‘सन अफ सरदार’ ले इतिहास बनायो, शाहरुखलाइ कडा टक्कर


‘सन अफ सरदार’ ले इतिहास बनायो, शाहरुखलाइ कडा टक्करमुम्बई, कार्तिक २९, दिपावलीको अबसर पारेर रिलीज गरिएको बलिउडका दुइ फिल्महरूमध्ये कमाइका हिसाबले दुबै बिचमा टक्कर परेको छ । दिपावली पर्वको बेला पारेर रिलीज गरिएका कारण यी दुवै फिल्महरूले भारत तथा विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

 ट्रेड एनालिस्‍ट तरण आदर्शका अनुसार शुरूका दिनमा भारतमा ‘जब तक हे जान’ ‘सन अफ सरदार’ भन्दा केही अगाडी छ, तर दुबै फिल्म बक्‍स अफिसमा ‘बिजेता’ बनेका छन् ।

उनले बताए अनुसार सलमान खानको अतिथि भूमिका भएको ’सन अफ सरदार’ मास सर्किटमा अगाडी छ, जबकि मल्‍टीप्‍लेक्‍सहरूमा भने ‘जब तक हे जान’ ले धुम मचाइरहेको छ । ‘सन अफ सरदार’ ले पाकिस्‍तानमा पनि इतिहासनै कायम गरेको छ । यस फिल्‍मले पाकिस्‍तानमा पहिलो दिनमानै ४२ हजार डलरको कलेक्‍शन गरेको थियो । पाकिस्‍तानमा कुनैपनि भारतीय फिल्‍मको अहिले सम्मकै सबैभन्दा ठुलो ओपनिङ हो ।

शाहरुख खानको फिल्‍मले रिलीजको पहिलो दिन करिब १४ करोडको कमाई गरेको थियो, भने अजय देवगनको फिल्‍मले बक्स अफिस कलेक्‍शन १०.७२ करोड रुपयाँ रहेको थियो ।  यशराज फिल्‍म्‍सको ब्यानरमा बनेको ‘जब तक हे जान’ करीब २५०० स्‍क्रीन्‍सहरूमा लगाइएको छ, भने ‘सन अफ सरदार’ करीब दुइ हजार स्‍क्रीन्‍समा देखाइँदैछ ।

पहिलो दिनको कलेक्‍शनको हिसावले शाहरुख खानको ‘जब तक हे जान’ अजय देवगनको ’सन अफ सरदार’ भन्दा अगाडी निस्किए पनि कडा प्रतिस्पर्धा गरिरहेको छ ।

No comments:

Post a Comment