बलात्कारवाट जन्मेको छोराको पहिचानका लागि लड्दै कुमारी आमा





३ मंसिर, काठमाण्डौ । सोह्र बर्षकी थिएँ । बर्दियाको आदर्शनगरवाट तीन युवक हाम्रो गाउँमा घुम्न आएछन् । एउटा युवक थियो, दिपकलाल श्रेष्ठ । सबैजना मेरेा काका पर्नेको घरमा बसे । म गाउँकी चल्तापुर्जा किशोरी, उनीहरुलाई गाउँ घुमाउने जिम्मा काकाले मलाई दिनुभयो । जंगल, मन्दिर, गाउँ सबै घुमाएँ । कहिले दीपक एक्लैलाई, कहिले तीनैजना संगै हुन्थे । एक हप्ताको बसाईपछि तीनैजना फर्किए । दीपकचाँही मलाई नियमित जस्तो चिठी देख्न थाल्यो । मायाप्रीतिका कुरा लेपखएका हुन्थे । पोस्टकार्ड पनि उत्तिकै पठाउँथ्यो । मैले वास्ता गरिनँ । जवाफै नफार्काएपछि चिठी लेख्न बन्द गर्‍यो । त्यसको चौध वर्षपछि एकैचोटी मैतीदेवीमा उसको र मेरो भेट भयो । मैतीदेवीको मेनरोडमै मेरो ब्युटिपार्लर थियो । घाम ताप्दै पत्रिका पढिरहेकी थिएँ । हेल्मेट खोल्दै गरेको एउटा मान्छेले बोलायो ,’गीता , स्वरैलेल चिनेँ , उही दिपक रहेछ । महाराजगञ्ज दिदीको घरमा बस्ने रहेछ । भन्यो,’तिमीलाई काठमाण्डौमा धेरै खोजेँ ।’ त्यसपछि उ नियमित जसो पार्लरमा आउन थाल्यो । ‘कस्टमर’ धरै हुन्थे, आएर मलाई सधैँ डिस्टर्ब गरिरहन्थ्यो । अनेक बहाना वनाएर पन्छाउन खोज्थेँ तर मान्दैन्थ्यो ।

म गजल पनि गाउँ थे । बेलुकी गजल गाउन झोँछेस्थित गौतम होटल जान्थेँ । तयस दिन याक एन्ड यती होटलमा साथीको विहेको पार्टी थियो । त्यतै गएकी थिए । उ फूलको गुच्छा दिन गौतम होटल पुगेछ । म नभएकाले हिडेछ । रातो फुलमा मेरो कोठा थियो । अलि सन्चो नभएकाले म कोठातिर लागे । ढोका भित्र छिरेकीमात्र थिए, गीता भनेर वोलायो । फर्किएर हेरेँ ढोकामा उ हल्लिएर बसिरहेकेा थियो । छिमेकीले केभन्लान भनेर भित्र पसे । कोठमा मेरी सानी भन्दै थियो । आत्तिएर मेरो मुखवाट निस्किएछ,’ कि बाहिर जाउँ, कि भित्र आउँ ।’ सरासर भित्र छिर्यो । निके अबेर भइसकेको थियो । उ घर र्फकनै मानेन । उसलाई खाटमा छाडिदिए । भदै र म भईमा सुते । हामी भदै र म सुतिसकेका थियो । राती दिपकले एक्कासी ममाथि झम्टियो । मेरा गला बदायो, हात समात्यो, जर्बरजस्ती गर्‍यो । बेइजत हुने डरले म चिच्याउन सकिन । महिनावारी भएको ८ दिन मात्रै भएकेा थियो । गर्व रह्यो भन्ने शंका मलाई परिसकेको थियो । विहानै उसलाइृ गाली गरेँ । भगवान्को फोटो छुदै म तिमिलाई बिहे गर्छु भन्यो । उ गयो । मसंग उसलाई कुर्नुको विकल्प थिएन मसंग । कुरेँ, कुरिरहेँ, तर मलाई बोझ बोकाएर गएकेा उ कहिल्यै आएन । आजको सौर्य दैनिकमा समाचार छ ।

गर्भ बसेपछि मलाई डर लाग्यो । उसलाई सबैतिर खोजेँ, कतै भेटिनँ । माइती नेपाल, मानवअधिकार आयोग, प्रहरी, छिमेकी सबैलाई गुहारेँ तर कसैको सहयोग पाइनँ । बरु उल्टै मैमाथि अनेक लाञ्छना लागे । गर्भ बढ्दै गयो । न्याय खोज्दै काठमाडौं जिल्ला अदालत पुगेँ । कसैको अंशको लोभले होइन, नागरिकतालगायत बच्चाको परिचय खुल्ने कागजपत्र बनाउन सहज होस् भनेर । गर्भ नौ महिना पुग्दा दीपक बल्ल अदालत आएछ, अब ऊ मेरो गर्भको बच्चा उसको होइन भन्ने प्रमाणित गर्न चाहन्थ्यो । मबाट पन्छिन उसले बनेपा-३ की छब्बीस वर्षीया सिर्जना सेवाचार्यसँग विवाह गरेको कागज पेस गरेछ । तर त्यसदिन म आफैँ उपस्थित हुन सकिनँ ।

प्रसूतिगृहमा बच्चा जन्माएँ । अरू सबैका बाबु लिन आएका हुन्थे, आफ्नो बच्चा सुमसुम्याउँथे । मसँग भने बिल तिर्ने पैसा पनि थिएन । छिमेकी दिदीले पैसा तिरिदिएपछि चार दिनपछि कोठामा गएँ । मेरो अवस्था देखेर आमा हेरचाहका लागि आउनुभयो । तर, क्यान्सरकी रोगी उहाँले के नै गर्न सक्नु र ! अब त बितिसक्नुभयो । त्यही बेला बर्दियास्थित घर पनि माओवादीले बम पड्काएर उडाइदिएछन् । अपरेसन गरिएको पेट थियो । दुखाइ सहेरै लुगा धुने, खाना पकाउने काम गर्न थालेँ । पार्लर बन्द थियो, पैसा पनि थिएन । घिस्रिँदै गएर पार्लर खोलेँ । अब पहिलेजस्तो सजिलो थिएन । दिनभरि काम गर्यो, बेलुकी खाना पकाउने, भाँडा माझ्ने, बच्चाको लुगा धुने गर्दा रातको बाह्रै बज्थ्यो ।

यिनै अप्ठ्याराले गर्दा नियमित अदालत जान सकिनँ । पछि अदालतले दीपकलाई बच्चाको बाबु र मलाई उसकी श्रीमती भनेर प्रमाणित गरेछ । मलाई यसमा मञ्जुरी छैन । जसले मलाई बलात्कार गर्यो, जीवन बर्बाद गर्यो, ऊ मेरो श्रीमान् हुनै सक्दैन ।

गीताको कानुनी लडार्इ

गीता स्वाँरले काठमाडौं जिल्ला प्रशासन कार्यालय धाउन थालेको चार वर्ष भयो । बर्दिया बैदा गाउा-९ की उनी आफ्नै नामबाट छोरा अनमोलको बाल परिचयपत्र निकालिदिन चाहन्छिन् । तर, अझै पाउन सकेकी छैनन् । जिल्ला प्रशासनले बाबुको परिचयपत्र पनि चाहिने अड्को थापेपछि उनको तनाब बढेको छ । किनकि गर्भ बोकाउने पुरुष उनलाई छाडेर टाप कसिसकेका छन् । ँजबर्जस्ती गरेर गर्भ बोकाएर भाग्यो, अहिले कहाँबाट ल्याउनु मैले,’ उनी भन्छिन् ।

गीताका अनुसार १० वर्षअघि महाराजगन्जको चन्द्रमुखी गल्लीस्थित रम्भा श्रेष्ठका भाइ दीपकलाल श्रेष्ठले उनलाई कोठामै आई जबर्जस्ती गरे । गर्भ रहन पुग्यो, अनमोल जन्मिए । हाल पाँच कक्षा पढ्ने अनमोल ९ वर्ष पुगे । गीता ६ वर्षदेखि इजरायलको जेरुसेलममा कियर गिभरको काम गर्दै आएकी छन् । छोरालाई पनि उच्च शिक्षाका लागि उतै लैजान चाहन्छिन् । उमेर नपुगेकाले अनमोलको बाल परिचयपत्र मात्र बनाउन मिल्छ तर जिल्ला प्रशासन त्यो पनि दिँदैन । भन्छिन्, ‘मैले छोराको बाबुको अंश खोजेकी हैन, विदेश लगेर उसलाई पढाउन चाहन्छु तर जिल्ला प्रशासन किन तगारो बन्यो, बुझ्न सकेकी छैन ।’

घरखर्च र छोराको पढाइको जोहो गर्न उनी ऋणपान गरेर ६ वर्षअघि इजरायल पुगिन् । छोरालाई यतै होस्टेलमा राखिदिइन् । ँसाढे दुई वर्षअघि एक महिनाको छुट्टी लिएर नेपाल आएँ, छोरा अभिभावकविहीन भएर बसेको हेर्नै सकिनँ, त्यसपछि उसलाई पनि उतै लैजान प्रयास गरिरहेकी छु,’ उनी सुनाउँछिन् । त्यसका लागि कागजी प्रक्रिया मिलाउन छोराको परिचयपत्र बनाउन जिल्ला प्रशासन पुगिन् । कार्यालयले बाबुको परिचय माग्यो । उनले सम्पूर्ण घटना विवरण सुनाइन् । फेरि कार्यालयले जन्मदर्ताको प्रमाणपत्र माग्यो ।

No comments:

Post a Comment