३९ जना श्रीमती का एक्ला पति सबै हासी खुसि







एउटा व्यक्तिका कति श्रीमती हुन सक्छन् ? साधरणतया एक जना, बहुविवाह गर्नेका दुई जना, त्योभन्दा धेरै गर्नेले तीन जना । तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता पुरुष छन्, जसको परिवारमा ३९ जना श्रीमती छन, तर सबै खुशी खुशी । भारत बारकोफ्टाका ड्याड जिओनाको साथमा अहिले ३९ वटा श्रीमती मात्र छैनन, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना पनि छन् । सबैभन्दा रमाइलो त के छ भने यी सबै एउटै घरमा एउटै छानोमुनी बस्छन् । सम्भवतः विश्वको सबैभन्दा ठूलो परिवार मानिएको ड्याड जिओनाको चार तले घरमा एक सयवटा कोठा छन् । पुरै परिवार यही घरमा अटाएको छ । पुरै परिवारका साथ जिओना परिवारका मुली ६७ वषिर्या जिओना यो परिवारदेखि खुशी छन् । भन्छन्, ‘मलाई भगवानको आर्शिवाद छ, त्यसैले त मेरो विशाल परिवार पनि छ । आज मलाई लागेको छ म भगवानको एउटा विशेष बच्चा हुँ । भगवानले मलाई यति धेरै परिवार हेर्ने जिम्मेवारी दिएका छन् ।’ जिओना आफूलाई भाग्यमानी ठान्दै भन्छन्, ‘म आफूलाई अझै भाग्यमानी पति मान्छु, किनभने म ३९ महिलाको एक्लो पति र ठूलो परिवारको घरमूली ।’
परिवारको पुरै पुरुष सदस्यहरुले काठको काम गर्छन, यसैले त जिओना गर्विलो हुँदै भन्छन्, मलाई सरकारको कुनै पनि सहयोग चाहिंदैन । यी सुपरपति कुनै समय वर्षमा १० वटासम्म विवाह गरेका थिए ।यो परिवार बस्दै आएको घरलाई उनीहरुकै भाषामा ‘छुन्तार रन’ अर्थात नयाँ पिंढीको घर भनिन्छ । उनीहरुको आफ्नो विद्यालय छ, आफ्नो खेल्ने ग्राउण्ड, काठको काम गर्ने कारखाना, सुँगुर गोठ, कुखुरा फार्म, खेती गर्न खेत र तरकारीका लागि ठूलो वारी। यो सम्पत्तिले पुरै परिवारलाई सहजै पाल्न सकिन्छ । परिवारमा खाना खानेवेला लाग्छ, यो आर्मी मेसमा खान खाईंदैछ, परिवारका पुरै महिला सदस्य खाना बनाउने र खुवाउने काममा घण्टौं विताउने गर्छन । एक पटकमा उनीहरुको परिवारलाई ३० वटा कुखुरा, १३२ पाउण्ड तरकारी र २२० पाउण्ड चामल चाहिन्छ । यो सबै खाना एउटा खुला किचनमा पकाइन्छ । जहाँ २४ सै घण्टा आगो बलिरहन्छ । जिओनाकी ६९ वर्षे जेठी श्रीमती जाठियाङ्गीले अरु श्रीमती, छोरी र बुहारीका लागि दैनिक कामको बाँडफाँड गर्छिन । हरेक दिन परिवारले खाएका भाँडा र लगाएका लुगा धुनका लागि एउटा सानो पहाड नै खडा हुन्छ र यो सबै काम हातैले गर्छन । जिओनालाई परिवारका सबै सदस्यहरु ‘का पा’ अर्थात बाबुजी भनेर सम्बोधन गर्छन् । यी जिओनाले जाठीयाङ्गीसँग विवाह गर्दा जम्मा १७ वर्षका थिए । जिओना वंशाणुगत रुपमा परिवारका मुली हुन, उनलाई लाग्छ, उनीहरु एकदिन पुरै विश्वलाई क्राइस्ट धर्ममार्फत नियमन गर्नेछन् । चालिएन चाना परिवारमा हजुरबुबा जिओनाले जस्तै बहुविवाह गर्न स्वीकृति प्रदान गरिएको छ । उनीहरुले जति धेरै श्रीमती ल्याए पनि पाउने व्यवस्था मिलाइएको छ । जिओना पुरै ३९ श्रीमतीसँग समय विताउँछन, जति समय उनी जेठी श्रीमतीसँग विताउँछन् त्यति नै समय गतवर्ष मात्र विहे गरि ल्याइएकी कान्छी श्रीमतीसँग पनि ।

श्रीमतीलाई बलात्कार गरि फालियो, श्रीमानलाई एसिड खुवाइयो




१६ पुष । दामिनी बलात्कार काण्डपछि भारतमा बलात्कारीलाई
मृत्युदण्ड दिनुपर्ने भन्ने माग बढीरहेकै
बेला कलकत्तामा एक महिला बलात्कृत
भएकी छिन् । गत शनिबारको रात
कलकत्ताबाट २०
किमी टाढा रहेको बर्षात भन्ने
ठाउँमा ४५ वर्षिया महिला ६
जनाको समूहबाट बलात्कृत भएको समाचार
सलेहिन्दुस्तानटाइम् छापेको छ ।
ति महिला आफ्नो श्रीमानसँग
राती कामबाट आफ्नो घरतर्फ फर्कंदै
थिइन । उनीहरुले श्रीमतीलाई बलात्कार
गरी मारेर फाले भने श्रीमानलाई
जर्बजस्त एसिड पिउन बाध्य पारे । अहिले
श्रीमान कलकत्ताकै आरजे कर मृडिकल
कलेजमा उपचार गराइरहेका छन् ।
उनको लिभर र किड्नी बिग्रीएको छ, तर
उनको स्वास्थ्य स्थिति स्थिीर
रहेको अस्पताल प्रशासनले दिएको छ ।
प्रहरीले घटनाका दोषी इशा मोरल र ८
जना अन्यलाई अनुसन्धानका लागि पक्राउ
गरेको छ । प्रहरीले महिलाको शवसँगै
एउटा ह्यामर समेत जफत गरेको छ

विश्वकै सेक्सी डिजेले नयाँ वर्षमा राजधानी तताउँदै


 विश्वकै सेक्सी डिजे मारी फरारीले अंग्रेजी नयाँ बर्षमा राजधानी तताउँने भएकी छन् ।

अंग्रेजी नयाँ वर्षमा विश्वकै सेक्सी डिजेसँग रमाउँने मौका नेपालीले पाएका हुन् । राजधानीको ह्यात होटलमा हुने एक विशेष कार्यक्रममा सेक्सी डिजेले सानदार प्रस्तुती पस्कने छन् । अंग्रेजी नयाँ वर्षको धमाका मञ्चाउन हिमालयको देशमा आएकी सेक्सी डिजेले विश्वप्रसिद्ध सेक्सी बस्नुको वास्तविकता देखाइदिने छन् ।

सेक्सी डिजेलाई नयाँ वर्षमा राजधानी भित्र्याउँने ओडिसी इन्टरटेनमेन्टले डिजेलाई भेट्ने डिनरको टिकट ४ हजार ९ सय ९९ राखेको छ । जर्मनबाट नेपाल आइपुगेकी डिजेलाई हेर्न र रमाउँन भने प्रत्येक नेपालीले पाँच हजार रुपयाँ बिर्सनु पर्ने छ ।

सेक्सी डिजेलाई राजधानी भित्र्याउँने ओडीसीले उनका साथमा युरोपबाटै केही डान्सरहरुलाई समेत ल्याएको छ । नेपालमा रक गायक ब्रायन एड्म्स, सँगै भर्खरै मात्र पाकिस्तानी युवा गायक आतिफ आश्लमलाई नेपाल भित्र्याएर मनोरञ्जन दिइ रहेको ओडीसीले यस पटक विश्वकै सेक्सी डिजेलाई राजधानी भित्र्याएको हो ।

शर्लिनको अर्को विवादास्पद अभिव्यक्ति एक शर्तमा रेप हुन तयार !


शर्लिनको अर्को विवादास्पद अभिव्यक्ति एक शर्तमा रेप हुन तयार !पुस १६, फेमस मेन्स म्यागेजीन प्लेब्वाइका लागी न्यूड फोटोशूट गरिसकेकी बलिउड मोडल तथा अभिनेत्री शर्लिन चोपडा एक पटक फेरी आफ्नो अभिव्यक्तिका कारण विवादमा परेकी छन् । यस पटक शर्लिनले कुनै हट फोटोसूटका कारण विवादमा परेकी भने हैनन्, उनले आफ्नो ट्वीटरमा व्यक्त गरेको विवादास्पद अभिव्यक्तिका कारण विवादमा परेकी हुन् ।

केही दिन अघि दिल्ली ग्याङगरेप पिडितका साथ भएको अत्याचार र उनको मृत्युबाट दुखी भएकी शर्लिन चोपडाले ट्वीटमा यदि उनलाइ रेप गरेपछि देशमा सबै युवतीहरू सुरक्षित हुने ग्यारेन्टी गरिन्छ भने, उनी रेप गराउन तयार भएको बताएकी थिइन् ।

बास्तवमा शर्लिनले यो ट्वीट आफ्नो चरित्रमाथी औला उठाउनेहरूका लागी व्यङ्ग्य गर्दै भनेकी हुन् । तर शर्लिनको यस ट्वीट पछि धेरै मानिसहरूले यो सन्दर्भलाइ बुझेनन् । उनको ट्वीटको जवाफमा एज यूजरले त कमेन्ट गर्दै भनेका छन, कि “शर्लिन तपाइँ आफ्नो रेप गराउन किन यति धेरै उत्सुक हुनुभएको हो ?”

जे होस, उनले ट्विटरमा विवादास्पद अभिव्यक्ति दिएपनि हालै भएको घटनाप्रति उनी कति दुखित भएकी रहिछन् भन्ने कुरा त आफुलाइ नै रेप गरेर भएपनि अरूलाइ बचाउँन खोज्ने उनको अभिव्यक्ति प्रसंसनीय नै छ नि हैन र ?

यसरी उठ्यो अनामनगरमा सरस्वतीको चोला



किन दिए 'हाइप्रोफाइल'ले मिल्न दबाब ?


१५ पुस, काठमाडौं । अनामनगरस्थित कृष्ण प्रसाईको पाँचतले घरमा घरेलु कामदारका रुपमा कार्यरत् ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी मंसिर ३० गते दिउँसो घरको माथ्लो तलामा मृत अवस्थामा फेला परिन् । उनको मृत्युसम्बन्धी घटनालाई लिएर यतिबेला महिला अधिकारकर्मीहरुले सिंहदरबारदेखि बालुवाटारसम्म आवाज उठाइरहेका छन् । घरमालिकको दाबी सरस्वतीले आत्महत्या गरेको भन्ने छ । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै हनुमान ढोकामा घरबेटीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
‘पहिले प्रहरीले किटानी जाहेरी लिनै मानेन । घरबेटीले २ लाख रुपैयाँ दिने भनेका छन्, आपसमा मिल भनेर प्रहरीले जोड गर्‍यो । तीनदिनसम्म प्रयास गर्दा पनि जाहेरी लिन मानेन, संघसंस्थाले आवाज उठाएपछि बल्ल जाहेरी दर्ता भएको छ ।’-मृतक सरस्वतीकी बहिनी सुमित्रा राउत सुवेदीले अनलाइनखबरलाई भनिन् ।
को थिइन् सरस्वती ?
मोरङ्गको डाँगीहाट माइत भएकी सरस्वती सुवेदी (अधिकारी) ३१ वर्षकी युवती भएता पनि ७ वर्ष पहिले, अर्थात् २४ वर्षकै उमेरमा  विधवा बनेकी थिइन् । श्रीमानले संसार छाडेर जाँदा नासोको रुपमा छाडेकी दुई वर्षीया रिया अधिकारी अहिले ९ वर्ष पुगेकी छन् ।
श्रीमान् बितेको एक वर्षपछि तीन वर्षीया छोरी लिएर सरस्वती काठमाडौंको अनामनगरस्थित कृष्ण प्रसाई (हाल ५० वर्ष) का घरमा घरेलु कामदार बनेर प्रवेश गरेकी हुन् । पाँचतले घरको भुँईमा बनाइएको टहरामा सरस्वतीका आमाछोरी बस्दै आएका थिए । सरस्वतीले प्रसाईका घरमा लुगाधुने, सरसफाइ गर्ने, खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मका काम गर्दै आएकी थिइन् । सरस्वतीका माइतीसमेत काठमाडौंको घट्टेकुलोमा डेरा बस्दै आएका थिए ।
आर्थिक अवस्था कमजोर रहेका काररण सरस्वतीकी बहिनी सुमित्रा पनि अर्काकै घरमा काम गर्छिन् । तर, सुमित्रा दिदीजसरी आवासीय कामदार नभई आफ्नै डेरामा बसेर घट्टेकुलोका विभिन्न घरहरुमा लुगा धुन र सरसफाइ गर्न जान्छिन् । अर्काकोमा काम गरेरै सुमित्राले आफ्नो परिवार पालेकी छन् ।
घटना विवरण
मृतकका परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार मंसिर ३० गते बेलुका साढे ४ बजेतिर घरबेटी साबित्री प्रसाई (४२ वर्ष) स्कुटर लिएर घट्टेकुलोमा रहेका सरस्वतीका पिता ६५ वर्षीय खड्ग अधिकारीको डेरामा पुगिन् । उनले केही पनि नबोली अधिकारीलाई स्कुटरको पछाडि बस्न इशारा गरिन् र अनामनगरस्थित आफ्नो घरमा ल्याइन् । अधिकारी घोरी बस्ने टहरामा छिर्न खोज्दा शावित्राले उनलाई छतमा लिएर गइन्, जहाँ प्रहरीहरु र अन्य केही मानिसहरु थिए । ढोकाको भित्र र बाहिर हुनेगरी सरस्वतीको लास उत्तानो अवस्थामा थियो । घरबेटी कृष्ण प्रसाईले अधिकारीलाई भने, तपाईकी छोरीले भुण्डिएर आत्महत्या गरिछन् । बाथरुमको ढोका भित्रबाट थुनिएको र आफूहरुले चुकुल फुटाएर भित्र पसी घाँटीमा लगाएको सलको पासो खोलिदिएको घरबेटीको तर्क थियो ।
सरस्वतीकी बहिनी घटनास्थल आइपुगिन् । तल गेटमा मानिसहरु भेला हुन थालेका थिए । प्रहरीले उनीहरुलाई घरभित्र जान रोकिरहेको थियो । त्यसपछि प्रहरीले मुचुल्का खडा गरेर शव हुनमानढोका पुर्‍यायो । मृतककी बहिनी पनि प्रहरीसँगै हनुमानढोका पुगिन् । घटनापछि मृतकका परिवारले तत्कालैबाट आत्महत्या भएकोमा आफूहरुलाई पत्यार नलागेको भन्दै मुचुल्कामा सही गर्नसमेत मानेनन् । हनुमान ढोकाबाट फर्कने क्रममा घरबेटी शावित्राले मृतककी बहिनीलाई सानी छोरीको लालन पालनसम्बन्धी सम्पूर्ण खर्च ब्यहोर्ने बताउँदै मुद्दा मामिलातिर लागेमा त्यो पनि नपाउने बताएको सुमित्राको दाबी छ ।
घटनाको तीनदिनपछि पोष्टमार्टम सम्पन्न भयो । तर, पोष्टमार्टममा विश्वास नलागेको भन्दै पीडितले आन्दोलन गरेपछि सरकारले पुन पोष्टमार्टम गर्न निर्देशन दिइसकेको छ । ‘तर, डाक्टरहरुले दोहोर्‍याएर पोष्टमार्टम गर्न मानेका छैनन् ।’ सुमित्रा भन्छिन् ।
मान्छे मरेपछि के गर्ने ?
कुनै पनि स्थलमा मानिसको मृत्यु भएपछि के गर्ने भन्नेमा न त सरस्वतीका घरबेटीले सजगता अपनाएको पाइन्छ, न प्रहरीले नै । कसैको घरभित्र काम गर्ने मानिसको मृत्यु भएपछि मृतकका आफन्तले शंका गर्नु अस्वाभाविक होइन । तर, घटनाको निश्पक्ष छानविन होस्, सबैले खुल्लारुपमा जाँचबुझ गरुन् र यथार्थ पत्ता लागोस् भन्नेमा घरबेटीले सजगता नअपनाई मृतकका परिवारलाई तत्कालै मुद्दा मामिला नगर्न र आर्थिक प्रलोभन दिनतर्फ लाग्दा घरबेटी निर्दोष नै थिए भने पनि यस्ता संवेदनशील घटनामा थप आशंका बढ्न जान्छ । कसैको मृत्यु भएको देखपछि या शंका भएपछि आफैंले जाँचत्रुझ गर्नेतिर लाग्नुभन्दा तत्कालै छिमेकी वा प्रहरीको गुहार मागियो भने यस्ता घटनामा परिवन्धमा पर्नबाट जोगिन सकिन्छ भन्नेतर्फ पनि सबैले पर्याप्त ख्याल गर्नेपर्ने देखिन्छ ।
प्रहरीले पनि शोकाकुल परिवारलाई घटनाको निश्पक्ष छानविन हुनेतर्फ भन्दा हतार-हतार पैसाको आश्वासन दिँदै मिलापत्र गराउन जोड गर्दा पीडित परिवारलाई प्रहरी र घरबेटीवीच मिलेमतो रहेको थप शंका जन्माएको घटनाक्रमले देखाएको छ । सरस्वतीको आत्महत्या नै सही, तर ज्यान मरेकोजस्तो अति संवेदनशील विषयमा लासको सद्गति नगर्दै र आत्महत्या हो कि हैन भन्ने तथ्य प्रष्ट नहुँदै हुनमानढोकाका प्रहरी हाकिमले गरिब परिवारलाई दुईलाखको आश्वासन दिनाले यो घटना थप जटिल बन्न पुगेको देखिन्छ ।
सरस्वतीले साँच्चै आत्महत्या नै गरेकी हुन् या उनको मृत्युमा कुनै कैफियत छ ? यो जटिल अनुसन्धानको विषय भएकाले अहिले मिडिया वा कसैले यसलाई हत्या वा आत्महत्या भनेर किटान गर्न मिल्दैन । यसमा सिटौला परिवारको दोष छैन भने निर्दाेषलाई सजायँ गर्न पनि मिल्दैन । तर, सीपी मैनाली, कृष्ण सिटौला र भीष्म प्रसाईसमेतका आफन्त भनिएका घरबेटीसँग अर्काको घरमा मजदुरी गरीखाने निर्धो परिवारले विश्वस्त हुने वातावरण तयार पार्ने कामचाँहि अनुसन्धान अधिकारीहरुको हो ।
सरस्वतीको परिवारलाई आफ्नी छोरी वा दिदी वा ममीको मृत्यु स्वाभाविक हो भन्ने विश्वास नदिएसम्म यो घटनामा पीडित परिवारले शंकाको सुविधा अवश्यै पाइरहने छ ।
नेताले नै गिजोलेपछि…….
हाम्रो देशमा कुनै पनि घटनालाई निश्पक्ष छानविन हुन नदिने र गिजोलेर झनै शंकास्पद बनाइदिने कार्यमा ठूला भनाउँदा राजनीतिक नेता एवं प्रहरीहरु नै लाग्ने गरेका छन् । पूर्वसभासद् धर्मशिला चापागाईले सार्वजनिक भाषणमै माले अध्यक्ष सीपी मैनालीले सरस्वतीको मृत्युसम्बन्धी घटना सामसुम पार्न आफूलाई टेलिफोनमा दबाव दिएको बताइन् । घटनाबारे प्रहरीले निश्पक्ष छानविन गरोस् भन्नुपर्नेमा नेताहरुले यसरी अनावश्यक चासो दिँदै घटना नचर्काइयोस् या अनुसन्धान नगरियोस् भनेर हस्तक्षेप गर्न थालेपछि पीडितको शंका कसरी हट्छ ?
यस्तो छ जाहेरी 

छोरीको देवरसँग भागिन् पाँच सन्तानकी आमा






बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ भन्ने बुढापाकाको उक्ति नै छ । दोलखाका एक बृद्धले छोराको सालीलाई पाँचौ श्रीमतीका रुपमा भित्राएको खबर सेलाउन नपाउँदै भारतमा पनि झण्डै यस्तै भएको छ ।
भारतमा पाँच बच्चाकी आमा छोरीको देवरसँग प्रेममा परेकी छिन । यति मात्र हैन, उनीहरुले भागेर विवाह समेत गर्न भ्याएका छन् ।
पञ्चायत बस्यो, तर, आमाले आफ्नो श्रीमानलाई हैन, छोरीको देवरलाई नै पि्रय मानिन् । अन्त्यमा पञ्चायतको केही लागेन र १५ हजार भारु जारी तिराएर यस्तो बेमेल सम्वन्धलाई स्वीकृति दियो ।
आलमपुर थाना क्षेत्रमा रहेको एक परिवारले छोरीको विवाह खरकौदो गाउँमा गरिदिए । छोरीको देवर पनि आउन जान सुरु भयो । आमालाई छोरीको देवरमा मन पर्‍यो ।
लुकिछिपी १० महिना प्रेम गरेपछि उनीहरु भागे । अब छोरी जेठानी भएकी छिन् भने उनकी आमा देउरानी ।

मुम्बईमा नेपाली महिला बलात्कृत, दुई पक्राऊ


१० पुस, काठमाण्डौ । यतिखेर दिल्लीस्थित इण्डिया गेटअघि बलात्कारको विरुद्धमा भारतीयहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले दिल्ली महिलाका लागि असुरक्षित रहेको बताइहरेका छन् । तर, यहीबेला भारतको अर्को एक प्रशिद्ध शहर मुम्बईमा एक नेपाली महिला सामुहिक बलात्कारको शिकार भएकी छन् ।


भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नेपालबाट आफ्नो पति भेट्न मुम्बई पुगेकी २० वर्षीया नेपाली युवती एकैदिन तीन जनाबाट बलात्कृत भई वेश्यालयमा बेचिन लागेको अवस्थामा भारतीय प्रहरीले उनलाई उद्धार गरेको छ । बलात्कारी तीनमध्ये दुईलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट आफ्ना पति खोज्दै मुम्बई पुगेकी २० बर्षीया महिलालाई उनकै श्रीमान्का साथीहरुले श्रीमान्सँग भेट नगराई पालैपालो बलात्कार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । बिहे गरेर मुम्बईतिर लागेका पतिको खोजी गर्दै गत शुक्रबार मुम्बई पुगेकी अफ्सना (नाम परिवर्तन)लाई उनकै श्रीमानका कम्पनीमा काम गर्नेहरुले पालैपालो बलात्कार गरेको समाचारमा उल्लेख छ । उनीहरुले अफ्सनालाई बेश्यालयमा बेच्ने तयारी गरिरहेको अवस्थामा मुम्बई पुलिसले उद्दार गरेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइएअनुसार नेपाली चेलीलाई बेच्न गेष्ट हाउसमा राखिएको सूचना एक युवाले दिएपछि भारतीय प्रहरी उनको खोजी र उद्दारमा लागेको थियो । प्रहरीको १२ घण्टासम्मको खोजीपछि उनलाई कामाथिपुरास्थित एवन गेष्टहाउसमा बन्दी बनाएको अवस्थामा भेट्टाइएको थियो ।प्रहरीले पिडीत नेपाली महिलालाई उद्दार गर्दै बलात्कारमा संलग्न परवेज शेख र जुल्फिकर शेखलाई पक्राउ गरेको छ ।

साली बलात्कार गरेको आरोपमा पक्राउ




इलाम, पुस ९ - चौध बर्षिया एक वालिकालाई
बलात्कार गरेको आरोपमा इलाम, पञ्चकन्या–९
का दिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ

उनकै घरमा वस्दै आएकी सालीलाई पटक पटक
जवरजस्ती करणी गरी गर्भसमेत बोकाएको भन्दै
स्थानीयबासिन्दाले उजुरी दिएपछि तामाङलाई
पक्राउ गरिएको इलाका प्रहरी कार्यालय
पशुपतिनगरले जनाएको छ ।
तामाङउपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई
छ । पीडित वालिकालाई स्वास्थ्य
परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र
मंगलवार अस्पतालको रिपोर्ट आएपछि मात्रै
उनको अवस्था थाह हुने इलाका प्रहरी कार्यालय
पशुपतिनगरका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले
बताउनुभयो ।
बाबु
आमा कोही नभएकी ती वालिका केही बर्षयता दिदी–
भिनाजुकै घरमा वस्दै आएकी थिइन् ।

ससुरा बुहारीको रोमान्सले छोराको प्राण गयो ।

देखाउने जस्तो शरीर पनि चाहिन्छ मसँग छ देखाउछु!





नायिकाका रूपमा पूजनाको सार्वजनिक जीवन सुरु भएको १० वर्ष वित्यो। यसबीच उनी विभिन्न स्क्यान्डलमा मुछिइन्। उत्तेजक र कामुक दृश्य दिन अलिकति पनि नहच्कने पूजना कहिले नाम फेर्ने, कहिले विकनी लगाउने, कहिले नेटकर्किङ व्यवसायसँग जोडिने र कहिले साधिकाका  रूपमा ध्यान गरिरहेकी भेटिने भएकाले पनि सञ्चारमाध्यममा छाइरहेकी छिन्। पछिल्लो समय चलचित्र रक्षामा उनले दिएको अन्तरंग दृश्य  धेरैका लागि जिब्रो टोक्ने कारण बन्यो। कुन्ती मोक्तानको 'म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर' गीत रुचाउने पूजना सञ्चारमाध्यममा  आइरहेका कुनै पनि गसिपबाट प्रभावित देखिइनन्। चम्किला आँखा नचाउँदै पूजनाले यसपटक साप्ताहिकसँग आफ्नो सेक्स इमेजका बारेमा त  कुरा गरिन् नै, आफ्ना जीवनका अति गोप्य कुरा पनि खोलिदिइन्।
हिजो हामीले पूजा प्रधान भनेर लेख्नुपथ्र्यो, त्यसैमा बानी भइयो, आज पूजना भन्नुपर्दा गाह्रो हुन्छ, यसरी अप्ठ्यारो पार्न पाइन्छ ?

लौ सुरुमै रिसाउनु पो भयो। नथर्काउनु न, प्लिज। जमिसकेको नाम फेर्नुपर्ने केही बाध्यता पो पर्‍यो कि भनेर सोचिदिनु न, कुरा सकिइहाल्यो  नि।

जन्मदेखिको नाम, त्यो पनि बजारमा चलिसकेको अवस्थामा किन फेर्नुपर्‍यो त ?

हिरो चलचित्रबाट रेखा थापा र म सँगै यो फिल्मीनगरीमा छिरेका थियौं। रेखाजी एकपछि अर्को गर्दै माथि उक्लन थाल्नुभो, म जहाँको त्यहीँ।  नामकै कारण म पछाडि परेँ भन्ने लाग्यो त्यसैले।

जीवनमा सफलता-असफलताको कारण नाम हुन सक्छ र ?

हुँदो रहेछ। हिन्दी चलचित्रमा पूजा भट्ट, पूजा वेदी, नेपाली चलचित्रमा पूजा चन्द, पूजा लामा कोही चलेनन्। मसँग अभिनय र नृत्य कौशल  छ। म सौन्दर्यको हिसाबले पनि कम छैन्ा। यति हुँदाहुँदै पनि मैले त्यति चलचित्र पाइनँ, पाएका जति पनि चलेनन्। यो सबै नामकै कारण  भएको हो भन्ने लाग्यो र परिवर्तन गरें।

पूजना नाम राखेपछि पनि खासै जमेजस्तो त लाग्दैन ?

जुन बेला पूजना नामबाट फोटोसेसन गरें, त्यो बम पड्केजस्तो धमाकेदार भयो। बिकिनी लगाएर खिचेको तस्बिर साइवर संसार र  साप्ताहिकमा वर्षकै हिट तस्बिरका रूपमा छानिए। त्यो बेला कुनै दिन यस्तो भएन, जुन दिन मेरो तस्बिर पत्रपत्रिकामा नछापिएका हुन्। पूजना  नामले त बबाल गर्‍यो ।

त्यो पूजना नाम राखेर होइन, विकनी लगाएकाले हिट भएको होइन र ?

आखिर जे भए पनि हिट त भयो नि। त्यो बेला बिकनी लगाएर त्यसरी सेसन गर्ने म पहिलो नायिका थिएँ। नाम परिवर्तन गरेपछि केही धमाका  गर्नुपर्‍यो भन्ने लाग्यो भने भाग्यले पनि साथ दियो।

कपडा खोलेर चर्चा पाउनु पनि भाग्य हो र भन्या ?


 किन होइन ? मैले फोटोसेसन गरेपछि कतिले बिकनी लगाए, मेरो जति चर्चा कहाँ भयो र ? देखाउने मिल्ने बडी स्टक्चर पनि हुनुपर्छ। मसँग  थियो र देखाएँ, अनि पो हिट भयो।

के छ त्यस्तो तपाईंमा ?

मेरो फेस नेपालीजस्तो छैन, ग्लोबल लुक्स छ। यस्तो लुक्स भएका युवतीलाई जस्तो पनि रूप दिन सकिन्छ। त्यसमाथि बडीको सेप पनि  आकर्षक छ। मैले नै यस्तो फोटोसेसन गर्छु भनेर साइबर संसारसँग प्रस्ताव राखेको हुँ। सुरुमा उहाँहरू नै आत्तिनुभएको थियो।

त्यसपछि पनि खासै जम्नुभएन, किन होला ?

त्यसपछि लगातार चलचित्र पाइरहेकी छु नि। द निर्मला, श्रीमान्, पापी मान्छे-२ ले कति राम्रो चर्चा पायो। पैसा पनि कमाए। र्‍याम्प मोडलिङमा  पनि उत्तिकै व्यस्त भएँ। अहिलेको अवस्थामा म सन्तुष्ट छु।

अहिले चलचित्र रक्षामा दिएको अन्तरंग दृश्य धेरैले पचाउन सकिरहेका छैनन्, के भन्नुहुन्छ ?

त्यो त केही होइन। म त राम्रो निर्देशकले आँटे भने नग्न दृश्य पनि दिन तयार छु। यसको अर्थ कथामा त्यो जबरजस्ती आएजस्तो नहोस्।  टाइटनिकमा जस्तै सन्दर्भ मिल्ने हो भने म तयार छु।

तपाईं आजभोलि ध्यान गर्न थाल्नुभएको छ, भगवानको भजन गाउनुहुन्छ र सादा जीवनमा विश्वास गर्नुहुन्छ। गफ भने यस्ता गर्नुहुन्छ, कुरा  मिल्यो त ?

अध्यात्मिक मेरो व्यक्तिगत जीवन हो भने कलाकारिता सार्वजनिक। कलाकारिता दर्शकको चाहनाबमोजिम चल्छ, किनभने दर्शकले त्यसका  लागि मूल्य तिरेका हुन्छन्। ध्यान, भजन र योग म आफ्ना लागि गर्छु।

पूजना प्रधानबाट पूजना स्त्री हुनुको कारणचाहिँ के हो ?

संसारमा दुईवटा मात्र जात छ, एउटा पुरुष, एउटा स्त्री। संसार धेरै वर्गमा विभाजन हुनु हुँदैन भनेर स्त्री राखेको हो। अहिले म प्रधान होइन,  स्त्रीनै हुँ।

आखिर यो परिवर्तन किन ?

किनभने परिवर्तन नै संसारको नियम हो।

तपाईंले धेरै पढ्न सक्नुभएन, गफ त गहिरो गर्नुहुन्छ ?

मैले बाध्यताले पढ्न पाइनँ। जीवन जिउँदै जाँदा धेरै कुरा सिक्दै गइँदो रहेछ।

तपाईंले आमाको थर (प्रधान) राख्नुभयो, किन ?

यो कुरा बताउन त चाहन्नथेँ। तपाईंसँग चाहिँ कुरा लुकाउन सकिँदैन। त्यसैले पहिलो पटक भन्दैछु, बुबाले हामीलाई छोडेर हिँडे। हामीलाई  साह्रै दुःख भयो। उनी गुरुङ थिए, हामी तीन जना सन्तानको नागरिकता बनाइदिन पनि आमाले संघर्ष गर्नुपर्‍यो। नागरिकतामा मेरो नाम पूजा  गुरुङ भए पनि स्कुल र सार्वजनिक नाम पूजा प्रधान नै रह्यो।

भनेपछि पूजा गुरुङ, पूजा प्रधान, पुजना प्रधान र अहिले पूजना स्त्री, सबै नामकी एउटै स्त्री ?

हो, मैले भनिहाले नि, परिस्थितिअनुसार मेरो काम र नाम फेरिँदै गयो।

पहिले नृत्याङ्गना हुनुहुन्थ्यो हैन ?

हो।

साधारण डान्सबारमा नाच्ने एउटी केटी, अहिले नायिका भनेर चिनिँदा के फरक भयो जस्तो लाग्छ ?

हिजो नराम्रो भन्नेहरू धेरै थिए, अहिले कम भएका छन्। भन्नेहरूले त अहिले पनि कहाँ बाँकी राखेका छन् र ? तर म अरूजस्तो ग्राहकको  टेबुलमा गएर काखमा बसेर बियर पिउने खालकी नृत्यांगना होइन। म स्टेजबाट कहिल्यै तल ओर्लिनँ। त्यही कारणले ढुक्कसाथ यो कुरा भन्न  सक्छु। मलाई यसमा गर्व पनि छ।

तपाईं कुनै बेला २ हजार ५ सय रुपैयाँमा महिनाभरि रेस्टुराँमा नाच्नुहुन्थ्यो भन्दा कस्तो लाग्छ ?

मलाइ ग्लानि हुँदैन। नत्र यो कुरा नलेखिदिनु भनेर भन्न सक्थें। बुबाले छाडेर गएपछि आमालाई घर चलाउन धेरै गाह्रो भएको मैले थाहा पाएँ।  मैले १२ वर्षदेखि आफ्ना लागि आफैं कमाउन थालेकी हुँ।

के गर्नुभयो ?

गार्मेन्टमा कपडा प्याकिङको काम गरें। महिनाको ९ सय पाउँथे। त्यस्तो अवस्थामा नाच्नका लागि २ हजार ५ सय दिन्छु भन्ने मानिस फेला  पार्दा हामी कति खुसी भयौं होला ? त्यो त डान्स गर्न सुरु गर्दाको कुरा हो। पछि क्यासिनोमा १० हजार अनि अर्को रेस्टुराँमा १५ हजार पाउने  गरी डबल सिफ्ट नाच्न थाले। आमाले पनि भन्नुभयो, 'आफ्नो कला देखाएर खान केही हुँदैन, गलत बाटोतिर भने नलाग्नू।' दाइ कुलतमा  लागेका कारण पनि म निकै सचेत थिएँ। आमाको यही हौसलाले यहाँसम्म आइपुगें।

चलचित्रको अफर कसरी पाउनुभयो?

१० वर्षअघि छवि ओझा र श्याम खेतानले हिरो चलचित्र बनाउने निर्णय गर्नुभएको रहेछ। त्यो बेला दुईवटा नयाँ अनुहार चाहिएको रहेछ।  राम्रो नाच्न जान्ने मानिस खोज्दै उहाँहरू हाम्रो रेस्टुराँमा आउनुभएछ। डान्स देखेपछि मेरा बारेमा सोधपुछ भयो। मेरो बानी बेहोरा पनि ठीक  छ भन्ने सुनेपछि उहाँहरू मलाई चलचित्रमा लिन तयार हुनुभएको रहेछ। म भने उहाँहरूलाई अरू ग्राहक जस्तै खराब मनसाय राख्ने व्यक्ति  मानेर छेउमै परिनँ। धेरै दिनको प्रयासमा पनि उहाँहरूलाई विश्वास नगरेपछि पाको कलाकार मोहन निरौलाले नानी तिमी नडराऊ, उहाँहरू  साच्चैको चलचित्र निर्माता हो भनेर आमाको अघि मेरो जिम्मा लिनुभयो। त्यसपछि म चलचित्रमा जान तयार भएँ।

'हिरो' मा रेखा र तपाईं सँगै हुनुहुन्थ्यो, रेखाजी नम्बर एक हिरोइन हुनुभएको छ, कस्तो लाग्छ ?

पहिले रेखाको रोल मलाई दिएको भए म नम्बर वान हुने रहेछु, ममाथि अन्याय भयो भन्ने लागेको थियो। किनभने त्यो रोल मलाई दिने कुरा  थियो। आजभोलि पो थाहा पाएँ, मानिस मेहनत र भाग्यले माथि जाँदो रहेछ।

यो कुरा कसरी थाहा पाउनुभयो ?

योग र ध्यान गर्न थालेपछि।

कसरी ?

जसले दुःख गर्छ, भगवानले उसैलाई मद्दत गर्छन् भन्ने मेरो व्यक्तिगत अनुभव हो। हिरोमा काम गरेपछि म हिरोइन भैहालें, अब मानिसले  मलाई फोन गरेर मेरो चलचित्रमा काम गर्नु भनेर लाइन लाग्छन् भन्ने लाग्यो। मैले यो क्षेत्रको कसैलाई पनि चिनेकी थिइनँ। जबकि रेखाजी  मेहनत गर्न थाल्नुभयो। म चुप लागेर बसें। त्यहीँ मेरो कमजोरी रहेछ।

यो उमेरमै अध्यात्मतिर छिर्नु अचम्म होइन ? कसरी आकषिर्त हुनुभयो ?

पुष्पराज गुरुको जय संगत आश्रम छ। उहाँ कलाकार पनि हो। उहाँले एउटा गीतको सुटिङमा आश्रमको नाम लिइरहनुहुन्थ्यो। मलाई योग  भनेको शरीरलाई ठीक राख्ने उपाय हो भन्ने लाग्थ्यो। त्यो बेला म मोटाएकी थिएँ। केही दुब्लाउनुपर्‍यो भनेर उहाँको नौ दिनको कोर्स गरें।  मलाई त अचम्मको शान्ति पो भयो। त्यसपछि तीन महिनाको कोर्स गरें अनि त्यसको नशामा परिहालें।

के रहेछ आध्यात्मको नशा ?

हामीमध्ये धेरैजसो मीठो खाएर, राम्रो लाएर, घुमेर, यौनसम्पर्क गरेर आनन्द हुन्छ भन्ने मान्छौ। म पनि त्यस्तै मान्थें। त्यस्तो आनन्द क्षणिक  हुन्छ भन्ने कुरा ध्यानमा बसेपछि थाहा पाएँ। ध्यानको आनन्द बाहिरी आनन्दभन्दा बढी हुँदो रहेछ। यो कुरा थाहा पाएपछि मैले सबै बाहिरी  कुरा छाडेर ध्यानलाई महत्व दिन थालें। नभन्दै बाहिरी कुराले भन्दा ध्यानले बढी आनन्द दिन थाल्यो।

यौनसम्पर्कमा भन्दा बढी आनन्द ?

हो, जति आनन्द यौनसम्पर्कमा छ त्योभन्दा कैयौं बढी आनन्द ध्यानमा छ।

त्यसो भए अब विवाह पनि नगर्ने ?

होइन, गर्ने। आध्यात्मले जोगी बनाउँछ भन्छन् मानिसहरू। मेरो विचारमा आध्यात्मले मानिसलाई व्यावहारिक बनाउँछ। यौनसम्पर्क भन्ने कुरा  भगवान्ले जथाभावी प्रयोग गर्न बनाएका होइन रहेछन्, सन्तान जन्माउनका लागि निर्माण गरेका रहेछन्। यौनसम्पर्कले त भएको ऊर्जा पो  खेर फाल्दो रहेछ। अब म यौनसम्पर्कलाई सन्तान उत्पादनका लागि मात्र प्रयोग गर्ने योजनामा छु।

दर्शकलाई चाहिँ बोल्ड दृश्य दिएर बिगार्ने, आफूचाहिँ यौनसम्पर्क खराब हो भन्ने  ?

मैले अघि नै भनें, मैले ध्यान गरेको हेर्न कसैले पनि टिकट काट्दैनन्। दर्शकलाई पूजनाकै शरीर हेर्न मन छ त म के गरौं

यौनसम्पर्क गरिसकेपछि दिदीको मुन्टो बटारेर हत्या




हाडनाताकरणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२,
नाङ्गेडाँडा निवासी एक युवकलाई
शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने मृतक
गीता थापाको काकाको छोरा सीताराम
थापा भएको जिल्ला प्रहरी कार्यालयले
जनाएको छ । मृतक थापा दुई दिनअघि विष
सेवन गरेर मृत
अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य
खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब
उपरीक्षक लोकेन्द्र श्रेष्ठले
जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक
गीतासँग सहमतिमा नै हत्या भएको दिन
राति करिब ८ बजे दिदी-भाईबीच
यौनसम्पर्क भएको र यौन
सम्पर्कका क्रममा दिदी गीताको आवाज
अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर
छोरीको कोठामा पुग्दा यौन सम्पर्क
गरिरहेकै बेला आपत्तिजनक
अवस्थामा पाएको थापाले प्रहरीसामु
बयान दिएका छन् । आमाबाट यो खबर
फैलिन सक्ने भयले दिदी गीताले विष
ल्याइदिन भनेपछि विष सेवन गर्न
दिएको र विष सेवनपछि छटपटाइ
रहेकी दिदीको मुन्टो बटारेर
हत्या गरेको थापाले साविती बयान
दिएका छन । घटनाबारे थप अनुसन्धान
भइरहेको प्रहरीले बताएको छ

जागिर खोज्न जाँदा यसरि जवानी लुटियो एक चेलीको



प्रिया थापा

बुवाको निधनले मलाई पारिवारिक दायित्व वहन गर्नुपर्ने बाध्यता यसअर्थ आएको थियो कि मेरी दिदीको बिहे भइसकेको थियो र म नै ममीपछिको घरमुली थिएँ ।



मेरा दुइ भाइ र दुइ बहिनीको तुलनामा घरको भार बोक्न मलाई नै योग्य तुल्याएको थियो मेरो उमेरले ।

म १७ बर्षको भइसकेकी थिएँ । यौवनको रङ, रुपले मलाई छोपिसकेको थियो । खुला मनले सबैसँग बोल्न रुचाउँथे तर शारीरिक रुपमा म कसैसँग निकट थिइनँ । अर्थात् त्यतिबेलासम्म मैले आफू एक युवती हुनुको अर्थ पनि बुझेकी थिइनँ ।

एसएलसी सकेर मैले काम खोज्नु पर्यो । घरमा आयको बाटो नभएकाले मैले रोजगारी गर्नै पर्ने अवस्था थियो । तर भन्नेबित्तिकै जागिर कहाँ पाउनु र ? एक दिन मेरो बुवाको साथी दयाराम अंकल आउनु भयो । अनि घरव्यवहारका कुरा गर्न थाल्नु भयो । उमेरले ४० वर्षजतिको हुनुहुन्थ्यो । मैले आफ्नो घरको समस्याबारे भनिसकेपछि उहाँले भन्नुभयो, 'मेरो एउटा साथी सडक विभागमा छ, ऊ तेरो बुवालाई पनि राम्ररी चिन्दछ, त्यहाँ तँलाई उसले काम दिन सक्छ ।'

मलाई उहाँको कुराले ढुंगा खोज्दा देउता मिलेजस्तोभयो । अनि भनेँ, 'जाउँ न त भेट्न ।' अंकलले भन्नुभयो, 'आज त म एउटा काममा यता आएको हुँ, बरु तँलाई भोलि लैजाउँला ।'

उहाँको कुराले मलाई धेरै ठूलो टेवा पुगेको थियो । म अर्को दिनको प्रतिक्षामा रहेँ । नभन्दै भोलिपल्ट बिहान १० बजेतिर उहाँ आउनु भयो । अनि मलाई तयार हुन भन्नुभयो । हत्तपत्त कपडा फेरेर म तयार भएँ ।

हामी दुबै सडक डिभिजन कार्यालयमा गयौं ।

अंकलले सरासर मलाई सुपरभाइजरको कोठामा लैजानु भयो। मैले कार्यकक्षमा प्रवेश गर्नासाथ नमस्ते गरेँ, अनि दयाराम अंकलले परिचय गराउनु भयो । मेरो बुवाकोनाम लिनासाथ सुपरभाइजरको अनुहार मलिन भयो र भन्नुभयो, 'बिचरा चाँडै नै बिदा भयो ।'

मेरो आँखामा आँशु छचल्कियो तर म चाँडै नै सम्हालिएँ । दयाराम अंकलले मतिर देखाउँदै भन्नुभयो, 'यो बिचरीलाई एउटा जागिर मिलाइदिन पर्यो, घरमा कमाउने कोही छैन ।'

अनि जवाफमा सुपरभाइजरले भन्नुभयो, 'भइहाल्छ नि, अमलेखगंजबाट चुरेमाईसम्म काम भइरहेको छ, त्यहीँ म यिनलाई आफ्नो सहयोगीका रुपमा काम मिलाइदिउँला नि ।'

म खुशीले गद्गद भएँ । सुपरभाइजरले मलाई भोलिपल्ट ९बजेतिरै कार्यालयमा आउन भने । मैले पनि हुन्छ भनेँ। चिया पिउँदै केही बेर बिताएपछि हामी बिदा भयौं ।

म निकै उत्साहित हुँदै सडक डिभिजन कार्यालय पुगेँ । त्यहाँ हिजो भेटेको मान्छे देखिएको थिएन । केही बेर प्रतिक्षा गरेँ, ऊ आइपुग्यो । 'ए.. तिमी आयौ । एकछिन यही बस है ।' यति भन्दै ऊ कार्यालयभित्र पस्यो । करिब १५ मिनेटपछि ऊ फर्कियो । अनि मलाई 'जाउँ हिड' भन्यो ।

'आज तिमीलाई साइट देखाउँछु है,' उसले भन्यो । मैले पनि उसको कुरालाई सहजै लिएँ । अनि हामी सडक विभागकै मोटरमा चुरेमाई तर्फ लाग्यौ । सडक मर्मतको काम भइरहेको रहेछ । उसले मलाई त्यहाँ सामान्य काम सम्झायो । अनि हेटौडातिर लग्यो ।

बाटोमा उसले मेरो बारेमा धेरै कुरा सोध्यो । पढाइ कस्तो छ, घरमा केकस्तो अवस्था छ आदि विषयमा सोधिरह्यो । मैले सरासर जवाफ दिएँ । 'यस्तो ट्यालेन्ट मान्छेले पनि काम नपाएर अरुले पाउँछ त' भन्दै उसले मेरो प्रसंसा पनि गर्यो ।

'तिमीलाई सुरुमा केही अप्ठ्यारो लाग्न सक्छ तर कामगर्दै गयौ भने तिमीलाई पछि धेरै राम्रो हुन्छ,' उसले मलाई सान्त्वना दिदैं भनेको थियो । हेटौडाको मेन रोडमै रहेको एउटा होटलमा पसेर हामीले खाजा खायौं । अनि उसले होटलवालालाई सोध्यो, 'माथि कोही छ?' होटलवालाले मुन्टो हल्लाएर 'छैन' भन्ने जवाफ दियो । अनि मलाई सुपरभाइजरले मलाई भन्यो, 'आउ, माथि जाउँ ।' म ऊसँगै माथि गएँ ।

दोस्रो तलामा एउटा कोठाभित्र हामी प्रवेश गर्यौं, त्यहाँ एउटा पलङ र टि टेबलबाहेक केही थिएन । मैले त त्यहाँ उनीहरुको कार्यालय वा सम्पर्क कक्ष होला भन्ने अपेक्षा गरेकी थिएँ ।

मलाई केही असजिलो लाग्यो । उसले मेरो भाव बुझेछ क्यार । 'अप्ठ्यारो नमाने हुन्छ, आऊ बस..' उसले भन्यो।

तुरुन्तै ऊ तल झर्यो । मैले कोठाको चारैतिर हेरेँ, चुरोटको ठूटा, सुन्तलाको बोक्रा यताउता छरिएका थिए । खाटमुनी दुइचारवटा चकलेटका खोल र मुख बाँधिएका ठूला बेलुन थिए । मलाई अचम्म लाग्यो । आखिर यो ठाउँमा उसले मलाई किन ल्यायो । अनि डर पनि लाग्न थालेको थियो । अनि सोच्थेँ, आखिर ऊ त मेरो बुवाको साथी, बुवा सरहकै मान्छे ।

केही बेरमा ऊ फर्कियो । उसको हातमा आधादर्जन केरा, चारवटा सुन्तला, एउटा फ्रुटी, एक बोतल बियर थियो । मेरो मन झस्कियो । उसले मलाई फ्रुटी दियो । अनि फलफुललाई टि टेबलमा राखेर बियर हातमा लियो । 'नाइ म खान्न,' उसले दिएको फ्रुटी नलिइकनै मैले भनेँ । 'खाउन, एकछिन बसौं अनि साइटमा फर्कौला,' उसले भन्यो ।

मैले फ्रुटी समातेँ । 'तिमीलाई पैसाको कत्तिको खाँचो छ ?' उसले सोध्यो । वास्तवमा पैसाको त निकै खाँचो थियो, किनकी मेरी बहिनीलाई पैसाकै अभावमा ट्युसन पढाउन सकिएको थिएन, भाइको पनि स्कूलको फिस, जाडोको लुगा किन्नु थियो । घरका सिरक, डस्ना काम नलाग्ने भइसकेका थिए । तर पनि मैले उसलाई भने, 'अहिले खाँचो छैन, जागिर भएमा सबैकुरा मिल्छ ।'

'जागिर त पक्का भयो, तर सबै कुरा मिल्छ त ?' उसले भन्यो । अनि मैले भनेँ, 'मिलाउनु पर्छ ।' उत्साहित हुँदै उसले भन्यो, 'म पनि त्यही मिलाउने पक्ष मै हो, त्यसैले तिमीलाई यहाँ ल्याएको ।'
'मैले कुरा बुझिनँ नि, के भन्न खोज्नुभएको ?' मैले आश्चर्यका साथ सोधेँ । उसले भन्यो, 'मैले भन्न होइन,गर्न खोजेको क्या..।'

'खुलेर भन्नुस् न, मैले बुझिनँ,' उसको कुरा राम्ररी बुझ्न चाहेँ । अनि उसले भन्यो, 'तिमीलाई जागिरको खाँचो छ, त्यो त म दिन्छु तर मलाई खाँचो भएको कुरा तिमीले दिनुपर्छ ।'
'के खाँचो छ तपाईलाई ?' मैले सोधें । उसले जवाफ दियो,'तिम्रो जवानी ।'

यति भनेर उसले बियर पिउन थाल्यो । मलाई अब भने निकै डर लाग्न थालेको थियो । 'भइगो, म जागिर खान्न,' म त्यहाँबाट निस्कनमात्र के लागेको थिएँ, उसले मेरो हात तान्दै भन्यो, 'पहिला कुरा त सुन, अहिलेको जमानामा सित्तैमा जागिर पाउन गाह्रो छ, त्यसमा पनितिमी एसएलसी जाँचमात्र दिएकी मान्छे, पास पनि भएकीछैनौं, घरको त्यो अवस्था छ, पाएको जागिर पनि यसरी गुमाउँदा भोलि तिम्रो परिवारको के हालत होला ?'

मलाई खाटमा बसाल्दै उसले भन्यो, 'ठिक छ, तिमीलाई सर्त मन नपरे काम नगर, तर तुरन्तै गइहाल्नु पर्छ भन्ने त छैन नि, म तिमीलाई जहाँबाट जसरी ल्याएको हो त्यही, त्यसरी नै पुर्याइदिन्छु ।'

अनि ऊसले फेरि बियर पियो । म मौन बसिरहेँ ।

'हेर, यो जमानामा केही नगुमाई केही पाउन मुस्किल छ, आएको मौकालाई चिन्न र सुदुपयोग गर्न सकेमा मात्र मान्छेले केही गर्न सक्छ ।' उसले सम्झाउने प्रयत्नका साथ भन्यो, 'तिमी एकजनाको सानो त्यागले त्रि्रो परिवारको भविष्य राम्रो हुन्छ भने किन पछि हट्छौ ?'

म टोलाइरहेकी थिएँ, उसले मेरो अनुहार एक टकले हेरिरहेको थियो । अनि आफ्नो हात मेरो टाउकोमा ल्याएर सुम्सुम्याउँदै भन्यो, 'मेरो कुरा मान, अहिलेका लागि तिमीले मेरो फाइदा देखेकी होला तर पछि यसले तिमीलाई नै फाइदा पुग्छ ।'

'तर म त्यस्तो काम गर्न चाहन्नँ,' मैले आफ्नो अडान राखेँ । अनि उसले भन्यो, 'यो कुनै ठुलो कुरै होइन, कुरा त तिमीले जागिर खाने कि नखाने भन्ने हो, जब तिमीलाई जागिरको आवश्यकता हुन्छ, तिमीले जागिर नपाएको खण्डमा तिमी शरीर बेचेरै पनि गुजारा गर्न बाध्य हुन्छौ, मैले त त्यस्तो परिस्थती आउनु अघि नै तिम्रो अवस्था राम्रो होस् भनेर सल्लाह दिएकोमात्र हो ।'
उसको यो कुराले भने मलाई दोधारमा पार्यो । भोलि अन्त काम नपाए के गर्ने ? मेरो मनमा विभिन्न कुरा खेल्यो ।

मेरो ढाड सुम्सुम्याउँदै उसले भन्यो, 'तिमीले त्यस्तो काम गरेकी छौ भन्ने कसैलाई थाहा पनि हुँदैन, अहिले तिमीले मान्यौ भने तिम्रो पनि काम बन्छ, मेरो पनि बन्छ ।'

उसको स्पर्शले मेरो शरीरमा तरङ्ग उत्पन्न भयो । अनि म केही पर सरेजस्तो गरेँ । उसले मेरो हात समातेर आफ्नो काखमा बिस्तारै लडाउँदै भन्यो, 'हेर, सयमले सँधै पर्खदैन, विवशताले मान्छेको घमण्ड र इज्जतलाई माटोमा मिलाउँछ, अहिले तिमीले नमानेको कुरा भोलि गएर तिम्रा बहिनीहरुले मान्न बाध्य हुनुपर्ने अवस्था पनि आउन सक्छ, तर त्यसका लागि तिमी जिम्मेवार हुने छौ ।'

उसकै काखमा लडिरहेको अवस्थामा केहीबेर पछि मैले सोधेँ, 'तलब कति हुन्छ ?' उसले भन्यो, 'तलबको के कुरा, तिमीलाई चाहिएजति पैसा म दिन्छु, अहिले लान्छ्यौ भने पनि मसँग पाँच/सात हजार होला लैजाउ । भोलिबाट काम पनि गर । कसैले केही भन्ने ठाउँ हुँदैन ।

एकछिन सोचेर मैले भनेँ, 'हुन्छ त ।'

मेरो जवाफलगत्तै ऊ खुशी भयो । अनि बिजुलीको बेगमा उसले मेरो गाला चुम्यो । बाल्यकालमा मलाई गरिएको चुम्बनको सम्झना छैन तर यौवनावस्थामा कुनै पुरुषले गरेको त्यो नै पहिलो चुम्बन थियो ।

जनावरसँग सेक्स गर्न नपाए अदालत जाने धम्की






जर्मनीको गठवन्धन सरकारले जनावरसँग यौनसम्वन्ध अर्थात पशु मैथुनमाथि प्रतिवन्ध लगाउन विद्यामान कानून परिर्वतनको तयारी गरेको छ । जर्मन संसदको कृषि समितिले जनवारसँग सेक्स गर्नेविरुद्ध कडा कारबाहीको प्रावधानसहित कानून संशोधनको तयारी गरेको हो । समितिले जनावरसँग सेक्स गर्नेलाई २५ हजार यूरोभन्दा बढी जरिवाना गराउने प्रवाधान राख्ने तयारी गरेको छ । यसमुद्धामा अन्तिम मतदान जर्मनको तल्लो सदनमा डिसेम्बर १४ मा हुनेछ ।
जर्मनीमा सन् १९६९ मा पशु मैथुनलाई बैध ठहर गरिएको थियो । तर, पशुसँग दर्दनाक व्यवहार नगरिएको अवस्थामा मात्र यो लागू हन्थ्यो । जर्मन संसदीय समितिका निर्देशक हास माइकल गोल्डकमानले स्थानीय एक समाचार पत्रलाई भनेका छन्-’पशु मैथुनमाथि प्रतिवन्धको निर्देशनपछि यस्तो काम गर्नेलाई कडा कारवाही गर्न सहज हुनेछ र जनावरको कल्याण हुनेछ ।’ यद्यपी यस तयारीप्रति केहीले भने असन्तुष्टि जनाएका छन् । टोलरेष्ट एण्ड इन्गेजमेन्ट जूफिलो नामक समूहले यस्तो कानून आए अदालत जाने चेतावनी दिएको छ । हल्याण्ड, फ्रान्स र स्विटजरल्याण्ड लगायतका युरोपेली देशमा जनावरसँग सेक्स प्रतिवन्ध छ भने बेलायतमा सुरुमा जैन्मकैदको व्यवस्था रहेकोमा हाल घटाएर २ वर्ष जेल बनाइएको छ । बेल्जियम, डेनमार्क र स्वीडेनमा भने जनावरसँग सेक्स गर्न अनुमति छ ।

बिहेको १९ वर्षपछि बल्ल थाहा भो - पत्‍नी त पुरुष पो रहेछ


लन्डन, मंसिर १३ (एजेन्सी) - बेल्जियमका एक पुरुषले विवाहको १९ वर्षपछि आफ्नी पत्‍नीसित सम्बन्ध विच्छेद गर्न कानुनी प्रक्रिया अघि बढाएका छन्। कारण- पत्नी पुरुष हुनु !  आफ्नी पत्‍नी पुरुष भएर जन्मिएको र पछि लिङ्ग परिवर्तन गरी महिला बनेको भर्खरै थाहा पाएपछि उनले यस्तो निर्णय गरेका हुन्।

हेट नियुजब्लाड पत्रिकासँग कुरा गर्दै ६४ वर्षका जानले भने, मैले त उनलाई आकर्षक महिला ठानेको थिएँ। पूरै महिला।

उनले हाल ४८ वर्षकी मोनिकासित केही पनि पुरुषपना नदेखिएको बताए। 'सेक्स गर्दा पनि मैले त केही थाहा पाइनँ", उनी भन्छन्।

त्यत्रो वर्ष उनीहरु सुखी र सामान्य पारिवारिक जीवन बिताउँदै थिए। मोनिकाले पूर्णकालीन रोजगार पाएपछि उनीहरुबीच तनाव सुरु भयो। त्यसपछि मोनिका नाइट क्लबमा देखिन थालिन्। देखिने लुगा लगाउन थालिन्। जान र उनका छोराले पनि हल्ला सुन थाले, खासमा मोनिका केटा हुन्।एक दिन जानले थर्काए मोनिकालाई। हिंसात्मक रुपमा केरकार गरेपछि बल्ल मोनिकाले स्विकारे, 'हो, म केटा नै भएर जन्मिएको थिएँ।'

'मेरो त संसारै भास्सियो,' जान निन्याउरो अनुहार लाएर भन्छन्।

उनले कानुनी प्रक्रिया त अघि बढाएका छन् तर अदालतले मोनिकालाई घरबाट बाहिर राख्ने अनुमति दिन अस्वीकार गरेको छ।

Indonesian baby on 40 cigarettes a day


कटरिना कैफ गायिका बन्दै








प्रियंका चोपडापछि बलिउडमा अर्की अभिनेत्री पनि गायिका बन्ने भएकी छिन् । सायद तपाइँलाई विश्वास नलाग्न सक्छ, तर यो कुरा साँचो हो की बलिउडकी टप नायिका कटरिना कैफ गायिका बन्दैछिन् ।

समाचार अनुसार यश चोपडाको आउँदो फिल्ममा उनले गुलजारको शव्द तथा ए आर रहमानको संगीतमा रहेको एक गीतमा आवाज दिनेछिन् । हुनत यसअघि कटरिनाले आदित्य चोपडाको फिल्ममा गीत गाउने बताइएको थियो । तर धूम-३ मा नभै उनले पहिले यश चोपडाकेा फिल्ममा गित गाउने भएकी छिन् । समरण रहोस् उनले धूम-३ मा गाउने गीतको रिहर्सल समेत गरिसकेकी थिइन् ।

यश चोपडाको आगामी फिल्ममा मुख्य अभिनेत्रीको रुपमा रहेकी कटरिनालाई उक्त फिल्ममा नायिका सँगै गायिकाको रुपमा पनि देख्न पाइने भएको छ । सुत्रका अनुसार कटरिनाले गाउने चर्चा चलेसँगै उनलाई गीत गाउनका लागि थुप्रै अफर आएका छन् । अली अफरले कटरिनलाई आफ्नो एल्बममा युगल गीत गाउनका लागि अफर गरिसकेका छन् ।

बलिउडमा आफ्नी प्रतिद्वन्दी प्रियंका चोपडा गायन क्षेत्रमा प्रवेश गरेसँगै स्वरकी धनी कटरिनालाई पनि गित गाउने जंग चलेको हुनसक्छ । चोपडाले आफ्नो आवाजमा एक एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन् भने अपूर्व लखियाको फिल्म जंजीरको एक रिमेक गितमा समेत आवाज दिने तय भएको छ ।

sexy nepali girl dancing in hostel Hot danching Nepali girl


बलात्कारवाट जन्मेको छोराको पहिचानका लागि लड्दै कुमारी आमा





३ मंसिर, काठमाण्डौ । सोह्र बर्षकी थिएँ । बर्दियाको आदर्शनगरवाट तीन युवक हाम्रो गाउँमा घुम्न आएछन् । एउटा युवक थियो, दिपकलाल श्रेष्ठ । सबैजना मेरेा काका पर्नेको घरमा बसे । म गाउँकी चल्तापुर्जा किशोरी, उनीहरुलाई गाउँ घुमाउने जिम्मा काकाले मलाई दिनुभयो । जंगल, मन्दिर, गाउँ सबै घुमाएँ । कहिले दीपक एक्लैलाई, कहिले तीनैजना संगै हुन्थे । एक हप्ताको बसाईपछि तीनैजना फर्किए । दीपकचाँही मलाई नियमित जस्तो चिठी देख्न थाल्यो । मायाप्रीतिका कुरा लेपखएका हुन्थे । पोस्टकार्ड पनि उत्तिकै पठाउँथ्यो । मैले वास्ता गरिनँ । जवाफै नफार्काएपछि चिठी लेख्न बन्द गर्‍यो । त्यसको चौध वर्षपछि एकैचोटी मैतीदेवीमा उसको र मेरो भेट भयो । मैतीदेवीको मेनरोडमै मेरो ब्युटिपार्लर थियो । घाम ताप्दै पत्रिका पढिरहेकी थिएँ । हेल्मेट खोल्दै गरेको एउटा मान्छेले बोलायो ,’गीता , स्वरैलेल चिनेँ , उही दिपक रहेछ । महाराजगञ्ज दिदीको घरमा बस्ने रहेछ । भन्यो,’तिमीलाई काठमाण्डौमा धेरै खोजेँ ।’ त्यसपछि उ नियमित जसो पार्लरमा आउन थाल्यो । ‘कस्टमर’ धरै हुन्थे, आएर मलाई सधैँ डिस्टर्ब गरिरहन्थ्यो । अनेक बहाना वनाएर पन्छाउन खोज्थेँ तर मान्दैन्थ्यो ।

म गजल पनि गाउँ थे । बेलुकी गजल गाउन झोँछेस्थित गौतम होटल जान्थेँ । तयस दिन याक एन्ड यती होटलमा साथीको विहेको पार्टी थियो । त्यतै गएकी थिए । उ फूलको गुच्छा दिन गौतम होटल पुगेछ । म नभएकाले हिडेछ । रातो फुलमा मेरो कोठा थियो । अलि सन्चो नभएकाले म कोठातिर लागे । ढोका भित्र छिरेकीमात्र थिए, गीता भनेर वोलायो । फर्किएर हेरेँ ढोकामा उ हल्लिएर बसिरहेकेा थियो । छिमेकीले केभन्लान भनेर भित्र पसे । कोठमा मेरी सानी भन्दै थियो । आत्तिएर मेरो मुखवाट निस्किएछ,’ कि बाहिर जाउँ, कि भित्र आउँ ।’ सरासर भित्र छिर्यो । निके अबेर भइसकेको थियो । उ घर र्फकनै मानेन । उसलाई खाटमा छाडिदिए । भदै र म भईमा सुते । हामी भदै र म सुतिसकेका थियो । राती दिपकले एक्कासी ममाथि झम्टियो । मेरा गला बदायो, हात समात्यो, जर्बरजस्ती गर्‍यो । बेइजत हुने डरले म चिच्याउन सकिन । महिनावारी भएको ८ दिन मात्रै भएकेा थियो । गर्व रह्यो भन्ने शंका मलाई परिसकेको थियो । विहानै उसलाइृ गाली गरेँ । भगवान्को फोटो छुदै म तिमिलाई बिहे गर्छु भन्यो । उ गयो । मसंग उसलाई कुर्नुको विकल्प थिएन मसंग । कुरेँ, कुरिरहेँ, तर मलाई बोझ बोकाएर गएकेा उ कहिल्यै आएन । आजको सौर्य दैनिकमा समाचार छ ।

गर्भ बसेपछि मलाई डर लाग्यो । उसलाई सबैतिर खोजेँ, कतै भेटिनँ । माइती नेपाल, मानवअधिकार आयोग, प्रहरी, छिमेकी सबैलाई गुहारेँ तर कसैको सहयोग पाइनँ । बरु उल्टै मैमाथि अनेक लाञ्छना लागे । गर्भ बढ्दै गयो । न्याय खोज्दै काठमाडौं जिल्ला अदालत पुगेँ । कसैको अंशको लोभले होइन, नागरिकतालगायत बच्चाको परिचय खुल्ने कागजपत्र बनाउन सहज होस् भनेर । गर्भ नौ महिना पुग्दा दीपक बल्ल अदालत आएछ, अब ऊ मेरो गर्भको बच्चा उसको होइन भन्ने प्रमाणित गर्न चाहन्थ्यो । मबाट पन्छिन उसले बनेपा-३ की छब्बीस वर्षीया सिर्जना सेवाचार्यसँग विवाह गरेको कागज पेस गरेछ । तर त्यसदिन म आफैँ उपस्थित हुन सकिनँ ।

प्रसूतिगृहमा बच्चा जन्माएँ । अरू सबैका बाबु लिन आएका हुन्थे, आफ्नो बच्चा सुमसुम्याउँथे । मसँग भने बिल तिर्ने पैसा पनि थिएन । छिमेकी दिदीले पैसा तिरिदिएपछि चार दिनपछि कोठामा गएँ । मेरो अवस्था देखेर आमा हेरचाहका लागि आउनुभयो । तर, क्यान्सरकी रोगी उहाँले के नै गर्न सक्नु र ! अब त बितिसक्नुभयो । त्यही बेला बर्दियास्थित घर पनि माओवादीले बम पड्काएर उडाइदिएछन् । अपरेसन गरिएको पेट थियो । दुखाइ सहेरै लुगा धुने, खाना पकाउने काम गर्न थालेँ । पार्लर बन्द थियो, पैसा पनि थिएन । घिस्रिँदै गएर पार्लर खोलेँ । अब पहिलेजस्तो सजिलो थिएन । दिनभरि काम गर्यो, बेलुकी खाना पकाउने, भाँडा माझ्ने, बच्चाको लुगा धुने गर्दा रातको बाह्रै बज्थ्यो ।

यिनै अप्ठ्याराले गर्दा नियमित अदालत जान सकिनँ । पछि अदालतले दीपकलाई बच्चाको बाबु र मलाई उसकी श्रीमती भनेर प्रमाणित गरेछ । मलाई यसमा मञ्जुरी छैन । जसले मलाई बलात्कार गर्यो, जीवन बर्बाद गर्यो, ऊ मेरो श्रीमान् हुनै सक्दैन ।

गीताको कानुनी लडार्इ

गीता स्वाँरले काठमाडौं जिल्ला प्रशासन कार्यालय धाउन थालेको चार वर्ष भयो । बर्दिया बैदा गाउा-९ की उनी आफ्नै नामबाट छोरा अनमोलको बाल परिचयपत्र निकालिदिन चाहन्छिन् । तर, अझै पाउन सकेकी छैनन् । जिल्ला प्रशासनले बाबुको परिचयपत्र पनि चाहिने अड्को थापेपछि उनको तनाब बढेको छ । किनकि गर्भ बोकाउने पुरुष उनलाई छाडेर टाप कसिसकेका छन् । ँजबर्जस्ती गरेर गर्भ बोकाएर भाग्यो, अहिले कहाँबाट ल्याउनु मैले,’ उनी भन्छिन् ।

गीताका अनुसार १० वर्षअघि महाराजगन्जको चन्द्रमुखी गल्लीस्थित रम्भा श्रेष्ठका भाइ दीपकलाल श्रेष्ठले उनलाई कोठामै आई जबर्जस्ती गरे । गर्भ रहन पुग्यो, अनमोल जन्मिए । हाल पाँच कक्षा पढ्ने अनमोल ९ वर्ष पुगे । गीता ६ वर्षदेखि इजरायलको जेरुसेलममा कियर गिभरको काम गर्दै आएकी छन् । छोरालाई पनि उच्च शिक्षाका लागि उतै लैजान चाहन्छिन् । उमेर नपुगेकाले अनमोलको बाल परिचयपत्र मात्र बनाउन मिल्छ तर जिल्ला प्रशासन त्यो पनि दिँदैन । भन्छिन्, ‘मैले छोराको बाबुको अंश खोजेकी हैन, विदेश लगेर उसलाई पढाउन चाहन्छु तर जिल्ला प्रशासन किन तगारो बन्यो, बुझ्न सकेकी छैन ।’

घरखर्च र छोराको पढाइको जोहो गर्न उनी ऋणपान गरेर ६ वर्षअघि इजरायल पुगिन् । छोरालाई यतै होस्टेलमा राखिदिइन् । ँसाढे दुई वर्षअघि एक महिनाको छुट्टी लिएर नेपाल आएँ, छोरा अभिभावकविहीन भएर बसेको हेर्नै सकिनँ, त्यसपछि उसलाई पनि उतै लैजान प्रयास गरिरहेकी छु,’ उनी सुनाउँछिन् । त्यसका लागि कागजी प्रक्रिया मिलाउन छोराको परिचयपत्र बनाउन जिल्ला प्रशासन पुगिन् । कार्यालयले बाबुको परिचय माग्यो । उनले सम्पूर्ण घटना विवरण सुनाइन् । फेरि कार्यालयले जन्मदर्ताको प्रमाणपत्र माग्यो ।

‘सन अफ सरदार’ ले इतिहास बनायो, शाहरुखलाइ कडा टक्कर


‘सन अफ सरदार’ ले इतिहास बनायो, शाहरुखलाइ कडा टक्करमुम्बई, कार्तिक २९, दिपावलीको अबसर पारेर रिलीज गरिएको बलिउडका दुइ फिल्महरूमध्ये कमाइका हिसाबले दुबै बिचमा टक्कर परेको छ । दिपावली पर्वको बेला पारेर रिलीज गरिएका कारण यी दुवै फिल्महरूले भारत तथा विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

 ट्रेड एनालिस्‍ट तरण आदर्शका अनुसार शुरूका दिनमा भारतमा ‘जब तक हे जान’ ‘सन अफ सरदार’ भन्दा केही अगाडी छ, तर दुबै फिल्म बक्‍स अफिसमा ‘बिजेता’ बनेका छन् ।

उनले बताए अनुसार सलमान खानको अतिथि भूमिका भएको ’सन अफ सरदार’ मास सर्किटमा अगाडी छ, जबकि मल्‍टीप्‍लेक्‍सहरूमा भने ‘जब तक हे जान’ ले धुम मचाइरहेको छ । ‘सन अफ सरदार’ ले पाकिस्‍तानमा पनि इतिहासनै कायम गरेको छ । यस फिल्‍मले पाकिस्‍तानमा पहिलो दिनमानै ४२ हजार डलरको कलेक्‍शन गरेको थियो । पाकिस्‍तानमा कुनैपनि भारतीय फिल्‍मको अहिले सम्मकै सबैभन्दा ठुलो ओपनिङ हो ।

शाहरुख खानको फिल्‍मले रिलीजको पहिलो दिन करिब १४ करोडको कमाई गरेको थियो, भने अजय देवगनको फिल्‍मले बक्स अफिस कलेक्‍शन १०.७२ करोड रुपयाँ रहेको थियो ।  यशराज फिल्‍म्‍सको ब्यानरमा बनेको ‘जब तक हे जान’ करीब २५०० स्‍क्रीन्‍सहरूमा लगाइएको छ, भने ‘सन अफ सरदार’ करीब दुइ हजार स्‍क्रीन्‍समा देखाइँदैछ ।

पहिलो दिनको कलेक्‍शनको हिसावले शाहरुख खानको ‘जब तक हे जान’ अजय देवगनको ’सन अफ सरदार’ भन्दा अगाडी निस्किए पनि कडा प्रतिस्पर्धा गरिरहेको छ ।

सेक्स भिडियो सार्वजनिक भए पछी नायीका सौजन्य सुब्बाको हारगुहार


‘तिमीबिनाको जीवन, सासबिनाको धडकन, म कसरी सहुँ’…..बोलको गीतमा हिरो रोज राणा र हिरोइन सौजन्य सुब्बाले बिछोडको आँसुसँगै राम्रै प्रेमालाप गरे । तर यो फिल्मी दृष्य एउटा दुःखद् इतिहासमा सिमित भएको छ ।

पतिसँग सम्बन्ध बिच्छेद गरेर लामो समय रोज राणासँगको प्रेममा रमाएकी नायिका सौजन्य सुब्बाले यतिखेर तिनै रोजबिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेकी छिन् ।

अघिल्लो साता फिल्मी बजारमा हिरोइन सुब्बाको सेक्स भिडियो सार्वजनिक भएको चर्चा चल्यो । कतिपय फिल्मी पत्रकारलाई फोन गरेर रोजले नै सौजन्यको सेक्स भिडियो बाँडेको बताइएको थियो ।

त्यसको पुष्टी हुनेगरि अहिले सुब्बाले ललितपुर प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि यो सेक्स भिडियो सार्वजनिक भए पछी नायीका सौजन्य सुब्बाको हारगुहारमामिला सार्वजनिक भएको छ । सौजन्यको पक्षमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा एवं फिल्मी हिरो भूपेन्द्र चन्दले दबाब दिइरहेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ ।

राणा र सुब्बावीच लामो समय प्रेम सम्बन्ध रहेको र हाल चन्दसँग प्रेमसम्बन्ध रहेको फिल्मी क्षेत्रमा चर्चा छ । टेलि फिल्मबाट नाम कमाएकी सुब्बाले काम पाउन छाडेपछि रोजले केही फिल्ममा लिड रोल दिएका थिए । तर अहिले रोजले आफुलाई डेरामै आएर मार्ने धम्की दिएको भन्दै सुब्बाले प्रहरी गुहारेकी छिन् । सौजन्यले बिहेका लागि रोजलाई दबाब दिएपनि नमानेपछि केही समयदेखि उनीहरुवीचको सम्बन्ध तिक्ततापूर्ण रहेको ललितपुर प्रहरी परिसरका एक अधिकृतले बताए ।

प्रहरीका अनुसार सौजन्यले दुई बर्षदेखि नै बिबाहका लागि दबाब दिँदै आएकी थिइन् । तर रोजले भने पाँच बर्षअघि नै बिबाह गर्न नसक्ने बताइसकेका थिए । बिबाह नगर्ने भए दुई करोड रुपैयाँ दिन सौजन्यले माग गरिन् । तर रोजले दुई करोड नदिने भएपछि उनीहरुवीच दरार सुरु भएको थियो । त्यसक्रममा सौजन्यले आफुसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सुरक्षित भएको भन्दै रोजलाई धम्क्याएकी थिइन् । रोज पनि के कम उनले पनि आफुसँग पनि भिडियो भएको र त्यो सार्वजनिक गरिदिने धम्की दिए ।

सौजन्यले प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि अहिले प्रहरीले रोजलाई खोजीरहेको छ । तर तिहार मनाउन दाङतिर गएका कारण नभेटिएको बताइएको छ ।

प्रहरीले यो मामिलामा दुवै पक्षबाट कमजोरी भएको बताएको छ । दुवैवीच मिलापत्र नभएमा प्रहरीले केही दिनभित्रै रोजबिरुद्ध मुद्दा चलाउने तयारी गरेको साँघु साप्ताहिकले छापेको छ ।

पण्डित दिनबन्धुको चर्तिकला, तरूनी जम्मा गर्ने अचम्मको शोख


कार्तिक २७, अहिलेका जल्दाबल्दा पण्डित दीनबन्धु पोखरेल सबैभन्दा चल्तीका पुराण वाचक हुन् । उनलाइ सेलिब्रिटी पुराण वाचक भन्दा पनि हुन्छ । उनी पुराण बाचन गर्नका लागि नेपालका पूर्व देखि पश्चिम सम्म मात्र हैन विदेश सम्म पुगेर पनि भागवत महापुराण वाचन गर्दछन् ।

उनले पुराणका क्रममा भजन गाउँदा श्रदालु भक्तजनहरू तुरून्तै नाच्न पुग्छन् । उनको बोलीमानै जादु छ रे । त्यसैले त कुनैपनि कामका लागि अर्थ संकलन गर्नुपर्‍यो भने मानिसको रोजाइमा उनीनै सबैभन्दा अगाडी पर्दछन् । उनले वाचन गरेको पुराण सुन्न तथा चन्दा दिन मानिसहरू तँछाड मछाडनै गर्छन् रे भन्ने गरिन्छ ।

 यी धुरन्धर पण्डितको बारेमा त धेरै अघिदेखिनै मानिहरुको गाइँगुइँ गरेको सुनिएको थियो तर केही समय अघि जनआस्था साप्ताहिक पत्रिकाले ‘तरुनी फेर्दै दिनरातै तरक्की’ शीर्षकमा उनीबारे समाचारनै प्रकासन गरेको छ । उक्त पत्रिकाको समाचारमा उनको विभिन्न महिलासँगको सम्बन्धका बारेमा उल्लेख गरिएको छ । यसबाहेक उनले आफ्ना बुबाको नाममा रहेको प्रतिष्टानका लागि उठाएको रकम समेत हिनामिना गरेका छन् भन्ने आरोप समेत लगाइएको छ ।

जनआस्थाको उक्त समाचारमा दीनबन्धुले रुपन्देही जिल्लाको मुर्गीयास्थित घिमिरे परिवारकी छोरी विमलासँग विवाह गरेका थिए । अहिले उनले विमलालाइ चितवनको बैरियामा राखेका छन्। उनका साथमा तीन वर्षकी छोरी दिविसा पनि रहेकी छन् । अर्कोतिर भने तनहुँ, डुम्रेकी यशोदा भन्ने युवतीसँग विवाह गर्ने वाचा गर्दैछन् । यसोदालाइ दीनबन्धुले यस्तो प्रस्ताव राखेपछि उनले आफ्नी दिदीलाई यो कुरा सुनाएपछि चितवनको पार्वतीपुरमा रहेकी दीनबन्धुकी ठूलीआमाको घरमा यस विषयमा छलफल भएको थियो । त्यस छलफलमा दीनबन्धुले यशोदाकी दिदीलाई भने, मसँग भोलि मेरी आमा र तपाईँकी बहिनी मात्रै हुनेछिन् भनेका थिए ।

विमलासँग आफ्नो घरबार नचल्ने भएकोले उनले यसो भनेका हुन । तर, अहिले न त दीनबन्धुले विमलासँग सम्बन्ध विच्छेद गरेका छन्, न त यशोदालाई विवाह गर्छु भन्न नै छाडेका छन् । अर्कोतिर राजधानीको कलंकीमा रहेको एलआरआई स्कूल पछाडि लक्ष्मी घिमिरे नामकी एक महिलालाई उनले घर बनाइदिएका छन् । यस ठाउँमा पनि उनले विमलासँग आफ्नो घरबार नचल्ने बताएका छन् ।

समाचारमा बताइए अनुसार यी पण्डित दीनबन्धुका बाबु वाचन शिरोमणि पं. नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठनको भ्रातृ संस्था मातृशक्तिकी अध्यक्ष लक्ष्मीले पहिल्यै बुटवलका तुलसीसँग विवाह गरेकी थिइन् । उनी पनि अहिले दीनबन्धुको भर परेर बसेकी छिन् रे । उनको यस्तो आचरणमा परिवारले समेत आपत्ति जनाउँदै आएको छ । यस्तो कर्तुत गरेपछि सुध्रनुको सट्टा उनले सँगै हिँड्ने गरेका दाजु सुन्दरलाई समेत आफ्नो टोलीबाट हटाइदिएका छन् ।

उनले राखेको नियमका कारण चितवनको प्रेमवस्ती र स्याङ्जाको गल्याङमा बबाल नै मच्चिएको थियो । जस अनुसार उनले पुराण वाचन गर्दा आफ्ना पछाडि तीन जना रुपमति राख्नुपर्ने। तीमध्ये एक जनालाई उनी आफैंले रोज्नुपर्ने र तिनलाई मन्त्र सिकाउने भन्दै बन्द कोठामा लैजानुपर्ने यस्तो नियमका कारण त्याहाँ बबाल भएको थियो । यस्तै घटनामा पीडित मध्येकी एक नवलपरासीस्थित अरुणखोलाकी विन्दु पन्थी पनि भएको बुझिएको छ । एक अर्को घटनामा थोरै पैसा दिने र धेरै काम लगाउने दीनबन्धुले पोल खुल्ने डरले उनलाई मकवानपुरको पालुङमा आयोजित महायज्ञबाट निकालिदिएका छन् ।

त्यसैगरि उनले रुपन्देहीको मणिग्राममा १ करोड ६५ लाख रूपैयाँ बराबरको जग्गा खरिद गरेका छन् । आफ्ना बुबाको नाममा स्थापित प्रतिष्ठानको नाममा आयोजकसँग रकम उठाउँदै चितवनको पार्वतीपुरमा १८ कठ्ठा जमिन,  बैरियामा ५ कठ्ठा जमिनमा र ४० लाखको घर, कलंकीमा सात आना २ पैसा जग्गा, बानेश्वरको चेल्सी कलेज अगाडि आठ आना, ढुंगेधारा, राधाकृष्ण मन्दिर अगाडि १० आना जग्गा तथा सामाखुसीको रेडन कलेजमा समेत शेयर लगानी गरेको कुरा जनाइएको छ ।

त्यसैगरि उनले प्रत्येक महायज्ञबाट बुबाको नाममा प्रतिष्ठानको कोषमा जम्मा हुने गरी ५० हजार अतिरिक्त रकम माग गर्ने गरेको कुरा समेत प्रकासन गरिएको छ । यस्तोमा उनले प्रतिष्ठानको खातामा २० हजार हालेर बाँकी आफूले राख्ने गरेका छन् । उनी आफ्नो १४ जनाको आफ्नो भजन टोली लिएर हिड्ने गर्दछन् । यस टोलीका लागि दुई लाख ५० हजार थप खर्च रकम समेत लिने गर्दछन्। यो रकममा ८० हजार बाँडेर बाँकी आफूले राख्ने गरेको बताइएको छ ।

उनका बुबाको नामको प्रतिष्ठान रामकोटमा स्थापना गर्नका लागि गत बर्ष खुलामञ्चमा महायज्ञ भएको थियो । त्यस महायज्ञबाट ५ करोड उठेकोमा न त रामकोटमा प्रतिष्ठान बनाइयो, न त त्यसको हिसाब किताबनै देखाइयो।

उनले बनेपाको उग्रेश्वर महादेवमा पनि नाटकीय पारामा आयोजकसँग एउटा यारिस गाडी फुत्काएका छन् । त्यो गाडी नहुन्जेल सम्म स्फटिक र रुद्राक्षको माला लगाएर मञ्चमा देखिने दीनबन्धु यारिस चढेपछि भने स्पोर्टस् सुज, ट्र्याक र ब्रान्डेड भेस्टमा सजिएर हिड्छन् ।

समाचारमा त्यस्तो भेषमा उनी शंखमुलमा रहेको होटल सनसेटभ्यु, बानेश्वरको होटल एभरेस्ट, चितवनको गंगोत्री होटल, मनकामनाको रिभरसाइड रिसोर्ट र धुलिखेल रिसोर्ट लजमा देखिने गर्दछन् भन्ने कुरा समेत जनआस्थामा प्रकासन गरिएको छ ।

पुराणबाचन जस्तो गरिमामय काम गर्ने मानिसको यस प्रकारको कर्तुतहरू सार्वजनिक भएपछि अहिले उनलाइ अघि लगाएर विभिन्न काम गर्नका लागी रकम जुटाउन महापुराण लगाउनेहरू समेत उनी देखि तर्किन लागेका छन् भन्ने कुरा सुनिन आएको छ ।

। (जनआस्था बाट लिइएको)

nepali ko chartikala in quatar



कुबेतमा नेपाली केटिसंग खुलेआम यौन सम्पर्क


कुवैत सिटी,कुवेती केटोले नेपाली केटी संग बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क गरेको कारण पुलिसले गिरफ्तारमा लिएको कुरा कुवेतको लोकप्रिय दैनिक पत्रिका अल अनाबा दैनिकको रिपोर्टले जनाएको छ। अलअनाबा दैनिकको अनुसार यि जोडिलाइ कुवेतको खेतानश्थित एक पार्किङ गरिरहेको  अवश्थाको गाडि भित्र चुम्बन गरिरहेको बेला बच्चाहरूले देखेका थिए।
यी जोडिले बच्चाहरू लाइ देखाइ देखाइ योनकृयाकलाप गरिरहेका थिए। यिनिहरूको कृयाकलाप हेर्न त्यहाँ बच्चाहरूको भिडनै लागेको थियो। बच्चाहरूको भिडलाइ देखेर बाटो हिडिरहेका एक कुवेती बटुवाले के रहेछ भनि हेर्नजाँदा अनैतिक कृयाकलापमा लिप्त रहेका जोडिलाइ देखे । उनले उक्त जोडीलाइ हप्काएर यस्तो गर्नु राम्म्रो होइन भनि सम्झाउदा, उल्टै योन कृयाकलापमा लिप्त हुने कुवेतिले हप्काएको र झन बढि उत्तेजनात्मक कृयाकलाप गरेका कारण उक्त कुवेती बटुवाले पुलिसलाइ फोन गरेको र पुलिसले ति जोडिलाइ रङ्गे हात गिरफ्तार गरेको थियो।
गिरफ्तारी पश्चात पुलिसले गरेको चेक जाँचको क्रममा। उक्त नेपाली केटिले कुवेति केटोलाइ योन सन्तुष्टिपार्न भनि ३० के.डि. लिएको भनि स्विकारेको कुरा अलअनाबा दैनिकले लेखेको छ।

केटाबाट केटी बनेका केटलिन पन्त भन्छन- मलाई बिहेको हतार छैन



उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । आज उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा । अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन् । अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन् । बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ । नेपाली समाजमै सार्वजनिक भएको पहिलो लिंग परिवर्तन गर्ने ब्यक्ति केटलिनसंग अश्विनी कोइरालाले बिस्तृत कुराकानी : तपाईं महिला कि पुरुष ?
म महिला नै हुँ। पुरुषजस्तो देखिन्छु र ? होइन, महिला नै देखिनुहुन्छ र साहै् राम्री पनि हुनुहुन्छ। एउटा पुरुष यति सुन्दर कसरी हुनसक्छ भनेर म पनि छक्क परिरहेको छु। हो, साथीहरूले पनि मलाई निकै राम्री भन्छन्। विशेषगरी मेरो आँखा मन पराउँछन्। मलाई पनि तपाईंको आँखा मन पर्‍यो। अनुहार पनि साह्रै मिलेको छ। प्लास्टिक सर्जरी गरेर बनाउनुभएको हो ? होइन, सबैलाई यस्तै भ्रम छ। यो सबै प्राकृतिक हो। कुन-कुन अङ्ग प्राकृतिक हुन् ? मेरो अनुहार, आँखा, स्तन र मेरो स्वर। मेरो स्वर केटाको जस्तो छ र ? महिलाको जस्तो छैन र ? निश्चय नै तपाईं पुरुषबाट महिला हुनुभएको भन्ने कुरा झट्ट हेर्दा विश्वास लाग्दैन, कतिपय मानिस त तपाईं केटी नै हुनुहुन्थ्यो, चर्चामा आउन यस्ता हल्ला चलाउनुभएको भन्छन्, किन होला ? किनभने हाम्रो समाज नै त्यस्तै छ। मैले आफ्ना बारेमा कुनै कुरै गरेकी छैन। बाहिर-बाहिर के-के कुरा चल्छन्, त्यसको पछि लागेर साध्यै छैन। मजस्ता लिङ्ग परिवर्तन गर्ने अरू पनि हुन सक्छन्। मेरो बुवा चर्चित कलाकार भएका नाताले मेरा बारेमा बढी चासो भएको हो। मानिसहरूले नचाहिँदो कुरा गर्छन् भनेरै म प्रेसमा आउन नचाहेकी हुँ। यो मेरो निजी जीवन हो। मलाई मेरो तरिकाले बाँच्न दिनुपर्छ। कतिपय ब्लग र समाचारमा तपाईंका बारेमा धेरै कुरा आएका छन्, के-के सत्य हुन् ? ती सबै मसँग नसोधी हावाका भरमा लेखिएका हुन्। जथाभावी कुरा लेखेर मेरो मानव-अधिकारको हनन गरिएको छ। विदेशमा भए जथाभावी लेख्नेलाई मानहानिका रूपमा ठूलो सजाय हुन्थ्यो। यहाँ त्यस्तो प्रचलन छैन। तपाईंबाहेक मैले अरूसँग प्रेसका लागि कुरा पनि गरेकी छैन। तपाईंलाई प्रेसमा आएका कुन-कुन कुरामा आपत्ति छ ? जस्तो चर्चाका लागि भनेर जुन कुरा भन्नुभयो, त्यो नै आपत्तिजनक छ। म फोटो सेसन गर्न चाहन्नँ। मलाई टेलिभिजनमा देखिनु छैन। किनभने म चिडियाखानाको जनावरजस्तो हुन चाहन्न। मान्छेले मलाई मायाले हेरून्। भोलि मैले विवाह गर्नुपर्छ। मेरो प्रेमी हुनसक्छ, श्रीमान् हुनसक्छ। मैले पनि घर-परिवार बसाउनुपर्छ। पहिलै यो त ट्रन्सजेन्डर भन्यो भने त मेरो भावनामाथि ठूलो खेलवाड हुन्छ। म मनोरञ्जनको साधन बन्न सक्छु। म भर्खर १८ वर्षकी भएँ, मैले लामो जीवन बाँच्नु छ। अहिले चर्चाका लागि सानो भूल गर्ने वित्तिकै भोलिको जीवन अप्ठारो हुनसक्छ। मैले आफ्नो स्तनमा टाटु खोपाएको कुरा, थाइल्यान्डमा अप्रेसन गर्न जाँदा भिसा नलागेको कुरा, मेरो ब्वाइफ्रेन्ड छ भन्ने कुरा सबै गलत हुन्। कान्तिपुर दैनिकमा आएका कुराचाहिँ सत्य हुन्। ब्लग वा वेबसाइटमा आएका कुरा आधिकारिक होइनन्। एक महिनाअघिसम्म तपाईं पुरुष हुनुहुन्थ्यो, आज कसरी महिला ? मानिस शरीरले अर्कै र मनले अर्कै हुनसक्छ। व्यक्ति मनले जे हुन्छ, वास्तवमा उ त्यही हो। कोही पुरुष स्वभावले महिला र शरीरले पुरुष हुन सक्छन्। कोही स्वभावले पुरुष र शरीरले महिला हुन सक्छन्। म शरीरले पुरुष थिएँ, तर मनले स्त्री थिएँ। अप्रेसनपछि म साँच्चैको महिला भएकी हुँ। कुनै व्यक्ति मनले के हो भनेर कसरी थाहा पाउने ? उसको स्वभावले बताउँछ। हाम्रो जस्तो समाजले तिमीले जस्तो अङ्ग पायौ, त्यस्तै व्यवहार गर भन्छ, तर त्यस्तो नहुँदो रहेछ। शरीरको अङ्ग पुरुष भए पनि कतिपय व्यक्तिमा महिला जस्तो स्वभाव हुँदो रहेछ। कसैले म महिला हुँ भन्छ भने अरु व्यक्तिले तँ पुरुष नै होस् भनेर जबरजस्ती गर्न मिल्दैन। मानिसहरू यस्ता व्यक्तिलाई तेस्रोलिङ्गी भन्छन्। नेपालको कानुनले पनि तेस्रोलिङ्गी हुन्छ भनेर स्वीकार गरेको छ। यस्तो अवस्थामा तपाईं पुरुष वा महिला नभएर तेस्रोलिङ्गी हुनुभएन ? मानिसहरू एउटा महिला वा पुरुषलाई किन जबर्जस्ती तेस्रोलिङ्गीको बिल्ला भिराइदिन्छन् भन्ने कुरा मैले बुझ्न सकेकी छैन। म हिजो पनि महिला थिएँ, आज पनि महिला नै हुँ। हो, पुरुषजन्य अङ्गका कारण मेरो नागरिकता पुरुषका रूपमा बन्यो। भिसा पनि त्यहीअनुसार लाग्यो। किनभने म मनले के हुँ त्यो कुरा सोध्ने आवश्यकता सरकारले महसुस गरेन। संसारमा कि त पुरुष हुन्छ, कि महिला। यो तेस्रोलिङ्गी भन्ने कुरा हुँदैन, हुनुहुँदैन। यदि तेस्रोलिङ्गी हुन्छ भनेर स्वीकार गर्ने हो भने सबै स्थानमा तीन किसिमका ट्वाइलेट बनाइदिनुपर्छ, महिलाका लागि, पुरुषका लागि अनी तेस्रोलिङ्गीका लागि। हाम्रो परिवार विश्वका सबैजसो विकसित देशमा पुगेको छ, कहीँ पनि तीन किसिमका ट्वाइलेट कसैले देखेनन्। म पनि अमेरिका, अस्ट्रेलिया र थाइल्यान्ड पुगे, मलाई पनि यस विषयमा चासो थियो, तर पाइन। यो त विदेशबाट डोनेसन खाने कुरा मात्र हो भन्ने लाग्छ। नेपालमा ब्लु डाइमन्ड सोसाइटी भन्ने संस्था छ, जसले तपाईंजस्तो समस्या भोग्नेहरूलाई सहयोग गर्छ, उसकै अगुवाइमा तेस्रोलिङ्गीको अधिकारका सम्बन्धमा संसद्मा छलफल भएर कानुन बन्यो, तपाईं यसलाई अस्वीकार गर्दै हुनुहुन्छ, अचम्म होइन ? मलाई कुनै संस्थाको विरोधमा बोल्नु छैन। म यति मात्र भन्छु संसारमा दुई किसिमका मान्छे हुन्छन्, महिला वा पुरुष। तेस्रोलिङ्गी भन्ने हुँदैनन्। पुरुषको जस्तो अनुहार वा महिला जस्तो अनुहार हुनेबित्तिकै उसलाई तेस्रोलिङ्गी भनेर छुट्याउनु अपराध हो। उसको मानवअधिकारको हनन हो। व्यक्ति झुक्किएर गलत अंग लिएर जन्मन सक्छ। त्यसको उपचार छ। मैले त्यस्तै उपचार गराएर फर्किएकी हुँ। यो ठूलो कुरा होइन। जतिबेला तपाईं पुरुष शरीरमा महिला हुनुहुन्थ्यो, त्यस्तो बेलामा सहयोग गर्ने संस्था वा व्यक्तिको खाँचो भयो होला। त्यसबेला तपाईंले पनि ब्लु डाइमन्ड सोसाइटीजस्ता संस्थामा गएर सल्लाह गर्ने योजना बनाउनु भएको थियो होला होइन ? आफूमा केही समस्या छ र यस्तो समस्या बारेमा सहयोग गर्ने संस्था छ भनेपछि चासो लाग्नु स्वाभाविक हो। मैले पनि ब्लु डाइमन्ड सोसाइटीमा फोन गरेर चासो राखेकी थिएँ, तर मेरो चासो भनेको म महिला हुँ र महिला हुन चाहन्छुभन्दा मलाई तिमी तेस्रोलिङ्गी हौ भनेर कन्भिन्स गर्न खोजियो। जब म मनैदेखि महिला हुँ भने म कसरी तेस्रोलिङ्गी भएँ ? बेसिक कुरा नै नमिलेपछि मैले चासो राख्न छाडिदिएँ। जे होस् तपाईं आफूलाई पहिलेदेखि नै महिला मान्नुहुन्थ्यो ? पहिले मान्दिनथेँ। अरू बालबालिकाजस्तै मलाई पनि महिला के हो र पुरुष के हो ? भन्ने नै थाहा थिएन। सात कक्षा पुगेपछि मलाई लाग्यो, ममाथि केही गडबड भएको छ। मेरो मन र शरीरबीच तारतम्य मिलेको छैन। यो त्यही उमेर हो, जुन उमेरमा आफ्नो संवेदनशील अंगप्रति चासो हुन्छ। जस्तो ? जस्तो मसँग पुरुष अंग थिए। ती स्वस्थ र सबल हुँदै थिए। मेरो नाम प्रतीक थियो। यसले पनि पुरुषकै प्रतिनिधित्व गथ्र्यो तर म त्यो शरीर र त्यो नामप्रति कहिल्यै आकषिर्त हुन सकिनँ। मलाई लाग्थ्यो, पुरुष अंग र पुरुष नाम, जसले मलाई प्रतिनिधित्व गर्छन्, यी दुवै म होइन। तर यद्यपि के हुँ भन्ने कुराचाहिँ मलाई त्यतिबेला थाहा भएन। जब शरीर र मनबीच तारतम्य मिल्दैन, मान्छेमा के-के समस्या आउँदो रहेछ ? मान्छे कन्फ्युज्ड हुँदो रहेछ। म यो होइन भने म के हुँ त ? जस्तो दाजुहरू क्रिकेट खेल्न ब्याड बोकेर जाँदा म आमासँग सपिङ जान मन पराउँथे। यसको अर्थ यो होइन कि मलाई खेलकुद मन पर्दैन। म स्कुलमा राम्रो खेलाडी थिएँ, तर पुरुषको समूहमा पुरुष खेल खेल्दा म आफूसँग प्रश्न सोधिरहेकी हुन्थे, म यहाँ के गरिरहेकी छु ? के म यिनीहरूकै साथी हुँ ? वा अरू कोही मेरा साथी हुन सक्छन्। यहि कन्फ्युजनका कारण मेरा केटा साथी पनि उत्तिकै भए, केटी साथीहरू पनि उत्तिकै। समाजले भन्छ, तँ केटा होस्, केटासँग हिड। मनले भन्छ, तँ केटी होस्, केटी साथी बना। त्यही भएर मेरा केटा र केटी साथी बराबर भए। यसले पढाइमा केही समस्या ल्यायो ? म पढाइमा कहिल्यै कमजोर भइन र छैन पनि, तर घुम्न जाने, खेल्न जाने समयमा चाहिँ म कन्फुज्ड हुन्थे। परिवारले भने मलाई भङ्कु भन्थ्यो, थाहा पाएर वा नपाएर छोरी झैं व्यवहार गर्थ्यो। त्यसमा मलाई रमाइलो पनि लाग्थ्यो। परिवारले छोरीको जस्तो व्यवहार गर्थ्यो, भन्नुको अर्थ ? जसले जे भने पनि नेपाली समाजमा छोरीप्रति गरिने व्यवहार फरक छ। मेरो दाजु साकार राति अबेला घर फर्कंदा उसलाई केही भनिँदैनथ्यो। म अलि ढिला घर आउँदा मलाई किन ढिला, कहाँ गएको थिइन् भनेर प्रश्न गरिन्थ्यो। सामान्य केटा भएको भए रिसाउँथे होला, तर म त्यसलाई मायाका रूपमा लिन्थे। बरु घरमा मलाई जे मन लाग्यो, त्यही गर्न दिँदाचाहिँ पीडा हुन्थ्यो। मलाई माया गर्दैनन् भन्ने लाग्थ्यो। जस्तो किशोर हुँदै जाँदा यौनको चाहना बढ्दै जान्छ, तपाईंलाई पुरुषको जस्तो चाहना हुन्थ्यो कि महिला जस्तो ? यो त गाह्रो कुरा हो। मलाई पुरुषको चाहना कस्तो हुन्छ, कहिल्यै थाहा भएन। साँच्चै भन्ने हो भने मलाई यौनको चाहना नै भएन। मेरा साथीहरू सधैं पढ्नमै तल्लीन हुन्थे। मैले केटा-केटी दुवै थरीका साथीको संगत गरें, तर दुवै थरीका साथी कसैले पनि मसँग यौन वा प्रेमको कुरा गरेनन्। म अरूभन्दा फरक छु भन्ने थाहा पाएर केही नभनेका हुनसक्छन् वा राम्रो सर्कल भएका कारण यस्तो हुन सक्छ। मैले कहिल्यै यौन र प्रेमको विषयमा सोच्नै पाइन्। अहिले आफूलाई पूर्णरूपमा महिलाका रूपमा पाउँदा कस्तो सोच आउँछ ? अब चाहिँ कसैले माया गरोस्, मेरो राम्रो पुरुषसँग विवाह होस्, घरजम होस् भन्ने कल्पना आउन थालेको छ। तर यो दुई चार दिनयताका कुरा हुन्। अप्रेसन गर्न जाँदा जुन किसिमका व्यक्तिहरूसँग मेरो भेट भयो, त्यसले मलाई महिलाले सोच्ने कुरा र मैले सोच्ने कुरा एउटै रहेछ भन्ने थाहा भयो। तपाईंलाई एकैपटक पुरुषबाट महिला बन्न मन लाग्यो कि विस्तारै, किनभने यो त निकै ठूलो निर्णय हो, यसका लागि त ठूलो साहस चाहिन्छ, होइन र ? निकै ठूलो, आममान्छेले यसलाई लहड मान्न सक्छन्। मैले कति ठूलो मानसिक लडाइँ गरें, परिवारले कति बोल्ड डिसिजन गर्‍यो, यसको कल्पना पनि गर्न सकिँदैन। पहिले परिवारलाई म स्त्री हुँ भनेर कन्भिन्स गर्न नै समय लाग्यो। मैले लामो समय शिक्षण अस्पताल महाराजगन्जमा मानसिक उपचार गराएँ। किनभने म महिला हुँ भन्ने भ्रम मात्र पनि हुन सक्थ्यो। करिब एक वर्षपछि चिकित्सकहरूले म अंगका हिसाबले पुरुष भए पनि शरीरमा स्त्री हार्मोन्स भएका कारण मेरो सोच्ने तरिका एवं शारीरिक विकास पनि महिलाजस्तै भैरहेको छ भन्ने ठम्याएँ। चिकित्सकहरूकै कारण मलाई परिवारले स्त्रीका रूपमा स्वीकार गरेको हो। चिकित्सकहरूले मलाई ब्रिलियन्ट युवतीका रूपमा सर्टिफिकेट दिएका छन्। त्यसपछि हामी सबैलाई प्रतीक युवतीमा परिवर्तन हुन सक्छ भन्ने विश्वास भयो। तर अप्रेसन गरेर युवती हुन सकिन्छ भन्ने कुरा कसरी थाहा भयो ? मैले एसएलसी पास गरेपछि नै इन्टरनेटका माध्यमबाट ट्रान्सजेन्डरका विषयमा अध्ययन गर्न थालेकी थिएँ। अरू साथीहरू नेटमा च्याट गर्दा म यो विषयमा सोधखोज गरिरहेकी हुन्थे। इन्टरनेटमा भएका लिट्रेचर पढेर नै मैले म किन कन्फ्युज्ड छु भन्ने थाहा पाएँ। मैले शरीर मात्र पुरुषको लिएर आएकी हुँ भन्ने कुरा थाहा पाएँ। अप्रेसन कहाँ हुन्छ, कति खर्च लाग्छ भनेर थाहा पाएँ। त्यसपछि मात्र मैले परिवारलाई कन्भिन्स गर्न थालेकी हुँ। शिक्षण अस्पतालका चिकित्सकहरूले त मेरो कुरालाई पुष्टि मात्र गरेका हुन्। तपाईं हिजोआजका कुरामा बालकलाकारका रूपमा खेल्दा भुक्क परेको हुनुहुन्थ्यो। अहिले कम्मर छिनेको छ, दारी जुँगा पनि छैनन्, यो कसरी भयो ? एसएलसी पास गरेपछि नै मेरो तौल घटेको हो। कम्मर छिन्दै गयो र महिलाको रूप आयो। मेरो दाजुको १६ वर्षमा जुँगा, दार्‍ही आएका थिए, मेरो आएन। मेरो मनअनुसारको शरीर १६ वर्षपछि मात्र विकसित भयो। पुरुष अंग फ्याँकेर महिला त हुनुभयो, तर वक्षस्थलको विकास कसरी भयो ? शिक्षण अस्पतालमा जब मेरो मानसिक अवस्था युवतीको छ भन्ने थाहा भयो, चिकित्सकको सल्लाहअनुसार मैले महिला हार्मोन वृद्धि गर्ने औषधी खान थालें। जुन मैले नेटबाट थाहा पाइसकेको कुरा थियो। त्यो औषधी एक वर्ष खाँदा वक्षस्थल आजको अवस्थामा आएको हो। भनेपछि जो कोही पुरुष पनि महिला बन्न सक्ने रहेछन्, होइन ? यो गलत हो। पुरुष मानसिकता भएका व्यक्तिले यस्ता औषधी खाएर स्तन बढाउन सक्छन्, तर महिला हुन सक्दैनन्। कुनै पनि चिकित्सकले मानसिक एवं शारीरिक अवस्था चेक नगरी कसैलाई महिला वा पुरुष बनाउँदैनन्। यदि कसैले रहरले यस्तो काम गर्‍यो भने उसले जीवनभरीका लागि आफैलाई क्षति पुर्‍याउँछ। यस्तो रिस्की गेम कसैले खेल्नु हुँदैन। विश्वमा केही व्यक्तिले यस्तो काम गरेर जीवन बर्बाद बनाएका उदाहरण पनि छन्। एउटा पुरुष अंग अप्रेसनपछि कसरी महिला अंग बन्दो रहेछ ? वक्षस्थल बनाउनु त धेरै ठूलो कुरा होइन। यो एक वर्ष औषधी खाएकै भरमा निर्माण हुन्छ, तर तल्लो अंगको जुन कुरा छ, धेरै मानिसलाई मसँग कम्मर मुनी हुने महिला अंग छैन भन्ने भ्रम रहेछ। वास्तविकता त्यो होइन। पुरुष अंगमा अण्डकोष निकालेर बाँकी रहेका सबै संवेदनशील अंगलाई महिला अंगमा परिणत गरिन्छ। कुनै पनि नशा नकाटी इमोसन आउने सबै अंगलाई ती स्थानमा राखिन्छ यसले शारीरिक सम्पर्क गर्दा पूर्णरूपमा आनन्द आओस्। त्यसैले यो निकै ठूलो अनुसन्धानपछि बाहिर आएको अप्रेसन हो। थाइल्यान्डका वरिष्ठ सर्जन डा. सुपोर्न यस्तो अप्रेसन गर्न विश्वमै चर्चित छन्। उनैबाट मैले यी कुरा थाहा पाएकी हुँ। अप्रेसनपछि महिला यौन अंग त बन्यो, तर प्राकृतिक रूपमा महिलाले जुन सन्तान पाउँछन्, त्यसबाट तपाईं वञ्चित हुनुभयो नि, होइन ? अहिलेको जमानामा सन्तान आफैंले जन्माउनुपर्छ भन्ने छैन। कतिपय सक्षम महिलाले पनि सन्तान पाउन नचाहेका उदाहरण हाम्रै समाजमा विद्यमान छन्। यद्यपि मैले सन्तान जन्माउन सक्दिनँ भन्ने पनि होइन। एउटा अप्रेसन गरेर गर्भासय ट्रान्सप्लान्ट गर्ने हो भने म सन्तान पनि जन्माउन सक्छु। टर्कीमा यस्तो अप्रेसन हुन्छ। यदि मसँग विवाह गर्ने व्यक्तिले म तिम्रै गर्भबाट सन्तान जन्माउन चाहन्छु भन्यो भने मैले त्यो पनि गर्नुपर्छ। यत्ति हो, यसमा खर्च पनि अलि धेरै लाग्छ, रिस्क पनि हुन्छ। भनेपछि पुरुषले पनि सन्तान जन्माउन सक्छ ? सक्दैन, मजस्तो पुरुष अंग लिएर जन्मिएका महिलाले चाहे भने विज्ञानको सहयोगले सन्तान जन्माउन सक्छिन्। किनभने सन्तान जन्माउनु भनेको सानो कुरा होइन, यो प्राकृतिक रूपमै गाह्रो कुरा हो। त्यसमाथि ट्रान्सजेन्डरले ठूला-ठूला अप्रेसन गरेर त्यसको भरमा सन्तान जन्माउनु सानो साहस होइन। यदि मलाई कसैले चुनौती दिन्छ भनेचाहिँ म सन्तान जन्माउन सक्षम छु भनेर प्रमाणित गर्न सक्छु। आज पहिलो पटक नेपालीहरूले एउटा पुरुष महिला कसरी हुँदा रहेछन् भन्ने थाहा पाए, तर कतिपय महिलाहरू पुरुष हुन चाहन्छन्, त्यसको पनि उपाय होला नि, होइन ? जसरी म पुरुष भए पनि महिला थिएँ, त्यसैगरी कोही महिला अंगमा पुरुष हुन सक्छन्। उनीहरूले आफूलाई पुरुषकै रूपमा प्रस्तुत हुन साहस गर्नुपर्छ। विदेशमा पनि मैले यस्ता साहसी पुरुषहरू भेटेकी छु तर अंग नै परिवर्तन गर्न भने महिलालाई जस्तो सजिलो छैन। पुरुष अंगलाई सजिलै महिला अंगमा परिणत गर्न सकिन्छ, किनभने त्यसमा अंगकेा सेन्सेसन मर्दैन। महिला अंगलाई पुरुष अंगमा परिणत गर्न भने कृत्रिम लिङ्ग निर्माण गर्नुपर्छ। त्यसैले यो अप्रेसन गरेर बनाएको भन्ने कुरा सजिलै थाहा हुन्छ। महिलाको थाहा पाउन सकिँदैन। फेरि वक्षस्थल अप्रेसन गरेर पुरुष जस्तै सफाचट बनाउनुपर्छ। दारी जुँगा आउने बनाउन पुरुष हार्मोनको औषधी खानुपर्छ। मुख्य समस्या बक्षस्थलको अप्रेसन र कृत्रिम लिङ्गमा आउँछ। यो अलि कडा खालको अप्रेसन हो। १८ वर्षकी हुनुभयो, भावी योजना के छ ? मेरो जीवनको एउटा पाटो सकियो। बल्ल नयाँ जीवन पाएकी छु। स्त्रीका रूपमा नागरिकता र पासपोर्ट बनाएपछि पुराना सबै कुरा बिर्सिएर नयाँ जीवन जीउन चाहन्छु। यसका लागि सरकारसँग मेरो नयाँ परिचय दिन आग्रह गर्छु। मैले र मेरो परिवारले जे सक्थ्यो गर्‍यो, अब पालो सरकारको हो। पुरुष भैसकेकी महिलालाई स्त्रीका रूपमा स्वीकार गर्ने कानुनी प्रावधान छैन। पुरुष महिला हुने बित्तिकै आरक्षणजस्ता कुरा पनि आउँछन्, यसले केही जटिलता उन्पन्न गर्छ भन्ने कुरा आएको छ, के भन्नुहुन्छ ? सरकारले म नेपाली नागरिक होइन भन्नु पर्‍यो। कि म महिला होइन भन्नुपर्‍यो। नत्र मलाई मेरो अधिकार किन नदिने ? म लडेर पनि आफ्नो अधिकार लिन्छु। ढिलो चाँडो मलाई सरकारले नागरिकता दिनै पर्छ। तपाईंले आफ्नो ब्वाइफ्रेन्ड छैन भनेर स्पष्टीकरण दिइसक्नुभयो, तर विवाह त गर्नैपर्छ, यस विषयमा के धारणा छ ? नेपालमा मलाई सबैले चिनिसके। नेपाल जस्तो मुलुकमा म जस्तो युवतीसँग विवाह गर्ने ठूलो छाति भएको व्यक्ति छ भन्ने लाग्दैन। फेरि केटा विवाह गर्न राजी भए पनि उसको परिवार त्यति साहसी नहुन सक्छ। यस्तो अवस्थामा मैले विदेशी युवा नै खोज्नुपर्ने हुनसक्छ। किनभने विदेशमा यसलाई सामान्य मानिन्छ। त्यही भएर ए लेभल पढ्नुभएको हो ? विदेशमै सेटल हुने विचार छ ? म पहिलेदेखि नै नेपाली केटासँग मेरो विवाह हुन सक्छ भन्ने कुरामा विश्वस्त थिइन्। औषधी विज्ञानमा विद्यावारिधि गर्ने र मेरो भावना बुझ्न सक्ने बौद्धिक व्यक्तिसँग विवाह गर्ने योजना छ। भर्खरै नयाँ जीवन पाएकी छु, विवाह गर्ने हतार पनि छैन।

sexsy funny Video


यौन सम्बन्ध राखी काकीको हत्या गरेको आरोपमा पक्राउ




नवलपरासी, कात्तिक १६ - ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गैंडाकोट ७ सित्तलनगरमा कार्तिक ८ गते राति २३ बर्षीय सुरेश कुमालले आफ्नै हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
२८ बर्षीय काकी देवी कुमालसंग यौन सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेपछि सुरेशले हजुरआमाको मुख थुनेर घाँटी च्यापी हत्या गरेको प्रहरीले जनाएको छ ।
हजुरआमा भुईमा ढलेपछि उसले काकी देवी कुमाल चिच्याउन लाग्दा मुख र घाँटी थिचेर दुवै जनाको हत्या गरेको प्रहरी निरिक्षक पाण्डेले बताउनुभयो ।
दशैंको टिकाको दिन काकी र हजुरआमाको हत्या गरेर फरार रहेका सुरेशलाई बिरगंज जाने बसको पछाडि सिटमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सुरेश बैदेशिक रोजगारको क्रममा दुवईमा गएर फर्केको २२ दिन मात्र भएको थियो ।
सुरेशले यसभन्दा अगाडि पनि डर देखाएर काकीसंग यौन सम्बन्ध राख्दै आएको वयान दिएका प्रहरीले जनाएको छ । मृतक देवीका श्रीमान बैदेशिक रोजगारको क्रममा कतार हुनुहुन्थ्यो । देवीको हत्यापछि उहाँ नवलपरासी आउनु भएको छ ।
हत्या आरोपमा ईलाका प्रहरी कार्यालय गैंडाकोटले नवलपरासी जिल्ला अदालतमा कार्तिक १४ गते जघन्य अपराध मुद्दा पेश गरेको छ । हत्यारा ओरोपित कुमालको एक श्रीमती र तीन बर्षीय छोरी छन् ।

झापामा खिचिएको एउटा केटी केटी को सेक्स भिडियो

११ कक्षा पढ्दै गरेकी युवती "पिल्स" चक्कीमा पल्किंदा




"दिदी तपाईं त म्यारडि हुनुहुन्छ, तपाईंलाई अप्ठ्यारो हुन्न, इमर्जेन्सी पिल्स किनेर ल्याइदिनूस् न !" भर्खर ११ पढ्दै गरेकी छिमेकी बहिनीको यो हठात् आग्रह काठमाडौँ, कालीमाटीकी प्रमिलालाई एक क्षण त सपनाजस्तै लाग्यो। भन्छिन्, "मलाई होइन, साथीकी दिदीलाई भनिन्, पछि अलि कड्किएर र केही फकाएर सोधेपछि मात्र ब्वाइफ्रेन्डसँग असुरक्षित यौनसम्पर्क भएको स्विकारिन।" त्यसपछि आइन्दा यस्तो गल्ती नगर्ने सर्तमा इमर्जेन्सी पिल्स (गर्भनिरोधक) किनेर दिइएको प्रमिला सुनाउँछिन्। यस्तै अनुभव छ, एचआईभी/एड्स तथा यौनरोगका क्षेत्रमा क्रियाशील संस्था दृष्टि नेपालकी स्वास्थ्य परामर्शदाता नारायणी विकको। भर्खरै १५ वर्षमा हिँड्दै गरेकी एक किशोरीमा यौनरोगको संक्रमण देखियो। विक भन्छिन्, "ती किशोरीले आफ्नो केटा साथीसँग यौनसम्पर्क राख्दा कन्डमको प्रयोग नगर्ने तर पछि इमर्जेन्सी पिल्स किनेर खाने गरेकी रहिछन्।" बढ्दो खुलापनका कारण नयाँ पुस्ताका किशोरीहरू असुरक्षित हुँदै गएका छन् । लहडमा वा बिनायोजना नै असुरक्षित यौनसम्पर्क राख्ने र सम्भावित गर्भ रहन नदिनका लागि इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स (ईसीपी) खाने प्रवृत्ति किशोरीहरूमा देखिन थालेको छ। यस्तो प्रवृत्तिले उनीहरूमा अन्य शारीरकि समस्याका साथै यौनजन्य रोगको संक्रमणसमेत बढेको विक बताउँछिन्। भन्छिन्, "सजिलो उपायका रूपमा ईसीपीको प्रयोग भइरहेको छ।" हुन त ईसीपी अनिच्छित गर्भाधान रोक्ने भरपर्दो साधन हो। गर्भपतन गर्नुपर्ने अवस्थाको जोखिमलाई सुरुमै न्यूनीकरण गर्न ईसीपी विश्वभर िनै प्रभावकारी मानिन्छ। यौनक्रीडाका बेला कन्डमको प्रयोग नभएमा, कन्डम फुटेमा, महिलाले नियमित सेवन गर्ने गर्भनिरोधक चक्की खान लगातार तीन दिनसम्म छुटेको वा तीनमहिने सुई लगाउन दुई साताभन्दा बढी भएको समयमा यौनसम्पर्क भएमा गर्भ रहन नदिन आपत्कालीन रूपमा इमर्जेन्सी पिल्सको प्रयोग गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । बलात्कारका घटनामा गर्भ रहन नदिनका लागि पनि ईसीपी उत्तम विकल्प हो। तर, सामाजिक खुलापनसँगै देखिएका विकृतिका कारण युवापुस्तामा ईसीपीको दुरुपयोग हुनु र गर्भनिरोधक अन्य पिल्सझैँ प्रयोग गरनिु उचित नभएको विज्ञहरू बताउँछन्। "धेरै खायो भने त चिनी पनि तीतो हुन्छ," प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्की भन्छिन्, "दुरुपयोग भएको अवस्थामा ईसीपीको पनि नकारात्मक असर देखिन सक्छ।" विभिन्न ब्रान्ड र नाममा उपलब्ध ईसीपी ९९ प्रतिशत प्रभावकारी हुने उत्पादकहरूले बताउँदै आएका छन्। अहिले बजारमा नेपाल सीआरएस कम्पनीद्वारा वितरति ई-कोन, सिप्ला कम्पनीको आई-पिल्सलगायतका ईसीपी उपलब्ध छन्। तर, अन्तर्राष्ट्रिय संस्था अमेरकिी सहयोग नियोग यूएसएडको एक प्रतिवेदनलाई आधार मान्ने हो भने ईसीपी सही तरकिाले उपयुक्त समय -७२ घन्टा)भित्र सेवन गर्दा पनि गर्भ रहने सम्भावना १५ देखि २५ प्रतिशतसम्म रहन्छ। उक्त प्रतिवेदनमा एकपटक यौनसम्पर्क हुँदा एक सयमा आठ जनामा गर्भको सम्भावना रहनेमा ईसीपी सेवन गरेको अवस्थामा पनि दुई जनासम्ममा गर्भ रहन सक्ने औँल्याइएको छ। यसैलाई आधार मान्ने हो भने पनि ईसीपीको प्रयोगबाट ढुक्क नै हुन नसकिने विज्ञहरू बताउँछन्। डा कार्की पनि आपत्कालीन अवस्थामा मात्र सेवन गर्नुपर्ने औषधीलाई जथाभावी र नियमित सेवन गर्दा त्यसको प्रभावकारतिामा कमी आउन सक्ने बताउँछिन्। सानो उमेरमा गरनिे वा असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, पाठेघरको क्यान्सर, बाँझोपनलगायतका समस्या देखिन सक्ने कार्कीको भनाइ छ । कुनै पनि औषधीले शरीरमा हर्मोनको मात्रामा असन्तुलन पैदा गर्छ। त्यसको प्रभाव अल्पकालीन वा दीर्घकालीन रूपमा स्वास्थ्यमा देखिन सक्छ। महिलाहरूले नियमित सेवन गर्ने गर्भनिरोधक चक्कीमा जुन हर्मोन हुन्छ, ईसीपीमा पनि त्यही हर्मोन बढी मात्रामा राखिएको हुन्छ। ईसीपीको प्रयोगपछि रंिगटा लाग्ने, वाकवाकी आउने, वान्ता हुने र रक्तस्राव हुने लगायतका समस्या देखिन सक्छन्। डा कार्की भन्छिन्, "नियमित प्रयोगले मानसिक र शारीरकि विकासक्रममा रहेका किशोरीहरूको वृत्तिविकासमा बाधा सिर्जना गर्न सक्छ।" विश्व स्वास्थ्य संगठनले समेत ईसीपी आपत्कालीन अवस्थाका लागि निकै भरपर्दो भए पनि नियमित प्रयोगका लागि उपयुक्त नहुने स्पष्ट तोकेको छ। विकका अनुसार खुलापनसँगै एकभन्दा बढीसँग सम्बन्ध राख्ने प्रवृत्ति बढेकाले संसारमै ठूलो चुनौतीका रूपमा देखापरेको एचआईभी संक्रमण तथा यौनरोगबाट बच्न ईसीपी प्रभावकारी साधन होइन। बिनाकन्डम एकभन्दा बढीसँग असुरक्षित यौन सम्बन्ध राख्ने झन्डै ७५ प्रतिशतमा कुनै न कुनै खालको संक्रमण देखिने गरेको छ। "विज्ञापन हेरेका भरमा ईसीपी खाएपछि ढुक्क भएँ भन्ने ठान्नेमा संक्रमण बढी देखिएको छ," विक भन्छिन्, "उमेर नपुगी सकेसम्म सम्पर्क नराखेकै राम्रो, नभए कन्डमको प्रयोग सबैभन्दा उत्तम विकल्प हो।" ईसीपी खाए भइहाल्छ नि भन्ने मानसिकताका कारण कम उमेरमै यौनजन्य क्रियाकलापमा लाग्न युवापुस्ता प्रोत्साहित हुन थालेकाले सामाजिक रूपमा समेत यसको नकारात्मक असर परेको हो । नेपालमा ईसीपीको बिक्री र यसको मुख्य प्रयोगकर्ताको अनुपातलाई हेर्ने हो भने पनि बिहे नगरेका किशोरीहरू नै प्रमुख प्रयोगकर्ता भएको अनुमान छ। त्यस अनुसार प्रतिवर्ष करबि पाँच लाख प्याकेट ईसीपी खपत हुने गरेको छ। विवाहिता तथा परपिक्व महिलाहरूले ईसीपीको निकै कम प्रयोग गर्छन्।

पुरुषसँग बोल्दा पनि तात्छ महिलाको शरीर




पुरुषसँग भेटेर कुरा मात्रै गर्दा पनि महिलाको अनुहार चम्किलो हुने र शरीरको तापक्रम बढ्ने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । स्कटल्याण्ड सेन्ट एन्ड्रयूज विश्वविद्यालयका शोधकर्ताले पुरुषसँग यौन सम्बन्ध नराखेर पनि महिलाको अनुहारको तापक्रम बढ्ने अनुसन्धानका क्रममा देखिएको छ । अध्ययनका क्रममा महिलाले पुरुषलाई भेटेका बेला अध्ययन टोलीले थर्मल ईमेजिङको प्रयोग गरेका थिए । अध्ययनका क्रममा टोलीले पुरुषसँग भेटेका बेला महिलाको हात, छाती र अनुहारको तापक्रम नापेका थिए ।

बालिका बलात्कार गर्ने भारतीय युवक रङ्गेहात पक्राउ




गोलबजार (सिरहा), कात्तिक १२- सिरहाको सीमावर्ती गाविस इटाटार-९ कमलपुरस्थित खेतमा आज बिहान बालिकालाई बलात्कार गर्ने एक भारतीय युवकलाई सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारका महौलिया ग्रामपञ्चायत-५ बस्ने १९ वर्षीय रामपुजन मण्डल छन्। भारत बिहारका महौलिया ग्रामपञ्चायतकै साह थर भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरिरहेको अवस्थामा मण्डल रङ्गेहात पक्राउ परेको हो। 

इटाटारका सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीले बलात्कार गरिरहेको अवस्थामा मण्डललाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको बताउनुभयो। उनले भने- बालिकालाई नियन्त्रणमा लिएर दुई युवकले सामूहिक बलात्कार गरिरहेका थिए। लखेटेर समात्न खोज्दा एकजना भागे पनि मण्डल पक्राउ पर्‍यो।

बलात्कृत बालिकालाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। सिरहाको इटाटार गाविसको कमलपुरस्थित मिलमा गहुँ पिसानी गरेर घर फर्किने क्रममा बालिकालाई मण्डल र फरार भएका अन्य एक व्यक्तिले बलात्कार गरेको प्रहरीको भनाइ छ।
घटनास्थल सिरहाको इटाटार रभारतकोमहौलियाबीचमा पर्छ। भारतको महौलियामा कुटानी पिसानी गर्ने मिल नभएकाले त्यहाँका नागरिक इटाटार आउने गर्छन्। रासस

आफ्नै श्रीमतिको ब्लु भिडियो बनाएको आरोपमा पक्राउ


,
भारतको उत्तर प्रदेशको इलाहावाद जिल्लामा आफ्नै श्रीमतिको भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटना इलाहावादको कर्नलगञ्ज क्षेत्रमा भएको हो । सो क्षेत्रमा ३० वर्षिय विवेक मिश्राले आफ्नी २८ वर्षिया श्रमितिको ब्लु भिडियो बनाएर इन्टरनेटमा राखेका थिए । मिश्राले इन्टरनेटमा आफ्नी श्रीमतिको मोबाइल नम्बर समेत राखेका थिए । जिल्ला प्रहरी अधिकारी अवधेशकुमारका अनुसार उनकै श्रीमतिको उजुरीमा मिश्रालाई पक्राउ गरिएको हो । इन्टरनेटमा राखिएको फोन नम्बरका कारण धेरैतिरबाट फोन आएपछि घटनाबारे पीडित महिलाले जानकरी पाएकी थिइन्।

इन्टरनेटमा आफ्नो अश्लील ब्लु भिडियो हेरेपछि उनी सिधै प्रहरी कार्यालय पुगेकी थिइन्। पीडित महिलाकाअनुसार ६ वर्षअघि उनीहरुको विवाह भएको थियो। तर गत वर्ष श्रीमानले अर्की युवतीसंग रहेको सम्बन्धका कारण विवाद उत्पन्न भएको थियो। पीडित पक्षको आरोपअनुसार विवेकले लगातार सम्बन्धविच्छेदका लागि दबाव दिइरहेका थिए । सोही क्रममा अश्लील ब्लु भिडियो प्रकरण सार्वजनिक भएको हो । पीडित महिला विगत दुई महिनादेखि माइत बस्दै आएकी छन्। घटनाबारे प्रहरीले छानविन गरिरहेको जनाएको छ। -एजेन्सी

विवाहेतर यौनसम्बन्ध अपराध होइन: राष्ट्रसंघ







राष्ट्रसंघको मानव अधिकार संस्थाले विवाहेत्तर सम्बन्धलाई अपराधको रूपमा दण्ड दिन नहुने बताएको छ । विभिन्न मुलुकमा यस्ता सम्बन्धका लागि जरिवानादेखि मृत्युदण्डसम्म हुने व्यवस्थाले महिलाको अधिकारको विशेष उल्लंघन भएको उसले धारणा राखेको छ । महिलाविरुद्ध भेदभाव गर्ने कानुन हटाउने उपायका विषयमा कार्य गर्ने राष्ट्रसंघको विशेषज्ञहरूको संस्थाका प्रमुख कमला चन्द्रकिरणले अतिरिक्त वैवाहिक सम्बन्धलाई अपराधको रूपमा वर्गीकरण गर्नै नहुने बताइन् । उनले आपसी सहमतिमा यौनसम्बन्ध राखिएको घटनालाई अपराधीकरण गर्ने प्रक्रियाले  गोपनीयताको हनन् हुने बताइन् । उनले विज्ञप्ति मार्फत विवाहेत्तर सम्बन्धका लागि दण्ड, कैद, कोर्रा वा ढुंगाले हानी वा झुन्ड्याएर मृत्युदण्ड दिन नहुने बताइन् । उनले यो सम्बन्धलाई कानुनी रूपमा अपराधीकरण गर्दा विशेषगरी महिला प्रभावित भएको बताइन् । चन्द्रकिरणले यस्तो सम्बन्ध राख्ने पुरुषले भन्दा महिलाले बढी दण्ड पाउने गरेको जानकारी दिएकी छन् । उनले अतिरिक्त सम्बन्धका घटनालाई अपराधीकरण गर्ने र यसका लागि कोर्रा हान्नेदेखि मृत्युदण्ड दिनेसम्मका दण्डका प्रावधान कानुनमा राख्ने मुलुकलाई यस्तो कानुन खारेज गर्न आग्रह गरेकी छन् ।

११ पढ्ने किशोरीको अपहरण गरेर दुई दिनसम्म बलात्कार








११ कक्षामा पढ्ने एक किशोरीलाई दुई युवाले अपहरण गरेर दुईदिनसम्म बलात्कार गरेका छन् । भारतको जलपाइगढीमा बस्ने ती किशोरीलाई विद्यालयबाट घर फर्कँदै गर्दा बाइकमा आएका दुई युवाले अपहरण गरेका थिए । ती दुई युवाले आफूलाई घर फर्कँदै गर्दा जबरजस्ती बाइकमा हालेर लगेको पिडित युवतीले बताइन् । उनीहरुले आफूलाई अन्जान ठाँउमा लगेर दुईदिनसम्म बलात्कार गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन् । बलात्कारपछी ती दुई युवाले किशोरीलाई चोच बेहार अस्पतालको अगाडी छाडिदिएका थिए । पिडित किशोरीलाई अस्पताल अगाडि विक्षिप्त अवस्थामा देखेपछी त्यहाँ वरपरका मानिसले अस्पताल लगेका थिए । यता परिवारले ती दुई युवाविरूद्ध मुद्दा दर्ता गराएका छन् भने स्थानीयहरुले ती युवाहरुलाई कारबाही गरिनुपर्ने माग राख्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका छन् तर प्रहरीले यसबारे अनुसन्धान थालिसकेपनि केही थाहा भने पाउन नसकेको बताएको छ

विश्वभर पोर्नोग्राफीकै पल्लाभारी, प्रत्येक ३९ मिनेटमा एउटा नयाँ ब्लु भिडियो निर्माण








नेपालीहरू सेक्सको बारेमा कुरा गर्न अलिक अप्ठ्यारो महसुस गर्दछन्। तर एउटा तीतो सत्य के हो भने इन्टरनेटको पहुँचमा नभएका नेपालीहरू तास खेलेर फुर्सदको समय कटाउँदछन् भने इन्टरनेटको पहुँचमा भएकाहरू पोर्न साईट हेरेर समय कटाउँछन्। गुगलमा नेपालबाट सबैभन्दा बढी खोजिने शव्दहरूमा सेक्स पनि हो। नेपालजस्तो इन्टरनेटको व्यान्थविथ कम भएको देशमा त इन्टरनेटमा पोर्नोग्राफी हेरिन्छ भने विदेशमा पोर्नको अवस्था के होला। एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ। एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नग्राफी हेरिरहेका हुन्छन्। एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्चइन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन्। प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ।

केटाहरूले ठूलो स्तन भएको केटीहरूलाई किन बढी मन पराउँछन्








युवापुस्तामा पुगेका पुरुषको ध्यान राम्री युवतीलाई हेर्नुमा पनि हुन्छ । पहिले उनीहरू राम्री युवतीलाई हेर्छन् त्यसपछि उनीहरूको अंग हेर्न थाल्छन् । पुरुषमा यस्तो स्वभाव देखिएको हजारौं वर्ष भैसकेको छ । पुरुषले कुनै पनि युवतीलाई आँखा सामुन्ने देखेपछि पहिले गर्धन हुँदै स्तनमा आँखा पुर्‍याउँदै तिघ्रामा दृष्टि फ्याँक्छ । द मेल ब्रेन नामक पुस्तकमा उल्लेख भएअनुसार पुरुषले तिघ्रा हेरेपछि ज्ञानेन्दि्रयतर्फ पनि ध्यान केन्दि्रत गर्छ । पुरुषलाई महिलाको ठूलो स्तन, पातलो कम्मर, सम्म पेट तथा गोलो पुठ्ठा बढी मन पर्छ । यस्तो किसिमको शारीरिक बनावट भएका युवती देखिए कुनै पनि जाति र वर्णका पुरुष आकषिर्त हुन्छन् । महिलाको शारीरिक बनावटले पुरुषलाई पहिलो नजरमै कसरी आकर्षण गर्छ र महिलाको कुन अंगले पुरुषलाई बढी आकषिर्त गर्छ भने विषयमा धेरै अनुसन्धान एवं सर्वेक्षणहरू सम्पन्न भैसकेका छन् । अहिलेसम्म भएका अनुसन्धानमध्ये युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको अनुसन्धानमा के पाइयो भने कुनै पनि पुरुषले एक सेकेन्डको पनि पाँचौं भागमा उसले महिला आकर्षक छ कि छैन भन्ने विषयमा निर्णय गरिसकेको हुन्छ । यो निर्णय गर्ने क्रममा पुरुषका केही ज्ञानेन्दि्रय सक्रिय हुनुका साथै रक्तचापसमेत वृद्धि हुन्छ । युनिभर्सिटिका वैज्ञानिकहरूले पुरुषमा यस्तो किसिमको प्रतिक्रिया किन हुन्छ भनेर थप अनुसन्धान गर्दा यौनका विषयमा पुरुषहरूको मस्तिष्कले महिलाको तुलनामा २ दशमलव ५ गुणा बढी टोस्टेसटोरोन हार्मोन उत्पादन गर्छ । यसरी हार्मोनको बढी उत्पादनले गर्दा यौन आकर्षणको क्षेत्रमा पुरुषको मस्तिष्क महिलाको तुलनामा १० देखि १५ गुणा बढी सक्रिय हुन्छ । यही कारणले पनि पुरुषहरू यौनको क्षेत्रमा महिलाभन्दा बढी सक्रिय हुन्छन् । अझ सर्वेक्षणले के प्रस्ट पारेको छ भने पुरुषले आफ्नो जीवनमा १४ जना फरक महिलासँग यौन सम्पर्क राख्छ भने महिलाले जीवनमा १ वा २ पुरुषसँग मात्र शारीरिक सम्पर्क राखेका हुन्छन् ।

१७ बर्षकी युवतीसंग १३ पटक सेक्स !

१७ बर्षकी युवतीसंग १३ पटक सेक्स !कार्तिक ५, इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरका साथ सेक्स गर्नका लागि पैसा दिएको आरोप अश्विकार गरेका छन् । उनीमाथी मिलानमा मुद्दा चलिरहेको छ । बर्लुस्कोनीका अनुसार उनको घरमा कहिल्यै पनि ‘ सेक्स संग जोडिएको’ कुनै कार्यक्रमको आयोजना नभएको बताएका छन् । उनी यस मुद्दाको सुनवाईमा अचानक पुगेका थिए ।



बर्लुस्कोनीले उनको एक पार्टीमा करीमा अल-महरूग नामकी ती युवती आएको भने स्विकार गरेका छन् साथै उनले ती युवतीको उमेर सोध्दा २४ बर्षको भएको बताएकी थिइन् । अल-महरूगले भने आफुसंग १७ बर्षको उमेरमा पूर्व प्रधानमन्त्री बर्लुस्कोनीले १३ पटक सेक्स गरेका थिए भन्ने आरोप लागएकी छन् । इटलीमा १८ बर्ष भन्दा कम उमेरकी युवतीसंग यौन सम्बन्ध राख्नका लागी पैसा दिन पाइँदैन् ।

बर्लुस्कोनी रूबी नामले चिनिने अल-महरूगका साथ त्यतिबेलासम्म सेक्स गरेका थिए, जब उनी १७ बर्षकी थिइन् । यसका लागी उनलाइ पैसा पनि दिइएको भन्ने आरोप लगाइएको छ । त्यति बेला बर्लुस्कोनी ७० बर्षका थिए ।

उनीमाथि प्रधानमन्त्रीको प्रभावको प्रयोग गर्दै ती युवतीलाइ प्रहरी हिरासतबाट छुटाउनका लागी मद्दत गरेका थिए भन्ने पनि आरोप पनि लागेको छ ।

तर बर्लुस्कोनीले भने उनले कहिल्यै पनि मिलान प्रहरीमाथि कुनै प्रकारको दबाव दिएका छैनन् भनेका छन् ।

मोरक्कोबाट आएकी अल-महरूग चोरीको एक आरोपमा पक्राउ परेकी थिइन् । सेक्स पार्टिहरूसंग जोडिएको यस मुद्दामा बर्लुस्कोनीले ती ७८ जना साक्षीहरूको सूची पेश गरेका छन्, जसमा उनले रियाल म्याड्रिडका फ़ुटबलर क्रिस्टियानो रोनाल्डो र हलीउड स्टार जर्ज क्लूनी पनि समाबेस छन्र । यी सबै बर्लुस्कोनीको एक पार्टीमा पाहुना भैसकेका छन् । उनले यी सबै जनाका लागी आफुले डिनरको आयोजना गरेका थिए । जसमा सबैजनाले साथमा बसेर खाना खाएका थिए ।