कोरला नाका खोल्न धौलागिरि अञ्चलबासी एकजुट

12193632_903972153021634_8996491169752428342_n (1)एक दशकदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न धौलागिरि अञ्चलका सरोकारवाला निकाय एकजुट भएका छन् । मुस्ताङको छोसेर गाविस र चिनको तिब्वतसंग नाका जोडिएको कोरलालाई नियमित सञ्चालनमा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठको अगुवाईमा शनिबार दिउँसो हुने अञ्चलस्तरीय भेलाबाट नाकालाई आवश्यक प्रक्रिया पुरा गरेर खोल्ने विषयमा नेपाल सरकारमार्फत चिनियाँ दुतावालाई अनुरोध गर्ने गरी छलफल हुन लागेको छ । कार्यक्रममा मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङका राजनीतिक दल,प्रमुख जिल्ला अधिकारी, निजी क्षेत्र लगाएत सरोकारवाला निकायको सहभागिता रहने छ ।मुस्ताङको नाका खोल्न नेपाल सरकारले चासो देखाएपनि चिनियाँ पक्षबाट सकारात्मक संकेत आएको छैन । चिनर्संग सिमा जोडिएका नाकामध्ये सबैभन्दा सहज आवातजावन गर्ने मिल्ने भएकाले पनि कोरला नाकाप्रति निजी क्षेत्रको ध्यान गएको हो ।
उपल्लो मुस्ताङमा तिब्वतबाटै सबै सामान आयात हुने गर्दछ । नाका खुलेमा मुस्ताङको भूभाग सहित धौलागिरि अञ्चलका अन्य जिल्लाले समेत प्रत्यक्ष लाभ लिनेछन् । भारतले दक्षिणका सिमा नाकाहरुमा गरेको अघोषित नाकाबन्दीका कारण देशभरको जनजिवन प्रभावित बनिरहेको अवस्थामा नेपाल र चीनबीच ब्यापारीक दृष्टिकोणले सबैभन्दा नजिक तथा उत्तम मानिएको कोरला नाका खोल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले बेनीअनलाइनलाई बताए ।
शनिबारको छलफलबाट थप योजना बनाएर अगाडी बढ्ने उनले बताए । कोरला नाकासम्म मुस्ताङ तर्फबाट सडक सुबिधा पुगीसकेको छ । हालै सिमा प्रशासन कार्यालय लोमान्थाङमा भएको बार्तामा तिब्बती अधिकारीहरु पनि नाका खोल्न सकारात्मक देखिएका थिए । नाका खुलाउन चिन सरकारलेनै निर्णय गर्नुपर्ने उनिहरुको भनाई थियो । चिनिया पक्षले कोरला नाका र उपल्लो मुस्ताङलाई चिन बिरोधी गतिबिधि हुन सक्ने भन्दै सुरक्षाका हिसावले संवेदनशिल मानेको छ ।

No comments:

Post a Comment