बिजुली रेलले जोडिँदै सिमरा

जनकपुर- अब नेपालीले विद्युतीय रेल चढ्न बिदेसिनुपर्दैन। राणाकालदेखि नै सञ्चालनमा आएको छिमेकी भारतको जयनगरबाट जनकपुरसम्म गुड्ने रेलको कछुवा–चालमा अलमिलनु पनि पर्दैन।
प्रतिघन्टा १६० किमि गतिमा हुइँकिने बिजुली रेल केही वर्षमै तराईका विभिन्न जिल्लामा छुक्छुकाउनेछ। नेपालकै पहिलो विद्युतीय रेलवे सेवा 'बर्दिबास–सिमरा १०८ किमि' खण्ड निर्माण आइतबार शिलान्यास हुँदैछ। यसमा जयनगर–जनकपुर–महोत्तरी रुट जोडेर लिगको लम्बाइ १६७ किमि बनाउने काम दुई खण्डबाट यसअघि नै सुरु भइसकेको छ।
बर्दिबास¬–सिमरा विद्युतीय रेलमार्ग निर्माण आइतबार सर्लाही रानीगन्जमा एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले औपचारिक शिलान्यास गर्दैछन्।
नेपाल रेलवे विभागका अनुसार यससँगै नेपालमा विद्युतीय रेलवेको भौतिक निर्माण सुरु हुनेछ। त्यसका लागि विभागका सुपरिटेन्डेन्ट इन्जिनियर राजेश्वरमान सिंह र सिनियर डिभिजनल इन्जिनियर टेकराज बोहरालगायतको टोली शनिबारै बर्दिबास आइसकेको छ।
सम्बन्धित निर्वाचन क्षेत्रका सभासद, राजनीतिक दलका नेता–कार्यकर्ता तथा नागरिक समाजका अगुवा नेपालकै पहिलो विद्युतीय रेलवे निर्माण सेवा शिलान्यासमा उत्साहपूर्वक सहभागी हुने स्थानीय कृष्ण खनालले जानकारी दिए। उनका अनुसार तराईका विभिन्न जिल्ला जोड्ने यो सेवा सञ्चालनमा आएपछि उक्त क्षेत्रका बासिन्दालाई छिटो र सुलभ यातायात सुविधा मात्र प्राप्त हुनेछैन, विकास निर्माणले समेत फड्को मार्नेछ।
महोत्तरीको बर्दिबासबाट बाराको सिमरासम्म (१०८ किमि) विद्युतीय रेलवे निर्माण ६ वर्षभित्र पूरा गरिसक्ने लक्ष्य विभागले लिएको सुपरिटेन्डेन्ट इन्जिनियर सिंहले जानकारी दिए।
उनका अनुसार निर्माण तीन चरणमा विभाजन गरी काम अघि बढाइनेछ। आइतबारदेखि सुरु हुन लागेको पहिलो चरणमा सर्लाही फुलजोरबाट पश्चिम सवा पाँच किलोमिटरसम्म माटो पुर्ने र कल्भर्ट तथा पुल बनाउने काम हुनेछ। यो काम ३० करोडमा ठेक्का दिइएको सिंहले बताए।
'माटो पुर्ने र कल्भर्ट बनाउने कामका लागि तीनवटा नेपाली निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का पाएका छन्,' उनले भने। रेलवे निर्माणमा सबै खर्च नेपाल सरकार आफैंले बेहोर्ने सिंहले जनाए।
पूरै योजना सम्पन्न गर्न ४ अर्बभन्दा बढी लाग्ने अनुमान डिभिजनल इन्जिनियर बोहराको छ। 'यो विद्युतीय रेल हो, मेटेरियल, निर्माण कार्य सबै महँगो पर्छ,’ बोहराले नागरिकसँग भने, 'पूरै काम सकेर रेलसेवा चालु गर्न प्रतिकिमि ४० करोड हाराहारी लागत पर्ने देखिन्छ।’
राणाकालदेखि नै महोत्तरीको बिजलपुरादेखि भारतको जयनगरसम्म सञ्चालित 'न्यारोगेज' रेलवे स्तरोन्नति गरी बर्दिबाससम्म पुर्यादउने काम सुरु भइसकेको छ। ब्रोडगेजमा बनिरहेको जयनगर–जनकपुर–बर्दिबास रेलवेको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको बोहराले बताए।
दुवै काम पूरा भएपछि भारतको जयनगर जनकपुर, महोत्तरी, सर्लाही, रौतहट हुँदै बाराको सिमरासम्म १ सय ६७ किमि रेलमार्ग सुरु हुनेछ।
जनकपुर–जयनगर रेलसेवा सुरुमा महोत्तरीको बिजुलपुरासम्म सञ्चालित थियो। बगहीखोलाको पुल भत्किँदा सेवा जनकपुरमै सीमित भएको थियो। अहिले दुवैतिरबाट रेलवे निर्माण थालिएको स्थानीय खनालले जानकारी दिए।

जर्मनमा वम पडकियो

bom-germanyजर्मनको लेइपेजमा वम पडकिएको छ । दोस्रो विश्व युद्धको वेला अमेरिकन हवाई सेनाले खसालेको त्यो वम स्थानिय रेल स्टेसन मा वुधवार भेटेका थियो । वम डिस्पोजल अधिकारीहरुले विहिवार विहान सो वम विस्फोट गराएको थियो । यस अधि सो क्षेत्र वरपर करिव ५०० मिटर वरपर क्षेत्र खाली गराइएको थियो । कयौ रेल सेवा रद्ध गरिएको थियो । सवै प्लान अनुसार सफल भएको स्थानिय प्रहरी अधिकारीले जनाएका छन ।

वम ७५ किलोको रहेको समाचारमा जनाइएको छ ।

यसरी सफाई दिइयो मिटरराजा सिंहलाई


एसएसपी रमेश खरेलले मिटरब्याजमा लगानी गर्ने नाममा अपहरण, असुली र जर्वजस्ती लुटपाट गर्ने अभियोगमा पक्राउ गरि मुद्दा चलाइएका महेशबहादुर सिंहलाई रातारात सफाई दिइएको छ । सर्वसाधारणको मुद्दा फैसला गर्न दुई बर्ष लाग्ने अदालतमा सिंहका चार अपहरण र  जर्बजस्ती चोरी मुद्दा दुई महिनामै फैसला गरि सफाई दिएपछि न्यायालयको निश्पक्षतामाथि नै प्रश्नचिन्ह खडा भएको छ । सिंहविरुद्ध हातहतियार र बन्यजन्तु मुद्दा पनि छन् ।
काठमाडौं । कानूनले बर्जित ब्याजमा रकम लगानी गर्ने तथा हतियारको आडमा विभिन्न ब्यापारीलाई अपहरण गरेको अभियोगमा थुनामा रहेका महेशबहादुर सिंह सोमबार थुना मुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेशकुमार काफ्लेले आईतवार रातको ९ बजेसम्म बसेर सिंह बिरुद्धको अभियोगमा सफाई दिने फैसला गरेपछि उनी सोमवार थुना मुक्त भएका हुन् ।
तर, अदालती प्रक्रिया नै नपुर्‍याई मुद्दा फैसला गरेकोप्रति जाहेरीवालाले भने न्यायालयमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । जिल्ला न्यायाधिवक्ता कृष्णजंग शाहले साक्षी प्रमाण बुझ्न बाँकी हुँदाहुँदै मुद्दा फैसला भएको बताए । शाहले भने,‘फैसला तयार भएपछि पुनरावेदन गछौं ।’ बकपत्र सकिएको एक सातामै चढाएको पेश्कीमा विना रोकावट नै आईतवार राती ९ बजे न्यायाधीश काफ्लेले सिंहलाई सफाई दिने फैसला गरेका हुन् । सामान्यतया अदालतमा एक महिनाको अवधिमा मात्र पेश्की तोक्ने गरिन्छ । अदालतमा प्राय पहिलो पेश्कीमा मुुद्दाको पालो आउन गाह्रो हुने गर्छ । ४ बजेपछि अदालतमा हेर्न नभ्याईने भन्दै पेश्की हटाउने गरिन्छ ।
तर सिंहको मुद्दा भने ४ बजेबाट बहस सुरु भई रातको ९ बजे फैसला तयार गरिएको थियो । ललितपुरका ब्यापारी प्रकाशचन्द्र बस्नेतलाई अपहरण गरेको मुद्दा महानगरीय प्रहरी परिसरमा परेपछि सिंह फागुण २३ गते पक्राउ परेका थिए । प्रहरीले सिंहलाई पक्राउ गरि अनुसन्धान शुरु गरेपछि उनीबिरुद्ध थप ४ वटा अपहरण र जर्वजस्ती लुटपाटको जाहेरी परेको थियो । प्रहरीको अनुसन्धानपछि थुनछेक आदेश गर्दै सिंहलाई जिल्ला अदालत काठमाडौंले गत महिना पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । थुनामा राख्ने आदेश दिएपछि सिंह डिल्लीबजार सदरखोर कारागार बस्दै आएका थिए । सिंहले  अपहरण गरेको ठहर गर्दै सरकारी वकिल कार्यालयले ७ देखि १५ बर्षको कैद सजायको माग दाबी गर्दै जिल्ला अदालतमा अभियोग पेश गरेको थियो । अपहरण मुद्दामा सिंहलाई थुनामा राख्ने आदेश भएपनि चोरीको मुद्दामा भने सिंहलाई १० लाख धरौटी माग भएको थियो । सिंह गत फागुन २३ गते कलंकीबाट पक्राउ परेका थिए । सिंह पक्राउ परे लगत्तै प्रहरीले उनको घरमा छापा मारी हातहतियार तथा संरक्षित वन्यजन्तुका विभिन्न अंग बरामद गरेको थियो । हातहतियार र बन्यजन्तु मुद्दामा पनि सिंहले आर्थिक चलखेल गरेका कारण उन्मुक्ति पाउने स्रोतको दावी छ । पीडितका अनुसार सिंहले मिटरब्याजमा रकम लगानी गरि १ सय २० प्रतिशतसम्म व्याज असुल्दै आएका थिए । यसरी दिएको रकम उठाउन सिंहले धाकधम्की दिनेदेखि अपहरणसम्म गर्ने गरेका थिए । सिंह बिरुद्ध घरजग्गा ब्यवसायी सुधीर बस्नेतका बुबा शुसिल बस्नेत, पश्मिना ब्यापारी राजाराम बानियाँ र रईश थापा समेतले प्रहरीमा थप उजुरी
दिएका थिए । प्रहरीको अनुसन्धानमा सिंहले सयौं ब्यक्तिलाई घर न घाटको बनाएको खुलासा भएको थियो । प्रहरीले  सिंहको घरबाट बरामद गरेको ६ वटा हतियार मध्ये ५ वटा अवैध भएको अनुसन्धानमा खुुलेपछि सिंह बिरुद्ध प्रहरीले हातहतियार तथा खरखजनाको मुद्दा चलाएको थियो । उक्त मुद्दामा सिंहकी श्रीमती जयाश्रीलाई समेत प्रतिवादी कायम गरिएको छ । उनी प्रहरीको पक्राउ सूचीमा छिन् । समय नपुग्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले ५ वटा हतियार दिनु र सिंहले राख्नु गैरकानुनी भएको प्रहरीको ठहर थियो । ०४९ चैत १५ मा पत्नी जयाश्रीका नाममा ललितपुर जिल्ला प्रशासनबाट अनुमति लिएको हतियार मात्र वैध रहेको प्रहरीको दाबी छ । अवैध हतियारको आडमा सिंहले दर्जनौं व्यक्तिलाई अपहरण गर्दै मोटो रकम असुल्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सिंहलाई हातहतियार, अपहरण तथा शरीर बन्धक, वन्यजन्तु संरक्षण ऐन, जबर्जस्ती चोरीको अभियोग लागेको थियो । सिंहले फरक–फरक मितिमा प्रकाशचन्द्र बस्नेत बाहेक अन्य तीन जनालाई अपहरण गरेको जाहेरी प्रहरीमा परेको थियो । सिंहको समुहले गत फागुन ९ मा नक्सालका राजाराम बानियाँलाई टेकुबाट अपहरण प्रयास गरेका थिए भने बानियाँको प्रतिकार र स्थानीयवासीका कारण अपहरण हुनबाट बचेको भन्दै उजुरी हालेका थिए । तर बानियाँले अदालतमा बकपत्र गर्दा आफुलाई अपहरण नगरेको बयान दिएपछि मुद्दा सिंहको पक्षमा बलियो भएको थियो । स्रोतका अनुसार सिंहले बानियाँबाट असुल्न बाँकी अवैध ५ करोड रकम नलिने सर्तमा उनले बयान फेरेका थिए ।
यस्तै, फागुन १८ मा ललितपुरका प्रकाशचन्द्र बस्नेतलाई दरबारमार्गबाट जबर्जस्ती चोभार पुर्‍याएर खाली कागजमा हस्ताक्षर गराएर बल्खु ल्याई छाडेपछि बस्नेतले प्रहरी जाहेरी दर्ता गराएका थिए । बस्नेतलाई अपहरण गरेको ठहर गर्दै सरकारी वकिल कार्यालयले ७ देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवाना माग गरि अदालतमा अभियोग पेश गरेको थियो । त्यसैगरी, फागुन १७ मा शंखमूलका सुशील बस्नेतलाई अपहरण गरि वागमती नदी किनारमा पुर्‍याएर विभिन्न बैंकका चेक जबर्जस्ती लगेपछि बस्नेतले पनि प्रहरीमा जाहेरी दिएका थिए । सिंहले ठाकुरप्रताप थापाको गाडी र चेक जबर्जस्ती लगेपछि सिंह बिरुद्ध चोरीको समेत जाहेरी परेको थियो । तर, ठाकुरप्रताप थापाले समेत सिंहको पक्षमा अदालतमा बकपत्र दिएपछि सिंहको मुद्दा थप बलियो बनेको थियो । चर्को ब्याज तिर्न नसकेपछि थापाले करिव ३० करोड पर्ने दुई वटा महल नै सिंहलाई पास गरिदिएका थिए । थापाले समेत सिंहसँग मिलेमतो गरि बयान फेरेका हुन् । अपहरणमा परेका पीडित मध्येका प्रकाशचन्द्र र शुसील बस्नेतले मात्र बकपत्रमा जाहेरी अनुसारको साविक बयान दिएका थिए । अदालत स्रोतका अनुसार न्यायालयलाई आफ्नो पक्षमा पार्न सिंहले ५ करोड खर्चेका थिए । 

KOI CHHA KI MARDA KETO MALAI JHAI JHAI PARI LANI HD NEW SUPPER HIT LOOK ...

Thumbnail

यसरी घट्दैछ तपाईको बैंकमा राखेको पैसा

२० जेठ काठमाडौं । तपाई आफूले कमाएको रकम बैंकमा जम्मा गरी धनी हुने साेंचमा हुनुहुन्छ भने होसियार । बैंकमा पैसा राखेर तपाई धनी होइन झन गरिब भईरहनु भएको छ । सामान्यतयाः बैंकमा पैसा राख्दा बढ्नु पर्ने हो । तपाईले बैंकमा पैसा राख्ने पनि बढाउनकै लागि हो । तर, निक्षेपको व्याजदर र मुल्यवृद्धि दरबीचको चुलिदो अन्तरका कारण तपाईले बैंकमा राखेको पैसा खिईदै गएको छ । तपाईले २०७० बैशाखमा बैंकमा एक लाख रुपैयाँ निक्षेप राख्नुभएको थियो भने अहिले सो रकमको ‘रियल मनी भ्यालू’ घटेर ९४ हजार ९० रुपैयाँ भएको छ ।

तपाईको खातामा रकम बढेर एक लाख ४ हजार ३ सय रुपैयाँ भएको देखिए पनि मुल्यवृद्धिका कारण त्यसको ‘रियल मनी भ्यालू’ पाँच हजार १० रुपैयाँले घटेको हो । तर, बैशाख महिनामा तपाईको खर्च एक लाख रुपैयाँ हुन्थ्यो भने अहिले एक लाख ९ हजार ४० रुपैयाँ खर्च हुन्छ । बैंकहरुले निक्षेपमा दिने व्याजदर आम्दानी हो र मुल्यवृद्धि खर्च । बैंकले दिने व्याजदरभन्दा मुल्यवृद्धि ५.१ प्रतिशतले बढी भएकाले एक वर्षको अवधिमा तपाईले बैंकमा जम्ममा गरेको रकम पाँच प्रतिशतले खिइएको हो । तर, तपाईलाई यो अर्थशास्त्रीय सिद्धान्तको जानकारी नभएर बैंकमा राखेको रकम खिइएको पत्तो नभएको भने हुन सक्छ । निक्षेपको व्याजदर र मुल्यवृद्धि दर यही विन्दुमा अघि बढ्यो भने आगामी २० वर्षमा तपाईले अहिले राखेको एक लाख रुपैयाँ खिइएर समाप्त हुने छ ।

यसको मतलब अहिले एक हजार रुपैयाँमा आउने वस्तु १८ वर्षपछि अहिले बैंकमा जम्मा गरेको एक लाख रुपैयाँ र त्यसबाट आउने व्याज जोेडेर किन्छु भन्नुभयो भने पनि आउँदैन । नेपाल राष्ट्र बैंकका अनुसार २०७० बैशाखमा मुल्यवृद्धि ८.७ प्रतिशत र निक्षेपको व्याजदर ५.३६ प्रतिशत थियो । ०७० को चैतमा मुल्यवृद्धि बढेर ९.४ प्रतिशत पुगेको छ तर, निक्षेपको व्याजदर घटेर ४.३० प्रतिशतमा झरेको छ । बैशखमा ३.३४ प्रतिशत रहेको मुल्यवृद्धि र व्याजदरबीचको अन्तर चैतमा बढेर ५.१ प्रतिशत पुगेको छ । यो वर्ष सरकारले मुल्यवृद्धि दर ८ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ । आम्दानीभन्दा खर्च बढी भयो भने ऋण थपिदै जान्छ, परिणम त करोडपतिबाट रोडपति भइन्छ । मूल्यवृद्धि र व्याजदरबीच सन्तुलन कायम गर्न नसके बैंकमा निक्षेप राख्नेहरु दिनानुदिन गरिब बन्दै जानेछन् । २०७० सालमा निक्षेपको ब्याजदर र मूल्यवृद्धिको अबस्था( प्रतिशतमा)   

वामदेवको डोरी : राजुप्रसादको फन्दा


                                                                                                    उमेश चौहान
२० वर्षे जापानी युवती मिनामी मिनेगिसी जीवनको सबैभन्दा ठूलो सपना साकार हुने दिनको पर्खाइमा थिइन् । जापानको सबैभन्दा प्रतिष्ठित सांगीतिक समूह एकेबी ४८ ले अघिल्लो वर्ष अमेरिकाको न्युयोर्कमा स्टेज शोको तयारी गरिरहेको थियो । जापान मात्र होइन चीन, कोरिया र ताइवानमा अतुलनीय लोकप्रियता कमाएको यो समूहको प्रस्तुति अमेरिकी टेलिभिजनबाट संसारभर प्रत्यक्ष प्रसारण हँुदै छ भन्ने जानकारीले मिनेगिसी र उनका साथीहरू उत्साही र रोमाञ्चित थिए । अमेरिका उड्ने दिन आउँदै थियो । तर, त्यसअघि आयो मिनेगिसीको तस्बिर जापानका पत्रिका बुनसुनमा । टाउकोमा टेनिस क्याप र अनुहारमा सर्जिकल मास्क लगाएकी उनको तस्बिरको क्याप्सनमा लेखिएको थियो, ‘एकेबी ४८ की सदस्य ब्वायफ्रेन्डको अपार्टमेन्टबाट निस्कँदै ।’

एकेबी ४८ ले जापान र छिमेकमा म्युजिकल सेन्सेसन मात्र मच्चाएको होइन, संस्कार र अनुशासनमा पनि असाधारण नाम कमाएको थियो । समूहले भन्दै आएको थियो, ‘हाम्रो समूहका कुनै पनि युवती डेटिङमा जाने छैनन्, युवालाई संस्कार र सभ्यता सिकाउनु हाम्रो मूलमन्त्र हो ।’ त्यसैले अभिभावक पनि आफ्ना छोराछोरीलाई भन्थे, ‘एकेबी ४८ का गीत सुन, उनीहरूको स्टेज शो हेर्न जाऊ ।’ त्यसैले एकेबी ४८ जापानी समाजमा सांगीतिक मात्र होइन, सांस्कृतिक आदर्श बनेको थियो, तर त्यही आदर्श समूहकी एक सदस्य ब्वायफ्रेन्डका घरमा रात बिताएर बिहानै अनुहार छोपेर निस्कँदै गरेको तस्बिरले जापानी समाज मर्माहत भयो । पत्रिकामा छापिएको घन्टाभरमै मिनेगिसीको तस्बिर इन्टरनेटमा भाइरल बन्यो । हजार होइन, लाखौँ जापानीले मिनेगिसीलाई दुत्कारे, तिम्रो जीवन धिक्कार छ भनेर थुके ।

लाखौँ प्रशंसकले बहिष्कार गर्ने चेतावनी दिएपछि एकेबीले ४८ ले असभ्यतासँग सम्झौता नगर्ने भन्दै मिनेगिसीलाई समूहबाट निष्कासन गरेको घोषणा गर्‍यो । समूहबाट निष्कासित, प्रशंसकबाट बहिष्कृत र सिंगो समाजबाट तिरस्कृत युवतीले केही दिनमा आफ्नो भिडियो सार्वजनिक गरिन् । प्रायश्चितमा कपाल मुडाएकी मिनेगिसी आँखाभरि आँसु पारेर, अवरुद्ध गलामा भन्दै थिइन्, ‘मैले तपाईंहरूको यति ठूलो सद्भाव र विश्वासलाई एउटा केटासाथीको बेडरुमको बन्दी बनाएँ, मैले तपाईंहरूको शिर झुकाएँ, लाखौँको शिर झुकाउने मेरो शिरमा कपाल सुहाउँदैन, त्यसैले मैले आफैँ मुडाएँ । म योभन्दा ठूलो सजायको भागिदार थिएँ होला, तर मैले यति मात्र गर्न सकेँ, सक्नुभयो भने माफ गर्नुहोला ।’ उनको फोटो जसरी फैलिएको थियो, त्योभन्दा तीव्र गतिमा उनको भिडियो इन्टरनेटमा फैलियो । जापानी टेलिभिजन एनएचके, कोरियाली टेलिभिजन एरिर्‍याङ र चाइनिज टेलिभिजन सिसिटिभी ९ ले मात्र होइन, अमेरिकी टेलिभिजन सिएएनले समेत उनको भिडियो प्रसारण गरे ।

एउटी २० वर्षे युवती जो आफ्ना लामो कपाल लहराउँदै गीत गाएर संसारभरका टेलिभिजनमा आउन चाहन्थिन् । उनी टेलिभिजनमा त आइन् तर कपाल मुडिएको, मन कुडिएको र आँसु बगिरहेको अवस्थामा । संसार आश्चर्यचकित भयो, जापानी समाज ऐठनमा पर्‍यो । ती जापानी जसले समाजकी भँडुवा भनेर मिनेगिसीलाई दुत्कारेका थिए, उनीहरू भुल स्विकार्ने र आफैँलाई दण्डित गर्ने युवतीको महानता देखेर स्तब्ध भए । लगत्तै लाखौँ ट्विटको बाढी आयो जसमा भनिएको थियो, ‘मिनेगिसी तिमी महान् छौ, हामी आफूले गरेका हजारौँ भूललाई बिर्सिएर एउटा भूलका लागि तिमीलाई प्रताडीत गर्‍यौँ, तिमीले त्यो पनि स्विकार्‍यौ । तिमी महान् छौँ मिनेगिसी, तिमी अब हाम्रो जीवनको सबैभन्दा ठूलो आदर्श हौ ।’

इन्टरनेट र सोसल मिडियाले व्यापक बनाएका यो घटना संसारका लागि एउटा असाधारण उदाहरण हो । एउटी २० वर्षे युवतीले आफ्नो गल्ती स्विकारेर समाजप्रति सम्मान दर्शाउने कोसिस गरिन् । यता ६६ वर्षीय गृहमन्त्री आफ्नो गल्तीमाथि औँला उठाउनेलाई तर्साएर तह लगाउने कोसिसमा छन् । २० वर्षकी युवती केटा साथीको अपार्टमेन्टमा गएर संसारमा कसैले नगरेको अपराध गरेकी होइनन् । तर, समाजले मबाट अनुशासन र सभ्यता अपेक्षा गर्छ भन्ने उनले बुझिन्, सर्मिन्दा भएर क्षमा मागिन् । गृहमन्त्री वामदेव गौतमले जनताले आफूबाट कस्तो संस्कार र सभ्यता अपेक्षा गर्छन् भन्ने बुझ्न कोसिस गरेका छैनन् । त्यसैले उनी लाठो लगाएर तर्साउने, धपाउने र चुप लगाउने बाटो रोजेका छन् । यो सत्ताको अहंकारभन्दा अरू केही होइन ।

डोरी नाघेर बाटो काट्ने वामदेव गौतम नेपालका एक मात्र अजुवा प्राणी होइनन् । तर, उनी यो देशका सर्वसाधारण नागरिक पनि होइनन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री हुन् । उनी समाजका अगुवा र कानुनका रक्षकका रूपमा अपेक्षित छन् । त्यसैले जब उनी दौरा–सुरुवाल लगाएर, सुरक्षाकर्मी पछि लगाएर सडकमा डोरी नाघ्छन्, जनता स्तब्ध हुन्छन् । आफ्नो अगुवाले नियम, कानुनको खिल्ली उडाइरहेको देखेर जनता आहत हुन्छन्, त्यो दु:ख, वेदना र आक्रोश आफूले भेटेको फोरममा पोख्छन् । किनकि सर्वसाधारणलाई लाग्छ– वामदेवले सडकका व्यापारी धपाएको पनि सडक व्यवस्थित गर्नकै लागि हो, आफैँ देउडा नाच्न होइन ।

आक्रोश पोख्ने अश्लील र हिंस्रक शैलीलाई कुनै पनि सभ्य समाजले ताली बजाएर स्वागत गर्न सक्दैन । अझ त्यसमा पनि सरकारी अधिकारी राजुप्रसाद साहले देशका गृहमन्त्रीप्रति आक्रोश पोख्न जुन शब्द चयन गरे, त्यो सतत आपत्तिजनक छ । उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ भन्नेमा विवेकशील समाजले असहमति राख्नै सक्दैन । तर, सडकको डोरी नाघ्न खुट्टा उठाउने उनै वामदेवले राजुप्रसादमाथि कुन नैतिकताका आधारमा कानुनको डन्डा उठाउन सके ? आफैँ लाखौँ जनताको प्रश्नको कठघराभित्र मौन बसेर एउटा कर्मचारीलाई पाता कसेर वीरगन्जबाट रातारात काठमाडौं ल्याउने बल उनलाई कहाँबाट मिल्यो ? आफूले डोरी नाघेकोमा किञ्चित पनि प्रायश्चित नगरी त्यही डोरीले आफ्ना कर्मचारीको घाँटीमा फन्दा लगाउन उनले कसरी सके ? वामदेवसँग पनि नैतिकताको प्रश्न गर्ने भनेर उनी खुलेआम सोध्छन् भने फरक कुरा हो । होइन भने आफ्नो विषयमा मौन बसेर कर्मचारी र सर्वसाधारणमाथि कानुनको तरबार उठाउने हिम्मत उनले नगर्नुपर्ने हो । तर, दुर्भाग्य, वामदेव आफूमाथि उठेका लाखौँ प्रश्नलाई सम्बोधन गर्न चाहँदैनन्, बरु निमोठ्न चाहन्छन् । किनभने वामदेव यतिखेर सिंहदरबारमा छन्, सिंहदरबारको अहंकारले वामदेवको तस्बिर उतार्ने, छाप्ने, सेयर गर्ने र प्रतिक्रिया पोख्ने सबै सबैलाई अराष्ट्रिय देख्छ, तिनीहरूलाई कानुनको दायरामा ल्याउनु नै राज्यको सबैभन्दा ठूलो चुनौती मान्छ ।

सिंहदरबारको दृष्टिदोषले भ्रम भएको हुन सक्छ । तर, जनताले के देखेका छन् भने, ‘वामदेव यो देशको एक नम्बर भ्रष्टाचारी हो’ भनेर टुँडिखेलबाट सार्वजनिक घोषणा गर्ने प्रदीप नेपाल गृहमन्त्री वामदेवको राजनीतिक सल्लाहकारका रूपमा सम्मानित भएका छन् । प्रदीप नेपाल एमाले मात्रै होइनन्, नेता पनि हुन् । त्यसैले उनलाई वामदेवले सिंहदरबारको आफ्नै कार्यकक्षमा रातो कार्पेट ओछ्याएका छन् । त्यस्तै राजुप्रसाद साहका बाबु गेनलालप्रसाद साह पनि एमाले नै हुन्, तर नेता होइनन् । त्यसैले सूर्य चिह्नमा छाप लगाएका हात जोडेर थरथर काम्दै माफी देऊ भनेर याचना गर्दा पनि उनी आफ्नै पार्टी मुख्यालयमा तिरस्कृत हुन्छन् । नैतिक संकटले घेरिएको यो संवेदनशील वेलामा वामदेव आफैँले सोच्नुपर्ने हो, आलोचना गर्नेलाई बहिष्कार गर्ने र याचना गर्नेलाई तिरस्कार गर्ने हो भने सिंहदरबारको उन्माद प्रत्युत्पादक हुनेछ । यसै पनि दुनियाँलाई शंका छ– बालुवाटारमा घस्रिने प्रधानमन्त्री र रत्नपार्कमा उफ्रिने उपप्रधानमन्त्रीको सरकार गतिमा जाला कि दुर्गतिमा ? सौजन्य: नयाँ पत्रिका