् । निर्मल कुमारले अड्कल काटे, सायद गान्धीले सुशीलासित सेक्स गर्ने प्रयास गरे । सुशीलाले अनिच्छा देखाएपछि गान्धीले जबरजस्ती गर्न खोजे । सुशीलाले उनलाई रोक्न खोजिन् । अनि रुष्ट र निराश भएर गान्धी चिच्याए होलान् । सुशीला चाहि“ मद्दत माग्न चिच्याएकी होलिन् ।
निर्मल कुमारले राजीनामा दिएपछि भनेका थिए, सेक्सको मामलामा यतिधेरै विकृत व्यक्तिलाई हामी महात्मा शब्दले विभूषित गरिरहेका छौँ । धिक्कार होस् ।
०००
गान्धीको जीवनमा आएका भारतीय महिलामा श्रीमती प्रभावती देवी (जयप्रकाश नारायणकी पत्नी) कञ्चन शाह, प्रेमा बेन कंटक, सुशीला नैयर, मनु गान्धी (नातिनी बुहारी), आभा गान्धी र सरलादेवी चौधरानी (कवी रवीन्द्रनाथ टैगोरकी भतिजी ।)
सरलादेवीसित आफ्नो झन्डै कामवासनायुक्त सम्बन्ध रहेको गान्धीले पनि स्विकारेका छन् । सरलादेवीपछि प्रभावती देवीले गान्धीलाई साथ दिइन् । उनीहरूको सम्बन्धबारेमा गिरिजा कुमार लेख्छन्, ‘गान्धीप्रति प्रभावती यतिधेरै आशक्त भइन् कि उनी एक दिन पनि गान्धीसित छुट्टिन सक्दिनथिन् । प्रभावतीमा हिस्टेरिया देखिन थालेको थियो र उनी घन्टौँसम्म बेहोस् हुने गर्थिन् ।’ गान्धीको मृत्युपछि मात्र प्रभावतीको जीवन सहज भएको थियो ।
सत्याग्रहपछि उनले आफ्ना प्रशंसकलाई लेखेका सबै पत्रमा दोस्रो विषय सेक्स हुने गथ्र्यो । उनी तिनीहरूलाई पत्र पठाउँथे, जसले उनलाई प्रशंसा गरेर पत्र पटाएका हुन्थे । स्मरणीय के छ भने गान्धी दक्षिण अफ्रिकामा रहेका वेला महिनामा एकचोटिजस्तो स्वप्नदोष हुन्थ्यो । तर, भारत आएर आश्रममा बस्न थालेपछि उनलाई कहिल्यै स्वप्नदोष भएन ।
साभार : नयाँ पत्रिका

नेपालमा भेटियो नयाँ रोग चिकनगुनिया

mosquitoकाठमाडौ, असार १ - मुलुकमा नयाँ रोग फेला परेको छ । 'चिकनगुनिया' ले संक्रमित भएका तीन व्यक्ति भेटिइसकेका छन् । लामखुट्टेका कारण हुने यो रोग यसअघि हाम्रो मुलुकमा भेटिएको थिएन ।
राजधानीको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउन आएकाहरूमध्ये धादिङका तीन व्यक्तिमा उक्त रोगको संक्रमण देखिएको हो । २० देखि ४० वर्ष सम्मका तीनैजना रोग लाग्नुअघि धादिङबाहिर गएका थिएनन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, चिकनगुनिया भाइरसबाट हुने संक्रमण हो । यो रोग लामखुट्टेले सार्छ । यो संक्रमण एडिस एजिप्टी र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेले टोक्दा सर्छ । यस्ता लामखुट्टेले डेंगी भाइरससमेत सार्ने गर्छन् । यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन् । एडिस एजिप्टीले घरभित्रसमेत टोक्ने गरेको छ । चिकनगुनिया संक्रमण प्रत्यक्ष रूपमा नसर्ने डब्लूएचओले जनाएको छ । अर्थात्, कुनै रोगीबाट अरूमा सर्दैन । लामखुट्टेले टोक्दा मात्र यो संक्रमण हुन्छ ।
चिकिनगुनिया अपि|mकी शब्द हो, जसको शाब्दिक अर्थ 'मोडिदिनु' हुन्छ । यो संक्रमण सन् १९५२ मा तान्जानियामा पहिलो पटक पाइएको थियो । विस्तारै पश्चिम, मध्य र दक्षिण अपि|mकी क्षेत्र हुँदै एसियामा आएको विज्ञहरू बताउँछन् । भारतका धेरैजसो क्षेत्रमा यो रोग पाइएको छ ।
'यो रोगको हाल कुनै खास उपचार छैन,' शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन् । यो रोगको उपचार लक्षण र प्रयोगशाला परीक्षण प्रतिवेदनका आधारमा गरिन्छ । उनका अनुसार, सम्बन्धित लामखुट्टेले टोकेपछि दुईदेखि १२ दिनसम्म ज्वरो आइरहन्छ । तर पीडा महिनौंसम्म रहन सक्छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, संक्रमित लामखुट्टेले टोकेको चारदेखि आठ दिनपछि सामान्य व्यक्ति बिरामी पर्न सक्छ ।  
चिकनगुनियाको संक्रमण धेरैजसो केसमा प्राणघातक नहुने र धेरैजसो बिरामी केही दिनमा आफैं स्वस्थ हुने जनाउँदै टेकु अस्पतालकै डा. राजेश साह भन्छन्, 'तर बिरामीमा यसको असर धेरै लामो समयसम्म रहन सक्छ । धेरै सातासम्म थकानले सताउन सक्छ । जोर्नीहरूमा महिनौंसम्म पीडा भइरहन सक्छ ।'
डब्लूएचओका अनुसार, यो रोगको केही लक्षण डेंगीजस्तै हुन्छ । त्यसैले डेंगीको संक्रमण देखिने इलाकामा यसको सही पहिचान नहुन सक्छ । यसको जटिलता दुर्लभ देखिए पनि एक वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका व्यक्तिहरूले अनाहकमा दुःख पाइरहन सक्छन् । मधुमेह, उच्च रक्तचाप जस्ता अन्य जटिल शारीरिक समस्या भएकाहरूमा यो रोगले थप पीडा दिन सक्ने सिडिसिले जनाएको छ ।
लक्षण
चिकनगुनिया हुँदा एक्कासि उच्च ज्वरो आउँछ । हाडजोर्नी दुख्छ । हातखुट्टामा पीडा हुन थाल्छ । मांसपेसी दुख्न सक्छ । टाउको दुख्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने हुन्छ । संक्रमितमध्ये केहीको शरीरमा बिमिरा निस्कन सक्छ ।
संक्रमणबाट जोगिन
    लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ
    पूरा बाहुला भएको सर्ट लगानुपर्छ
    खुट्टा खाली राख्नु हुन्न
    शरीरको खुला भागमा लामखुट्टेले नटोक्ने मलम लगाउनुपर्छ
    घरमा झ्यालढोका धेरै खुला राख्नु
    विषादी उपचारित झुलभित्र सुत्ने गर्नुपर्छ
    घर छेउछाउमा लामखुट्टेको प्रजनन रोक्ने प्रयास गर्नुपर्छ
    आँगन वा करेसाबारीतिर पानी जम्न दिनु हुन्न
    झाडी भए फाँड्नुपर्छ

चिलिमेमा कालोसूची परेको गेजुवा त्रिशुलीमा पुरस्कृत




ऐन, कानुन, परम्परा लत्याउँदै प्राधिकरणले त्रिशुली ३–एको क्षमता विस्तार गरी पोसेको चिनियाँ ठेकेदारम्पनी गेजुवालाई प्राधिकरण अन्तर्गतकै एक आयोजनाले तीन महिनाअघि कालो सूचीमा राख्ने निर्णय गरेको तथ्य खुलेको छ ।
चिलिमे हाइड्रोपावर कम्पनी अन्तर्गत स्यान्जेन विद्युत आयोजनाले गेजुवासँगको ठेक्का सम्झौता रद्द गरी उसलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखेको थियो ।
त्रिशुली ३–ए मा जस्तै ठेक्का लिइसकेपछि काम नथालेर अवधि, थैली र डिजाइन तलमाथि गर्ने चलखेलमा लागेपछि स्यान्जेनले गेजुवालाई कामबाट निश्कासन गरेको थियो ।
‘ठेक्का पाइसकेपछि खुरुक्क काम थाल्नु छैन,’ स्यान्जेनका प्रबन्ध निर्देशक मिलापबहादुर पाण्डेले भने, ‘एक वर्ष अवधि बढाउने, क्लेमसम्बन्धी सर्तहरु हेरफेर गर्ने चलखेल गरेपछि निष्कासन गर्ने निर्णय लियौं ।’
बोलपत्रमा सबै सर्त खुलाइएको स्मरण गराउँदै उनी भन्छन्, ‘त्यसलाई सकारेर ठेक्का हाल्ने । परेपछि सोर्स लगाएर हेरफेर गर्न कहाँ पाइन्छ ?’
ठेकेदारको यस्तो क्रियाकलापनले ४२.५ मेगावाटको आयोजनाको कार्यसम्पादनमा केही ढिलाइ भएको छ । चिलिमे अन्तर्गको यो आयोजनामा प्राधिकरणको ५१ प्रतिशत, सर्वसाधरणको १५, बाँकी कर्मचारी र निजी क्षेत्रको सेयर छ ।
पाण्डेका अनुसार बोलपत्रमा ११९२ दिनमा काम सक्नुपर्ने सर्त थियो । ‘ठेक्का परेपछि ३६५ दिन थप चाहिन्छ भन्न आयो,’ पाण्डे भन्छन्, ‘यस्तो ठेकेदार कारबाहीको भागिदार हुनुपर्छ भनेर हामीले सरकारको सम्बन्धित निकायलाई लेखेर पठाएका हौं ।
सार्वजनिक खरिद कार्यालयले लगभग दुई महिना फाइल पेन्डिङ राखेर ठेकेदारकै पक्षमा निर्णय गरिदिएको थियो । ‘गेजुवाको धरौटी जफत भइसकेकाले कालो सूचीमा राखिरहनुपर्ने नदेखिएको जानकारी सिंहदरबारबाट हामीलाई आयो,’ पाण्डेले भने ।
बोलपत्र आह्वान गर्दाका सर्त बमोजिम नगरि ह्याङ्की प्याङ्कीको प्रयास थालेपछि ठेक्का खारेज गरि सान्जेनले गेजुवाले ३ करोड २० लाख दण्डित गरेको थियो ।
पाण्डेका अनुसार गेजुवाले ४२ मेगावाटको आयोजना १ करोड ५० लाख मिलियन डलरमा निर्माण सम्पन्न गर्ने प्रस्ताव हालेको थियो ।
स्यान्जेनको माउ कम्पनी चिलिमे हाइड्रोपावरले पनि एक दशकअघि गेजुवालाई दण्डित गरेको थियो ।
चिलिमे वा स्यान्जेनजस्तै प्रवृत्ति गेजुवाले त्रिशुली ३–ए मा पनि देखाएको छ । ३५ महिनामा सक्नुपर्ने काम २६ महिनासम्म एक चौथाइ पनि सकेन । ठेक्काको सर्तअनुसार गेजुवाले कम्तीमा ८२ करोड हर्जाना तिर्नुपथ्र्यो ।
चिलिमे वा स्यान्जेनको जस्तो दण्ड ३–एमा गेजुवाले भोग्नुपरेन । सरकार÷प्रधिकरणले उसका सबै माग पूरा गरिदियो । समयावधि २ वर्ष मात्र थपेन, आयोजनको क्षमता ६० बाट ९० मेगावाटमा बढोत्तरी गरिदियो । गेजुवाले ४ अर्ब रुपैयाँको काम बिनाटेन्डर पायो ।
व्यवस्थापनको उक्त निर्णयले प्राधिकरणलाई १० अर्बभन्दा बढी घाटा हुने हिसाब निकालेर कर्मचारी आन्दोलित छन् ।
चिलिमे वा स्यान्जेनमात्र, हैन गेजुवाले प्राधिकरणकै चमेलियामा विद्युत आयोजनाको पनि सर्तअनुसार काम गरेको छैन । पाँच वर्षअघि सुरु भएको ३० मेगावाटको चमेलियामा पनि गेजुवा ग्रुपले नै काम गरिरहेको छ ।
दार्चुलामा रहेको त्यो आयोजनाको भविष्य भगवान् भरोसा भएको जानकारहरु बताउँछन् । ‘गेजुवा र यसको कमिसन एजेन्ट नेता, सचिव र कर्मचारीलाई पैसा खुवाउन मात्र माहिर छन्,’ प्राधिकरणका पूर्व सञ्चालक मोहनराज पन्तले भने, ‘त्यसैले चमेलियाको बिजोग छ । कहिले सकिन्छ र कति पैसा लाग्छ प्राधिकरणका अधिकारी र ठेकेदार कसैले भन्न सक्दैन ।’

हेर्नुहोस त्रिशूली थ्रिएमा सेतोपाटीले गरेको घोटाला श्रृंखला विस्तारमा

प्रतिकृया दिनुहोस