यौन सम्बन्ध राखी काकीको हत्या गरेको आरोपमा पक्राउ




नवलपरासी, कात्तिक १६ - ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गैंडाकोट ७ सित्तलनगरमा कार्तिक ८ गते राति २३ बर्षीय सुरेश कुमालले आफ्नै हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
२८ बर्षीय काकी देवी कुमालसंग यौन सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेपछि सुरेशले हजुरआमाको मुख थुनेर घाँटी च्यापी हत्या गरेको प्रहरीले जनाएको छ ।
हजुरआमा भुईमा ढलेपछि उसले काकी देवी कुमाल चिच्याउन लाग्दा मुख र घाँटी थिचेर दुवै जनाको हत्या गरेको प्रहरी निरिक्षक पाण्डेले बताउनुभयो ।
दशैंको टिकाको दिन काकी र हजुरआमाको हत्या गरेर फरार रहेका सुरेशलाई बिरगंज जाने बसको पछाडि सिटमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सुरेश बैदेशिक रोजगारको क्रममा दुवईमा गएर फर्केको २२ दिन मात्र भएको थियो ।
सुरेशले यसभन्दा अगाडि पनि डर देखाएर काकीसंग यौन सम्बन्ध राख्दै आएको वयान दिएका प्रहरीले जनाएको छ । मृतक देवीका श्रीमान बैदेशिक रोजगारको क्रममा कतार हुनुहुन्थ्यो । देवीको हत्यापछि उहाँ नवलपरासी आउनु भएको छ ।
हत्या आरोपमा ईलाका प्रहरी कार्यालय गैंडाकोटले नवलपरासी जिल्ला अदालतमा कार्तिक १४ गते जघन्य अपराध मुद्दा पेश गरेको छ । हत्यारा ओरोपित कुमालको एक श्रीमती र तीन बर्षीय छोरी छन् ।

No comments:

Post a Comment