नयाँ नेपाल निर्माणको लागि ड्रिम टिम सार्वजनिक

राष्ट्रिय जागरण अभियान नेपालले ड्रिम टिम अफ नेपाल सार्वजनिक गरेको छ ।

अभियानले देशभरका १ सय जना लब्धप्रतिष्ठित व्यक्तित्व र आमनागरिकहरु माझ गरेको सर्वेक्षणका आधारमा एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा ड्रिम टिम सार्वजनिक गरेको हो । अभियानले सार्वजनिक गरेको २२ सदस्यीय मन्त्रिमण्डलमा अधिकांश युवा नेताहरुलाई समेटिएको छ । संबिधान निर्माण प्रक्रिया अवरुद्ध भएका बेला आमनागरिकमा उत्पन्न निराशा चिर्नका लागि नै अभियानले ड्रिम टीम सार्वजनिक गरेको अभियन्ता अशोक अधिकारीले जनाएका छन् । अभियन्ता अधिकारीले परिवर्तन संस्थागत भएपछि विकासको गतिमा देशलाई अघि बढाउन पहल अनुरुप प्रस्ताव अघि सारिएको जानकारी दिएका छन् ।

ड्रिम टिम किन आवश्यक ?
राष्ट्रिय जागरण अभियान नेपालले देशका विभिन्न क्षेत्रका एक सय जना लब्धप्रतिष्ठित व्यक्तित्व र आमनागरिकहरुबीच सर्वेक्षण गरेको छ । उक्त सर्वेक्षणमा आमनागरिकको धारणा र राष्ट्रका विशिष्ठ व्यक्तित्वहरुको सुझावका आधारमा २२ सदस्यीय ड्रिम टिम अफ नेपाल सार्वजनिक गरेको हो ।

देशका हरेक नागरिकको चाहना परिवर्तन संस्थागत, दीगो शान्ति र तीब्र विकास रहेको पाइएको छ । जसको नेतृत्व युवाहरुबाटै गर्नुपर्ने सुझाव आमनागरिकबाट आएको छ । आधाभन्दा धेरै नागरिकको मत युवाहरुलाई थियो । तर, जेष्ठ नागरिकहरुले युवालाई परिचालन गर्नका लागि एक जना सर्वप्रिय नेताको आवश्यकता हुने सुझाव दिएका छन् । 

त्यसैले डाक्टर बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो । सर्वपक्षीय र समावेशी मन्त्रिमण्डल गठन गर्न पनि आम नागरिकको सुझाव छ । यसबाट संबिधान निर्माणमा देखिएको अवरोधबाट जनतामा उत्पन्न भएको निरासा र आक्रोश मेटिने अपेक्षा गरिएको छ । यदि तपाईलाई माथि उल्लेखित र प्रस्तावित मन्त्रिमण्डलका कुनै सदस्यप्रति विमति भए सभ्य भाषामा आफ्नो सुझाव प्रस्तुत गर्न सक्नु हुनेछ । साथै, यो सूची कसैको आग्रह–पूर्वाग्रहमा प्रकाशित गरिएको होइन । पूर्ण स्वतन्त्रताका आधारमा सूची प्रकाशित गरिएको हो ।
ड्रिम टिम नेपाल
राष्ट्रपति: सत्यमोहन जोशी
प्रधानमन्त्री: डाक्टर बाबुराम भट्टराई
गृहमन्त्री: रमेश खरेल
रक्षामन्त्री: नेत्रविक्रम चन्द
परराष्ट्र मन्त्री: गगन थापा
अर्थमन्त्री: घनश्याम भूषाल
शिक्षामन्त्री: राजकुमार लेखी
स्वास्थ्य तथा जनसङख्यामन्त्री: डाक्टर गोविन्द केसी
उर्जामन्त्री: गोकर्ण बिष्ट
स्थानीय विकासमन्त्री: विश्वप्रकाश शर्मा
सूचना तथा सञ्चारमन्त्री: रविन्द्र मिश्र
युवा तथा खेलकुदमन्त्री: युवराज लामा
महिला बालबालिका तथा समाज कल्याणमन्त्री: जयपुरी घर्ती
नागरिक उड्डयन तथा पर्यटनमन्त्री: रामकुमारी झाँक्री
शान्ति तथा संबिधानसभा मन्त्री: गोपाल किराँती
सामान्य प्रशासनमन्त्री: अमरेशकुमार सिंह
शहरी विकास मन्त्री: अभिशेकप्रताप साह
भूमिसुधार तथा व्यवस्थामन्त्री: कुमार लिङ्देन
वाणिज्य तथा आपूर्तिमन्त्री: सत्या पहाडी
सहकारी तथा गरिबी निवारणमन्त्री: महेन्द्रबहादुर शाही
आवास तथा भौतिक योजनामन्त्री: शेरधन राई
श्रम तथा सिञ्चाई मन्त्री: गणेशमान पुन
विज्ञान तथा प्रविधि मन्त्री: हरिबोल गजुरेल

प्रधानमन्त्रीमा प्रस्तावित डाक्टर बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माणका अभियन्ता हुन् । तत्कालिन नेकपा माओवादी जनयुद्धकाल र शान्ति स्थापनाका दौरान सबैभन्दा लोकप्रिय नेता रहेकाले नै स्वतन्त्र रुपमा काम गर्नेगरी भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको हो । युवा परिचालन गर्न सक्ने खुबी भएका नेताको रुपमा आमनागरिकले भट्टराईलाई नै हेरेका छन् ।

गृहमन्त्रीमा प्रस्तावित रमेश खरेल नेपाल प्रहरीभित्रका सबैभन्दा लोकप्रिय, इमान्दार र कर्मठ सिपाही हुन् । गृह प्रशासनको सुधारको अपेक्षा आमनागरिकले राखेका छन् ।

रक्षामन्त्रीमा प्रस्तावित नेत्रविक्रम चन्द लडाकू र क्रान्तिकारी स्वभावका नेता हुन् । माओवादी जनयुद्धमा चन्दले सम्हालेका हरेक मोर्चा सफल भएका थिए । त्यसैले उनलाई रक्षामन्त्रीका रुपमा हेर्न चाहेको सर्वसाधारणको भनाई छ ।

परराष्ट्र मन्त्रीमा सिफारिस गगन थापा कुटनीति बुझेका र युवाहरुमा रुचाइएका नेता हुन् । थापाले परराष्ट्र मन्त्रालय राम्ररी सम्हाल्न सक्ने धारणा आमनागरिकको छ ।

अर्थमन्त्रीमा प्रस्तावित घनश्याम भूषाल दोश्रो तहका सबैभन्दा अध्ययनशिल र बौद्घिक नेता हुन् । युवा नेता भूषालले अर्थ मन्त्रालयको जिम्मेवारी अत्यन्तै कुशलताका साथ सम्हाल्न सक्छन् ।

शिक्षामन्त्रीमा सिफारिस गरिएका राजकुमार लेखीले परिवर्तनका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका छन् । उनी शिक्षाको पहुँच हरेक क्षेत्रमा पुर्याउनु पर्छ भन्ने चेतना भएका नेता हुन् । त्यसैले उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिन सकिन्छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रीमा प्रस्तावित डाक्टर गोविन्द केसी स्वास्थ्य क्षेत्रका विकृति नियन्त्रण गर्न जीवनको बलिदान दिन पनि तयार हुने चिकित्सक हुन् । त्यसैले उनलाई नै स्वास्थ्य मन्त्रालय जिम्मा लगाउनु पर्ने बौद्धिक जगत र आमनागरिकको सुझाव छ ।

उर्जामन्त्रीमा प्रस्तावित गोकर्ण बिष्टले अघिल्लो कार्यकालमा उर्जा मन्त्रालयका विकृती नियन्त्रण गर्नका लागि देखाएको तत्परतालाई जनताले उच्च अङ्क दिएका छन् । उनलाई पुनः एक पटक उर्जा मन्त्रालयमा पठाउनु पर्ने सर्वसाधारणको सुझाव छ ।

स्थानीय विकास मन्त्रीमा प्रस्तावित विश्वप्रकाश शर्मा बौद्धिक र जुझारु युवा नेता हुन् । अध्ययनशिल र विकासवादी भएकाले उनलाई यो जिम्मेवारी सही हुने जनसुझाव छ । सूचना तथा सञ्चारमन्त्रीमा प्रस्तावित रविन्द्र मिश्र नयाँ शक्ति निर्माणका पक्षपाती हुन् । सञ्चार क्षेत्रमा रहेका विकृती नजिकबाट बुझेका मिश्रलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन उपयुक्त हुन्छ ।

युवा तथा खेलकुदमन्त्री मन्त्रालयका लागि युवराज लामा उपयुक्त हुने सुझाव पचास प्रतिशतभन्दा धेरैले व्यक्ति गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव लामाले खेल क्षेत्रको सुधारका लागि महत्वपूर्ण प्रयास गरिरहेका छन् ।

महिला बालबालिका तथा समाज कल्याणमन्त्रीका लागि प्रस्तावित जयपुरी घर्ती किसान परिवारबाट प्रतिनिधित्व गर्ने सशक्त महिला नेतृ हुन् । महिलाको मुक्ति र अधिकारका लागि बन्दुक उठाएकी घर्तीले यो जिम्मेवारी सहज रुपमा सम्हाल्न सक्छिन् । नागरिक उड्डयन तथा पर्यटनमन्त्रीमा प्रस्तावित रामकुमारी झाँक्री दोश्रो पुस्ताकी सशक्त युवा नेतृ हुन् । पार्टीले उचित स्थान नदिएपनि जनताले उनलाई नागरिक उड्डयन तथा पर्यटन मन्त्रीका रुपमा हेर्न चाहेका छन् ।

शान्ति तथा संबिधानसभा मन्त्रीमा प्रस्तावित गोपाल किराँती शान्ति प्रक्रियामा आएपछि पनि निर्विवादित नेताको रुपमा चिनिन्छन् । आर्थिक, जातीय तथा क्षेत्रीय असमानताविरुद्ध लडिरहेकाले किराँतीलाई यो जिम्मेवारी उपयुक्त हुन्छ ।

सामान्य प्रशासनमन्त्रीमा प्रस्तावित अमरेशकुमार सिंह प्रभावशाली युवा नेता हुन् । कुराजस्तै काममा पनि उनी त्यतिकै लगनशिल छन् कि छैनन् भन्ने परीक्षा जनताले लिन चाहेका छन् ।

शहरी विकास मन्त्रीमा प्रस्तावित अभिशेकप्रताप साहलाई सशक्त युवा नेताको रुपमा हेरिएको छ । त्यसैले उनलाई ड्रिम टीम अफ नेपालमा सामेल गरिएको हो ।

भूमिसुधार तथा व्यवस्थामन्त्रीमा प्रस्तावित कुमार लिङ्देन पूर्वका सशक्त युवा नेता हुन् । लिङ्देनमा युवाहरुलाई एकताबद्ध गर्ने क्षमता छन् । जातीय असमानताविरुद्ध आन्दोलनरत उनलाई यो मन्त्रालयको जिम्मा दिन उपयुक्त हुने जन सुझाव छ ।

वाणिज्य तथा आपूर्तिमन्त्रीमा प्रस्तावित सत्या पहाडी ग्रामीण क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला नेतृ हुन् । आर्थिक विपन्नता र संकटसँग जुध्दै मन्त्रालयसम्म पुगेकी पहाडीलाई पश्चिम पहाडको संकट समाधानका लागि यहि मन्त्रालयको जिम्मेवारी उपयुक्त हुन्छ ।

सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रस्तावित महेन्द्रबहादुर शाही कर्णाली अञ्चलबाट प्रतिनिधित्व गर्ने सशक्त युवा हुन् । ग्रामीण जीवनसँग परिचित शाहीलाई यो जिम्मेवारी दिन सकिने विश्लेषण गरिएको छ ।

आवास तथा भौतिक योजनामन्त्रीमा प्रकाशित शेरधन राई प्रभावशाली युवा नेता हुन् । क्षमतावान युवा राईलाई यो मन्त्रालयको जिम्मेवारी उचित हुनेछ ।

श्रम तथा सिञ्चाई मन्त्रीमा प्रस्तावित गणेशमान पुन स्वच्छ छवि भएका नेता हुन् । मजदूर तथा आमजनताका समस्या समाधान गर्न तथा अन्य काम पनि उनले कुशलताका साथ सम्पन्न गर्ने विश्वास लिइएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रीमा प्रस्तावित हरिबोल गजुरेल पनि बौद्धिक र क्षमतावान युवा नेता हुन् । त्यसैले भट्टराई सरकारलाई विज्ञान प्रविधि मन्त्रालय सम्हालेर विज्ञान र प्रविधि क्षेत्रमा उनले सशक्त योगदान दिन सक्ने छन् ।

र, राष्ट्रपतिका लागि प्रस्तावित सत्यमोहन जोशीको योगदानलाई वर्तमानमा मूल्याङ्कन गर्नै पर्छ । सदाचारी जोशीलाई राष्ट्रपति बनाए जनतामा साँच्चै लोकतन्त्र स्थापना भएछ भन्ने सन्देश प्रवाह हुने छ ।

No comments:

Post a Comment