देशको अग्लो र लामो झोलुंंगे पुलको परिचय फेरिने भएको छ । हालसम्म चिनिएको कुश्मा-ज्ञादी पुललाई उछिनेर बागलुङको नारायणस्थान ९ कैयालाई कुश्मा बजारमा जोड्ने पुलले विस्थापित गर्न लागेको हो । कालीगण्डकी नदीमाथि निर्मित ३ सय ४६ मिटर लम्बाइ र १ सय ५६ मिटर अग्लो पुल अन्तिम चरणमा पुगेको निर्माण समितिका अध्यक्ष मीनप्रसाद श्रेष्ठले बताए । त्यसका लागि १६ मध्ये ८ वटा लठ्ठा टाँगिसकिएको छ । कुश्मा-ज्ञादी जोड्ने मोदीखोलाको झोलुंगे पुल १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो थियो ।
उक्त पुलले बागलुङका १६ गाविसका बासिन्दालाई कुश्मा बजार पुग्न सहज बनाउनेछ । 'पैदल डेढदेखि २ घन्टा लाग्ने बाटो पुलले १० मिनेटमा छोट््याइदिनेछ,' श्रेष्ठले भने, 'त्यसका कारण १६ गाविसवासीले कुश्मा आउजाउ गर्दा व्यवसायसमेत बढ््ने आशा छ ।' पुलका कारण बागलुङको बलेबास्थित विमानस्थल सञ्चालनका लागि पनि सहज हुने उनले बताए ।
बलेबा पुग्न बागलुङ बजारबाट जिपमा २ घन्टा लाग्छ । २ सय रुपैयाँ भाडा लाग्नेमा अब ४० रुपैयाँ र १० मिनेटमा पुग्न सकिने नारायणस्थान ९ का राजेन्द्र ढकालले बताए । बलेबावासीले केही वर्षदेखि विमानस्थल सञ्चालनको माग गर्दै आएका छन् । सहज पहुँच अभावमा विमानस्थल सञ्चालनमा आएको छैन । अब सञ्चालनको सम्भावना बढेको श्रेष्ठले बताए ।
'देशकै सबैभन्दा अग्लो र दोस्रो अग्लो पुल एउटै नगरमा देख्न र यात्रा गर्न पाउने भएपछि पर्यटक पनि भित्र्याउन सकिन्छ,' पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले भने, 'केबुलकार प्रकारको यान्त्रिक पुल पनि कुश्मा बजारदेखि बलेबा जोडिएकाले पर्यटकले एउटै नगरभित्र ३ थरी अनुभव लिन सक्छन् ।'
थाइल्यान्डमा सेनाद्वारा सत्ता कब्जा
बैंकक, जेष्ठ ६ - थाइल्यान्डमा लामो समयसम्मको राजनीतिक अस्थिरता र मुठभेडपूर्ण राजनीतिपछि मङ्गलबार सैनिक कानुन (मार्शल ल) लागू भएको घोषणा गरिएको छ ।मङ्गलबार सेनाले सो कानुनको घोषणा गरेको हो । सो कानुनको घोषणासँगै मङ्गलबार राजधानी बैंककमा ठूलो सङ्ख्यामा सैनिक परिचालन गरिएको छ ।
त्यहाँको सत्तापक्ष र विपक्षी दलहरुबीच विगत लामो समयदेखिको विवाद र आन्दोलनका कारण यस्तो कानुनको अपेक्षा गरिएको थियो ।
तरपनि यसलाई सैनिक शासन भने भन्न नमिल्ने त्यहाँको राष्ट्रिय सैनिकले मङ्गलबार नै एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यस्तो कानुन लगाएपछि सेनाले नै त्यहाँका टिभीका कार्यक्रमहरुमा सेन्सर गर्न थालेको समाचार छ । कतिपय टिभीहरुलाई बन्द गर्न पत्राचार पनि गरेको छ ।
मङ्गलबारमात्र ‘मार्शल ल’ अनुरुप केही टेलिभिजनहरुलाई हाल सञ्चालित कार्यक्रम बन्द गर्न पत्राचार गरिएको बताइएको छ ।
हालको सत्तापक्ष र विपक्षका रुपमा निकै कडा रुपमा बिभाजन भएको सो देशमा सैनिकले मङ्गलबार सो कानुन लगाएको समाचारमा जनाइएको छ ।
केही टिभी च्यानलहरु पनि बन्द गर्न पत्राचार गरिएको छ । ती च्यानलले कुनैले सरकारी पक्षका र कुनैले विपक्षीहरुका मात्र समाचार दिएको भन्दै च्यानलहरु बन्द गर्न भनिएको हो ।
जनताले सही सूचना प्राप्त गर्न नपाएको भन्दै सेनाले जस्ताको त्यस्तै समाचार प्रशारण गर्न पनि ती निर्देशनहरुमा भनेको छ ।
हालैमात्र थाइल्यान्डमा जननिर्वाचित प्रधानमन्त्री यिङलक सिनावात्रालाई अनियमितताको आरोपमा बर्खास्त गरिएको छ ।
उता विगत करिब वर्षदिनदेखि नै विपक्षीहरु आन्दोलनमा रहेका छन् । जसका कारण टेलिभिजन च्यानलहरुले पनि आ आफ्नो पक्षका समाचारहरुमात्र दिएका भन्दै सञ्चारमाध्यममाथि सेन्सरसिप सुरु गरिएको हो ।
राष्ट्रिय सुरक्षाका लागि भन्दै सो सेन्सरसिप सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले यो परिस्थितिका लागि सञ्चार पनि जिम्मेवार रहेका बताएका छन् ।
मङ्गलबारै मार्शल ल लगाएको घोषणा गरिएको थियो । त्यसलगत्तै देशव्यापी रुपमा नै यस निर्देशिका पठाइएको पत्रकारहरुले जानकारी दिएका छन् ।
थाई सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– कुनै पनि पत्रिका वा अन्य विद्युतीय सञ्चारमाध्यमले राष्ट्रिय सुरक्षामा खलल पार्ने खालका कुनैपनि समाचार प्रकाशन वा प्रशारण गर्न पाइने छैन ।
थाइल्यान्डमा हाल राजनीतिक अस्थिरता चुलिएको छ । जसका कारण त्यहाँको अर्थतन्त्रमा पनि गिरावट आएको छ ।
थाइल्यान्डमा गएको करिब वर्षदिनदेखि निरन्तर रुपमा विपक्षी दलहरुको प्रदर्शन जारी रहेको छ । तर सरकारले भने आक्रामक नभई निकै संयमता अपनाएको बताइन्छ ।
सो आन्दोलन हिंसात्मक बनेपछि गत छ महिनायता करिब २८ जनाको निधन भएको थियो । त्यसमा परी सयौं व्यक्ति घाइते भएका छन् ।
प्राप्त समाचारमा यो प्रदर्शनलाई बढी उत्तेजित बनाउन देशका टेलिभिजनहरुले पनि भूमिका खेलेको सैनिक अधिकारीहरुले जनाएका छन् ।
यस किसीमको कानुनबाट देशमा सैनिक शासनको खतरा रहेको पनि अनुमान गरिएको छ । यस विषयमा राजनीतिक दलहरुको प्रतिक्रिया भने आएको छैन ।
यो पहिलो चरणमा थाइल्यान्डको सैनिकले सञ्चामाध्यममाथि कारबाही थालेको बताइएको छ । तर त्यसपछिको अवस्थाका बारेमा भने उसको कुनै प्रतिक्रिया आएको छैन ।
हाल परिस्थिति विग्रएकोले त्यसको नियन्त्रणका लागि मात्र यो कानुनको घोषणा गरिएको सैनिकले जनाएको छ । तर सरकार के हुने र सैनिकको भूमिका के हुने भन्ने बारेमा पनि यो नवघोषित कानुनमा केही खुलाइएको छैन । रासस/एएफपी
ममी जेल परेपछि
म १६ वर्षकी भएँ । मसँग अहिले ममी बुबा र भाइ छैनन् । मेरी ममी जेल पर्नुभएको त्यो दिन सम्झँदा अझै पनि मुटुमा काँडा रोपिएजस्तो हुन्छ ।
त्यति बेला हाम्रो परिवार खुसी र सुखी थियो । ममी, बुबा र सानिमा मिलेर काम गर्नुहुन्थ्यो । पैसा कमाउनुहुन्थ्यो । ममी र बुबाको बिहे गलैंचा कारखानामै भएको थियो रे । तर म जन्मेको तीन महिनापछि नै बुबाले आमालाई छोडेर जानुभएको रहेछ । त्यसपछि ममीले धेरै दुःख पाउनुभयो । ममीले मलाई १६ वर्षकै उमेरमा जन्माउनुभएकाले घरव्यवहारमा उहाँले ठूलो कठिनाई भोग्नुप¥यो ।
जब म तीन वर्षको भएँ, बुबा टुप्लुक्क फर्केर आइपुग्नुभयो । म चार वर्ष लाग्दै गर्दा खेल्ने क्रममा आगोमा परेँ । शरीरका विभिन्न भाग जल्न पुग्यो । सानो हुँदा ममीले पूरा लुगा लगाइदिनुहुन्थ्यो । पछि ठूली हुँदै गएपछि मलाई छोटा कपडा लगाउन मन लाग्यो । साथीहरूले लगाएको त्यस्ता कपडा राम्रो लाग्थ्यो । तर मेरो शरीरमा दाग देखेर साथीहरूले जिस्काउँछन् भन्ने चिन्ता पनि लाग्थ्यो । आफू जलेको कुरा कुनै पनि साथीलाई थाहा थिएन, किनकि मैलै यो कुरा लुकाउँदै आइरहेकी थिएँ ।
२०६४ साल पुस २४ गते भाइ जन्मियो– मनीष । ममीबुबा अति खुसी हुनुभयो । भाइ पाएकोमा खुसीले मेरो खुट्टा भुइँमा थिएन । भाइलाई म यति माया गर्र्थें कि, संसारभरकै दिदीहरूले पनि आफ्नो भाइलाई यति माया गर्दैनन् जस्तो लाग्थ्यो !
मेरो भाइ दिनप्रतिदिन बढ्दै गयो । उसको मिठो तोतेबोलीले सबैलाई लठ्ठ बनाउँथ्यो । बोली फुट्न थालेपछि उसले मलाई मन्जु नभनी ‘मज्जु...’ भन्थ्यो । भाइ दुई वर्षको पुग्दै थियो । मसँग रमाउँदै खेल्थ्यो ।
एक दिन अचानक माइती नेपालबाट आएका मान्छेले ममीलाई लिएर गए । किन लगियो कसैलाई थाहा भएन । भोलिपल्ट बुबाहरू जेल गएर ममीलाई भेटेर आउनुभएछ । त्यसपछि थाहा भयो– ममी ‘जिउ मास्ने बेच्ने’ केसमा पर्नुभएको रहेछ । ममीले त्यस्तो के गर्नुभयो, मलाई केही थाहा थिएन । ममी जेलभित्र पस्नु भएपछि बिचरा दूधे भाइको बिचल्ली भयो । ऊ दूधबाहेक केही खाँदैन थियो । हामी अलमलमा प¥यौं, उसलाई अब के खुवाउने भनेर । ऊ बेलुका दूध खान नपाएर रुने गथ्र्यो तर बुबा भने ‘चुप लाग्’ भन्दै पिट्न थाल्नुहुन्थ्यो । त्यो देख्दा मनमनै रुन्थेँ र भाइलाई बोकेर बाहिर डुलाउँदै फकाउँथेँ ।
पछि भाइलाई पनि ममीसँगै राख्न मिल्छ भन्ने सुनेपछि हामीले उसलाई ममीसँगै छोडिदियौं । ममी र भाइ नभएको घर सुनसान लाग्थ्यो । घरिघरि एकान्तमा बसेर सम्झीसम्झी रुन्थेँ । भाइको समस्या त ट¥यो तर मानिसहरूको मुख थुन्न सकिएन । ममी जेल परेपछि वरिवरिका मान्छेले अनेक नराम्रा कुरा गर्थे । हुँदाहुँदा ममीकै पुरानो साथीले उनको छोराको निहुँमा मलाई पिट्न थालिन् । नानाथरी गाली गरिन् । ममी भए त म उहाँलाई सुनाउँथे होला । तर बुबाले वास्तै गर्नुहुन्न थियो ।
पहिले म सधैं प्रथम हुन्थेँ । पढाइ राम्रो थियो । ममी जेल जानुभएपछि छ कक्षामा छ वटै विषयमा फेल खाएँ । पढाइ र घरको काममा मलाई एकदमै गाह्रो हुन थाल्यो । अहिले म नौ कक्षामा पढ्छु । यता बुबाले घरका सामान बेच्दै जान थाल्नुभयो । रक्सी खान थाल्नुभयो । हामीले काम गर्ने गरेको कारखाना बन्द भयो । त्यसपछि हामी कोठा लिएर भाडामा बस्न थाल्यौं । बुबाले तीन–चार महिनासम्म त समयमै भाडा तिर्दै हुनुहुन्थ्यो । पछिपछि ढलान गरेर दिनमै कमाएको पाँच सय रुपैयाँ तास खेलेर सिध्याउन थाल्नुभयो । पहिला त सानिमा पनि हामीसँगै बस्नुहुन्थ्यो । बुबाको बानीले गर्दा अन्यत्रै जानुभयो । अन्ततः कोठामा बुबा र ममात्र भयौं ।
काम गरेर कमाएको पैसाजति बुबाले रक्सी र तासमै सखाप बनाउन थाल्नुभयो । त्यसपछि कोठा भाडा तिर्न र खाना खानका लागि पनि धौधौ प¥यो । कहिले मट्टितेल नहुने त कहिले चामल नहुने भएकाले म खाना नपकाई बस्थेँ । बुबा राति १०÷११ बजेतिर आउनुहुन्थ्यो । त्यस बेला पसल बन्द भइसकेका हुन्थे । म भोकै सुत्थेँ ।
ममी जेल परेको पीडाले म रातभर छट्पटिन्थेँ तर ‘तैंले गर्दा ममी जेल परेकी हो’ भन्दै बुबाले उल्टै मलाई पिट्नुहुन्थ्यो । त्यसपछि बुबासँग बस्न पनि डर लाग्न थाल्यो । म ठूलो ममीका तिर जान थालेँ । मेरो पीडा कसैलाई सुनाउन मन लाग्दैन थियो । रातभर रोएरै बिताउँथे ।
बुबाले इन्डिया जाने कुरा गर्न थाल्नुभयो । घरबेटीलाई पहिलाको र दुई महिना पछिसम्मको भाडा मिलाएर उहाँले पनि मलाई छोडेर जानुभयो । तर एक महिनापछि नै फर्किनुभयो अनि गाउँतिर जानुभयो । ‘सानो काम छ, छिट्टै फर्केर आउँछु’ भन्नुभएको थियो । तर फर्केर आउनुभएन । घरबेटीले मसँग भाडा माग्थे र भन्थे, ‘तेरो बुबा कहिले आउँछ ? मलाई भाडा चाहियो ।’
धेरै दिनसम्म बुबा आउनुभएन । घरबेटीले कोठामा ताल्चा लगाइदिएपछि वरिपरिका दिदीहरूकहाँ बस्न थालेँ । अर्काको कोठामा त्यत्तिकै बसिरहन अप्ठ्यारो लाग्यो । बिस्तारै मैले बालुवा चाल्ने र बोक्ने काम गर्न थालेँ । सिमेन्ट बोक्दा त कतिपटक लडेँ । काम गर्ने ठेकेदारले ‘काम गर्नै सक्दिनस्’ भन्दै हेपेर कम पैसा दिन्थे । त्यसपछि त्यो काम छोडेर म बच्चा हेर्ने काम गर्न थालेँ । सुरुमा त पढाइदिने भन्थे तर भर्ना गरिदिएनन् । त्यहाँ पनि बस्न मन लागेन ।
पछि ममीले अंकलमार्फत मलाई बोलाउनुभयो । अंकलले सुन्धाराको कारागार ल्याएर ममीसँग भेटाइदिनुभयो । म अर्ली चाइल्डहुड डेभलप्मेन्ट सेन्टर (इसिडिसी) को सदस्य बन्न पुगेँ । अहिले त मलाई सबै कुरा राम्रो छ । अरूको हेपाइ सहनुपर्दैन । मलाई कसैले पिट्दैनन्, न त भारी नै बोक्नुपरेको छ । धेरै सुविधा पाएकी छु । बालबालिकाले पाउनुपर्ने सबै अधिकार पाइरहेकी छु ।
कहिलेकाहीँ सम्झन्छु, ती दिन र अहिलेको मेरो जीवन । भक्कानिएर रुन मन लागे पनि आफैंलाई सम्हाल्छु । आखिर जीवनमा सुख–दुःख त जसलाई पनि आइलाग्छ । संघर्ष गर्न छोड्नु हुँदैन । मैले अनेक दुःख सहेर नै अहिले यहाँसम्म आइपुगेकी छु । तर मलाई माया गर्ने ममी, भाइ र बुबा मभन्दा टाढा छन् । मेरो मिल्ने साथी अर्चना, कविता, सल्मा टाढा हुँदै गइरहेका छन् ।
मेरो शरीर सानैमा जल्यो । दाग बोकेर बाँचेको छु, तर यो दागभन्दा नमेटिने दाग त मेरो छातीभित्र छ । ठूली हुँदैछु तर सानो कक्षामा पढ्छु । पहिलेजस्तो पढाइ पनि राम्रो छैन । तर इसिडिसीले मलाई धेरै हौसला र प्रोत्साहन दिइरहेको छ ।
मेहनत गरेर पढ्ने कोसिस गर्छु । राम्ररी पढेँ भने भविष्य राम्रो होला भन्ने लाग्छ । साथीहरूको माया ममीको आशीर्वाद लिएर म उन्नतिको शिखरमा चढ्न चाहन्छु ।
बयलकोटी कक्षा ९ मा अध्ययनरत छिन
सडकले सहज मुस्ताङी जीवन
लोमान्थाङ (मुस्ताङ), वैशाख ३० - सडकको पहुँचसँगै हिमालपारिको जिल्ला मुस्ताङ र उपल्लो भेग लोमन्थाङको जीवनमा परिवर्तन आएको छ । बेनी-जोमसोम-लोमन्थाङ-कोरला पाइलट ट्रयाकमा यातायात सञ्चालन हुन थालेपछि त्यस भेगका बासिन्दाले चर्को खाद्यान्न संकटबाट पार पाएका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै घटेको छ । जोमसोम-लोमान्थाङ ८८ किमि ट्रयाक खुलेपछि आन्तरिक पर्यटक बढेका छन् । होटल व्यवसायी लोन्डुप विष्टका अनुसार केही वर्षअघिसम्म यहाँ १ किलो चामल ढुवानी भाडा ४० रुपैयाँ लाग्थ्यो, सडक पुगेपछि १४ मा झरेको छ । 'पहिले हिउँदमा जाडो छल्न बेंसी झरेकाले घोडा र पिठ्युँमा बोकेर ल्याएमात्र भात चाख्न पाइन्थ्यो, अहिले लोमन्थाङमा भाते संस्कृति मौलाएको छ,' उनले भने ।
हल्का सवारीमा लोमन्थाङ हुँदै चीनको सिमाना कोरला पुग्न सकिने भएको छ । करिब ३ सय २५ किमि सडकबाट तिब्बत र भारतको सुनौली जोडिएका छन् । त्यसको प्रत्यक्ष प्रभाव विकट हिमाली जीवनमा देखिन थालेको छ । पछौटेपन र गरिबीको दुष्चक्रमा फस्दै आएको मुस्ताङको भविष्य कोरला नाकासँग देख्न थालेका छन्, जिल्लावासीले । ०५१ अघिसम्म सियो र जडीबुटी बोकेर बेंसीका बस्ती डुल्ने मुस्ताङीको लवाइ, खवाइ र बसाइशैलीमा व्यापक परिवर्तन आएको छ । सडक पुग्नुअघि घोडापालन मुस्ताङीको जीवन शैलीको अभिन्न अंग थियो, तिनैले खाद्यान्न ढुवानी गर्थे । अहिले गाडीले दैलोमै खाद्यान्न पुर्याउन थाले ।
सामाजिक अगुवा इन्द्रधारा विष्टका अनुसार राजधानीलगायत देशका प्रमुख सहरसँग सडक सञ्जाल जोडिएको छ । 'सडकसँगै केही समस्या पनि उक्लेका छन्,' उनले भने, 'भाते संस्कृति बढेपछि पशुपालन र कृषि घटेको छ, खेतबारी बाँझिएका छन् ।'
पोखराबाट २ दिनमा सजिलै तिब्बती सीमा नेचुङ पुग्न सकिने भएको छ । मुस्ताङको छुक्साङमा पर्ने नेचुङ र तिब्बतको ढोल्पासिङ जिल्लाको लेक्जे जोड्ने कोरला नाका खोल्न ०६२ मा नेपाल र चीनबीच सहमति भएको थियो, कार्यान्वयन भएको छैन । छोसेर, छोन्हुप, लोमन्थाङ, चराङ र घमी गाविसले ०५४ देखि ६१ सम्मको अनुदान रकमबाट सडक खने ।
बाख्राको पाठो काटेर खाँदा सबैलाई पुग्दैन : बाबुराम
महत्वपूर्ण कुरा आकांक्षाको। यो वेब भने एक ठूलो बाख्रा बनाउन मात्र होइन किनभने बाबुराम भट्टराई खाने बाख्राको, एक सानो पाठो, कटौती, कटौती गाउन।
'अब बाख्राको सबै बिरुवाहरु खाए कटौती, सबै बाख्रा तीन बनाउन?' ब्रोकोली राष्ट्रिय सम्मेलन खोल्दा बोली, डा दे। उनले भने - 'भर्खरै पुँजीवादलाई को अन्त प्रतिक्षामा विकसित र अब म केही vitaranabaheka गरिबी हो भन्न । थिएन, हामी गरिबी, गोर अरूको समाजवाद छैन
रुन फेरिएको नेता भट्टराईले मास्को विचार, कार्यदिशा र संगठन किनभने नयाँ विचार र शक्तिहरू विकास गर्न नयाँ शक्ति भन्नुभयो।
नेपाल प्रजातान्त्रिक बुर्जुवा लोकतान्त्रिक क्रान्ति एक राष्ट्रिय डा विकास गर्न भारतीय एकाधिकार पुँजीवाद को प्रभावबाट मुक्त, पनि पुँजीवादलाई केही कार्यभार थिए। उनले भने।
उद्घाटन समारोह, डा भट्टराईले आँधी थियो बोल्ने छ ब्रोकोली। आँधी को उद्घाटन सत्र लङ्गडो पछि कार्यक्रम कम कार्यक्रम चाहन्छ GCF अपरेटर भन्नुभयो। सूर्य अचानक मौसम परिवर्तन दोषपूर्ण एक ब्रोकोली पकड मा बस्नुहोस्।
रुन फेरिएको नेता भट्टराईले मास्को विचार, कार्यदिशा र संगठन किनभने नयाँ विचार र शक्तिहरू विकास गर्न नयाँ शक्ति भन्नुभयो।
नेपाल प्रजातान्त्रिक बुर्जुवा लोकतान्त्रिक क्रान्ति एक राष्ट्रिय डा विकास गर्न भारतीय एकाधिकार पुँजीवाद को प्रभावबाट मुक्त, पनि पुँजीवादलाई केही कार्यभार थिए। उनले भने।
उद्घाटन समारोह, डा भट्टराईले आँधी थियो बोल्ने छ ब्रोकोली। आँधी को उद्घाटन सत्र लङ्गडो पछि कार्यक्रम कम कार्यक्रम चाहन्छ GCF अपरेटर भन्नुभयो। सूर्य अचानक मौसम परिवर्तन दोषपूर्ण एक ब्रोकोली पकड मा बस्नुहोस्।
Subscribe to:
Posts (Atom)