यसो गर्दैछ भारत भित्रभित्रै !

india nepal flagसकेसम्म छिटो केपी ओलीलाई पदच्यूत गर्न भारतले
चारवटा फ्रन्टमा एकसाथ काम थालेको छ ।
 (यो सामग्री कान्तिपुर दैनिकमा कार्यरत एक पत्रकारले भारतीय दुतावास निकट एक मधेसीमूलका बुद्धिजीविसँग गरेको कुराकानीमा आधारित छ । यसको स्वतन्त्र सत्यापन हुन सकेको छैन ।) 
नेपालमा केपी शर्माओलीको नेतृत्वमा सरकार बनेपछि भारतले नाकाबन्दी लगाएको हो । हतारमा, पर्याप्त सोचविचारविनै नाकाबन्दी लगाइएको भारतीय संस्थापनको आवधिक समीक्षा–निष्कर्ष छ । एकैचोटी कठोर नाकाबन्दी लगाएपछि अहिले समस्या उत्पन्न भए पनि भारत विनाकुनै महसुस हुन सक्ने उपलब्धिविना पछाडि हट्ने सम्भावना पनि छैन ।
राष्ट्रपतिमा एमालेबाहेकका उम्मेदवार निर्वाचित हुँदाको अवस्थामा भारतका लागि ‘फेस सेभिङ’को एउटा बाहना पाइने थियो तर राष्ट्र प्रमुख पनि एमाले (र, त्यसमा पनि ओलीकै लाइन) निर्वाचित भएपछि अहिले भारतीय संस्थापनमा नेपालमा आफूले टेक्ने सबै ठाउँ गुमाएको निष्कर्षमा पुगेको छ ।
चीनसँग नेपालको लसपसले भारत झन् चिढिंदै गएको छ । एक महिनाभित्र जसरी नेपाल र चीन अप्रतयाशित र अनपेक्षित तरिकाले नजिक आएका छन् त्यसले भारतमा बेचैनी पनि बढेको छ । भारतले एकलौटी बजार गुमाउन लागेकोमा मात्रै चिन्ता होइन, चीनको प्रभाव तीब्र गतिमा बढिरहेको चिन्ताले पनि भारत उकुसमुसको अवस्थामा छ । 
त्यसमाथि चीनले नेपालको भौगोलिक अखण्डता र स्वाधिनता जोगाउने प्रयासमा आफ्नो समर्थन रहेको सार्वजनिक वक्तब्य जारी गरेपछि त भारतको निन्द्रा नै हराउन लागेको छ । नेपालमा गुम्दै गइरहेको आफ्नो प्रभाव फर्काउने र चीनको प्रभाव विस्तार रोक्ने प्रयास भारतले सुरु गरिसकेको छ ।
ओली नेतृत्वको सरकार जतिसक्यो छिटो ढल्नुपर्छ भन्ने निचोड भारतीय अधिकारीहरुको रहेको देखिन्छ । प्रधानमन्त्री ओली जसरी चीनसँग नजिकिएका छन् त्यसबाट भारत ब्यग्र बनेको छ । यो सरकार जति धेरै टिक्छ, भारतको हित क्षति हुँदै जान्छ भन्ने साउथ ब्लकको बुझाई बनिसकेको छ ।
त्यसैले अब भारतको सम्पूर्ण ध्यान केपी ओलीको सरकारलाई छिटोभन्दा छिटो ढाल्नेमैं केन्द्रित भइरहेको छ । यसका लागि भारतले संवैधानिकदेखि गुप्तचर–प्रयुक्त सबै उपाय अवलम्बन गर्ने तयारी गरिरहेको बुझिन्छ ।
भारतले अबको आफ्नो मिसनलाई चार फ्रन्टमा केन्द्रित गरेको देखिन्छ ।
पहिलो, नाकाबन्दी कस्ने, अभावले नेपाली जीवनलाई संत्रस्त बनाउने र जनताको आक्रेश चर्काएर ओलीलाई पदच्यूत गर्ने । चीनसँग जेजस्ता सम्झौता गरे पनि आपूर्तिलाई सहज बनाउन नेपाललाई कठिन छ भन्ने भारतको प्रष्ट बुझाई छ । पेट्रोलियम पदार्थको आपूर्तिले मात्रै नेपाली जनजीवनमा आक्रोश भर्न सकिन्न भन्ने बुझेर भारतले औषधिसमेतका अत्यावश्यक वस्तुको आयात पनि असहज बनाइदिएको छ । 
इन्धनको विकल्प छ र चीनले त्यो विकल्प पूर्ति गर्न सक्छ तर औषधि र केही खास उपभोग्यवस्तुको अभाव चीनबाट आयात गरेर पूरा गर्न सकिन्न किनभने औषधिको जेनेरिक प्रकृति र यहाँका चिकित्सकहरुको अभ्यासले चीनका औषधिको उपयोग गर्न सजिलो छैन । त्यसरी नै नेपाल र चीनबीच खानपिनको संस्कृतिमा रहेको भिन्नताका कारण केही उपभोग्य वस्तु भारतबाटै आयात गर्नुपर्ने हुन्छ । त्यसैले भारत लगभग सबै बस्तुको नाकाबन्दीमा उत्रेको हो ।
चरम अभाव उत्पन्न भएपछि जनतामा आक्रोश बढ्ने छ र सानोतिनो घटनाले पनि अराजकता उत्पन्न हुन सक्ने आकलन साउथब्लकका अधिकारीहरुको छ । अराजकता (अनरेस्ट) उत्पन्न गर्ने काममा भारतको सहयोग हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । मधेस आन्दोलनको भूमरीमा परेको सरकारले पहाडी क्षेत्रको अनरेस्ट सम्हाल्न नसक्ने अवस्था आएपछि  ओली सरकारमा टिक्न नसक्ने र त्यसपछि बन्ने सरकारले भारतको समर्थन नलिइनहुने अवस्थाको पूर्वानुमान भारतीय अधिकारीहरुले गरिरहेका बुझिन्छ । अनरेस्टको यो सबै काम रअले हेरिरहेको छ ।
दोस्रो, अनरेस्टका सम्भावनाहरुलाई बढाउँदै जानुका साथै अहिलेको सत्ता गठबन्धनमा फाटो ल्याउने प्रयासमा पनि भारत सक्रिय हुन थालेको छ । एमालेभित्रै पनि विभाजनको सम्भावनामा भारतले सोचिरहेको छ । राजदूतलगायतका उच्च अधिकारीहरु अहिले त्यो मिसनमा लागेका छन् । 
अहिलेको गठबन्धनबाट राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र एमाओवादीलाई बाहिर ल्याउने प्रयास भइरहेको छ । भारत अहिले ओलीभन्दा प्रचण्ड आफूप्रति नरम भएको ठम्याईमा छ । प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने योजनाको एक भाग देखिन्छ । 
अनरेस्ट वा सत्ता गठबन्धनमा भाँजो हाल्ने दुबै कामलाई बराबर प्राथमिकता दिएर भारत अगाडि बढिरहेको जस्तो देखिन्छ । जसरी भए पनि उसलाई छिटो नतिजा चाहिएको छ ।
तेस्रो, नेपाली काँग्रेसभित्र पनि भारतले चलखेल सुरु गरेको छ । काँग्रेसलाइृ सकेसम्म कमजोर पार्ने र वर्तमान सत्ता गठबन्धनप्रति चरम असहिष्णु बनाउने योजना भारतको छ । कुनै पनि अवस्थामा जस्तोसुकै राष्ट्रियताको नारा दिए पनि काँग्रेस एमाले र एमाओवादीसँग नमिल्ने वातावरण बनाउन भारत लागिपरेको छ । केन्द्रीय कार्यसमितिको बैठकमा भइरहेको अहिलेको बबण्डर पनि त्यसैको एक भाग हुन सक्छ । सार्वजनिक रुपमा काँग्रेसले भारतको विकल्प छैन भन्न थालोस् भन्ने भारतीय अधिकारहरुको चाहना छ ।
चौथो र अन्तिम । अनरेष्ट र सत्तारुढ गठबन्धनमा भाँजो ल्याउने दुबै प्रयास असफल भए वा ती प्रयासले समय लिने जस्तो देखियो भने मधेसको आन्दोलनलाई पृथकतावादी आन्दोलनमा परिणत गर्ने प्रयासमा भारत जाने छ । यसबाट नेपालको आपूर्ति व्यवस्थामा झन् समस्या पैदा हुने त छँदै छ, ओलीको सरकारविरुद्ध तत्काल जनमत निर्माण हुने भारतको बुझाई छ ।
सारमा भारत नेपालमा आफू हार्न चाहन्न । जतिसक्यो छिटो उसलाई जित्नुपर्नेछ । उपरोक्त चार रणनीति अपनाएर उसले तत्काल परिणाम खोजिरहेको छ । ढिलो हुँदै जाँदा मामिलाले अन्तर्राष्ट्रिय ध्यान तान्ने भएको हुनाले पनि भारत हतारमा देखिएको छ ।

INDIAN PEOPLE BLAME TO NEPAL IN FACEBOOK WHY WE SHOULD STOP ????

Sachin Mehta wrote, "Nepalese are abusing me n my parents, cursing me,showing their anger on me..they wanna fuck me,slaughter me n do all kinda shitty things with me ..I love it,I simply love it heart emoticon Go ahead gaypalese, the more u rant the more I show u sewer rats yr "aukat" grin emoticon stick to yr work BCs,guard our homes n clean our sewers u fucking sewer rats ..yr constitution is pile of shit ,its not even worthy of a toilet paper grin emoticon ‪#‎FuckOffNepal‬ ‪#‎FuckOffGaypalese‬"
Sachin Mehta
September 28
Nepalese are abusing me n my parents, cursing me,showing their anger on me..they wanna fuck me,slaughter me n do all kinda shitty things with me ..I love it,I ...

Lion vs Hyena a terrible fight to death 1

कोरला नाका खोल्न धौलागिरि अञ्चलबासी एकजुट

12193632_903972153021634_8996491169752428342_n (1)एक दशकदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न धौलागिरि अञ्चलका सरोकारवाला निकाय एकजुट भएका छन् । मुस्ताङको छोसेर गाविस र चिनको तिब्वतसंग नाका जोडिएको कोरलालाई नियमित सञ्चालनमा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठको अगुवाईमा शनिबार दिउँसो हुने अञ्चलस्तरीय भेलाबाट नाकालाई आवश्यक प्रक्रिया पुरा गरेर खोल्ने विषयमा नेपाल सरकारमार्फत चिनियाँ दुतावालाई अनुरोध गर्ने गरी छलफल हुन लागेको छ । कार्यक्रममा मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङका राजनीतिक दल,प्रमुख जिल्ला अधिकारी, निजी क्षेत्र लगाएत सरोकारवाला निकायको सहभागिता रहने छ ।मुस्ताङको नाका खोल्न नेपाल सरकारले चासो देखाएपनि चिनियाँ पक्षबाट सकारात्मक संकेत आएको छैन । चिनर्संग सिमा जोडिएका नाकामध्ये सबैभन्दा सहज आवातजावन गर्ने मिल्ने भएकाले पनि कोरला नाकाप्रति निजी क्षेत्रको ध्यान गएको हो ।
उपल्लो मुस्ताङमा तिब्वतबाटै सबै सामान आयात हुने गर्दछ । नाका खुलेमा मुस्ताङको भूभाग सहित धौलागिरि अञ्चलका अन्य जिल्लाले समेत प्रत्यक्ष लाभ लिनेछन् । भारतले दक्षिणका सिमा नाकाहरुमा गरेको अघोषित नाकाबन्दीका कारण देशभरको जनजिवन प्रभावित बनिरहेको अवस्थामा नेपाल र चीनबीच ब्यापारीक दृष्टिकोणले सबैभन्दा नजिक तथा उत्तम मानिएको कोरला नाका खोल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले बेनीअनलाइनलाई बताए ।
शनिबारको छलफलबाट थप योजना बनाएर अगाडी बढ्ने उनले बताए । कोरला नाकासम्म मुस्ताङ तर्फबाट सडक सुबिधा पुगीसकेको छ । हालै सिमा प्रशासन कार्यालय लोमान्थाङमा भएको बार्तामा तिब्बती अधिकारीहरु पनि नाका खोल्न सकारात्मक देखिएका थिए । नाका खुलाउन चिन सरकारलेनै निर्णय गर्नुपर्ने उनिहरुको भनाई थियो । चिनिया पक्षले कोरला नाका र उपल्लो मुस्ताङलाई चिन बिरोधी गतिबिधि हुन सक्ने भन्दै सुरक्षाका हिसावले संवेदनशिल मानेको छ ।

समस्याको जड: पहाडीया अहंकारबाद

कुसुम भट्टराई
२०५२ सालपछिका दिनहरुमा एक पटक मैले काठमाडौंका भित्ताहरुमा एउटा नारा देखें, ‘भगौडा नछी, धर्ती पुत्र छी’ ।
नेकपा माओवादीले लेखेको त्यो नाराको अर्थ मैले धेरैपछि मात्र बुझें । खासमा हामी खस ब्राम्हणहरु भारतका कन्नौज, कर्नाटक, कुमाउ आदिबाट आएका रहेछौं, मधेशी समुदाय चाँही नेपालकै तराईमा सदियौंदेखी बस्ने आदिबासी धर्ती पुत्र रहेछन् भन्ने कुरा इतिहासको अध्ययनपछि मात्र बुझीयो । मैले आफुलाई ‘वास्तविक नेपाली’ भनेर धाक धक्कु लगाए पनि खासमा मेरा पुर्खाभन्दा पहिले नै यहाँ मधेशी, थारु, जनजातीहरु बसोबास गर्दारहेछन् । उनीहरु नै यहाँका धर्ती पुत्र रहेछन् । तैपनि मेरो समुदाय अर्थात पहाडे समुदायले ति मधेशीलाई ‘भारतीय’ भन्दै हेप्दै आइरहेको रहेछ, उनीहरुलाई शासनसत्ताको पहुँचबाट पर राख्दै आइरहेको रहेछ, लामो समयसम्म मधेशीलाई काठमाडौं प्रवेशका लागि भिसा प्रणाली लागू गरेर उनीहरुमाथि गैर नेपालीको व्यवहार गर्दै आइरहेको रहेछ ।
मधेशमा आन्दोलन चलीरहेकै बेला ममा बाल्यकालका केही सम्झना तरोताजा भएर आएका छन् । मेरो बाल्यकाल भैरहवामा बितेको थियो । त्यो सीमावर्ती नगरको नारायणथानमा अवस्थित तात्कालीन् इन्द्रराज्य लक्ष्मी माध्यमिक बिद्यालय (कन्या स्कुल)मा कक्षा आठसम्मको अध्ययन गर्ने क्रममा मैले मधेशका धेरै गरीब र पिछडीएका गाउँहरुको भ्रमण गरेको छु । चाहे मर्चवार होस्, चाहे ठुटीपिपल, चाहे पक्लीहवा होस्, चाहे पडसरी, चाहे खुनगाही होस्, चाहे बसडिलवा, चाहे अमुवा होस् चाहे छपीया । त्यहाँ मधेशी, दलीत र उत्पीडित बर्गको बडा बिपन्न जिवनलाई मैले नजिकबाट देख्ने मौका पाएँ । त्यति मात्र हैन, पारी भारतमा रहेका नौतनहवादेखी गोरखपुरसम्मका ग्रामीण भेगमा बस्ने जनताको अवस्था पनि त्यस्तै विपन्न थियो, जहाँका केटाकेटीहरु पखाला लाग्दा जीवनजल नपाएर वा सर्पले डस्दा एन्टी भेनम सुईको अभावमा छटपटाएर मुखबाट सेतै फींज वाकेर मर्थे ।
    स्कुलमा मेरा एकजना साथी थिए, समतलाल मुसहर । उनलाई उनका बाबुले जसोतसो मेहनत गरेर पढाएका थिए । हामी सात कक्षामा पढ्थ्यौ र बेहैया झारले भरीएका गढाई (सडक वा बाटो किनारमा पानी जम्ने गढ्ढा)मा माछा मार्न जान्थ्यौं । बल्छीमा केचुँवा (गडयौला या अन्य केही चारा) उनेर दुर–दराजका गाउँका पोखरीमा माछा मार्न जाँदा हामी दिनभरी रमाउँथ्यौं । डन्डा खोला आसपासका बयरघारीमा घुसेर बयर टिप्ने, गन्ना (उँखु)को खेतमा घुसेर उँखु चोर्ने, गुल्ली डन्डा खेल्ने, आम गाछी (आमको बगैचा)मा काँचो आँप झटारोले हानेर झार्ने र पत्तीले चिरेर नुनसँग खाने, पंचरत्न सिनेमा हलमा डेढ रुपैयाँको टिकटमा थर्ड क्लासमा छिरेर डान्स गर्दै पिक्चर हेर्ने । त्यति मात्र हैन, गुलेली बोकेर धान वा गहुँको खेतमा ढुकुर वा सुगा मार्न जाने अनी फर्कदा ‘गोर्की पर्तकी रे मारे गुलेलवा जियरा उड उड जाए’ भनेर गुनगुनाउँदै फर्कने । बसडिलवा मेलामा नौटंकी नाच हेर्ने । समतलाल र मेरो जोडी जम्थ्यो । त्यो दोस्तीमा कतै पनि पहाडे र मधेशीको भेद थिएन । किनकी, ममा त्यसबेला पहाडे अहंकारबादको बोध पसीसकेको थिएन ।
एक दिन समतलालले मलाई भन्यो ‘अरे कुसुमवा, तिमी त चावल र सब्जी खान्छ, हामी त भुजा (मुरइ) र प्याज मात्र खान्छ बे ।’ कहिलेकाँही खेतमा मुसा मारेर त्यसलाई पोलेर खाने गरेको पनि उ बताउँथ्यो ।
मलाइ बडा नमज्जा लाग्यो । दुबै मान्छे भएर पनि दुबैको खानपीनमा त्यस्तो भिन्नता किन ? यो प्रश्नको उत्तर मैले अली जान्ने भएपछि मात्र पाएँ । हामी पहाडीया निम्न मध्यम बर्गको भए पनि दाल, भात र तरकारी जसोतसो खान्थ्यौं । तर समतलालको बुबा छोटुले सुख्खा रोटी र नुनको भरमा भैरहवाको त्यो प्रचण्ड गर्मीमा भुल्लो गम्छाले पसीना पुछ्दै खाली गोडा रिक्साको पाइडल चलाइरहेको म अझै सम्झन्छु ।
२०३६ देखी २०४६ सालअघिसम्मको त्यो कालखन्डमा मैले भैरहवामा मन्डले राष्ट्रवादको उग्र नमुना देख्ने मौका पाएँ । तिनताक भैरहवामा मन्डलेहरुको जगजगी नै थियो । हुन त त्यसबेला मन्डलेहरुको दादागीरी आम जनतामाथि नै चलीरहेको थियो । त्यसमा पनि मधेशी दाजुभाई दिदी बहीनीमाथि उनीहरु बडा हेपाहा ब्यवहार गर्थे ।
एक दिन मैले बर्मेलीटोलमा एउटा बडा नमिठो दृश्य देखें । समतलालको बुबा छोटुमाथि तिनजना पहाडीया केटाहरुले लात्ती र मुक्का प्रहार गरीरहेका थिए । छोटु भन्दैथिए, ‘माफ किजिएगा मालीक, गल्ती होइ गइला ।’
छोटुको नाथ्री फुटीसकेको थियो । मुखमा पनि रातै डाम थियो । सिक्री झुन्डयाइएको जिन्स पाइन्ट र झुलजस्तो प्वालै प्वाल भएको टिसर्ट लगाएको एउटा केटोले तिनताक मन्डलेहरुले बोक्ने नाइनचाकु (बु्रसलीको प्रभाव परेर होला) बोकेका थिए । त्यो युवाले छोटुमाथि नाइन चाकु घुमाउदै बेस्सरी बजा¥यो । छोटुको टाउकोमा लाग्यो र रगत बग्न थालीहाल्यो । उनी डाकोद छाडेर रुन थाले ।
मैले एउटा पुरुष त्यसरी डाको छोडेर रोएको जिवनमै पहिलो पटक देखेको थिएँ ।
भोलीपल्ट समतलाललाई सोधें, ‘तेरो बुबालाई किन पिटेको बे दादा (गुन्डा)हरुले ?’
समतलालले मलाई बताए अनुसार ति तिनजना केटाहरु महापञ्च निरंजन थापाका कार्यकता रहेछन् । चौराहाबाट समतलालको बाबु छोटुकै रिक्सा चढेर बर्मेलीटोलसम्म आएका रहेछन् । छोटुको अपराध थियो–उनीहरुसँग भाडा माग्नु । बस ।
‘साला धोती भाडा माग्छस् ?’, तिन दादामध्ये एउटाले त्यसो भन्दै दुई मुक्का हानेपछि समतलालको बाबुले रुँदै भनेका रहेछन्, ‘‘माफ किजिएगा मालीक, गल्ती होइ गइला ।’
समतलालको बाबुको मात्र कथा–व्यथा थिएन त्यो । मधेशी समुदायका दाजु भाईलाई ‘साला धोती’, ‘देशी’ आदि भन्दै हेपेको मैले धेरै पटक देखें । म कहिलेकाँही आमासँग आवा अफीसनजिकैको हाट बजार जान्थें । त्यहाँ कुनै मधेशीले परवर वा प्याज बेच्न राखेका हुन्थे । पहाडे मुलका अधिकांश मानिसको मुल्य सोध्ने ढंग हुन्थ्यो, ‘ए देशी, परवर कति रुपैयाँ केजी ?’  परवर बेच्न बसेका मधेशी भाई भन्थे, ‘हुजुर चार रुपैयाँ किलो ।’ अनी ग्राहक महानुभाव हेपाहा स्वर उराल्दै भन्थे, ‘दुई रुपैयाँको परवरलाई चार रुपैयाँ भन्छस् साला ठग धोती ?’
मुल्य चित्त नबुझे शिष्ट भाषामा पनि बार्गेनिङ गर्न सकिन्थ्यो होला । तर गाली नै गर्नुपर्ने कुनै अपराध त उनले गरेका थिएनन् । मलाई अचम्म लाग्थ्यो, कालो अनुहार, पातलो शरीर, ख्याउटे अनुहार भएको मधेशी दाजु भाईलाई देख्नासाथ पहाडे मुलका तराईबासीको पारो किन चढ्छ ? उनीहरुलाई हेप्नैपर्ने किन ? त्यो खासमा पहाडे अहंकारबाद रहेछ भन्ने कुरा मैले धेरैपछि मात्र बुझें ।
अरुको कुरा छोडौं । खुद ममा त्यो संस्कारले जरो गाडेछ, नजानीदो ढंगले । मेरो समुदाय, मेरो परिवेश र संस्कारले मलाई के सिकाएछ भने मधेशी भनेका भारतीय हुन्, उनीहरु नेपाली हैनन् । बर्माबाट भागेर आएका, भुटानबाट लखेटीएका, दार्जीलिङ, आसाम, सिक्कीमतीरबाट आएका नेपाली भाषी भारतीयप्रति नरम व्यवहार राखीन्थ्यो । नागरिकता समेत दिइन्थ्यो । जबकी तराईमा सदियौं बर्षदेखी बस्दै आएका मधेशी समुदायलाई भने ‘भारतीय’ भनेर गैर नेपालीकोजस्तो व्यवहार गर्ने संस्कार थियो ।
त्यो संस्कारले मलाई पनि गाँजेको रहेछ ।
त्यसबारेमा एउटा घटना सम्झन्छु । कुरा कक्षा ६ मा पढ्दाको हो । हामी गर्मीको विदामा कपिलवस्तुको पिपरा भन्ने गाउँमा जान्थ्यौं । राजमार्गको छेउमा हजुर बुबा, हजुर आमा र काका–काकी बस्नुहुन्थ्यो । त्यहाँ हाम्रो खेत थियो । खेतमा काम गर्न एकजना मधेशी दाई थिए, जसको वास्तविक नाम मैले कहिल्यै थाहा पाइन र सोधीन पनि । उनलाई सबैले ‘बड्का’ ‘बड्का’ भन्थे । हाम्रो खेतमा काम गरेबापत उनी केही धान पाउँथे । चाड पर्व, रुद्री, लाख बत्ती, ब्रतबन्ध आदि अनुष्ठान हुँदा बडकाकी पत्नी ‘छोटकी’लाई भाँडा माझ्न लगाइन्थ्यो । मानिसहरु मिठा मिठा परिकार खाइरहेका हुन्थे, छोटकी भने भाँडा माझीरहेकी हुन्थीन् । अझ, समयमै भाँडा नमाझेको, राम्ररी नमाझेको भन्दै उनलाई हपार्नेहरु धेरै हुन्थे ।
एक दिन मैले बड्कालाई मेवा टिपीदिन आग्रह गरें । बड्काले भने, ‘नाई बाबु, आँबोई (हजुर आमा) कराइल, हमउ पर मार परल ।’
आफुलाई मेवा नटिपीदिएको झोंकमा मेरो मुखबाट फुत्त निस्कीयो, ‘साला देसी, अब हामीले भनेको पनि नटेर्ने भयो ।’
त्यसको धेरै वर्षपछि पिपरा जाँदा बड्का सिकिस्त विरामी भएको देखें । उनी दुब्लाएर किराले खाएको कदमको मुढोजस्तो देखिन्थे । अगाडीका दुईवटा दाँत झरीसकेका थिए । मलाई देखेर पुरानै सम्मान र आदरभाव दर्शाउँदै उनले भने, ‘कुसुम बाबु, पढलिखकर बडे आदमी बनना । हमउ त अब नाही रहल ।’
पुरै जिवन अरुको हरवा चरवा भएर बुढेशकालमा राम्ररी उपचार पनि नपाई बडका मृत्यु शैयामा छटपटाइरहेको देखेर मेरो मनमा नमिठो कम्पन उत्पन्न भयो । के बड्काले भाग्यमै त्यस्तो जिवन लेखेर आएका हुन त ? के बड्काजस्ता मुलुकभरका मधेशी विपन्न दाजुभाईको नियती त्यही नै हो त ? भन्ने प्रश्नले मलाई घोचेको थियो । तर पहाडे अहंकारबादले घेरीएको वस्तीमा फर्केपछि मेरा ति अनुराग र संबेदना हराइहाले, मैले बड्काको लागि केही गर्न सकीन ।
फर्केर घर आउँदा काका तमाखु तानेर भन्दैथिए, ‘त्यो साला बड्का काम गर्नुपर्छ भनेर विरामी भएको बहाना गरीरहेको छ ।’ काकाको त्यो अभिव्यक्ति पहाडीया अहंकारले भरीएको अनी सामन्ती सोचले ओतप्रोत अभिव्यक्ति थियो, जुनकुरा म अहिले आएर मात्र बुझ्दैछु ।
उमेरले चालिस टेक्दासम्म पनि मैले मधेशका आफ्नै दाजुभाईलाई चिन्न नसकेको रहेछु । आफन्ै नेपाली दाजु–भाई दिदी बहीनीलाई मैले भारतीय ठान्दै आएको रहेछु र उनीहरुलाई नागरिकता दिनुपर्छ भन्ने कुरा उठ्दा मेरो पहाडे अहंकारबाद जुर्मुराएर जाग्दोरहेछ ।
न त बड्का भारतीय थियो, न त समतलाल र उसको बाबु छोटु ।
नेपाल र भारत भन्ने देश बन्नुअघि पनि उनीहरु सदियौंदेखी त्यही भुभागमा थिए । नेपाल–भारत सीमा कोरिएपछि एउटै भाषा, संस्कृती, भेष, भुषा, रहन सहन, इतिहास र परम्परा बोकेको समुदायमध्ये कोही भारततीर परे, कोही नेपालतीर । राजनीतिक सिमाबन्दीका क्रममा जो जो भारततीर परे उनीहरु भारतीय भए, जो जो नेपालतीर परे, उनीहरु नेपाललाई नै आफ्नो मातृभूमि मानेर बस्दै आए । यही कारण तराईका २० जिल्लाका सीमावर्ती क्षेत्रहरुमा दुबै मुलुकवीच रोटी र बेटीको सम्बन्ध रहँदै आएको छ ।
इतिहासका विविध कालखन्डमा मधेशीमाथि शोषण भएको पाइन्छ । मल्ल राज्यमा रहेर आफुलाई किर्तिपुरको लडाईमा पटक पटक हराइदिने तिरहुतीया फौज (मैथील सेनाहरु)लाई पछि पृथ्वीनारायण शाहले तराईतीर नै धपाइदिएका थिए । त्यसबेलादेखी सेनामा मधेशी भर्ती बन्द गरिएको इतिहास रहेछ । राणाजीहरुले तराईको जंगल फाँडेर काठ तस्करी गरेका थिए र जंगल फाँडेर बनेको भूमि आफन आइते, ब्याइते, ल्याइतेका सन्तानलाई बिर्ता दिएर पठाए । ति जमीनदारको घरमा त्यहाँका आदिबासी मधेशी, थारुहरु हरवा, चरवा बन्न बाध्य भए, उनीहरुको नाममा एक टुक्रा जमीन भएन । जमीन भएका मधेशीलाई पनि त्यो जमीन बेच्न र किन्न नागरिकता चाहिन्थ्यो, जुन उनीहरुका लागि आकाशको फल आँखा तरी मर सरह हुन्थ्यो ।
तराईको जंगल फाँडेर एकातिर त्यहाँको जैविक विविधता नास गर्न थालीयो भने जंगल मासेर बचेको जमीनमा पहाडीयालाई योजनाबद्ध ढंगले पुनर्वास योजना अन्तर्गत बस्ती बसाइएको देखिन्छ । मधेशका आदिवासी धर्ती पुत्रहरुको रहन सहन, भाषा, भेषभुषा, संस्कृती आदिलाई तुहाउने काम भयो । राजा महेन्द्रले विकासको नारा दिएर पुर्व पश्चिम राजमार्ग बनाए पनि त्यसको मारमा मधेशी समुदाय नै परेका रहेछन् । हुलाकी मार्गलाई राजमार्ग बनाएको भए मधेशी समुदाय बढी लाभान्वीत हुन्थे, अहिलेको ठाउँमा राजमार्ग बनाउँदा अनावश्यक रुपमा जंगल फडानी भयो । राजमार्ग छेउछाउ पहाडीयालाई ल्याएर बसाइयो । भूपी सैनिकका लागि मधेशमा पुनर्वास योजना नै ल्याइयो । त्यो सबै मन्डले राष्ट्रवादको नमुना थियो । २०४० सालतीर हर्क गुरुङको बसाइ सराइसम्बन्धी एक प्रतिबेदन आयो । त्यो प्रतिबेदनले तराईका मधेशीलाई ‘भारतीय’ भन्दै उनीहरुलाई देश निकाला गर्नुपर्नेसम्मको सुझाव दिएको थियो । नेपालमा जनसंख्या बढनुको कारण तिनै ‘मधेशी भारतीय’ रहेको दलील पेश गरिएपछि मधेशी समुदायमा आक्रोशको आगो सल्कीन थाल्यो ।
अहिले मधेशमा जुन आन्दोलन भइरहेको छ, त्यो खासमा लामो समयदेखी मधेशमा भइरहेको विभेदविरोधी संघर्षकै सिलसिला हो । कहिले कुन समुहले ग¥यो, कहिले कुन समुहले । भलै तराई काँग्रेसका नेता बेदानन्द झा राजाको मन्त्री खान दौरा सुरुवाल लगाएर दरबार पसेका किन नहुन्, भलै गजेन्द्र बाबु पनि पछि दौरा सुरुवाल लगाएर मन्त्री खान किन नगएका हुन्, तर मधेशमा आान्दोलन रोकिएन । चलीरह्यो । माओवादी जनयुद्धपछि मधेशी समुदायमा चेतनाको नयाँ आलोक जाग्यो । सद्भावनादेखी मधेशी फोरमसम्मले आन्दोलन चलाइरहे । यसवीचमा सत्तालोलुप नेताहरु देखा परे पनि, मधेशी शक्ति सत्ताकै लागि तेह« टुक्रामा विभाजीत भए पनि मधेशको एजेन्डा बिचलीत भएको थिएन । मधेशी समुदायको सेन्टीमेन्ट ओझेलमा परेको थिएन,  एजेन्डा कमजोर थिएन । शाषकहरुले मधेशलाई राम्ररी बुझ्न नसक्नुको परिणाम हो, अहिलेको अवस्था ।
हर्क गुरुङको त्यो प्रतिबेदनले मधेशीलाई गैर नेपालीको संज्ञा दिएको इतिहास जसले पढेको छैन, जसले त्यो प्रतिबेदनको खिलाफमा गजेन्द्रनारायण सिंह, बाबा रामजनम तिवारीहरुको संघर्ष र जेल जिवनको इतिहास पढेको छैन, जसले मधेशका किसानहरुको संघर्षको गाथा पढेको छैन, जसले नागरीकताका लागि भएको संघर्षको लामो सिलसिला बुझेको छैन, जसले जनयुद्धमा मधेशमा भएका संघर्षको इतिहास बुझेको छैन र जसले शान्ति प्रकृया सुरु भइसकेपछि मधेशमा पटक–पटक भएका विद्रोह र राज्य र विद्रोही पक्षवीच भएका सम्झौताको गहिरो अध्ययन गरेको छैन, उसले राजधानीका पत्रिका पसलहरुमा उभिएर मधेशीलाई गाली गर्नुको कुनै तुक छैन ।
जसले मधेशको समस्याको चुरो बुझेको छ, उ यतिबेला चिन्तीत छ । एमाओवादीभित्र डा. बाबुराम भट्टराई चिन्तीत छन् । जतीसक्दो चाँडो मधेश आन्दोलनको यथोचित समाधान नखोजिए त्यसले बिखन्डन निम्त्याउने खतरा औंल्याउँदै उनी त्यसका लागि पहाडे अहंकारबादलाई नै मुल कारण बताइरहेका छन् ।
नेपाली काँग्रेसका बयोबृद्ध नेता रामहरी जोशीको धारणा पनि यस्तै छ । जोशी सर्लाहीका पुराना अनी त्यागी नेता हुन । रामहरी जोशीकै कारण मधेशमा काँग्रेसको सँगठन कुनैबेलासम्म निकै मजबुत थियो । काँडाघारी टाउन प्लानीङ छाडेर अचेल ललितपुरमा बस्न थालेका नेता जोशीले अस्तीमात्र मलाई भने, ‘मधेशमा अन्याय भएकै हो । मधेशको मागको सम्बोधन भएन भने परिस्थिति हाम्रो हातबाट फुत्कीनसक्छ भनेर मैले शुसील कोइरालादेखी रामवरण यादवसम्मलाई भनीसकें । तर अचेल हाम्रो कुरै सुन्दैनन ।’
समस्याको गाँठो के हो भने मुलुकका ठुला दलमा केही मठाधीश नेता छन् । केपी ओलीको राष्ट्रवाद यतिबेला झापामा संकुचीत भएको  छ । मानौं उनी झापाका त्यो पनि आफ्नो निर्वाचन क्षेत्रका मात्र नेता हुन् । कृष्ण सिटौला पनि त्यही झापामा खुम्चीएका छन् । भीम रावल र शेरबहादुर सुदुर पश्चिमतीर खुम्चीएका छन् । लेखराज भट्टलाई अखन्ड सुुदुर पश्चिमको ज्वरो आएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड, शुसीलआदिलाई जसोतसो एक थान संविधान जारी गर्नुप¥या छ । जुन अपेक्षित बर्ग र समुदायको लागि संघीयता चाहिएको हो, उसलाई नै रुवाएर संविधान जारी गर्दा त्यसले थप अस्थीरता निम्त्याउनसक्छ भन्ने दुरदर्शीता यी नेताहरुमा पटक्कै देखिएन ।
डा. बाबुराम भट्टराईमा त्यो सुझबुझ देखिएको छ र उनी सकेसम्म मधेशको आन्दोलनको यथोचित समाधान होस् भनेर लागीपरेका छन् । किनकी उनले देखीरहेका छन्, मधेशको समस्या यसैगरी चर्किदै जाने हो भने यसले भोली मुलुकमा बिखन्डन पनि ल्याउनसक्छ । तर यी नेतामाथि पहाडीया अहंकारबादले ओतप्रोत फेसबुके, टवीटरे, टवाँटे, टयापेदेखी ठुला दलका मठाधिश नेताका अनुचरहरु सबै खनीएका छन् । जव मुलुक उनले संकेत गरेको अनिष्टतर्फ नराम्ररी फँस्नेछ, अनी मात्र तिनको होस खुल्ने हो की ?
संसारभरी पृथकताबादी आन्दोलनका चरीत्र यस्तै देखिएका छन् । ‘प्रदेशबाट अधिकार भएन भने देशका लागि लडने’ मानसीकताको बिजारोपण सिके राउतमा मात्र हैन, मधेशका अधिकांश नेताहरुमा भइसकेको छ । सिके राउत र जयकृष्ण गोइतबाहेकका नेताहरु सकेसम्म नेपालभित्रै तराईमा दुई प्रदेश (स्वायत्त मधेश र थरुहट) होस् भन्नेमा स्पष्ट छन् । उनीहरु मनैदेखी बिखन्डनका पक्षमा छैनन् । किनकी उनीहरु सच्चा राष्ट्रवादी हुन् । मधेशका भनेर मानीएका जिल्लाहरु मधेशमै समेटीउन, थारु बहुल जिल्लाहरु थरुहटमै समेटीउन् भन्ने उनीहरुको माग हो । यदि यो मागको हल खोजीएन र पहाडे अहंकारबादले प्रेरीत भएर उनीहरुमाथि जर्बजस्ती गर्न खोजीन्छ भने मधेशमा हिंशात्मक विद्रोह वा पृथकताबादी संघर्ष गर्नुपर्छ भन्दै आएका सिके राउत र जयकृष्ण गोइतहरुकै मार्गमा लाग्न मधेशी युवाहरु बाध्य हुनसक्ने खतरा पनि छ । डा. बाबुरामले यही खतरा औंल्याएका हुन् । तर उनलाई नै मधेशीलाई भड्काएको आरोप लागीरहेको छ । मधेशलाई अधिकार दिनुपर्छ भन्नु उनीहरुलाई भडकाएको ठहरीन्छ भने भडकाएकै सही भनेर उनले पनि हाकाहाकी भनीरहकै छन् ।
यदि मधेश समस्याको अन्तर्यमा जाने हो भने मधेशमा बिखन्डनको बिउ मधेशी आन्दोलनकारीले भन्दा पनि केपी ओली, कृष्ण सिटौला, भीम रावल, देउवा आदिले रोप्न खोजेको मान्नुपर्ने हुन्छ । संघीयता भएमा बिखन्डन हुने हैन बरु, सँघीयता जसलाई चाहिएको हो उसले खोजे अनुसारको संघीयता भएन भने पो बिखन्डन हुने अवस्था आउनसक्छ । समस्यालाई सही ढंगले नबुझी उल्टो पारेर बुझ्नखोज्दा आज मुलुकलाई बिखन्डनको दिशातीर उन्मुख गराइदैछ । केही नेताहरुको चुनावी स्वार्थ र पहाडे अहंकार तुष्टीका लागि नेपाललाई बिखन्डनको दिशातर्फ जान दिने की समस्याको सही समाधान खोज्ने ? मधेशीलाई भारतीय भन्दै हेपीरहने, उनीहरुलाई उत्तर प्रदेश र विहारको भन्दै सराप्ने केपी ओलीमार्का ‘घातक राष्ट्रवाद’ले नेपाललाई संकटको भूमरीमा धकेलीरहँदा सच्चा राष्ट्रवादी, लोकतन्त्रबादी, गणतन्त्रबादी, संघीयताबादी आदि जनताले राज्य पक्षलाई शसक्त दबाब दिनुपर्ने बेला आएको छ । र भन्नुपरेको छ, यो देश कुनै नेताको बाउको बिर्ता हैन । मधेशी, जनजाती, थारु, मुश्लीम, महिला, उपेक्षित क्षेत्र र समुदायको हित सुनीश्चीत गरेर संविधान जारी गर्ने हो भने  अहिले भइरहेको संविधान निर्माण प्रकृया स्थगीत गर्नु र वार्ताको पहल थाल्नु नै निकासको प्रस्थानबिन्दु हो ।
पान्डवले पाँच गाउँ माग्दा नदिनेहरुले कालान्तरमा पुरै हस्तीनापुर गुमाउनुपरेको कथा पढौं, पहाडे अहंकारबाद त्यागौं र मधेश आन्दोलनलाई सम्हाल्ने, समाधान गर्ने र मुलुक बचाउने दिशामा लागौं भनेर म मुलुकका मठाधिश नेताहरुलाई आग्रह गर्न चाहन्छु

Help ! MS. SHARMILA KARKI KC for kidney transplant.

Help ! MS. SHARMILA KARKI KC for kidney transplant. (SHARMILA KARKI KC)Greetings & Namaste to all! As I write this message. I hope to move you and convince you to lend us your help on a very important matter. I am MS. SHARMILA KARKI KC 25 years old mother of two children, belong to a rural area of Nepal, which is approx. 300km from Kathmandu city that called Paiyunpata – 8, Baglung District under the Dhaulagiri zone (approx. 80km western part from Pokhara), and my family lies below to poverty line. I need a donation for my medical treatment as according to the doctors report my both kidneys had failed. I am under dialysis twice in a week since last month, the cost is beyond my ability. This has become very hard as I belong to a agriculture family. Doctors have advised to transplant kidney within a 1-2 month, it is newly added expense and bills are piling up. I am asking for your help raising the fund needed for the transplant and after care.
All donation will go towards aiding with the medical expenses and other cost associated with the transplant procedure.
I have enclosed few documents with my photo. i will keep updating my further details regarding medical treatment.
I hope you will understand the pain I am going through. We really appreciate every amount you donate.

Ms. Sharmila Karki KC
She is our neighbor cum relative.

Yours little contribution will be a great help to her and her family. Go to the link to donate
http://www.youcaring.com/sharmila-karki-kc-384840#.VZgHWlMT78c.facebook

यस्तो छ भारत र चीन जोड्ने छोटो बाटो

चीनको कोरलादेखि भारतको सुनौलीसम्म पुग्ने उक्त मार्ग निर्माणले नयाँ व्यापारिक रुट पहिचान हुनेछ। उत्तर-दक्षिण जोड्ने उक्त मार्ग अहिलेसम्मकै छोटो दूरी तीन सय ५३ किलोमिटरको हुनेछ।
उक्त मार्ग चीनको कोरला नाकासँग जोडिएपछि त्यहाँबाट मानसरोवरसम्म पुग्न करिब पौने तीन सय किलोमिटरमात्र दूरी पार गर्नुपर्ने हुनाले हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ हुँदै भगवान् शिवको तपोभूमि कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटनको सम्भावना समेत यसले जोड्नेछ।
कालीगण्डकी नदीको किनारैकिनार जाने यो मार्गको अवधारणा १७ वर्षअघि सार्वजनिक भएको थियो। 
सरकारले २०६४ सालदेखि बागलुङ बजारमा कार्यालय स्थापना गरी निर्माण थालेको हो। हाल उक्त कार्यालय पाल्पामा सारिएको छ।
कालीगण्डकी करिडोर केन्द्रीय सरोकार समितिका प्रवक्ता टीकाराम ढकालले यो सडकबाट हिमालदेखि तराईसम्मका नौ जिल्लाका दुई सय ३१ गविसले प्रत्यक्ष फाइदा लिने बताए।
भारत र चीनका लागि पनि यो मार्ग छोटो पर्ने भएकाले व्यापारिक दृष्टिमा दुई मुलुकलाई समेत फाइदा पुग्ने ढकाल बताउँछन्। 'यो मार्गको पर्यायवाची नाम विविधता मार्ग भन्न सकिन्छ', ढकालले भने, ‘पर्यटन, जैविक खानी र जलस्रोतका लागि करिडोर विकासको ढोका हो।'
पर्यटन, जलविद्युत्, कृषि, धार्मिक सम्पदामार्फत स्थानीय र राज्यलाई नै दीर्घकालमा करिडोरले महत्‍वपूर्ण फाइदा पुर्‍याउनेछ। 
दुई वर्ष पहिले नै करिडोरको ट्र्याक खोल्ने कार्ययोजना भए पनि अझै २८ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। 
करिडोरमा बागलुङखण्डको मालढुगादेखि गुल्मी-बागलुङको सिमाना पालुङखोलासम्मको ट्र्याक खोल्न बाँकी रहेको हो। 
निर्माण व्यवसायीले समयमा काम नगरेपछि उक्त खण्डको मालढुंगादेखि अमलाचौर गाविसको टाकुरीसम्मको १२ किलोमिटरमा हाल नेपाली सेनाले काम गरिरहेको छ।
ढकालका अनुसार यो मार्गको आसपासमा नेपालमा भएका प्रायः सबै संस्कृति र जातजातिको बसोवास छ। 'जलस्रोत, पर्यटन, जैविक विविधता र कृषि नै करिडोर निर्माणपछिका विकासका सूचक हुन्', ढकालले भने, ‘स्थानीयको जीवनस्तर उकास्न यो मार्ग कोसेढुगा साबित हुनेछ।'
कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किमि, कागबेनीदेखि बागलुङसम्म ९५ किमि, बागलुङदेखि गुल्मीको रिडीसम्म ७० किमि, रिडीदेखि बुटवलसम्म ६८ किमि र बुटवलदेखि सुनौलीसम्म २५ किमि करिडोरअन्तर्गत पर्छ। 
योमध्ये तीन सय २५ किलोमिटरमा ट्र्याक खोली अहिले सवारी सञ्चालनमा छन्। कोरलादेखि १७ किलोमिटर उत्तर गएपछि चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ।
ढकालले चीनको कोरला नाका र भारतको सुनौली नाकालाई जोड्ने यो मार्गको पूर्ण सञ्चालनले तराईदेखि हिमालकै बहुआयामिक विकास हुने दाबी गरे। 
'करिडोर हुन व्यापारिक नाका मुख्य आधार हो', लामो समयदेखि यो सडक बनाउन क्रियाशील ढकालले भने, 'सामान्य नागरिकदेखि राज्य तहसम्म नै यो करिडोरले फाइदा पु्र्‍याउँछ।'
कालीगण्डकी करिडोर निर्माणले अल्पविकसित पहाडी जिल्लाहरूको तीव्र विकास गर्न सहयोग गर्ने उनले बताए।
सरकारले आयोजनालाई प्राथमिकतामा राखेको भए पनि पर्याप्त स्रोतसाधन नहुँदा करिडोर निर्माणमा ढिलाइ भएको ढकालको बुझाइ छ। 
उनले भने, ‘राज्यका नियम निर्माणव्यवसायीले नमान्दासमेत आयोजना प्रभावित भएको छ।'
आयोजनाका प्रमुख गुरूप्रसाद अधिकारीका अनुसार आर्थिक वर्ष ७५÷७६ सम्ममा करिडोरको अधिकांश भाग पिच गरिसक्ने योजना छ। 
'हामिले तीन वर्षमा गैंडाकोटदेखि रिडीसम्मको खण्ड पिच गर्नेछौं', उनले भने, ‘अरू क्षेत्रमा ट्र्याक खोली स्तरोन्नतिका काम सञ्चालन हुनेछन्।'
बागलुङखण्डको बाँकी २८ किलोमिटर ट्र्याक खुलेपछि उत्तर-दक्षिण सीधा यातायात सञ्चालन हुनेछ।
करिडोर निर्माण सम्पन्न गर्न हालको मूल्यमा २२ अर्ब ६२ करोड ३५ लाख रूपैयाँ लाग्ने आयोजनाले बनाएको प्रारम्भिक योजनामा उल्लेख छ।
सडक पूरा गर्न २५ वटा पुल निर्माण गर्नुपर्छ। ती पुल निर्माणका लागि विभागले सर्भे जारी राखेको जानकारी अधिकारीले दिए। 
करिडोरमा हालसम्म करिब २२ करोड रूपैयाँ खर्च भइसकेको पनि उनले बताए।
‘ग्रामीण क्षेत्रका सम्भावनाको विकास गर्न पनि करिडोर आवश्यक छ', अधिकारीले भने, ‘नयाँ सम्भावना खोजी गरी कृषिलाई आधुनिकीकरण गर्न सजिलो हुनेछ।' 
यो सडकमा पूर्व-पश्चिम जोड्ने मध्यपहाडी (पुष्पलाल) राजमार्ग पनि जोडिने हुँदा आर्थिक समृद्धिका लागि यो मार्ग उत्तम हुनेछ। 
यहाँका विभिन्न क्षेत्रमा रहेका फलामखानी, सिसाखानी र कालीगण्डकीकिनारमा पाइने सुुनबाट धेरै फाइदा लिन सकिने अधिकारीले बताए।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले व्यापारिक मार्गका रूपमा करिडोरलाई विकास गरी विभिन्न ठाउँमा बस्ती बसाइ बागलुङलाई व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने बताए। 
'करिडोरको ट्रान्जिट प्वाइन्टका रूपमा यहाँ विकास गर्न सकिन्छ', श्रेष्ठले भने, 'उद्योगव्यवसाय सँगै आन्तरिक उत्पादनलाई बजारीकरण गर्न करिडोरले सहयोग गर्छ।'
जिल्लामा प्रशस्त धार्मिक सम्पदा भएकाले करिडोरमार्फत धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने श्रेष्ठ बताउँछन्।
सहरीकरण र बस्ती विकासको नयाँ गन्तव्य
निर्माणाधीन कालीगण्डकी करिडोरको अर्को फाइदा सहरीकरण र बस्ती विकासका लागि नयाँ गन्तव्य बन्‍नु हो। 
कालीगण्डकी किनारवारिपारि गरी १५ ठाउँमा नयाँ बस्तीको विकास गर्न सकिने सरोकारवालाहरू बताउँछन्। 
'अहिले सबै सुविधायुक्त र सुरक्षित बसाइको खोजीमा छन्', प्रवक्ता ढकालले भने, 'सुविधाका दृष्टिले नयाँ बस्तीहरू उत्तम हुनेछन्।
'ती बस्तीहरू व्यापार र उद्योगधन्धाका लागिसमेत उपयुक्त हुने उनी बताउँछन्।
‘करिडोर प्रभावित क्षेत्रका एक बस्तीमा दस हजार घरधुरी बसाउन सकिन्छ', उनले भने, ‘पहाडी र तराई क्षेत्रमा एक लाख ५० हजार धरधुरीलाई नयाँ बस्तीमा राख्न सकिन्छ।'
ढकालका अनुसार करिडोरअन्तर्गत बागलुङको बलेवा, अर्जेवाको सुम्सादेखि छिस्ती, पर्वतको फलेबास, बाच्छा, रानीपानी, बर्राचौर, गुल्मीको अर्वेणी, अस्लेवा, स्याङ्जाको मिर्मी, बिर्घा, चापाकोट, पाल्पाको रामपुर, अर्गली र नवलसरासीको गुग्लीङटारदेखि कुस्टारसम्म नयाँ बस्ती विकास गर्न सकिन्छ।
सहरीकरण र बस्ती विकासका लागि यी क्षेत्र भौतिक पूर्वाधारमा बलिया छन्।
सम्भावनामा जलस्रोत र पर्यटन
उत्तरदेखि दक्षिणसम्म नै कालीगण्डकीकिनारमा पर्ने उक्त करिडोरमा करिब २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ। 
ऊर्जा इन्जिनियरहरूले कालीगण्डकी आसपासबाट उक्त परिमाणमा विद्युत् उत्पादनको सम्भाव्यता औंल्याएको करिडोर सरोकार समितिले जनाएको छ।
कालीगण्डकी करिडोरको अर्को फाइदा पर्यटन व्यवसाय फस्टाउनु हो। 
उत्तर-दक्षिण छोटो मार्ग पाएपछि सबै पर्यटकले यही मार्ग नै प्रयोग गर्नेछन्। 
विशेषगरी धार्मिक पर्यटकका लागि यो मार्ग उपयुक्त मार्ग बन्न सक्छ। 
कालीगण्डकीकको स्नानपछि यहाँ रहेका धार्मिक स्थलहरू पर्यटकले एकै दिनमा भ्रमण गरेर सक्नेछन्।
लुम्बिनी आएका पर्यटकलाई मुक्तिनाथ लैजान र मुक्तिनाथमा आएकालाई लुम्बिनी पुर्‍याउन यो मार्ग उपयुक्त विकल्प हो। 
हिन्दु र बौद्ध धर्मावलम्बीहरूले यो मार्गको प्रचुर उपयोग गर्न सक्नेछन्। 
करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदरकुण्डजस्ता महत्‍वपूर्ण तीर्थस्थल पर्छन्। 
उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन्। कालीगण्डमीमा मात्र पाइने शालिग्राम दर्शनका लागिसमेत धार्मिक पर्यटक आउने ढकाल बताउँछन्। 
कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम छ।

पहिरोले कालीगण्डकी थुनियो, म्याग्दी सदरमुकाममा भागभाग

१० जेठ, काठमाडौं । आइतबार बिहान गएको ठूलो पहिरोले म्याग्दी सदरमुकामभन्दा उत्तरतर्फ कालीगण्डकी थुनिएको छ ।
नदी थुनिएपछि म्याग्दी सदरमुकाम बेनीबजार आसपासका मानिसहरु आज राति तीन बजेदेखि नै आतंकित बनेर सुरक्षित स्थानको खोजीमा छन् । स्थानीयले दिएको जानकारी अनुसार करिब ९५ प्रतिशत पानी थुनिएको छ ।
म्याग्दीको राम्चे गाउँ विकास समिति वडा नम्बर ९ बैसरीमा माथिबाट आएको पहिरोले नदी थुनिएको हो । पहिरोका कारण भगवती गाउँ विकास समिति वडा नम्बर दुईको बस्ती पुरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले अनलाइनखबरलाई जानकारी दिए ।
बैसरीको विपरीतमा पिप्ले गाविस पर्छ । त्यसैगरी छेउका गाविस घतान, पिप्लेको घुमाउने ताल, भगवती गाविस र बेनीबजारमा यसले असर गर्न सक्छ । गलेश्वर बजार, तातोपानी, तीप्याङ, बेगरखोला, घारखोलालगायतका स्थान जोखिममा रहेको स्थानीयले बताएका छन् ।
बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायतका स्थानका बस्ती त्रसित बनेका छन् ।
कालीगण्डकी नदी बेनीमा म्याग्दीखोलासँग जोडिएको छ भने दक्षिणतर्फ यो नदी चितवनको देवघाटमा नारायणी नदीसँग मिसिन्छ ।
नदी बस्तीहरु जोखिममा परेको एमाले नेतृ थममाया थापाले अनलाइनखबरलाई बताइन् ।

निरीह राज्यका कलाविहीन सारथिहरू

निरीह राज्यका कलाविहीन सारथिहरूकसलाई थाहा छैन, नेपालमा राज्यलाई यो निरीह अवस्थामा पुर्‍याउनमा

डा. महतको उदारीकरणको थेसिस जिम्मेवार छ भन्ने कुरा?

‘विदेशी सहयोगको टुंगोपछि मात्र बजेट’– अर्थमन्त्री डा.रामशरण महतले योजना आयोगका उपाध्यक्ष र अर्थ सचिवलाई दायाँ—बायाँ राखेर घोषणा गरे। यसका लागि उनले आगामी २७ जेठमा काठमाडौंमा उपस्थित दाताहरूसँग छलफल गर्नेछन्, र दोस्रोपटक असार ७ मा अन्य अन्तर्राष्ट्रिय दाताहरूसँग बैठक गर्ने जनाएका छन्। दाताहरूबाट दान–दातव्यको पुरापुर आश्वासनप्रति विश्वस्त भएपछि मात्रै बजेटले पूर्णता पाउनेछ। राष्ट्रिय बजेट प्रस्तुत गर्न लगभग तीन महिना बाँकी रहँदा आएको भूकम्पले अर्थसम्बन्धी काम गर्ने सबै निकायलाई निश्चय पनि नयाँ दबाब थपिएको छ। तर विदेशीले टुंगो नगरी आफ्नो बजेटको वैकल्पिक तयारी नै नगर्ने उनको रुझान देखेर डा. महत र उनको टिमको निरीहता प्रदर्शन टिठलाग्दो छ।
२० वर्षअघि डा. महत र उनी समर्थक अर्थशास्त्रीहरूको ‘प्रजातान्त्रिक टिम’ले तत्कालीन मनमोहन अधिकारीको अल्पमतको एमाले सरकारलाई यथार्थपरक बजेट बनाउन सल्लाह दिइरहेका थिए। विदेशी ऋण तथा अनुदान आफ्नो पालामा जस्तो ह्वार्र नआउने भएकाले बजेटमा कनिका छरेजस्तो जथाभावी नछर्न सुझाएका थिए। लोक कल्याणकारी हुनैपर्ने तलको दबाबलाई ध्यानमा राखेर बजेट आउने बुझेपछि त्यो कथित प्रजातान्त्रिक टिमले राष्ट्रिय अर्थतन्त्र तहसनहस नपार्न चेतावनीसमेत दिएको थियो। त्यही भएर होला, संकोच र अन्योलबीच तत्कालीन एमाले अर्थमन्त्री भरतमोहन अधिकारीले नवउदारवादी अर्थराजनीतिका राष्ट्रिय–अन्तर्राष्ट्रिय बाहकहरूलाई नचिढ्याई सुधारवादी बजेट प्रस्तुत गरेका थिए। तैपनि ठूलो खप्की बेहोर्नुपरेको थियो। त्यो सरकार ढलेर अरु धेरै सरकारहरू आए र गए, तथापि विश्वबैंक, आईएमएफ तथा एडीबीको सल्लाहमा डा. महतको नवउदारवादी आर्थिक पथप्रदर्शनका कार्यक्रमहरूले निरन्तरता पाइरहे। तर २० वर्षपछि देखापरेको यो संकटमा डा. महत स्वयं याचनाको स्वरमा विदेशीहरूसँग भनिरहेका छन्– ‘सरकार नागरिक र संसदप्रति जवाफदेही छ’, ‘यो निर्वाचित सरकार हो’, ‘भ्रष्टाचार हुँदैन, कमजोरी देखिन सक्छ’, ‘अति कम विकसित मुलुक भएर क्षमता कमजोर भएको हो’, ‘सरकारी माध्यमबाटै सहयोग गरौं.’..आदि।
अहिले कांग्रेस, एमाले, राप्रपाको ‘प्रजातान्त्रिक’ सरकार छ। संसद र संविधानसभामा दुई तिहाइको बहुमत छ। यति हुँदाहुँदै पनि डा. महत र उनको पार्टी नेतृत्वको संयुक्त सरकारलाई छिमेकी लगायत विश्वभरिका धनाढ्य दाताहरू नगद सहयोग गरिहाल्न हिच्किचाइरहेका छन्। प्रधानमन्त्रीको राहत कोषमा होस् या अर्थमन्त्रीको बजेटमा, अपेक्षा गरे बमोजिमको नगद जम्मा हुने लक्षण देखिँदैन। यस्तो किन भयो?
झन्डै डेढ दशकदेखि संयुक्त राष्ट्रसंघलगायत केही वैदेशिक एजेन्सीहरूले नेपाललाई प्राकृतिक विपद कुनै पनि दिन आउन सक्छ, त्यसैले न्युनतम तयारीमा रहन सुझाव दिएका थिए। जनचेतनाका लागि जनसञ्चारमा खर्च पनि गरेका थिए। सरकारले भुइँचालो आयो भने टेबलमुनि टाउको लुकाउनुपर्छ भन्ने विज्ञापन स्वीकृति गर्नुबाहेक कुनै प्रकारको पूर्वाधार निर्माण, बचत तथा उद्धार सामग्री जुटाउने तयारी गरेको रहेनछ। नेपाललाई धेरै माया गर्ने र हिमाली भूकम्पको जोखिमसम्बन्धी लामो अनुसन्धान गरेका युएस जियोलोजिकल सर्भेका जियोलोजिष्ट सुसान हफ नेपाल धेरैपटक आइसकेका वैज्ञानिक हुन्। विसं १९९० को भुइँचालोलाई ध्यानमा राखेर अब दोहोरिने चक्रको समय पूरा हुनलागेको बारे आफूले नेपालका योजनाविद् र मन्त्रीहरूलाई डेढ दसकदेखि सल्लाह दिइरहेको कुरा उनले जोयल एचेनवाचसँगको कुराकानीमा खुलासा गरेका छन्।
राष्ट्रसंघीय प्रतिनिधिका रूपमा झन्डै पाँच वर्ष नेपाल बसिसकेका रबर्ट पाइपरले यहीं रहेकै बेला जनवरी १२, २०१३ मा बेलायतबाट प्रकाशित हुने गार्जियन पत्रिकामा ‘एउटा आँधीमय भुइँचालो र दयनीय हालतको शासकीयताले नेपाललाई कुँजो बनाउन सक्छ’ भनेर लेखेका थिए। उनले त्यो लेखमा खुलेर लेखेका छन्, ‘पाँच वर्षको बसाइमा मैले बुझेको कुरा पहिलो कुरा त योजनाकारहरूको एैंठन हो। नेपालमा आउन सक्ने कुनै पनि प्राकृतिक प्रकोपले निम्त्याउने पहिलो समस्या सरकारको शासन प्रवृत्ति हो। कोष (फन्डिङ) र विज्ञता (एक्सपर्टिजम) को अभाव त दोस्रो–तेस्रोमात्र हुन्।’ यी दुवै लेख राज्यका प्रवक्ताले हिजोआज दाबी गरेको ‘क्षमताभन्दा बढीको आकस्मिकता’को पोल खोल्न पर्याप्त देखिन्छन्।
पाइपरले औंल्याएको बाटोमा हिँडे–नहिँडेको केही उल्लेख नगरे पनि राज्य कसरी विपत् व्यवस्थापनमा कमजोर देखियो भन्ने एक वर्षको लोखाजोखा प्राकृतिक स्रोत खासगरी जलस्रोतमाथि विज्ञता राख्ने अजय दीक्षितले वर्ष दिनभित्र भएका प्राकृतिक प्रकोपका नौवटा घटनासँग वर्तमान सरकारले कसरी जुध्यो भनेर गत शनिबारको कान्तिपुरमै समीक्षा गरेका छन्। हप्तौं बित्दा पनि उद्धारको पहिलो चरण सहज नभएको, राजनीतिज्ञहरूले राहत दुरुपयोग गरेको, आम मानिसमा नेता र दलहरूप्रतिको विश्वास उठेको, सम्भावित अनिकालले आक्रान्त पार्नसक्ने सम्भावना रहेको, भूकम्प पीडित क्षेत्रमा सम्भावित मानव र चेलीबेटी बेचबिखन बढ्न सक्ने, शिक्षा–स्वास्थ्यजस्ता विषय सर्वसाधारणका लागि झन् दुरुह हुनेजस्ता विषयमा रैथाने विदेशी तथा ‘टुरिष्ट’ विदेशी पत्रकारहरू (जस्तो क्रिस बकले १ मे २०१५, न्युयोर्क टाइम्समा), थोमस बेल (अल जजिरा, १३ मे २०१५), एलेन ब्यारी र ज्यासन बुर्के (गार्जियन, अप्रिल २९ र मे २, २०१५) ले खोज र अनुसन्धानमा आधारित भएर सरकारले देखाएको ब्यहोराको सूचना प्रवाह गरेपछि नेपाल सरकारको अलिअलि बाँकी रहेको नैतिकताको हावा खुस्किनु अनौठो थिएन।
विपतको बेला प्रधानमन्त्री सुशील कोइराला देशमा थिएनन्। उनको कार्यालयले भुइँचालो गएको पहिलो समाचार पनि उनलाई दिएनछ, अर्काले भनेर थाहा पाएछन्। मन्त्रिपरिषद्को बैठक नै नबोलाई, नोक्सानको सामान्य लेखाजोखा नगरी, प्रधानमन्त्रीको कार्यालय नपुगी संसारलाई सहयोगका लागि उनले विमानस्थलबाटै आह्वान गरे। लगभग १८ सयको हाराहारीमा नागरिकहरूको निधन भइसकेको त्यो अवस्थामा हचुवाको भरमा मृतकको संख्या दस हजार पुग्नसक्ने उनले ठोकुवा गरिदिए। आकस्मिक आइलागेको विपतका क्षणमा उनको यो कलाहीन रोदन र चित्कारको मिश्रणलाई संसारले सजिलै पत्यार गरिहाल्नुपर्ने ठानेन। किनभने जुन विपत् आयो, त्यो टाल्न नसकिने भए पनि सामान्य उद्धार गर्ने क्षमता राज्यले बनाउने सोच राख्न सक्थ्यो भन्ने जसले पनि सजिलै अनुमान लगाउन सक्छ।
राज्यले उद्योग, व्यापार, पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार केही हेर्नुहुन्न भन्ने मान्यता बोकेका अर्थमन्त्री डा.रामशरण महतले बितेको एक वर्षदेखि दोस्रो चरणको उदारीकरणको वकालत गरिरहेका थिए। त्यो उदारीकरण सम्भवत: भएका बिजुली कारखाना, विमानस्थल, बाटाघाटा, पुलपुलेसा र अहिलेसम्म सास फेरिरहेको त्रिभुवन विश्वविद्यालयको निजीकरणबाट हुनसक्थ्यो भन्ने पूर्वअनुमान लगाउन सकिन्छ। योजना आयोग चाहिँदैन भन्ने केही पण्डितहरूलाई त्यही आयोगमै जागिर खुवाएर उनीहरू राज्यको तल्लो तहमा खुद्रा कुरा जिम्मा लगाएर माथि सबै ठूला कुरा डाइभेष्टमेन्ट (सबै प्रकारले निजी क्षेत्रलाई सुम्पने) कार्ययोजनामा ब्यस्त थिए।
जस्तोसुकै खुला बजार, बजारको नियन्त्रण र कथित नियमनमा अर्थतन्त्रलाई छोडे पनि केही विशेष कुरा राज्यका भागमा छोड्नुपर्छ र राज्यको त्यो जुनसुकै मूल्यमा दायित्व बन्नुपर्छ भन्ने कुरा विश्वव्यापी मान्यताभित्र पर्छ। जस्तो : केही क्षेत्रविशेषलाई पायक पर्नेगरी अन्तर्राष्ट्रिय हवाइअड्डाको निर्माण। विकास क्षेत्रहरूमा केही दर्जन राम्रा शिक्षण अस्पताल। जिल्लैपिच्छे कम्तीमा ५० बेडका राम्रो जग भएका अस्पताल। वातावरणमैत्री स्थानीय औजारको प्रयोग गरेर बनाइने सडक सञ्जाल। पार्किङयुक्त बजार, पिउने पानी र फोहोर व्यवस्थापन गर्ने ठाउँ, सार्वजनिक भेला/खेलकुद गर्न सकिने खुला स्थान, सार्वजनिक भवनजस्ता नयाँ सहरीकरणका लागि राज्यले कम्तीमा नियमन गर्नुपर्छ भन्ने मान्यता आजसम्म रहँदै आएको छ। त्यस अनुसारको बस्ती विकास, घर निर्माणमा आचारसंहिता, र कडाइयुक्त नियमन कुनै पनि राज्य हुनका लागि चाहिने अविछिन्न गुण रहेछन्। तर नगद नै सबै कुरा हो। निजी थैलोमा भएपछि अरुका लागि पनि चुहिन्छ भन्ने मान्यता पालेका डा.महत र उनका कांग्रेस–एमाले–माओवादी अनुयायीहरू समेतले राज्यलाई बलियो बनाउनुपर्छ भन्ने कहिल्यै ठानेनन्। त्यसैको दुष्परिणाम अहिले देखापरेको हो।
केही वर्षदेखि उजागर हुँदै आएको सत्य के हो भने एउटा पहिरो गएर खोला थुनियो भने खोलालाई विस्तारै खोल्ने औजारसमेत हामीसँग छैन। पहिरो गएर सिद्धार्थ राजमार्ग थुनियो भने, त्रिभुवन विमानस्थलको धावनमार्गमा प्वाल पर्‍यो भने (जहाँ अक्सर परि पनि रहन्छ) हामीसँग विदेशका के कुरा, देशभित्रैका अन्य क्षेत्रतर्फ जाने वैकल्पिक बाटो छैन। विपत् व्यवस्थापनको जिम्मा लिने गरेका निकाय सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसँग घर वा अन्य पूर्वाधार भत्केर लाग्ने कचेराको थुप्रो (डेब्रिस) निकाल्ने/बोक्ने एक थान साधन छैन। उधिन्ने, खन्ने या भत्काउने मेसिन छैन। विपत् व्यवस्थापनमा लागिहाल्न केही थान गाडी र हेलिकप्टरसमेत छैनन्, पाल–पलङका के कुरा। यी तयारी गर्नै नसक्ने अवस्थामा राज्य पनि थिएन, तर गरिएन/गरेनन्।
राज्य किन यसरी कमजोर भयो भन्ने विवेचना गर्न फेरि फर्कनुपर्ने हुन्छ, अर्थमन्त्री महततर्फै। विदेशीले बनाइदिएका केही दर्जन आयात प्रतिष्ठापन गर्न खोलिएका उत्पादनमूलक कलकारखाना, सेवामूलक डेढ दर्जन सार्वजनिक संस्थान उनैले उहिल्यै कौडीको मूल्यमा निजीकरण गराउन अग्रसरता देखाए। ‘राज्य जनतालाई आपतकालीन र दीर्घकालीन व्यवस्थापन गर्न पहल गरिरहेछ, त्यो राज्यको जिम्मेवारी हो’ भनेर उनले यतिबेला भनेको कुरा सुनको बाला दान गर्न बसेको वृद्ध सिंहको कथा याद दिलाउने कुरामात्रै हुनसक्छ। ‘भण्डार खनेर आँगन पुर्ने’ बानी बसेकाहरूबाट राज्य बलियो बनाउने र बन्ने कुरा गाउँघरतिर कुराले पेट भर्दैन भनेजस्तै हो। कसलाई थाहा छैन, नेपालमा राज्यलाई यो निरीह अवस्थामा पुर्‍याउनमा डा. महतको उदारीकरणको ‘थेसिस’ जिम्मेवार छ भन्ने कुरा? आफ्नो नैतिक धरातललाई मर्मत—सम्भार नगरी ‘अति कम विकसित मुलुक भएर राज्यको क्षमता कमजोर भएको हो’, ‘सरकारी माध्यमबाटै सहयोग गरौं’ भनेर राज्यलाई दह्रो बनाउने पक्षमा साखुल्ले देखिनुको यतिबेला के अर्थ छ?
भुइँचालो गएको हप्ता नबित्दै केही नेता, केही ‘एक्टिभिष्ट’, केही विज्ञ राष्ट्रिय सरकारको रटानमा छन्। मुस्किलले प्रमुख प्रतिपक्ष बन्न पुगेको तर प्रतिपक्षको भूमिकामा भन्दा पछौटे सहयात्रीझैं देखिने एमाओवादी नेताहरूको रटान पनि केही दिनदेखि राष्ट्रिय सहमतिको सरकारमा देखिन्छ। अझ त्यस पार्टीका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त पुनर्निर्माण प्राधिकरणको अध्यक्ष (वा उपाध्यक्ष ?) को जिम्मेवारी लिन उत्सुक रहेको घोषणा नै गरिसकेका छन्। तर पुनर्निमार्ण र पुनर्संरचना गर्ने स्वतन्त्र निकाय बनाउन पनि त कुनै निश्चित प्रक्रिया, निश्चित कार्यक्रम र अभियानमा लाग्ने साझा अठोट त आवश्यक पर्ला नि ? दुई तिहाइको बलमा बनेको संयुक्त सरकार र नजिकका तिनका दाबेदारहरूले ‘हामीले सकेनौं, तपाई सम्हाल्नुस्’ भनेर सुम्पने पक्षमा छन् ? यस्तो हुने भएको भए सुशील कोइराला डेढ वर्ष
पहिले प्रधानमन्त्रीको दाबेदार हुने नै थिएनन्। केपी ओली एमाले अध्यक्ष र संसदीय दलको नेता बन्ने नै थिएनन्। नेपाली राजनीतिमा ‘मेरिटोक्रेसी’को कुरा भएको भए संविधान निर्माणको काम नसकी कोही सहमतीयबाट बहुमतीयमा जाने नै थिएन।
भुइँचालो व्यवस्थापनका लागि योजना र कार्यक्रम चाहिन्छ। हचुवाको भरमा योजना बनाउने, छिनछिनमा कुरा फेर्ने कहिले जिन्सी कहिले नगद, कहिले घरबारी नै दिने, कहिले हतपत आफ्ना कुराबाट बाहिरिने जस्ता अभिव्यक्तिले उद्धारपछिको पुन:व्यवस्थापन (रिह्याबिलिटेसन) र निर्माण वा पुनर्निर्माण सम्भव छैन। कुन मोडलको निर्माण? कसको बल–बुद्धि र धनको आडमा? कुन संस्कृति र पहिचानलाई व्यवस्थित गर्ने? खासगरी आउँदो ८० वर्षसम्म (ठूलो भुइँचालोको चक्रलाई सम्बोधन गर्नेगरी) नेपाली समाजलाई कसरी व्यवस्थित गर्ने? यी सबै कुरालाई व्यवस्थित प्रस्तावका रूपमा अगाडि नसारी ‘सेल्फ प्रोजेक्ट’ कतै कलाविहीन लोभको पराकाष्ठा त ठहरिँदैन?

साथीलाई पत्र अमेरिकाबाट साथी म अब नेपल फर्कन्न


साथी तपाईँले पटक पटक गरी मलाई नेपाल फर्कन गरेको अनुरोधका लागि धन्यवाद। हो म मान्छु पाँच वर्षको अवधि लामो हुन्छ। अथवा भनौ एउटा सानो तिनो युग नै। यो पाँच वर्षमा घरका आफन्तहरुले पनि यस्तै यस्तै अनुरोध नगरेका हैनन्। तैपनि साथी म अमेरिकावाट फर्कन सकिरहेको छैन अथवा भनौं चाहिरहेको छैन। हुनत आफूलाई जन्म दिने आमा र आफ्नो जन्म भूमि प्राणभन्दा प्यारो हुन्छ भन्छन्। तरपनि साथी मानिसको जीवनमा गराई र भोगाई फरक फरक हुँदो रैछ।
साथी, यता सानो तिनो काममा व्यस्त हुन्छु। काम सानो तिनो भए पनि रमाई रमाई गर्छु कारण मैले काममा कसैको चाकडी गर्न पर्दैन। काम कसैले गर्नेपर्छ भनेर प्रेसर हाल्दैन। हप्तामा काम भएको खण्डमा ४०–५० घण्टाको हाराहारीमा नभएमा ३०–४० घण्टा जोतिन्छु। कामका लागि कसैको ढोका कुर्दिनँ, कसैलाई नमस्ते कामकै कारणले गर्दिनँ। मैले कुनै हाकिमलाई खुसी पार्नू छैन वस काम गर्छु पैसा बन्छ। काम नभएमा पनि त्यत्ति सारो पिर लाग्दैन किनकि, एक दुई साता घरमा वस्नु न हो दोस्रो काम त पाई हाल्छु।
साथी, जति पैसा बनाउँछु सन्तुष्ट छु किनकि, यो पाँच वर्षमा मैले पैसा भएन भनेर कसैसँग एक पैसा माग्नु परेको छैन। घर भाडा, बत्ती, पानी, टेलिफोन, किनमेलदेखि छोराको खर्च, श्रीमतिको खर्च अनि  नेपालमा भएका वुवा आमालाई पकेट खर्चसम्म यक्तिकै कमाईले धानेको छु। नेपालमा मनाइने दशैं, तिहार र अन्य चाड पर्व पनि अमेरिकामा बसेयता मनाएकै छु। यति गरिकन पनि खर्चका लागि कसैसँग ऋण काढ्नु परेको छैन। हरेक महिनाको अन्तमा लौ खर्च कसरी पुर्‍याउँ भनि पिरोलिन परेको छैन।
साथी, नेपालमा घरी घरी वत्ती गएको सम्झन्छु। म आउँदा दिनमा १० घण्टासम्म लोडसेडिङ थियो। जुन अहिलेसम्म पनि कायमै छ। पानी पनि काठमाडौंका धारामा विरलै आउँथे। कति पटक त धारामा पानीका सट्टा लेदो माटो आएको सम्झना छ। यता ५ वर्षमा बत्ती गएको सम्झना छैन। धाराको पानी यति कञ्चन छ कि, सोझै खादा पनि कहिल्यै समस्या छैन। त्यस्तै मिसावटको ‘म’ सम्म नभएका खानेकुराका कुनै लेखाजोखा छैन। 
साथी, देख्छु नेपालमा अहिले पनि पेट्रोलको समस्या क्यान्सर रोग जस्तै छ। उता वेला वेलामा खाना पकाउने ग्यासको पनि उस्तै हाहाकार सुन्छु। मान्छेहरुले खाना पकाउने ग्यास नपाएर २–३ दिनदेखि भात खान नपाएको कहानी कति हो कति। कहिलेकाही टिभीमा रित्ता सिलिण्डरहरुको ताति देख्दा वाल्ल पर्छु। यहाँ आएको पाँच वर्षमा साथी एक दिन पनि मैले यी समस्याहरु भोग्न परेको छैन।
पेट्रोल, ग्यास हर दिन २४ सै घण्टा चाहेको अनुपातमा पाईन्छ।
साथी, नेपालका राम्रा राम्रा स्कूलहरु साह्रै महंगो छन्। चार वर्ष अगाडि छोरालाई नेपालको मन्टेस्वरीमा भर्ना गराउँन लागेको २० हजार खर्च यताबाट पठाएको याद आउँछ। अहिले त झन कति हो कति। भर्ना शूल्क, खाजा शूल्क, कापी–कलम शूल्क, लाइव्रेरी शूल्क, बस शूल्क आदि आदि। स्कूल पनि हेरी हेरी महँगा।
यता त साथी छोरा आएदेखि स्कूलका लागि १ पैसा पनि लागेको छैन। बस चढेर स्कूलमै खाना खाने गरि दिनहुँ छोरा स्कूल जान्छ। स्कूलमा के के गर्‍यो दिनहुँको टिपोट ल्याउँछ अनि व्यवहारीक शिक्षा लिन्छ।
साथी, एक ढेड वर्षअघिको कुरा हुनुपर्छ नेपालका प्रख्यात डा. चित्रप्रसाद वाग्ले उपचार खर्चको अभावमा मरेका थिए। त्यस्तै अस्ती भर्खर पनि उदाउँदी गजलकार कौशला लामिछानेको मृत्यु उपचार खर्चकै अभावमा भयो।
प्रचारमा आएका व्यक्ति बाहेक प्रचारमै नआई उपचार बिना मर्ने त कति हो कति। हरेक महिना जस्तो उता नेपालबाट ठूला भनाउँदाहरु करौडौ खर्च गरी यता अमेरिकामा उपचार गराउँन आउने त छँदै छन्।
अमेरिकामा त साथी उपचारका लागि व्यक्ति प्रथम खर्च दोस्रो मान्यता हुँदो रैछ। आफूलाई केहि भएमा उपचार गराउन जाँदा हुने भइहाल्यो। के भएको हो उपचार पूर्ण हुन्छ अनि मात्र खर्चको प्रश्न तेर्सिन्छ। यहाँ खर्च धान्न नसक्नेका केटाकेटीहरुलाई १८ वर्ष नपुग्दासम्म उपचार खर्च पूरै फ्रि हुन्छ।
साथी, नेपालमा कहिले बन्द कहिले हड्ताल, कहिले चक्काजाम त कहिले राँके जुलुस, कहिले स्कूल बन्द त कहिले कलकारखाना हडताल खबर सुन्दा सुन्दा आजित भैसक्यो। भीडभाड पनि ज्यादै।
बसमा भीड, मन्दिरमा भीड, पैसा तिर्ने ठाउँमा भीड, पैसा लिने ठाउँमा भीड, बाटामा भीड, पढने ठाउँमा भीड, परीक्षा लिने ठाउँमा भीड, परीक्षा दिने ठाउँमा भीड, पसलमा भीड, विदेश जानेको भीड, विदेशबाट आउनेका भीड, नियम बनाउनेको भीड, नियम तोड्नेको भीड जताततै भिडम्भाड।
यता त साथी बन्द हडताल भनेको आजसम्म सुन्या छैन हल्ला खल्ला पनि ज्यादै कम। सार्वजनिक ठाउँमा यसो एक दुई जना देखिन्छन् ती पनि वडो सर्तकता आफ्नो पालो पर्खेर बसेका हुन्छन्। भीडभाड त साथी कि त फिल्म हलमा अलिअलि कि त ग्रोसरी पसलमा, अन्त त खै मान्छे देख्नै गाह्रो गाडीहरु पनि बढो सर्तकता साथ आ-आफ्नो लेन अनुसार चलेका, ट्राफिक साइनमा रोक्नै पर्ने अनि रोकिएका, आफ्नो आफ्नो पालो कुर्न कुनै हिचकिचाट नगर्ने।
साथी, यहाँ को कहाँ जाँदैछ, कस्ले के गर्दैछ, कति कमायो, के लगायो, कहाँ गयो चासो पट्टकै छैन। चाहे त्यो राष्ट्रपति नै किन नहोस्। फलानाको छोरा ठूलो भयो भनी न त इवि गर्नू छ न त नमस्ते नै। चोर आई सम्पत्ति सवै लग्ला कि भनि न त ठूलो पर्खाल लगाउनु छ न त भोटे कुकुर पाल्नु नै छ।
आफ्नो पालो कसैले मिच्ला कि भनि न चाडो जानु छ न त पालो पाउन सोर्स लाउनु छ। यहाँ त साथी सिर्फ, नियम नमिचि जिन्दगी चलाउनु छ। नियममा वसी असल हुनु छ ठूलो हुनु छैन। यही नियममा बस्ने बानीले हो कि साथी अब त नियम तोडिनी ठाउँ प्रति त्यत्ती मोह पनि नलाग्दो रैछ। यी सबै कुराहरु सोच्दा खै म कसरी नेपाल आउँ साथी तपाई आफै भन्नुस?

Nepal clears USD 1.6-bn hydropower project by Chinese firm

Nepal clears USD 1.6-bn hydropower project by Chinese firm

Kathmandu :-
Nepal has approved a proposal by China’s biggest hydropower developer to build a long-delayed hydropower project worth USD 1.6 billion in western Nepal.
The Investment Board Nepal (IBN) cleared the proposal by China’s CWE Investment Corporation for developing the 750 MW West Seti Hydropower Project yesterday.
A meeting of the IBN’s Board also decided to direct CWE Investment Corp and Nepal Electricity Authority to form a joint venture to develop the project.
The final approval for the project came almost three years after the memorandum of understanding was signed by IBN, a government entity that approves foreign direct investment.
“The project is in a good shape for acceleration.  Financial and technical studies have been over,” said IBN CEO Radhesh Pant.
The CWE, a subsidiary of China’s Three Gorges Company, had inked the MoU in August 2012. The Three Gorges is China’s biggest hydropower developer and operates the world’s largest hydropower plant on the Yangtze river.
According to the MoU, the Chinese firm will inject 75 per cent of the total investment while the remaining 25 per cent would be generated within the country.
Nepal is forced to open up its vast hydropower potential in a bid to give a boost to its economy still emerging from the shadows of a decade-long civil war.
The storage-based project, being built in Baitadi, Bajura, Dadeldhura and Doti districts, will help Nepal ease its chronic power crisis.
India has shown keen interests in unlocking the hydropower potential of the strategically-located Himalayan nation.
Nepal last year cleared two major Indian hydropower projects totalling USD 2.4 billion, and the two countries have also agreed to sell electricity to each other.
But China has scaled up its ties with Nepal, much to the chagrin of India, to stem the flow of Tibetans travelling through Nepal to meet the Dalai Lama in Dharamshala.
Beijing recently increased its annual aid to Nepal to USD 128 million from the previous USD 24 million.
China also plans to build a 540-kilometre strategic high-speed rail link between Tibet and Nepal passing through a tunnel under Mt Everest.
Nepal, which produces about 800 MW of power—far less that the demand of 1,400 MW, is estimated to have a potential to generate 42,000 MW of hydropower.