साली बलात्कार गरेको आरोपमा पक्राउ




इलाम, पुस ९ - चौध बर्षिया एक वालिकालाई
बलात्कार गरेको आरोपमा इलाम, पञ्चकन्या–९
का दिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ

उनकै घरमा वस्दै आएकी सालीलाई पटक पटक
जवरजस्ती करणी गरी गर्भसमेत बोकाएको भन्दै
स्थानीयबासिन्दाले उजुरी दिएपछि तामाङलाई
पक्राउ गरिएको इलाका प्रहरी कार्यालय
पशुपतिनगरले जनाएको छ ।
तामाङउपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई
छ । पीडित वालिकालाई स्वास्थ्य
परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र
मंगलवार अस्पतालको रिपोर्ट आएपछि मात्रै
उनको अवस्था थाह हुने इलाका प्रहरी कार्यालय
पशुपतिनगरका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले
बताउनुभयो ।
बाबु
आमा कोही नभएकी ती वालिका केही बर्षयता दिदी–
भिनाजुकै घरमा वस्दै आएकी थिइन् ।

No comments:

Post a Comment