३९ जना श्रीमती का एक्ला पति सबै हासी खुसि







एउटा व्यक्तिका कति श्रीमती हुन सक्छन् ? साधरणतया एक जना, बहुविवाह गर्नेका दुई जना, त्योभन्दा धेरै गर्नेले तीन जना । तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता पुरुष छन्, जसको परिवारमा ३९ जना श्रीमती छन, तर सबै खुशी खुशी । भारत बारकोफ्टाका ड्याड जिओनाको साथमा अहिले ३९ वटा श्रीमती मात्र छैनन, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना पनि छन् । सबैभन्दा रमाइलो त के छ भने यी सबै एउटै घरमा एउटै छानोमुनी बस्छन् । सम्भवतः विश्वको सबैभन्दा ठूलो परिवार मानिएको ड्याड जिओनाको चार तले घरमा एक सयवटा कोठा छन् । पुरै परिवार यही घरमा अटाएको छ । पुरै परिवारका साथ जिओना परिवारका मुली ६७ वषिर्या जिओना यो परिवारदेखि खुशी छन् । भन्छन्, ‘मलाई भगवानको आर्शिवाद छ, त्यसैले त मेरो विशाल परिवार पनि छ । आज मलाई लागेको छ म भगवानको एउटा विशेष बच्चा हुँ । भगवानले मलाई यति धेरै परिवार हेर्ने जिम्मेवारी दिएका छन् ।’ जिओना आफूलाई भाग्यमानी ठान्दै भन्छन्, ‘म आफूलाई अझै भाग्यमानी पति मान्छु, किनभने म ३९ महिलाको एक्लो पति र ठूलो परिवारको घरमूली ।’
परिवारको पुरै पुरुष सदस्यहरुले काठको काम गर्छन, यसैले त जिओना गर्विलो हुँदै भन्छन्, मलाई सरकारको कुनै पनि सहयोग चाहिंदैन । यी सुपरपति कुनै समय वर्षमा १० वटासम्म विवाह गरेका थिए ।यो परिवार बस्दै आएको घरलाई उनीहरुकै भाषामा ‘छुन्तार रन’ अर्थात नयाँ पिंढीको घर भनिन्छ । उनीहरुको आफ्नो विद्यालय छ, आफ्नो खेल्ने ग्राउण्ड, काठको काम गर्ने कारखाना, सुँगुर गोठ, कुखुरा फार्म, खेती गर्न खेत र तरकारीका लागि ठूलो वारी। यो सम्पत्तिले पुरै परिवारलाई सहजै पाल्न सकिन्छ । परिवारमा खाना खानेवेला लाग्छ, यो आर्मी मेसमा खान खाईंदैछ, परिवारका पुरै महिला सदस्य खाना बनाउने र खुवाउने काममा घण्टौं विताउने गर्छन । एक पटकमा उनीहरुको परिवारलाई ३० वटा कुखुरा, १३२ पाउण्ड तरकारी र २२० पाउण्ड चामल चाहिन्छ । यो सबै खाना एउटा खुला किचनमा पकाइन्छ । जहाँ २४ सै घण्टा आगो बलिरहन्छ । जिओनाकी ६९ वर्षे जेठी श्रीमती जाठियाङ्गीले अरु श्रीमती, छोरी र बुहारीका लागि दैनिक कामको बाँडफाँड गर्छिन । हरेक दिन परिवारले खाएका भाँडा र लगाएका लुगा धुनका लागि एउटा सानो पहाड नै खडा हुन्छ र यो सबै काम हातैले गर्छन । जिओनालाई परिवारका सबै सदस्यहरु ‘का पा’ अर्थात बाबुजी भनेर सम्बोधन गर्छन् । यी जिओनाले जाठीयाङ्गीसँग विवाह गर्दा जम्मा १७ वर्षका थिए । जिओना वंशाणुगत रुपमा परिवारका मुली हुन, उनलाई लाग्छ, उनीहरु एकदिन पुरै विश्वलाई क्राइस्ट धर्ममार्फत नियमन गर्नेछन् । चालिएन चाना परिवारमा हजुरबुबा जिओनाले जस्तै बहुविवाह गर्न स्वीकृति प्रदान गरिएको छ । उनीहरुले जति धेरै श्रीमती ल्याए पनि पाउने व्यवस्था मिलाइएको छ । जिओना पुरै ३९ श्रीमतीसँग समय विताउँछन, जति समय उनी जेठी श्रीमतीसँग विताउँछन् त्यति नै समय गतवर्ष मात्र विहे गरि ल्याइएकी कान्छी श्रीमतीसँग पनि ।

No comments:

Post a Comment