अश्लील भिडियो फेसबुकमा राख्ने धम्की दिदै यौन शोषण







नौ कक्षामा स्थानीय स्कूलमा पढदादेखि नै उसले मन पराउँदो रहेछ । किशोर उमेरको कारण प्रेमको अर्थ नबुझी मैले पनि उसलाई मन पराउन थाले । पत्राचार हुन थाल्यो । ११ कक्षा पढदा साथीको अगाडि थप्पड हानेर मेरो बेइज्जत गर्‍यो । त्यसपछि निरन्तर मानसिक र शारीरक दबाब दिन थाल्यो । असली स्वभाव अर्को भएको ठानी टाढा रहेर भुल्ने प्रयत्न गरे । त्यो केटा विदेश गयो । फर्केपछि सुध्रन्छ होला भन्ने अपेक्षा थियो ।
तर उसको स्वभाव पहिलाको जस्तै रहेछ ।
त्यसपछि उनलाई पूर्णत रुपमा त्यागे । उच्च माध्यमिक तहको अध्ययन गरिरहेको बेला मेरो वैवाहिकको कुरा आयो । राम्रो परिवार र विदेशमा अध्ययनरत शिक्षित केटा थियो । विवाह पनि पक्का भयो । यो कुरा थाहा पाएपछि त्यो केटाले उक्त कामलाई पनि भाजो हाली मसंग शारीरक सम्पर्क भएको र श्रीमती बनाई सकेको भनी अनर्गल झुटो प्रचार गरी विवाह हुन दिएन । उच्च माध्यमिक तहको अध्ययन पुरा गरी क्याम्पस तहको अध्ययनका लागि ०६५ सालमा पोखराको एक इन्जिनिरिङ कलेजमा गए ।

त्यहाँ पनि फोन गरी अश्लिल शब्द प्रयोग गरेर हैरान बनायो । अध्ययनको क्रममा छुट्टीमा ०६७ माघ २ गते काठमाडौं आँए । अन्तिम पटक भेट्ने इच्छा गरेको भन्दै उसको दाइले फोन गर्‍यो । एक घण्टा कुरा गर्ने सर्तमा मलाई पीडा दिने केटा, उनको दाई र म चाबहिलको एउटा रेष्टुरेन्टमा खाजा खान गए । खाजामा नसालु पदार्थ राखेको रहेछ । खादाखादै मलाई चक्कर लाग्न थाल्यो । बेहोस भएछु । ब्यूझिदा बसपार्कको एउटा होटलमा लगेर बलत्कार गरी अश्लिल भिडियो बनाएछ । सबै जानकारी पाएपछि मलाई उक्त भिडियो देखाई पुनः पटक पटक बलत्कार गर्‍यो । अब म उसकी श्रीमती भएको र विवाह नगरेमा भिडियो सार्वजनिक गरी बेइज्जत गर्ने र फेसबुकमा राख्ने सम्मको धम्की दियो ।

घटनापछि पढाई तर्फ कुनै ध्यान गएन । परीक्षामा दुई बिषयमा फेल पनि भए । मेरो पढाईको स्तर अचानक गुमेको, निरन्तरको तनावको कारण आनी बानीमा आएको परिवर्तनबाट साथीहरुले मेरो बिषयमा जिज्ञासा राख्दा मैले सबै कुरा सुनाए । साथीहरुले कानुनी कारबाही गर्न सल्लाह दिएपछि मोरङ स्थित घरमा गए । दाई, दिदी, भिनाजुलाई भन्दा उल्टो सामाजिक बेइज्जत होला भन्ने चिन्ताले त्यही केटाको परिवारसंग सम्पर्कमा गए ।

दुबै परिवारको दबाबमा ०६८ जेठ ९ गते त्यही केटासंग मेरो विवाह भयो । पुनः अध्ययनको लागि पोखरा फर्के । विवाह भएपछि कसैसंग बोल्न, हिडन नहुने, बुबा, दाई शिक्षक, भाई सबलाई बात लगाउन उ पछि परेन । श्रीमती भएपछि उसबाट पशुवत करणीको समाना गर्नु पर्‍यो । मेरो इच्छा विरुद्ध पटक पटक वैवाहिक बलत्कार गरे । उनको यस्तो व्यवहारले कानुनी रुपमा सम्बन्ध बिच्छेद नगर्दासम्म उसको निजी सम्पति वा अधिकारको बस्तु ठानी मानसिक, शारीरिक शोषण गर्ने भएकोले पतिको नाताबाट सम्बन्ध बिच्छिेद हुनु आवश्यकता ठानेर यो निवेदन दिएको हु ।

काठमाण्डौ, माघ २४, कान्तिपुरमा प्रकाशित पीडित युवतिले अदालतमा दिएको निवेदनको अंश

No comments:

Post a Comment