११ कक्षा पढ्दै गरेकी युवती "पिल्स" चक्कीमा पल्किंदा




"दिदी तपाईं त म्यारडि हुनुहुन्छ, तपाईंलाई अप्ठ्यारो हुन्न, इमर्जेन्सी पिल्स किनेर ल्याइदिनूस् न !" भर्खर ११ पढ्दै गरेकी छिमेकी बहिनीको यो हठात् आग्रह काठमाडौँ, कालीमाटीकी प्रमिलालाई एक क्षण त सपनाजस्तै लाग्यो। भन्छिन्, "मलाई होइन, साथीकी दिदीलाई भनिन्, पछि अलि कड्किएर र केही फकाएर सोधेपछि मात्र ब्वाइफ्रेन्डसँग असुरक्षित यौनसम्पर्क भएको स्विकारिन।" त्यसपछि आइन्दा यस्तो गल्ती नगर्ने सर्तमा इमर्जेन्सी पिल्स (गर्भनिरोधक) किनेर दिइएको प्रमिला सुनाउँछिन्। यस्तै अनुभव छ, एचआईभी/एड्स तथा यौनरोगका क्षेत्रमा क्रियाशील संस्था दृष्टि नेपालकी स्वास्थ्य परामर्शदाता नारायणी विकको। भर्खरै १५ वर्षमा हिँड्दै गरेकी एक किशोरीमा यौनरोगको संक्रमण देखियो। विक भन्छिन्, "ती किशोरीले आफ्नो केटा साथीसँग यौनसम्पर्क राख्दा कन्डमको प्रयोग नगर्ने तर पछि इमर्जेन्सी पिल्स किनेर खाने गरेकी रहिछन्।" बढ्दो खुलापनका कारण नयाँ पुस्ताका किशोरीहरू असुरक्षित हुँदै गएका छन् । लहडमा वा बिनायोजना नै असुरक्षित यौनसम्पर्क राख्ने र सम्भावित गर्भ रहन नदिनका लागि इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स (ईसीपी) खाने प्रवृत्ति किशोरीहरूमा देखिन थालेको छ। यस्तो प्रवृत्तिले उनीहरूमा अन्य शारीरकि समस्याका साथै यौनजन्य रोगको संक्रमणसमेत बढेको विक बताउँछिन्। भन्छिन्, "सजिलो उपायका रूपमा ईसीपीको प्रयोग भइरहेको छ।" हुन त ईसीपी अनिच्छित गर्भाधान रोक्ने भरपर्दो साधन हो। गर्भपतन गर्नुपर्ने अवस्थाको जोखिमलाई सुरुमै न्यूनीकरण गर्न ईसीपी विश्वभर िनै प्रभावकारी मानिन्छ। यौनक्रीडाका बेला कन्डमको प्रयोग नभएमा, कन्डम फुटेमा, महिलाले नियमित सेवन गर्ने गर्भनिरोधक चक्की खान लगातार तीन दिनसम्म छुटेको वा तीनमहिने सुई लगाउन दुई साताभन्दा बढी भएको समयमा यौनसम्पर्क भएमा गर्भ रहन नदिन आपत्कालीन रूपमा इमर्जेन्सी पिल्सको प्रयोग गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । बलात्कारका घटनामा गर्भ रहन नदिनका लागि पनि ईसीपी उत्तम विकल्प हो। तर, सामाजिक खुलापनसँगै देखिएका विकृतिका कारण युवापुस्तामा ईसीपीको दुरुपयोग हुनु र गर्भनिरोधक अन्य पिल्सझैँ प्रयोग गरनिु उचित नभएको विज्ञहरू बताउँछन्। "धेरै खायो भने त चिनी पनि तीतो हुन्छ," प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्की भन्छिन्, "दुरुपयोग भएको अवस्थामा ईसीपीको पनि नकारात्मक असर देखिन सक्छ।" विभिन्न ब्रान्ड र नाममा उपलब्ध ईसीपी ९९ प्रतिशत प्रभावकारी हुने उत्पादकहरूले बताउँदै आएका छन्। अहिले बजारमा नेपाल सीआरएस कम्पनीद्वारा वितरति ई-कोन, सिप्ला कम्पनीको आई-पिल्सलगायतका ईसीपी उपलब्ध छन्। तर, अन्तर्राष्ट्रिय संस्था अमेरकिी सहयोग नियोग यूएसएडको एक प्रतिवेदनलाई आधार मान्ने हो भने ईसीपी सही तरकिाले उपयुक्त समय -७२ घन्टा)भित्र सेवन गर्दा पनि गर्भ रहने सम्भावना १५ देखि २५ प्रतिशतसम्म रहन्छ। उक्त प्रतिवेदनमा एकपटक यौनसम्पर्क हुँदा एक सयमा आठ जनामा गर्भको सम्भावना रहनेमा ईसीपी सेवन गरेको अवस्थामा पनि दुई जनासम्ममा गर्भ रहन सक्ने औँल्याइएको छ। यसैलाई आधार मान्ने हो भने पनि ईसीपीको प्रयोगबाट ढुक्क नै हुन नसकिने विज्ञहरू बताउँछन्। डा कार्की पनि आपत्कालीन अवस्थामा मात्र सेवन गर्नुपर्ने औषधीलाई जथाभावी र नियमित सेवन गर्दा त्यसको प्रभावकारतिामा कमी आउन सक्ने बताउँछिन्। सानो उमेरमा गरनिे वा असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, पाठेघरको क्यान्सर, बाँझोपनलगायतका समस्या देखिन सक्ने कार्कीको भनाइ छ । कुनै पनि औषधीले शरीरमा हर्मोनको मात्रामा असन्तुलन पैदा गर्छ। त्यसको प्रभाव अल्पकालीन वा दीर्घकालीन रूपमा स्वास्थ्यमा देखिन सक्छ। महिलाहरूले नियमित सेवन गर्ने गर्भनिरोधक चक्कीमा जुन हर्मोन हुन्छ, ईसीपीमा पनि त्यही हर्मोन बढी मात्रामा राखिएको हुन्छ। ईसीपीको प्रयोगपछि रंिगटा लाग्ने, वाकवाकी आउने, वान्ता हुने र रक्तस्राव हुने लगायतका समस्या देखिन सक्छन्। डा कार्की भन्छिन्, "नियमित प्रयोगले मानसिक र शारीरकि विकासक्रममा रहेका किशोरीहरूको वृत्तिविकासमा बाधा सिर्जना गर्न सक्छ।" विश्व स्वास्थ्य संगठनले समेत ईसीपी आपत्कालीन अवस्थाका लागि निकै भरपर्दो भए पनि नियमित प्रयोगका लागि उपयुक्त नहुने स्पष्ट तोकेको छ। विकका अनुसार खुलापनसँगै एकभन्दा बढीसँग सम्बन्ध राख्ने प्रवृत्ति बढेकाले संसारमै ठूलो चुनौतीका रूपमा देखापरेको एचआईभी संक्रमण तथा यौनरोगबाट बच्न ईसीपी प्रभावकारी साधन होइन। बिनाकन्डम एकभन्दा बढीसँग असुरक्षित यौन सम्बन्ध राख्ने झन्डै ७५ प्रतिशतमा कुनै न कुनै खालको संक्रमण देखिने गरेको छ। "विज्ञापन हेरेका भरमा ईसीपी खाएपछि ढुक्क भएँ भन्ने ठान्नेमा संक्रमण बढी देखिएको छ," विक भन्छिन्, "उमेर नपुगी सकेसम्म सम्पर्क नराखेकै राम्रो, नभए कन्डमको प्रयोग सबैभन्दा उत्तम विकल्प हो।" ईसीपी खाए भइहाल्छ नि भन्ने मानसिकताका कारण कम उमेरमै यौनजन्य क्रियाकलापमा लाग्न युवापुस्ता प्रोत्साहित हुन थालेकाले सामाजिक रूपमा समेत यसको नकारात्मक असर परेको हो । नेपालमा ईसीपीको बिक्री र यसको मुख्य प्रयोगकर्ताको अनुपातलाई हेर्ने हो भने पनि बिहे नगरेका किशोरीहरू नै प्रमुख प्रयोगकर्ता भएको अनुमान छ। त्यस अनुसार प्रतिवर्ष करबि पाँच लाख प्याकेट ईसीपी खपत हुने गरेको छ। विवाहिता तथा परपिक्व महिलाहरूले ईसीपीको निकै कम प्रयोग गर्छन्।

पुरुषसँग बोल्दा पनि तात्छ महिलाको शरीर




पुरुषसँग भेटेर कुरा मात्रै गर्दा पनि महिलाको अनुहार चम्किलो हुने र शरीरको तापक्रम बढ्ने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । स्कटल्याण्ड सेन्ट एन्ड्रयूज विश्वविद्यालयका शोधकर्ताले पुरुषसँग यौन सम्बन्ध नराखेर पनि महिलाको अनुहारको तापक्रम बढ्ने अनुसन्धानका क्रममा देखिएको छ । अध्ययनका क्रममा महिलाले पुरुषलाई भेटेका बेला अध्ययन टोलीले थर्मल ईमेजिङको प्रयोग गरेका थिए । अध्ययनका क्रममा टोलीले पुरुषसँग भेटेका बेला महिलाको हात, छाती र अनुहारको तापक्रम नापेका थिए ।

बालिका बलात्कार गर्ने भारतीय युवक रङ्गेहात पक्राउ




गोलबजार (सिरहा), कात्तिक १२- सिरहाको सीमावर्ती गाविस इटाटार-९ कमलपुरस्थित खेतमा आज बिहान बालिकालाई बलात्कार गर्ने एक भारतीय युवकलाई सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारका महौलिया ग्रामपञ्चायत-५ बस्ने १९ वर्षीय रामपुजन मण्डल छन्। भारत बिहारका महौलिया ग्रामपञ्चायतकै साह थर भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरिरहेको अवस्थामा मण्डल रङ्गेहात पक्राउ परेको हो। 

इटाटारका सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीले बलात्कार गरिरहेको अवस्थामा मण्डललाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको बताउनुभयो। उनले भने- बालिकालाई नियन्त्रणमा लिएर दुई युवकले सामूहिक बलात्कार गरिरहेका थिए। लखेटेर समात्न खोज्दा एकजना भागे पनि मण्डल पक्राउ पर्‍यो।

बलात्कृत बालिकालाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। सिरहाको इटाटार गाविसको कमलपुरस्थित मिलमा गहुँ पिसानी गरेर घर फर्किने क्रममा बालिकालाई मण्डल र फरार भएका अन्य एक व्यक्तिले बलात्कार गरेको प्रहरीको भनाइ छ।
घटनास्थल सिरहाको इटाटार रभारतकोमहौलियाबीचमा पर्छ। भारतको महौलियामा कुटानी पिसानी गर्ने मिल नभएकाले त्यहाँका नागरिक इटाटार आउने गर्छन्। रासस

आफ्नै श्रीमतिको ब्लु भिडियो बनाएको आरोपमा पक्राउ


,
भारतको उत्तर प्रदेशको इलाहावाद जिल्लामा आफ्नै श्रीमतिको भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटना इलाहावादको कर्नलगञ्ज क्षेत्रमा भएको हो । सो क्षेत्रमा ३० वर्षिय विवेक मिश्राले आफ्नी २८ वर्षिया श्रमितिको ब्लु भिडियो बनाएर इन्टरनेटमा राखेका थिए । मिश्राले इन्टरनेटमा आफ्नी श्रीमतिको मोबाइल नम्बर समेत राखेका थिए । जिल्ला प्रहरी अधिकारी अवधेशकुमारका अनुसार उनकै श्रीमतिको उजुरीमा मिश्रालाई पक्राउ गरिएको हो । इन्टरनेटमा राखिएको फोन नम्बरका कारण धेरैतिरबाट फोन आएपछि घटनाबारे पीडित महिलाले जानकरी पाएकी थिइन्।

इन्टरनेटमा आफ्नो अश्लील ब्लु भिडियो हेरेपछि उनी सिधै प्रहरी कार्यालय पुगेकी थिइन्। पीडित महिलाकाअनुसार ६ वर्षअघि उनीहरुको विवाह भएको थियो। तर गत वर्ष श्रीमानले अर्की युवतीसंग रहेको सम्बन्धका कारण विवाद उत्पन्न भएको थियो। पीडित पक्षको आरोपअनुसार विवेकले लगातार सम्बन्धविच्छेदका लागि दबाव दिइरहेका थिए । सोही क्रममा अश्लील ब्लु भिडियो प्रकरण सार्वजनिक भएको हो । पीडित महिला विगत दुई महिनादेखि माइत बस्दै आएकी छन्। घटनाबारे प्रहरीले छानविन गरिरहेको जनाएको छ। -एजेन्सी

विवाहेतर यौनसम्बन्ध अपराध होइन: राष्ट्रसंघ







राष्ट्रसंघको मानव अधिकार संस्थाले विवाहेत्तर सम्बन्धलाई अपराधको रूपमा दण्ड दिन नहुने बताएको छ । विभिन्न मुलुकमा यस्ता सम्बन्धका लागि जरिवानादेखि मृत्युदण्डसम्म हुने व्यवस्थाले महिलाको अधिकारको विशेष उल्लंघन भएको उसले धारणा राखेको छ । महिलाविरुद्ध भेदभाव गर्ने कानुन हटाउने उपायका विषयमा कार्य गर्ने राष्ट्रसंघको विशेषज्ञहरूको संस्थाका प्रमुख कमला चन्द्रकिरणले अतिरिक्त वैवाहिक सम्बन्धलाई अपराधको रूपमा वर्गीकरण गर्नै नहुने बताइन् । उनले आपसी सहमतिमा यौनसम्बन्ध राखिएको घटनालाई अपराधीकरण गर्ने प्रक्रियाले  गोपनीयताको हनन् हुने बताइन् । उनले विज्ञप्ति मार्फत विवाहेत्तर सम्बन्धका लागि दण्ड, कैद, कोर्रा वा ढुंगाले हानी वा झुन्ड्याएर मृत्युदण्ड दिन नहुने बताइन् । उनले यो सम्बन्धलाई कानुनी रूपमा अपराधीकरण गर्दा विशेषगरी महिला प्रभावित भएको बताइन् । चन्द्रकिरणले यस्तो सम्बन्ध राख्ने पुरुषले भन्दा महिलाले बढी दण्ड पाउने गरेको जानकारी दिएकी छन् । उनले अतिरिक्त सम्बन्धका घटनालाई अपराधीकरण गर्ने र यसका लागि कोर्रा हान्नेदेखि मृत्युदण्ड दिनेसम्मका दण्डका प्रावधान कानुनमा राख्ने मुलुकलाई यस्तो कानुन खारेज गर्न आग्रह गरेकी छन् ।

११ पढ्ने किशोरीको अपहरण गरेर दुई दिनसम्म बलात्कार








११ कक्षामा पढ्ने एक किशोरीलाई दुई युवाले अपहरण गरेर दुईदिनसम्म बलात्कार गरेका छन् । भारतको जलपाइगढीमा बस्ने ती किशोरीलाई विद्यालयबाट घर फर्कँदै गर्दा बाइकमा आएका दुई युवाले अपहरण गरेका थिए । ती दुई युवाले आफूलाई घर फर्कँदै गर्दा जबरजस्ती बाइकमा हालेर लगेको पिडित युवतीले बताइन् । उनीहरुले आफूलाई अन्जान ठाँउमा लगेर दुईदिनसम्म बलात्कार गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन् । बलात्कारपछी ती दुई युवाले किशोरीलाई चोच बेहार अस्पतालको अगाडी छाडिदिएका थिए । पिडित किशोरीलाई अस्पताल अगाडि विक्षिप्त अवस्थामा देखेपछी त्यहाँ वरपरका मानिसले अस्पताल लगेका थिए । यता परिवारले ती दुई युवाविरूद्ध मुद्दा दर्ता गराएका छन् भने स्थानीयहरुले ती युवाहरुलाई कारबाही गरिनुपर्ने माग राख्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका छन् तर प्रहरीले यसबारे अनुसन्धान थालिसकेपनि केही थाहा भने पाउन नसकेको बताएको छ

विश्वभर पोर्नोग्राफीकै पल्लाभारी, प्रत्येक ३९ मिनेटमा एउटा नयाँ ब्लु भिडियो निर्माण








नेपालीहरू सेक्सको बारेमा कुरा गर्न अलिक अप्ठ्यारो महसुस गर्दछन्। तर एउटा तीतो सत्य के हो भने इन्टरनेटको पहुँचमा नभएका नेपालीहरू तास खेलेर फुर्सदको समय कटाउँदछन् भने इन्टरनेटको पहुँचमा भएकाहरू पोर्न साईट हेरेर समय कटाउँछन्। गुगलमा नेपालबाट सबैभन्दा बढी खोजिने शव्दहरूमा सेक्स पनि हो। नेपालजस्तो इन्टरनेटको व्यान्थविथ कम भएको देशमा त इन्टरनेटमा पोर्नोग्राफी हेरिन्छ भने विदेशमा पोर्नको अवस्था के होला। एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ। एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नग्राफी हेरिरहेका हुन्छन्। एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्चइन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन्। प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ।

केटाहरूले ठूलो स्तन भएको केटीहरूलाई किन बढी मन पराउँछन्








युवापुस्तामा पुगेका पुरुषको ध्यान राम्री युवतीलाई हेर्नुमा पनि हुन्छ । पहिले उनीहरू राम्री युवतीलाई हेर्छन् त्यसपछि उनीहरूको अंग हेर्न थाल्छन् । पुरुषमा यस्तो स्वभाव देखिएको हजारौं वर्ष भैसकेको छ । पुरुषले कुनै पनि युवतीलाई आँखा सामुन्ने देखेपछि पहिले गर्धन हुँदै स्तनमा आँखा पुर्‍याउँदै तिघ्रामा दृष्टि फ्याँक्छ । द मेल ब्रेन नामक पुस्तकमा उल्लेख भएअनुसार पुरुषले तिघ्रा हेरेपछि ज्ञानेन्दि्रयतर्फ पनि ध्यान केन्दि्रत गर्छ । पुरुषलाई महिलाको ठूलो स्तन, पातलो कम्मर, सम्म पेट तथा गोलो पुठ्ठा बढी मन पर्छ । यस्तो किसिमको शारीरिक बनावट भएका युवती देखिए कुनै पनि जाति र वर्णका पुरुष आकषिर्त हुन्छन् । महिलाको शारीरिक बनावटले पुरुषलाई पहिलो नजरमै कसरी आकर्षण गर्छ र महिलाको कुन अंगले पुरुषलाई बढी आकषिर्त गर्छ भने विषयमा धेरै अनुसन्धान एवं सर्वेक्षणहरू सम्पन्न भैसकेका छन् । अहिलेसम्म भएका अनुसन्धानमध्ये युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको अनुसन्धानमा के पाइयो भने कुनै पनि पुरुषले एक सेकेन्डको पनि पाँचौं भागमा उसले महिला आकर्षक छ कि छैन भन्ने विषयमा निर्णय गरिसकेको हुन्छ । यो निर्णय गर्ने क्रममा पुरुषका केही ज्ञानेन्दि्रय सक्रिय हुनुका साथै रक्तचापसमेत वृद्धि हुन्छ । युनिभर्सिटिका वैज्ञानिकहरूले पुरुषमा यस्तो किसिमको प्रतिक्रिया किन हुन्छ भनेर थप अनुसन्धान गर्दा यौनका विषयमा पुरुषहरूको मस्तिष्कले महिलाको तुलनामा २ दशमलव ५ गुणा बढी टोस्टेसटोरोन हार्मोन उत्पादन गर्छ । यसरी हार्मोनको बढी उत्पादनले गर्दा यौन आकर्षणको क्षेत्रमा पुरुषको मस्तिष्क महिलाको तुलनामा १० देखि १५ गुणा बढी सक्रिय हुन्छ । यही कारणले पनि पुरुषहरू यौनको क्षेत्रमा महिलाभन्दा बढी सक्रिय हुन्छन् । अझ सर्वेक्षणले के प्रस्ट पारेको छ भने पुरुषले आफ्नो जीवनमा १४ जना फरक महिलासँग यौन सम्पर्क राख्छ भने महिलाले जीवनमा १ वा २ पुरुषसँग मात्र शारीरिक सम्पर्क राखेका हुन्छन् ।

१७ बर्षकी युवतीसंग १३ पटक सेक्स !

१७ बर्षकी युवतीसंग १३ पटक सेक्स !कार्तिक ५, इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरका साथ सेक्स गर्नका लागि पैसा दिएको आरोप अश्विकार गरेका छन् । उनीमाथी मिलानमा मुद्दा चलिरहेको छ । बर्लुस्कोनीका अनुसार उनको घरमा कहिल्यै पनि ‘ सेक्स संग जोडिएको’ कुनै कार्यक्रमको आयोजना नभएको बताएका छन् । उनी यस मुद्दाको सुनवाईमा अचानक पुगेका थिए ।



बर्लुस्कोनीले उनको एक पार्टीमा करीमा अल-महरूग नामकी ती युवती आएको भने स्विकार गरेका छन् साथै उनले ती युवतीको उमेर सोध्दा २४ बर्षको भएको बताएकी थिइन् । अल-महरूगले भने आफुसंग १७ बर्षको उमेरमा पूर्व प्रधानमन्त्री बर्लुस्कोनीले १३ पटक सेक्स गरेका थिए भन्ने आरोप लागएकी छन् । इटलीमा १८ बर्ष भन्दा कम उमेरकी युवतीसंग यौन सम्बन्ध राख्नका लागी पैसा दिन पाइँदैन् ।

बर्लुस्कोनी रूबी नामले चिनिने अल-महरूगका साथ त्यतिबेलासम्म सेक्स गरेका थिए, जब उनी १७ बर्षकी थिइन् । यसका लागी उनलाइ पैसा पनि दिइएको भन्ने आरोप लगाइएको छ । त्यति बेला बर्लुस्कोनी ७० बर्षका थिए ।

उनीमाथि प्रधानमन्त्रीको प्रभावको प्रयोग गर्दै ती युवतीलाइ प्रहरी हिरासतबाट छुटाउनका लागी मद्दत गरेका थिए भन्ने पनि आरोप पनि लागेको छ ।

तर बर्लुस्कोनीले भने उनले कहिल्यै पनि मिलान प्रहरीमाथि कुनै प्रकारको दबाव दिएका छैनन् भनेका छन् ।

मोरक्कोबाट आएकी अल-महरूग चोरीको एक आरोपमा पक्राउ परेकी थिइन् । सेक्स पार्टिहरूसंग जोडिएको यस मुद्दामा बर्लुस्कोनीले ती ७८ जना साक्षीहरूको सूची पेश गरेका छन्, जसमा उनले रियाल म्याड्रिडका फ़ुटबलर क्रिस्टियानो रोनाल्डो र हलीउड स्टार जर्ज क्लूनी पनि समाबेस छन्र । यी सबै बर्लुस्कोनीको एक पार्टीमा पाहुना भैसकेका छन् । उनले यी सबै जनाका लागी आफुले डिनरको आयोजना गरेका थिए । जसमा सबैजनाले साथमा बसेर खाना खाएका थिए ।

ब्लु फिल्मकी नायिका आएशा कारमेला बलिउडमा भित्रिने








पोर्न स्टार सन्नी लियोनले फिल्म जिस्म-२ सँगै बलिउडमा डेब्यु गरेपछि बलिउड फिल्म उद्योगमा ब्लु फिल्मकी नायिकाहरुको लागि बाटो खुलेको छ । यद्यपि सन्नीको पहिलो बलिउड फिल्म प्रदर्शनमा आइसकेको छैन तथापि बलिउडमा सन्नीलाई पछ्याउँदै अर्की पोर्नस्टार भित्रिन लागेको खबर बाहिर आएको छ । समाचार अनुसार एसियाली मूलकी बेलायती पोर्न स्टार आएशा कारमेला पनि सन्नी जस्तै बलिउडमा छाउने तयारीमा छिन् । एशियन बाबीृ डल तथा मस्ती बेब नामले चर्चित आएशालाई केही बलिउड फिल्म निर्माताहरुले आफ्नो फिल्ममा खेल्न अफर गरिसकेको बताइएको छ ।
आएशाले पनि यो कुराको पुष्टि गर्दै भनेकी छिन्, ‘ अहिल्यै फिल्मका लागि गरिएको अफरका बारेमा कुरा गर्नु थोरै हतार हुन्छ होला । जब मलाई यो प्रस्ताव प्राप्त भयो तब म अचम्मित भएँ किनकी मैले यसअघि बलिउडमा काम गर्ने बारेमा कहिल्यैपनि सोँचेकी थिइन । तर जब मैले सन्नी लियोनले पनि बलिउडमा काम गरिरहेको कुरा थाहा पाएँ त्यसपछि यदि सन्नीले बलिउडमा काम गर्न सक्छिन् भने म किन सक्दिन ? भन्ने मलाई लाग्यो ।’ सन्नी लियोनको फिल्म हेर्न उत्सुक भएर बसेका बलिउडप्रेमीहरुका लागि अर्की पोर्नस्टारको पनि मूलधारको फिल्म देख्न पाइने कुरा अवश्य पनि खुसीको विषय हो । अझ यी दुइ पोर्नस्टारबीच बलिउड फिल्म उद्योगमा हुने भिडन्तले थप मज्जा प्रदान गर्नेछ ।

छात्रासँग यौन सम्बन्ध राख्ने शिक्षकले तिरे १ लाख ५० हजार







सिरहा पोखरभिण्डा–२ का दलित छात्रासँग अवैध सम्बन्ध राखेका शिक्षकले क्षतिपूर्ति स्वरुप रु एक लाख ५० हजार तिरेपछि मिलापत्र भएको छ । स्थानीय डोमी उच्च माविमा कार्यरत शिक्षक विष्णुदेव साहले सोही विद्यालयमा अध्ययनरत छात्रालाई तीन वर्षदेखि अवैध सम्बन्ध राख्दै आएका थिए । गर्भ रहेको ६ महिनापछि गत भदौ ४ गते भारतको बिहार राज्यमा पर्ने जयनगरबजार लगी गर्भपतन गराएपछि यो रहस्य खुलेको थियो । शिक्षक साहले रु एक लाख ५० हजार तिरेपछि समाजका केही अगुवा व्यक्तिले घटना मिलाइदिएको स्थानीयवासीले बताएका छन् ।
विष्णुपुरकट्टी घर भएका शिक्षक साहले जागिर लगाइदिने लोभ देखाएर दलित छात्रासँग यौन सम्बन्ध राख्दै आएको बताइन्छ । गर्भ बसेको रहस्य खुलेपछि शिक्षक साह विद्यालय जानसमेत छाडेर तीन हप्तासम्म सम्पर्कविहीन रहेका थिए । पोखरभिण्डा गाउँमा एक घर परिवारमात्र रहेका पीडितका बुबालाई पीडकहरुले दबाब दिएका कारण प्रशासनसम्म पुग्न नसकेको अधिकारकर्मीहरुले बताएका छन् । अधिकारकर्मी देवराज पोखरेलले भने, “असुरक्षाका कारण पीडित प्रशासनसम्म पुग्न सकेनन् । हामीले के गर्ने ?” पीडितलाई पटकपटक प्रशासनमा उजुरी दर्ता गराउन भनिए पनि नमानेको उनको भनाइ छ

यौन दुर्व्यवहारको आरोपमा एमाओवादी नेताको हत्या


काँकडभिट्टा, आश्विन २८ - झापाको महारानीझोडा- ५ का दुई महिलाले यौन दुर्व्यवहारको आरोपमा स्थानीय एमाओवादी rape
नेताको हत्या गरेका छन् ।
श्रीमान् नभएको मौका छोपी पटक पटक यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै स्थानीय कल्पना विक र सम्झना विकले एमाओवादी महारानीझोडा सेक्रेटरी भीमबहादुर अधिकारीको हत्या गरेका हुन् । कल्पना र सम्झना जेठानी-देउरानी हुन् । उनीहरुका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् ।
मध्यरात १२ बजे खुकुरी प्रहार गरी अधिकारीको हत्या गरेपछि दुवै महिलाले आइतबार बिहान २ बजे इलाका प्रहरी कार्यालय दमकमा आत्मसमर्पण गरेको गौरादह प्रहरी ईञ्चार्ज नारायण चापागाईंले जानकारी दिए ।
प्रहरीसामू ती महिलाले दिएको बयानअनुसार अधिकारीले पटक पटक यौन दुर्व्यवहारको प्रयास गर्दै आएका थिए ।

नेपालका तराई भेगका महिला यौनकर्मी




यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ । तराईका ३२ जिल्लाका ९ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले ४२ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो । अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो ।
यौनव्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ७६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ । 'परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्,' अनुसन्धान प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् ।
यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै कम भएको अनुसन्धानले देखाएको छ । उनीहरूमध्ये करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर यौनव्यवसायी महिलाले शिक्षाका लागि जीवनमा एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७ प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त लोग्ने छाडेर बसेका छन् ।
१२ प्रतिशतभन्दा बढी विधवा पनि यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ । करिब ५९ प्रतिशत यौनकर्मीको परिवारमा आश्रति पनि छन् । करिब ६८ प्रतिशत विवाहित छन् । ३४ प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूको श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका थिए ।
सर्वेक्षणमा सहभागी यौनकर्मी महिलामध्ये ८० प्रतिशतसँग सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए । अन्यसँग यौनकर्मी महिला, विभिन्न संगठनका प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमार्फत भेट गरिएको थियो । त्यस्तै, अनुसन्धानमा सहभागी ६ सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको पनि संक्रमण पाइएको छ । करिब ६८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर छन् ।
करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौनकार्यमा सरिक हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८ प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क पाउने गरेका छन् । उनीहरूले कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरूले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतभन्दा बढीले उनीहरूको व्यवसाय सञ्चालित क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त गर्न सक्ने बताए । परिवार नियोजनको साधनको प्रयोगबारे सोधिएको प्रश्नमा अधिकांशले कन्डम र सुईमार्फत प्रयोग गरिने परिवार नियोजनका अस्थायी साधनबारे बताएका थिए ।
त्यस्तै, ५० प्रतिशत यौनकर्मी महिलाले लगाउने कन्डमको बारेमा सुनेका छन् । विवाहित यौनकर्मी महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।
अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स रोगबारे सुनेको बताए । ९२ प्रतिशतले रेडियोबाट एचआइभी/एड्सबारे जानकारी पाएको बताएका थिए । त्यस्तै, सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत यौनकर्मी महिलाले आफूलाई विभिन्न यौनसमस्या रहेको बताएका थिए ।
३१ प्र्रतिशतले नौदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए । १५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै, झन्डै ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६० प्रतिशत छन्

हलिउड स्टार अभिनेत्री क्यारी ले फ्यानसँग रातभर यौन सम्पर्क




हलिउड स्टार अभिनेत्री क्यारी फिसरले आफूले एकजना फ्यानसँग रात बिताएको खुलासा गरेकी छन् । फिल्म ‘स्टार वार’ मा राजकुमारी लियाको भूमिकामा निकै चर्चित हुन पुगेकी क्यारीले उक्त भूमिकाको हदैसम्म प्रशंसा गर्ने एक युवकसँग रात बिताएकी हुन् ।
‘म साइन्स फिक्सन मन पराउने फ्यानसँग समय बिताउन मन पराउँछु,’ उनले भनिन्, ‘र मैले एक युवक प्रशंसकसँग रात नै बिताएँ ।’ ‘द सन’ पत्रिकासँग उनले उक्त रात यौन सम्पर्कभन्दा अरु बढी केही पनि आफूले प्राप्त नगरेको बताइन् । ‘ऊ विज्ञानबारे निकै जानकारी भएको व्यक्ति रहेछ’, क्यारीले भनिन्, ‘तर ऊबाट मैले यौन सम्पर्कको मज्जा मात्र लिएँ ।

नेपालका यौनकर्मी महिला कस्ता-कस्ता छन्




यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ । तराईका ३२ जिल्लाका ९ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले ४२ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो । अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो ।
यौनव्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ७६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ । 'परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्,' अनुसन्धान प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् ।
यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै कम भएको अनुसन्धानले देखाएको छ । उनीहरूमध्ये करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर यौनव्यवसायी महिलाले शिक्षाका लागि जीवनमा एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७ प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त लोग्ने छाडेर बसेका छन् ।
१२ प्रतिशतभन्दा बढी विधवा पनि यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ । करिब ५९ प्रतिशत यौनकर्मीको परिवारमा आश्रति पनि छन् । करिब ६८ प्रतिशत विवाहित छन् । ३४ प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूको श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका थिए ।
सर्वेक्षणमा सहभागी यौनकर्मी महिलामध्ये ८० प्रतिशतसँग सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए । अन्यसँग यौनकर्मी महिला, विभिन्न संगठनका प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमार्फत भेट गरिएको थियो । त्यस्तै, अनुसन्धानमा सहभागी ६ सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको पनि संक्रमण पाइएको छ । करिब ६८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर छन् ।
करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौनकार्यमा सरिक हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८ प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क पाउने गरेका छन् । उनीहरूले कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरूले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतभन्दा बढीले उनीहरूको व्यवसाय सञ्चालित क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त गर्न सक्ने बताए । परिवार नियोजनको साधनको प्रयोगबारे सोधिएको प्रश्नमा अधिकांशले कन्डम र सुईमार्फत प्रयोग गरिने परिवार नियोजनका अस्थायी साधनबारे बताएका थिए ।
त्यस्तै, ५० प्रतिशत यौनकर्मी महिलाले लगाउने कन्डमको बारेमा सुनेका छन् । विवाहित यौनकर्मी महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।
अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स रोगबारे सुनेको बताए । ९२ प्रतिशतले रेडियोबाट एचआइभी/एड्सबारे जानकारी पाएको बताएका थिए । त्यस्तै, सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत यौनकर्मी महिलाले आफूलाई विभिन्न यौनसमस्या रहेको बताएका थिए ।
३१ प्र्रतिशतले नौदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए । १५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै, झन्डै ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६० प्रतिशत छन् ।

निन्द्रामा सेक्स गर्नुहुन्छ ? रोकिनुस नत्र...





जानकारहरुले वयस्क मानिसले दिनमा ७-८ घण्टा सुत्नै पर्ने बताउँछन्। किशोर-किशोरीले दिनमा ९ घण्टा र बच्चाहरुले १२ घण्टा सम्म सुत्नु स्वास्थ्यको लागि अति उत्तम मानिन्छ।
धेरै वयस्क मानिसको निन्द्राको शत्रु सेक्स भएको छ।
स्लिप सेक्स जसलाई सेक्ससोमनिया भनिन्छले धेरै वयस्काहरु प्रभावति भएका छन । यो रोग लागेपछी मानिसले निन्द्रामै पनि सेक्स गर्दछ र सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि क्रियाकलाप गर्दछ। नेपाली समाजमा सेक्सको बारेमा खुलेर कुरा गर्ने चलन नभएकाले धेरै मानिसले यो रोग र यसको परिणाम थाहा नपाएका हुन सक्दछन्।यो रोग लागेका मानिसले संगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै बलात्कार,दुर्व्यवहार समेत हुन सक्दछन्।
यदि तपाईले आफैलाई या आफ्नो सेक्स पार्टनरननाई यो रोग लागेको आंशका छ भने तत्काल चिकित्सककहाँ पुग्नु बुद्धमानी हुन्छ किन भने यसले खतरनाक रोगहरु पार्किनसन, डिमेन्टिया,न्याक्रोलेप्सी देखी ब्रेन ट्युमर सम्म पुर्याउन सक्दछ ।

ए.टि.एम.चलचित्रको सेक्सले पूरा नभएपछि के गरिन् नायिका जियाले...






केही समय मात्र भएको छ नायिका जिया केसीको अश्लिलताले नेपाली सिनेमा क्षेत्र नै धरासायि बन्छ कि भन्ने शंका उब्जिएको । एक समय नेपाली सिने बजारमा चलचित्र ए.टि.एमको प्रोमोले निकै सनसनी मच्चाएको थियो । जसका कारण यसका निर्माता तथा कलाकार दिनेश थापाले अनुहार नै छोपेर हिँड्नुपरेको थियो । त्यस्तै ए.टि.एम चलचित्रकै कारण नायिका जिया केसी सर्वाधिक आलोचनाकी पात्र बनेकी थिइन् । अहिले यस्तै भएको छ निर्देशक यादव सिलवाललाई । ए.टि.एम निर्देशन गरेपछि निकै विवादमा फसेका यादवले वेश्या पुरुषहरुको कथामा आधारित चलचित्र जिगिलो पनि निर्देशन गरेको खुलासा भएको छ । चलचित्रको शुभमुहूर्तमा सञ्चारकर्मीहरुलाई झुटो समाचार दिएर जिगिलोको निर्देशन तिलक नेवाले गर्ने भनिएपनि यादव नै यसको निर्देशक भएको खुलासा भएको छ । छायांकन सुरु भएपछि ए.टि.एमकै नायिका जिया केसीलाई पनि सिनेमा भित्र सुटुक्क अनुवन्धित गराइएको थियो । अहिले जिगिलोको सम्पूर्ण छायांकन सकिएको छ । नायिका केसीले एक अनलाईन मिडियालाई बताए अनुसार उनले ए.टि.एममा भन्दा पनि निकै उत्तेजक दृश्य जिगिलोमा दिएकी छिन् । जसमा उनी पुरुषहरुलाई भाडामा सेक्स चाहना पूरा गर्ने भूमिकामा छिन् । जिगिलो प्रभावकर श्रेष्ठले निर्माण गरेका हुन् ।
आफूले अनुहार नै देखाउन नसक्ने गरी सिनेमा निर्माण, निर्देशन तथा अभिनय गरेर के उपलब्धि होला ? यदि जियाले बताएको सत्य हो भने जिगिलोले पनि नेपाली सिनेमा हलहरुमा प्रदर्शनको लागि ठाउँ नपाउने पक्का छ ।

विक्की र सुरभीको पहिलो भेटमा नै रोमान्स video




नयाँ अनुहारको रुपमा देखिएका विक्की मल्ल र सुरभी बिष्टले पहिलो भेटमा नै रोमान्स गर्ने भएका छन् । अभिनेत्री मौसमी मल्लसँग मिलेर सन्देश श्रेष्ठले निर्माण गरेको फिल्म ‘समय’ को अफिसियल प्रोमो सार्वजनिक गरिएको छ । प्रोमो हेर्दा थाहा हुन्छ चलचित्रमा कतिको मसला छ भनेर अनि विक्की मल्ल र सुरभी बिष्टको भने यो डेब्यू चलचित्र हो । दयाराम दाहालले निर्देशन गरेको समय दुई जेनेरेशनको कथामा आधारित फिल्म हो जहाँ राजेश हमाल तथा मौसमी पहिलो जेनेरेशन र सुरभी र विक्कीले दोस्रो जेनेरेशनको प्रतिनिधित्व गर्दैछन् ।
आउनुस् हेरौ यसै चलचित्रको ट्रेलर:

‘भर्जिन’ मा कल्पनाले के के देखाईन् ? (फोटो फिचर)





नेपाली समाजले ‘भर्जिन’ शब्दलाई दुई अर्थमा विश्लेषण गर्छ । एक कुनै रक्सीको व्रान्ड र अर्को सेक्स सम्वन्ध नराखेकी युवती । यही नाममा एक नेपाली सिनेमाको छायांकन भईरहेको छ ।
नाम ले नै अड्कल लगाउन सकिन्छ कि चलचित्रले सेक्स को बिषयलाई उठान गरेको छ । कथा नै सेक्स मा आधारित भएपछि खुलेरै अंगप्रदर्शन गर्न कलाकारलाइ पनि कसले रोक्ने ? चलचित्रको एक दृश्यमा कल्पना शाहीले खुलेरै अंगप्रदर्शन गरेको देख्न सकिन्छ । अनलाइनखबरलाई प्राप्त भएको चलचित्रका केही दृश्यमा कल्पना धेरै नै उदार भएकी छिन् । दिपक रमणको निर्माणमा छायांकन भईरहेको चलचित्रमा मुकेश आचार्य र कल्पना शाही मुख्य भुमिकामा छन् ।

कलेजको एक दृश्यमा कल्पना छोटो स्कर्ट लगाउनमा उदार देखिएकी हुन् । दिपक रमणकै निर्माणमा बनेको चलचित्र ‘मन परेपछि’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका शाही खासै चर्चामा आउन सकेकी छैनन् । उनले अभिनय गरेको सेक्समा आधारित चलचित्र ‘नाईट क्विन’ असफल भएको थियो ।
चलचित्रमा कल्पनाले लगाएको स्कर्ट निक्कै छोटो छ तर पनि उनी खुलेरै तस्विर खिच्न आतुर भएको देख्न सकिन्छ ।


१५/१६ वर्षका केटाहरुसंग घरको पछाडि यौन सम्पर्क राख्दा राख्दै पक्राउ



यौन सम्पर्क त्यो पनि खुले आम सुन्दा पनि ललाजै लाग्ने । पश्चिमेली संस्कृतिमा समेत नपच्ने यस्तो अस्लिलता पूर्विय संसारमा पच्ने त कुरै भएन । अब लाज नै पचेपछि कसको के लाग्छ ? यस्तै गरेकी छिन् एक बेलायती युवतीले । रेलयात्रा गरिरहेका यात्रुहरुले प्रष्ट देख्ने गरी उनले पाँच स्कुले केटाहरुसँग पालैपालो सम्भोग गरिन् । क्रुद्व यात्रुहरुले फोनमार्फत घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई रङ्गेहात पक्राउ गरेको थियो । ड्रग सेवन गर्ने २१ वषिर्य आर्मस्ट्रोङले रेल स्टेसननजिकैको गल्लीमा गई पाँच केटाहरुलाई भनिन्, ‘केटा हो, मसँग यौन सम्पर्क गर्न चाहन्छौ ?’ केटाहरुलाई अरु के चाहिन्थो र उ अनौठो अफरबाट गदगद बनेका केटाहरु युवतीको पछिपछि लागिहाले । दक्षिण लण्डनको एब्बे उड रेल लाइन नजिक रहेको घरको पछाडि युवतीले केटाहरुसँग सम्बन्ध राख्दै गर्दा पक्राउ परेकी थिइन् ।
पाँचमध्ये दुई केटाहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ । युवतीसँगै पक्राउ परेका तीन केटाहरु १५/१६ वर्षका रहेको प्रहरीले बताएको छ ।आफ्नो गल्तीले सार्वजनिक मर्यादामा खलल पुगेको आर्मस्ट्रोङले ग्रीनविच मेजिस्ट्रेट अदालतसमक्ष बयान दिने क्रममा स्विकारिन् । कुन ब्यवहार उचित भन्नेबारे पहिचान गर्न आर्मस्ट्रोङको समस्या रहेको तर मानसिक बिरामी नरहेको एक मनोबैज्ञानिकले बताए ।‘उनीमा आत्मविश्वास र आत्मसम्मानको कमी छ,’ आर्मस्ट्रोङका वकिल टटिन्डर सोकलले अदालतसमक्ष दलिल पेश गरे । अदालतको निर्णय पछि सारिए पनि युवतीलाई सजाय दिइने जिल्ला न्यायाधिस एग्नस हेमिल्टनले जनाए । यो काण्डले केटाहरुलाई त लट्री नै परेको छ तर उनीहरुका अभिभावक भने निश्चय नै रिसाउने छन- दि सन पत्रिकाले जनाएको छ ।

मकवानपुरको यौनबजारमा नयाँ अनुहार थपिने क्रम बढ्दै



‘बिहे गर्छु भनेर प्रेमी विदेश पो हानिए,’ सुमिना क्षत्री (नाम परिवर्तन) ले भनिन्, ‘सुरुसुरुमा साथीको लहलहैमा हिँडेँ । अहिले त सम्पर्क बढेर साँच्चै बाहिर नै रात बिताउन थालेको छु ।’ सुमिनाजस्तै मकवानपुरको यौनबजारमा नयाँ अनुहार थपिने क्रम बढेको छ । कोही पछि विदेशमा भएपछि यौन चाहना पूरा गर्ने बाहनामा त कोही गरिबीका कारण यौन बजारमा नयाँ पात्र बनेर भित्रने क्रम बढेको छ । सेना, प्रहरी, सवारी चालक तथा सरकारी कर्मचारी यौन बजारका ग्राहक हुने क्रम बढेसँगै राजमार्गसँग जोडिएको मकवानपुरमा यौनकर्मीको संख्या बढेको हो । तथ्यांकअनुसार मकवानपुरमा एक सय ५६ नयाँ यौनकर्मी थपिएका छन् । महिला यौनकर्मीको एचआइभी सुरक्षाका लागि १७ वर्षदेखि कार्यरत जनरल वेलफेयर प्रतिष्ठान (जिडब्लुपी) को तथ्यांकअनुसार अक्टोबर ०११ देखि अगस्ट ०१२ सम्मको ११ महिनाका अवधिमा मकवानपुरमा एक सय ५६ नयाँ यौनकर्मी थपिएका हुन् । तीन सय ५८ सहित संस्थाको कार्यक्षेत्रभित्रका यौनकर्मी महिलाको संख्या पाँचसय १४ पुगेको फिल्ड संयोजक रामशरण सापकोटाले बताए । जिडब्लुपीले पहिचान गरेका महिला यौनकर्मीलाई सुरक्षित सम्पर्कका लागि सचेतना दिने र यौनजन्य रोग संक्रमित महिला यौनकर्मीलाई उपचारको काम गर्दै आएको छ । पहिचान गरिएका यौनकर्मी महिलासँग नियमित भेटघाटमार्फत संस्थाले कन्डम वितरण तथा सचेतना प्रदान गर्दै आएको छ । यौन पेसा अँगाल्नेमा गाउँबाट सहर पसेका २० देखि ३० वर्ष उमेरका महिलाको संख्या बढी रहेको कार्यालयले जनाएको छ । गरिबी र सोखका कारण पेसामा लाग्नेहरू बढेको बताइएको छ । ‘एकपटक सौराह जाँदा उसले मोबाइल सेट दियो,’ मन्दिपा तामाङ (नाम परिवर्तन) ले भनिन्, ‘खाइपिई आनन्दसँगै जिनिस पनि आउन थालेपछि जिस्मको धन्दा लत बन्न लाग्यो तर सम्पर्क चैँ कन्डमविना गरेको छैन ।’ गाउँबाट सहरमा अध्ययनका लागि आएका कलेजका विद्यार्थी र पति विदेश गएका महिला यस पेसामा संलग्न हुने क्रम पनि बढेको छ । कलेज पढ्ने क्रममा सहरमा अनेक रहर पूरा गर्ने क्रममा यौन धन्दामा लाग्नेको संख्या बढेको हो । स्कुल तह पार गरी अध्ययनका लागि सहर आएका विद्यार्थी खर्च अभावमा यौन पेसामा लागिरहेको पाइएको छ । यौनकर्मी महिलाको उमेर र शारीरिक अवस्थाका आधारमा फरकफरक ग्राहक छन् । ग्राहकअनुसार उनीहरूको आम्दानी निर्भर रहने गर्दछ । कम उमेरका आकर्षक यौनकर्मी महिलाको ग्राहक उच्च तहका कर्मचारी र व्यापारी हुने गरेका छन् भने ३५ वर्ष उमेर कटेका यौनकर्मीका ग्राहक सामान्य श्रमिक, मजदुर हुने गरेको तथ्यांक छ ।

  यसबाहेक सेना, प्रहरी र चालक यौनकर्मीकहाँ पुग्ने नियमित ग्राहक हुन् । बाध्यता र सोखका कारण पेसा अँगाल्नेले पेसा परिवर्तन गर्न गाह्रो मान्ने गरेको सापकोटाको अनुभव छ । उनीहरूमा सुरक्षित सम्पर्क र यौन व्यवसायको नकारात्मक असरबारे जानकारी भए पनि रमाइलो र आम्दानीका सहजताले यौनकर्मी महिलाको व्यवहार परिवर्तनमा कठिनाइ भएको तर्क उनी गर्छन् । तर, बाध्यताले यौन पेसामा लागेका कतिपय महिला फरक पेसा गरी आम्दानी गरेको उदाहरण पनि छन् । जिडब्लुपीबाट झोला बनाउने तालिम पाएका पाँचजना पूर्वयौनकर्मी महिला झोला बिक्री गरेर आम्दानी गर्छन् । संस्थाले यौनकर्मी महिलालाई ग्राहकले कन्डम प्रयोग गर्न नमान्दा सम्झाउने उपायबारे प्रशिक्षण दिएको छ । ग्राहकलाई कन्डम लगाउन बाध्य पार्छन् यौनकर्मी महिलाहरू । पतिको मृत्युपछि यो पेसामा लागेकी एक महिलाले भनिन्, ‘यही पेसा गरेर बालबच्चा पढाउनुछ, हुर्काउनु छ, एचआइभी लाग्न सक्छ भन्दा नमान्नेलाई झपारेर कामविना नै पनि फर्किएको छु,’ उनले भनिन्, ‘तिम्रा पनि छोराछोरी सानै होलान्, किन पत्नीलाई सार्छौ, एक छिन कन्डम लगाऊ भनेको मानेन अनि कबोलेको पैसा लिएर गाडी चढेर फर्केर आएँ ।’ यौनकर्मी महिलालाई असुरक्षित सम्पर्कको असरबारे जानकारी भए पनि कतिपय ग्राहकले असुरक्षित सम्पर्कको असर नबुझ्दा उनीहरू हैरान पनि हुने गरेका छन् । ‘मजा आउँदैन’ भन्दै कन्डम प्रयोग गर्न नमान्ने ग्राहकलाई उनीहरू आफैँले सुरक्षित सम्पर्कका लागि मनाउने गरेका छन् । नमाने यौनकार्य नै नगरी फर्कने गरेका छन् । पूर्व–पश्चिम राजमार्गले छोएको लोथरदेखि चुरियामाईसम्म र भीमफेदीदेखि चौघडासम्मको स्थानलाई संस्थाले कार्यक्षेत्र बनाएको छ । -सौर्य दैनिक