श्रीमतीलाई बलात्कार गरि फालियो, श्रीमानलाई एसिड खुवाइयो




१६ पुष । दामिनी बलात्कार काण्डपछि भारतमा बलात्कारीलाई
मृत्युदण्ड दिनुपर्ने भन्ने माग बढीरहेकै
बेला कलकत्तामा एक महिला बलात्कृत
भएकी छिन् । गत शनिबारको रात
कलकत्ताबाट २०
किमी टाढा रहेको बर्षात भन्ने
ठाउँमा ४५ वर्षिया महिला ६
जनाको समूहबाट बलात्कृत भएको समाचार
सलेहिन्दुस्तानटाइम् छापेको छ ।
ति महिला आफ्नो श्रीमानसँग
राती कामबाट आफ्नो घरतर्फ फर्कंदै
थिइन । उनीहरुले श्रीमतीलाई बलात्कार
गरी मारेर फाले भने श्रीमानलाई
जर्बजस्त एसिड पिउन बाध्य पारे । अहिले
श्रीमान कलकत्ताकै आरजे कर मृडिकल
कलेजमा उपचार गराइरहेका छन् ।
उनको लिभर र किड्नी बिग्रीएको छ, तर
उनको स्वास्थ्य स्थिति स्थिीर
रहेको अस्पताल प्रशासनले दिएको छ ।
प्रहरीले घटनाका दोषी इशा मोरल र ८
जना अन्यलाई अनुसन्धानका लागि पक्राउ
गरेको छ । प्रहरीले महिलाको शवसँगै
एउटा ह्यामर समेत जफत गरेको छ

No comments:

Post a Comment