जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघले बीउ उपलब्ध गराएपछि स्थानीय कृषि समूहले व्यावसायिक रुपमा चिराइतो खेती गरेको मेरुङ समाज नेपालका अध्यक्ष बम बानियाँले जानकारी दिए। जडीबुटीका रुपमा प्रयोग हुने चिराइतो खेतीको सम्भाव्यता अध्ययनपछि गाउँको पाखो बारीमा खेती गरिएको समाजले जनाएको छ।
‘हाम्रो खेतीयोग्य जग्गा बाँझो बन्दै गइरहेको छ,' अध्यक्ष बानियाँले भने, ‘खाली जग्गाको सदुपयोग पनि हुने, आम्दानी पनि हुने माध्यमका रुपमा चिराइतो खेती सुरु गरेका हौं।'
वर्ष दिनअघि गरिएको चिराइतो खेतीको सफल परीक्षणपछि समाजमा आवद्ध ११ घरका किसानको सहभागितामा पाथेकामा चिराइतोको बीउ छरिएको छ। जंगलमा पाइने चिराइतो संकलन गरेर राम्रो मूल्यामा बिक्री गरेको अनुभव संगालेका किसानले पछिल्लो समय आफ्नै बारीमा खेती सुरु गरेका हुन्।
घरबाट प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुने चिराइतो धनकुटा, धरान, विराटनगर, भारतलगायत सहरमा पुर्याँउँदा प्रतिकिलो एक हजारभन्दा बढीमा बिक्ने समूहका संयोजक पर्शुराम बानियाँले बताए। किसानलाई चिराइतो खेती गर्ने विधिसम्बन्धी सैद्धान्तिक र प्राविधिक सीपबारे तालिम दिएपछि सुरु गरिएको समाजले जनाएको छ।
मेरुङ कृषि सहकारी संस्था र मेरुङ समाजको पहलमा पाथेका–१ र २ को ६० रोपनी तथा फेदी–९ को केलासी र पिपिङको १५ रोपनी जग्गामा चिराइतो खेती गरिएको हो। छिमेकी गाविस खार्ताम्छामा पनि रोप्ने तयारी भइरहेको मेरुङ समाजले जनाएको छ।
अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमा राम्रो आम्दानी दिने भएकाले जिल्लाका पाथेका, खार्मी, फेदी, खार्ताम्छा, बाकाचोल, ऐंसेलुखर्क लगायतका कृषक यसतर्फ आकर्षित भएका छन्। खार्मीमा ५० रोपनीभन्दा बढीमा चिराइतो खेती गरिएको छ।
'निजीलाई फस्टाउन यसरी खस्काइदैछ वीरलाई'
काठमाडौ, श्रावण १३ - वीर अस्पताललाई सही ढंगले सञ्चालन गर्न सकिए राजधानीका आधा जति निजी अस्पताल धराशायी बन्ने त्यहाँ कार्यरत चिकित्सकहरूले बताएका छन् । वीरको क्षमता, संरचनालाई बलियो बनाउनुको साटो जानाजान खस्काइएको आरोप समेत उनीहरुले लगाए ।
'वीरलाइ राम्ररी सञ्चालन गर्ने हो भने राजधानीको ५० प्रतिसत निजी अस्पतालको व्यापार सुक्छ,' रेजिडेन्ट एसोसिएसन अफ नाम्सका अध्यक्ष डा. मंगल रावलले भने, 'सुनियोजित ढंगले वीरलाई तहसनहस पारिँदैछ ।'
एक तथ्यांकअनुसार तीन वर्षयता वीरमा करिब २५ प्रतिशत बिरामी आउन छाडिसकेका छन् । उपचारमा आएकाहरूमा या त अति गरिब छन्, जसको संख्या करिब ८० प्रतिशत छ । त्यस्तै अति नै माथिल्लो स्तरको बिरामी मात्र उपचारमा वीर आउने गरेको छ । 'वीरमा एक दशकअघि जे सेवा थियो, घटो छ वा अब छैन,' अस्पतालका एक वरिष्ठ चिकित्सकले भने, 'गत ६/७ वर्षयता अस्थिर सरकारका कारण पनि वीरको स्थिति बिग्रियो ।'
गठबन्धन सरकारहरूबाट भागबन्डाका आधारमा अस्पतालमा पदाधिकारी नियुक्ति हुने क्रम चलेपछि त समस्या थप बल्भिmएको हो । अझ त्यो रोकिएको छैन । 'यहाँ राम्रो हैन, हाम्रो मान्छे चाहिएको छ, यसैले महिनौंसम्म वीरका उपकुलपतिलगायतका पदाधिकारी नियुक्त हुन नसकेको हो,' ती चिकित्सकले थपे, 'यहाँका कर्मचारीतन्त्रमा राजनीति यस्तो गाँसियो कि उहाँहरू स्वाथ्यकर्मी कम, पार्टी कार्यकर्ता बढी हुनु भयो ।'
वीरमा कार्यरत एवं काम गरिसकेका केही वरिष्ठ चिकित्सकहरू समेत अस्पतालको स्थिति खस्काउन धेरै सहयोग गरिरहेको दाबी डा. रावलको छ । उनी भन्छन्, 'यहाँ ४ हजारमा हुने शल्यक्रिया निजी क्षेत्रमा एक लाख रुपैयाँ खर्चिनुपर्छ ।' मेरुदण्डको शल्यक्रिया गर्दा निजी क्षेत्रमा ७० हजारभन्दा बढी शुल्क तिर्नुपर्ने भए पनि वीरमा भने शल्यक्रियाको शुल्क छैन । 'वीर बलियो भयो भने न्युरो, अर्थोपेडिकलगायतका सेवा बिरामीले सस्तोमा पाउँछन्, निजी क्षेत्रमा दुई लाखमा यी सेवा उपलब्ध हुन्छ' डा.रावलले भने, 'वीरमा यी सेवाका लागि १० हजार रुपैयाँ भए पुग्छ ।'
वीरको आईसीयू सेवालाई समेत राम्ररी सञ्चालन नगरेर निजी क्षेत्रलाई सघाउने गरिएको दाबी अर्का एक चिकित्सकको छ । 'निजी क्षेत्रका केही आईसीयू सञ्चालन गर्ने अस्पतालका सञ्चालनले बिरामी रेफर गर्नेलाई तीन हजार र बिरामी एम्बुलेन्सका चालकलाई एक हजार रुपैयाँ दिने गरेको तथ्य लुकेको छैन,' ती चिकित्सकले भने । ती चिकित्सकका अनुसार वीरमा आईसीयू शुल्क तीन हजार रुपैयाँ लागे पनि बाहिर भने १० हजारसम्म पर्छ । निजी स्वाथ्य निकायलाई पोस्न वीरलाई ट्रलि बस, साझा यातायात, नेपाल एयरलाइन्सजस्तो स्थितिमा पुर्याउन खोजिएको आरोपसमेत डा. रावलको छ ।
तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।
उनीहरु के गर्छन्, उनीहरुलाई नै थाहा हुँदैन । ल जानौ है , तपाईंको नामको पहिलो अक्षरको के अर्थ
हुन्छ थाहा पाऔँ ।
A : यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने
यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र
मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने
पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने
गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष
स्थानमा पुग्ने गर्दछन् ।
B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन्
त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण
क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् ।
यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् ।
उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई
मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै
साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर
बस्ने गर्दछन् ।
C व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई
स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन्
। यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ ।
हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै
सफल हुने गर्दछन् ।
D यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् ।
यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ ।
यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले
केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर
आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई
घमण्डी भन्ने गर्दछन् ।
E यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै
रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै
सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै
चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले
चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ ।
यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।
F नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु
हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर
गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र
रोमान्टिक हुने गर्दछन् ।
G यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने
गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले
धोका दिने गर्दछन् । यिनिहरु कहिले
पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर
अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने
गर्दछन् । यस्ता व्यक्तिहरुको धेरै साथी हुँदैनन् र
यिनीहरुलाई शान्त ठाउँमा बस्न मनपर्छ । निकै
आत्मविश्वासी हुने यिनिहरुलाई जब रिस उठ्छ तब

यिनीहरुलाई कम बोल्ने मानिसहरु मनपर्छ ।
H यस्ता व्यक्तिहरु संकोची र संवेदनशील हुने गर्दछन् ।
यिनीहरुलाई रहस्यमयी पनि भन्ने गरिन्छ किनभने
यिनीहरु आफ्नो कुरा कसैलाई पनि बताउँदैनन् ।
यिनीहरुलाई आत्मसम्मानको निकै चिन्ता हुने गर्दछ र
दिमाग निकै तेज हुने गर्दछ । यिनीहरु राजनितिक
वा प्रशासनिक क्षेत्रमा देखा पर्ने गर्दछन् । यिनीहरु
आफ्नो पैसा आफ्ना लागि मात्र खर्च गर्ने गर्दछन् ।
I यस्ता व्यक्तिहरु निकै हिम्मती हुने गर्दछन् र
साँचो कुरा भन्नलाई यिनीहरु कहिले पनि डराउँदैनन् ।
यिनीहरु निकै स्टाइलिस पनि हुने गर्दछन् ।
यस्ता व्यक्तिहरुले फेसन र रचनात्मक क्षेत्रमा निकै
राम्रो काम गर्ने गर्दछन् ।
J यस्ता व्यक्तिहरु बाहिर जति राम्रा देखिन्छन्
भित्रि रुपमा पनि त्यति नै राम्रा हुन्छन् । यिनीहरु
आफ्ना पार्टनरसँग निकै इमान्दार हुने गर्दछन् । आफूले
भनेको कुरालाई जसरी पनि हाँसिल गर्ने यिनीहरुसँग
पैसा, मायाजस्ता चिजहरु निकै धेरै मात्रामा हुने गर्दछ ।
जसले यी व्यक्तिहरुलाई जीवनसाथीको रुपमा पाउँछ,
पाउने व्यक्तिले आफूलाई भाग्यमानी सम्झिँदा पनि हुन्छ
किनभने ती व्यक्तिले यस्तो व्यक्ति पाउँदैछ जोसँग सबै
कुरा छ ।
K बोल्दा नसोची बोल्ने यिनिहरु
आफ्नो फाइदाको लागि कुनै पनि हदसम्म जान सक्छन् ।
मानिसहरु यिनिहरुसँग डराउँछन् र आफ्नो कुरा भन्न
डराउँछन् । यिनिहरुलाई जीवनमा जोखिम लिन आउँछ ।
हेर्दा यिनीहरु निकै राम्रा हुने गर्दछन् ।
L यस्ता व्यक्तिहरु कसैलाई पनि नराम्रो सोच्दैनन् ।
यिनीहरुलाई खुसी हुन ठूलो कुरा चाहिँदैन ।
सानो सानो कुराहरुले नै यिनीहरुलाई
खुसी बनाएको हुन्छ र यिनीहरु धेरैजसो खुसी नै हुने
गर्दछन् । पैसाको कमी कहिले पनि नहुने
यी व्यक्तिहरुलाई विशेष व्यक्तिको धड्कन बन्न मनपर्छ ।
M यस्ता व्यक्तिहरु निकै जिद्दी हुने गर्दछन् ।
केहि कुरालाई यिनीहरुले समातेको छ भने कहिले
पनि छोड्दैनन् । साधारणतया यस्ता व्यक्तिहरु
राजनितिमा बढि देखिन्छन् । यिनीहरु राम्रो वक्ता र
राम्रो लेखक हुन् । सधैँ गहिरो चिन्तनमा डुबिरहेने
यस्ता व्यक्तिहरु र निकै भावुक हुने गर्दछन् ।
N यिनीहरु कुनै पनि कुरासँग चाँडै नै बोर हुने गर्दछन् ।
स्वतन्त्र विचारधाराका यी व्यक्तिहरु सधैँ
आफ्नो बारेमा मात्र सोच्ने गर्दछन् । संसारका सबै
कुरा पाउने इच्छा भएका यस्ता व्यक्तिहरु निकै
स्वार्थी पनि हुने गर्छन् ।
O यस्ता व्यक्तिहरु निकै धूर्त हुने गर्दछन् । यो नाम
भएका व्यक्तिहरु निकै आकर्षक पनि हुने गर्दछन् । निकै
उर्जावान् यी व्यक्तिहरुलाई धेरै मानिसहरुले मन पराउने
गर्दछन् । प्रेम, भावना र सम्बन्धले
यिनीहरुको जीवनमा निकै महत्वपूर्ण स्थान ओगटेको हुन्छ
त्यसकारण यी व्यक्तिहरु धेरैजसो प्रेम विवाह नै गर्ने
गर्दछन् ।
P यी व्यक्तिहरुलाई आफ्नो इज्जत र मानसम्मानको निकै
ख्याल हुने गर्दछ । यिनीहरु निकै विवेकशील र रचनात्मक
हुने गर्दछन् । यिनीहरु आफ्नो जीवनमा छुट्टै नियम लागु
गर्दछन् र यसमा कुनै सम्झौता गर्दैनन् ।
Q यी व्यक्तिहरु कहिले खाली बस्न सक्दैनन् । उनीहरुलाई
केहि न केहि गर्नै पर्ने हुन्छ । सानो सानो कुराबाट
खुसी हुने यी व्यक्तिहरु आफ्नो छुट्टै संसारमा रमाउने
गर्दछन् । यिनीहरु राम्रो जीवनसाथी पनि हुन् ।
कहिलेकाँही मात्र रिसाउने यी व्यक्तिहरुलाई रिस
उठ्यो भने निकै नराम्रो तरिकाले रिसाउने गर्दछन् ।
R यो अक्षरबाट सुरु हुने नामका व्यक्तिहरु
दिमागमा निकै तेज, मनका राम्रा र अरु
मानिसहरुको मतलब नराख्ने र कम बोल्ने
स्वभावका हुन्छन् । कसले के भनिरहेको छ, के गरिरहेको छ
उनीहरुलाई यसमा केहि पनि मतलब हुँदैन त्यसैले
यहि कुराले नै उनीहरुको वैवाहिक जीवनमा खटपट
ल्याउने गर्दछ ।
S यस्ता व्यक्तिहरु बहुमुखी प्रतिभाका धनी हुन्छन् । धेरै
बोल्ने यी व्यक्तिहरु धेरै आलोचना पनि झेल्ने गर्दछन् ।
यिनीहरु रहस्यमयी हुने गर्दछन् र आफ्नो कुराहरुलाई
स्पष्ट तरिकाले भन्ने गर्दैनन् । आफ्नो माया प्रति निकै
सचेत हुने यिनीहरु केहि ठट्टा पनि गर्ने गर्दछन् । आफूसँग
भएको पैसा र आफ्नो कुनैपनि सामानहरु कसैलाई
पनि सजिलै सँग दिँदैनन् । यिनिहरु निकै कन्जुस हुने गर्दछन्
र देखावटी उनीहरुलाई निकै मनपर्छ ।
T यस्ता मानिसहरु बुद्धिमान हुने गर्दछन् र आफूले
माया गर्ने व्यक्तिलाई माया देखाउन सक्दैनन् । आफू
खुसी र दुखी भएको कुरा यिनीहरु कसैसँग पनि व्यक्त
गर्दैनन् । यिनीहरुले नाम र दाम दुबै कमाउने गर्दछन् ।
U यी व्यक्तिहरु निकै होसियार र असल स्वभावका हुन्छन्
जो अरुलाई खुसी दिने कुरामा विश्वास राख्छन् ।
यिनीहरु सधैँ हाँसिरहने स्वभावका हुन्छन् तर
सफलता ढिलो पाउने गर्दछन् । यिनीहरु बिन्दास
स्वभावका हुने गर्दछन् र बच्चाहरु यिनिहरुलाई निकै
मनपर्छ ।
V कसैको रोक–टोक मन नपराउने यस्ता व्यक्तिहरु निकै
स्वतन्त्र स्वभावका हुन्छन् । यिनीहरुको मन निकै
सफा हुने गर्दछ र सबैको भावनालाई सम्मान पनि गर्ने
गर्दछन् । आफ्नो कुराहरु हत्तपत्त यिनीहरु कसैलाई
पनि बाँड्ने गर्दैनन् ।
W यस्ता व्यक्तिहरु मनको सफा भएपनि मानिसहरुले
यिनीहरुलाई चिन्न ढिलो गर्दछन् । धन सम्पत्ति धेरै हुने
भएका कारण उनीहरुलाई मानिसहरुले
घमण्डीको संज्ञा दिने गर्दछन् ।
X यिनीहरुलाई धैर्य गर्न मनपर्दैन त्यसकारण
आफ्नो काम निकै हतारमा गर्ने गर्दछन् । यिनीहरु जे
कुरा छिटो पाउन चाहन्छन् त्यति नै छिटो त्यो कुराबाट
उनीहरुको मन हट्छ । यिनीहरुले कहिले के गर्छन् भन्ने
कुराहरु उनीहरु आफैँलाई थाहा हुँदैन । आफूलाई मन परेको र
चाहिएको कुरा जसरी पनि पाएरै छोड्छन् यिनीहरु
त्यसकारण जीवनमा निकै सफल पनि हुने गर्दछन् ।
Y यी व्यक्तिहरु धेरै बोल्दैनन् र एक्लै बस्न मन पराउँछन् ।
यिनीहरु स्पष्टवक्ता हुन्छन् त्यसकारण कसैसँग केहि बोल्न
पनि डराउँदैनन् । यिनीहरु कुनै पनि कुरासँग
सम्झौता गर्न सक्दैनन् । सम्झनाशक्ति र कल्पना गर्ने
शक्ति उनहिरुको निकै तेज हुन्छ ।
Z
यस्ता व्यक्तिहरुलाई देखावटी मनपर्दैन । यिनीहरु निकै
सोझा र गम्भीर प्रकृतिका हुने गर्दछन् । आफ्नो कुरालाई
स्पष्टसँग भन्ने यी व्यक्तिहरु कसैलाई पनि धोका दिन
सक्दैनन् । देख्दा सोझा लाग्ने यी व्यक्तिहरु मूर्ख भने
हुँदैनन् । यिनीहरु जहाँ पनि बस्छन् आफ्नो सरल
छवीका लागि प्रख्यात हुने गर्दछन् ।

पाखो बारीमा चिराइतो खेती
मुस्ताङमा युरेनियम: उत्खनन गरे मुलुकको कायापलट
खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो ।..एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । …एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।
युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ ।
औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।
युरेनियम र यसको महत्व
सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु युरेनियमको २३८ परमाणविक धार हुने हुन्छ र लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् ।
यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।
एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।
अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम–२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।
युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युत्मा निर्भर छन् ।
केही साताअघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवत: विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ ।
सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त ‘लिटिल ब्वाय’ र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको ‘फ्याट म्यान’ नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए ।
नेपालमा युरेनियम पाईने ठाउँहरु
हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।
खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।
खानी विभागले ‘गामा–रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।
मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।
नेपालको युरेनियम: विदेशी चासो
केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।
रेडियोधर्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान ‘युरेनिफेस रक’को नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।
सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भविद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भविद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुन: सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो ।
स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्, ले तीनभंगाले–कालोखोलाको युरेनियम मिश्रति चट्टानका टुक्राबारे ‘गामा–रे स्पेक्ट्रोस्कोपी’ प्रविधि अनुरप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यसबाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ ।
जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा ‘रेडियसन फिजिक्स’ को राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभावबारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए। त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरमाझ निकै चर्चा भएको थियो ।
विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्माचाहिँ डडेल्धुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी, बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकारसमक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्माचाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था
आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ ।
तथापि, यो निर्माण गर्ने क्रम झन् बढ्दो छ, जसको मूल कच्चा पदार्थ नै युरेनियम हो । त्यसैले पनि युरोनियमको खपत दिनानुदिन बढिरहेको छ । त्यही भएरै शक्ति सम्पन्न राष्ट्रहरु अप्रत्यक्ष रुपमा नेपालका विभिन्न परियोजनामार्फत नेपालका युरेनियममा चासो देखाइरहेका छन् । अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युतट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियमलगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ ।
खानी विभागका उपमहानिर्देशक रहमान भन्छन्, ‘कोरयिनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन ।’ दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करबि ५३ करोड रुपियाँ)को परियोजना दिएको छ ।
यद्यपि, त्यस परियोजनामा उल्लेख्य प्रगति भइरहेको चाहिँ छैन । परियोजना अन्तर्गत नेपालका विभिन्न निकायबाट झन्डै एक सय कर्मचारी तथा विज्ञहरु आईएईएका विभिन्न सेमिनार तथा तालिममा सहभागी भइसकेका छन् । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नवीन देवकोटा भन्छन्, ‘आईएईएको नेपालको मुख्य चासो भनेको यहाँ पिस फर न्युक्लियरको नारासहित दक्ष जनशक्ति उत्पादन गर्ने र विभिन्न प्राविधिक सहयोग उपलब्ध गराउने नै हो ।’
आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहर नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिमसमेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।
विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियमसम्बन्धी अध्ययन भनेर आउँदैनन्, उनीहर नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै देशमा लैजान्छन् ।
धन्न सहेका छन् यात्रुले
काठमाडौं– सभासद रीता शाही जेठ अन्तिम साता पुरानो बानेश्वरको डेराबाट संविधानसभा भवन आउन शंखमूल जाने टेम्पो चढिन्। टेम्पो गुड्न नपाउँदै उनलाई सँगै बसेको युवकको हात र शरीरको चालढाल असजिलो लाग्न थाल्यो। त्यसैबीच उनको फोनको घन्टी बज्यो। जसै उनी फोनमा कुराकानी गर्न व्यस्त भइन्, युवकले मौका छोपेर उनको सुरुवालको खल्तीमा हात घुसाउन खोज्यो।
शाहीले तुरुन्तै उसलाई रोकिनन्। सायद यसले युवकको मनोबल बढ्यो। उसको नियत त्यतिमै चुप लाग्ने देखिएन। केही छिनमै उसले ब्यागमा हात घुसाउन खोज्यो। शाहीलाई सही नसक्नु रिस उठ्यो। तर, सभासदजस्तो मान्छेले जे पायो त्यही बोल्न मिलेन।
उनले अलि खरो आवाजमा भनिन्, 'के गरेको, तपाईंमा अलिकति अनुशासन छैन?'
कुरा त्यत्तिकैमा सकिएको भए त हुन्थ्यो तर त्यो केटा निकै बदमास रहेछ। नयाँबानेश्वर चोक आइपुगेपछि ऊ ओर्लियो। उनी पनि ओर्लने उपक्रममा थिइन्, केटाले एक्कासि उनलाई थप्पड हान्यो। शाहीले त केही देखिनन्। दिउँसै अन्धकार भयो। गालै सुन्नियो। धन्न, एक सभासदले देखेछन्। हत्तपत्त उनलाई सम्हालेर संविधानसभा भवनभित्र लगे। युवक पनि भाग्न भ्याएन। चड्कन खाने महिला सभासद रहेको थाहा हुनेबित्तिकै त्यहाँ उपस्थित सर्वसाधारणले उसलाई समाएर प्रहरीको जिम्मा लगाए।
ती युवक रामेछापका टीकाराम सुन्दास हुन्। अहिले उनी आफूले गरेको अपराधको सजाय काट्दै छन्।
सुन्दासले सजाय पाउँदैमा रीता शाहीको मनस्थिति परिवर्तन हुन सक्दैन। अचेल सार्वजनिक यातायात चढ्नु उनका लागि सजायभन्दा कम हुँदैन। सँगै बसेको पुरुष हल्का चल्यो भने पनि उनलाई डर लाग्छ। एक्लै ट्याक्सी चढ्नसमेत डराउन थालेकी छन् शाही।
सभासदजस्तो व्यक्तिलाई त काठमाडौंको सार्वजनिक यातायातमा त्यति सास्ती र समस्या हुन्छ भने बोल्न नसक्ने, आफैंलाई दोष आउला भनेर हच्किने, लजाउने र डराउने महिलाको सकस बयान गरिसाध्य छैन। ५० हजार सवारीसाधन चल्ने र तिनले दैनिक १० लाख मान्छे बोक्ने यस नगरीमा अधिकांशले भोक, रोग र शोकजस्तै सवारीसाधनका पीडा पचाउने गरेका छन्।
नागरिकले सार्वजनिक यातायातमा भोग्नुपर्ने सास्तीबारे विभिन्न व्यक्तिसँग गरेको कुराकानीमा मुख्य पीडित महिला यात्रु नै हुने निष्कर्ष निकाल्न सकिन्छ। महिलालाई पुरुषले शारीरिक दुःख दिने, कतिले दुर्नियतसाथ क्वारक्वार्ती हेर्ने, सँगै बसेको यात्रुले ठेल्ने, हातमाथि हात राखिदिनेजस्ता अनेक समस्या देखिएको छ। कतिपय ठाउँमा कन्डक्टरले बढी भाडा मागेर सताउने, कहिले कन्डक्टरले नै जिस्क्याउने समस्याबाट पनि महिला यात्रु पीडित छन्।
महिला यात्रुका समस्या यत्तिमै सकिँदैन। अन्य पुरुष यात्रुले जसरी नै जँड्याहा, चुरोटका अम्मली, हप्तौं ननुहाउने फोहोरी यात्रुको सासको दुर्गन्ध, बेलाबेला आ..ख गरेर कफ निकाल्ने, बस थर्कने गरी मोबाइलमा गफ गर्ने, बिरामी, पाकेटमार, झगडालु, नसालुलगायत अनेक प्रकारका यात्रुको पीडा सहनुपर्छ। अझै भिडका बेला कन्डक्टरले इँटा मिलाएजसरी त्यस्तै व्यक्तिसँग टँसाएर राखिदिँदाको पीडा बयान गरिसाध्य हुँदैन। ओर्लेर अर्को बसमा जान पनि नसकिने, सँगै बस्दा पनि बान्ता आउलाजस्तो हुने अवस्थाबाट महिला र पुरुष दुवैथरी यात्रु निरन्तर गुजि्ररहन्छन्। कोच्चिनुपर्ने, झुन्डिनुपर्ने र यातायात साधनको आपसी गलत प्रतिस्पर्धामा परेर घाइते हुनुपर्ने बाध्यताबीच गुडिरहेका छन्, राजधानी सहरका मध्यम र निम्नवर्गीय जागिरे र कामदार यात्रु।
चावहिलकी ५६ वर्षीया अर्पणा भट्टलाई सार्वजनिक यातायातको लामो अनुभव छ। उनको विचारमा महिलाप्रतिको दुर्व्यवहार र पुरुष यात्रुको नियतमा खासै परिवर्तन आएको छैन। 'उहिले पनि दुर्व्यवहार निकै थियो,' उनी भन्छिन्, 'म हातमा किला लिएर हिँड्थेँ।'
अधिकांश महिलाले झैं परपुरुषको घृणालाग्दो स्पर्शबाट बच्न उनले झोला, छाता आदिको प्रयोग गर्नुपर्थ्यो पहिले पनि। त्यही भएर सार्वजनिक यातायातमा सुरक्षित यात्रा गर्ने तरिका अपनाएकी थिइन्, हातमा किला लिएर हिँड्ने। कोही गलत नियतसाथ नजिक आए कपडामा किला लुकाएर च्वास्स घोचिदिन्थिन्।
भट्ट अहिले पनि सार्वजनिक यातायातमा यात्रा गर्छिन् र यसको नसुध्रेको चाला देख्दा दिक्दार हुन्छिन्। जीवनयात्रामा बेलायत, अमेरिका, स्पेन, जर्मनीजस्ता विकसित देशमा घुमेकी र त्यहाँ कहिल्यै दुर्व्यवहार खप्नु नपरेकी उनलाई आफ्नो देशको यस्तो चाला देखेर विरक्त लाग्नु स्वाभाविकै हो।
सभासद शान्ता मानवी त सार्वजनिक यातायातको बेथितिबाट यतिसम्म आजित छिन्, कुनै दिन प्रधानमन्त्री भए माइक्रो र ट्याम्पोलाई ठूला बसले विस्थापित गर्ने योजना तुरुन्तै लागू गर्ने बताउँछिन्। 'म प्रधानमन्त्री भए पहिलो प्राथमिकता सार्वजनिक सवारीसाधनलाई दिन्थेँ,' उनी भन्छिन्, 'माइक्रोबस, ट्याम्पो हटाउँथेँ। मेट्रो चलाउँथेँ। सबै रुटमा ठूला बस चलाउँथेँ।'
लामो समयदेखि महिला आन्दोलनमा लागेकी मानवी आफूलाई बलियो ठान्छिन्। 'म त बलियो छु, उभिएरै यात्रा गर्न सक्छु तर निर्धोलाई समेत सिट दिँदैनन्। महिला अझै पीडित छन्,' उनी भन्छिन्। यति भन्दाभन्दै चोरसँग त उनको पनि केही लागेन। ६ महिनाअघि नेपाल यातायातमा उभिएर यात्रा गर्दा मोबाइलै गुमाइन्।
सभासद मीना पुन काठमाडौंमा सार्वजनिक यातायात चढ्न थालेको ११ वर्ष नाघ्यो। प्रायः भक्तपुरबाट नयाँबानेश्वरसम्म उभिएरै पुग्छिन्। 'एक त सिट पाइँदैन, पाए पनि आडैमा पुरुष हुन्छन्। अस्वाभाविक भएर बसिदिन्छन्। हात अघिअघि सार्छन्,' उनले कटु अनुभव सुनाइन्, 'धेरैजसो अधबैंसे पुरुष महिलासँग टाँसिन आउँछन्। उभिँदा पनि कन्डक्टरले मान्छे मिलाउने नाममा घचेट्ने, छुने गरिरहन्छन्। झुन्डिएर यात्रा गरिरहेकै बेला हातमाथि छुने, ठेलमठेल भएर पछाडि टाँसिनै आउँछन्। यस्ता व्यवहारबाट दिक्दार लाग्छ।'
गुन्डागर्दीको अनुभव
सार्वजनिक यातायातमा चालक, चालक सहयोगी र कन्डक्टरले गर्ने व्यवहार अर्को दुःखदायी पक्ष हो, जसले हामी सभ्य समाजमा बस्न अझै लायक छैनौं कि भन्ने भान गराउँछ।
पहिलो त माइक्रो, टेम्पो, बसलगायतले जहाँ पनि मान्छे चढाउँछन्, ओर्लन सजिलै दिँदैनन्। दुई जनाको सिटमा तीन जना बस्नैपर्छ। कोचिन मानेन, सर्न मानेन भने थर्काउने, बीच बाटोमै 'ओर्ली' भन्ने र अझै 'सक्छस् भने आफ्नै गाडीमा हिँड्, किन बस चढ्न आको' भनेर नमीठो वचन लाउँछन्। यति मात्र होइन, बस–माइक्रोबीचको हानथापमा दुर्घटना हुने र घर पुग्ने समयमा अस्पताल पुगिने डर सधैं रहिरहन्छ।
केही दिनअघि यो संवाददाता चढेको सिटी यातायातको बस बागबजार आइपुग्दा एक यात्रुले रोक्न आग्रह गरे। उनी गौशालाबाट चढेका रहेछन्। उनले भनेको स्थानभन्दा केही अगाडि गाडी रोकियो।
'चढाउने बेला जहाँ पनि रोक्न मिल्छ, ओर्लंदा किन नरोक्ने?,' ती यात्रुले भने।
हातमा २० रुपैयाँको नोट समाएका उनी पहिले ५ रुपैयाँ फिर्ता माग्दै थिए। चालकको छेउमा बसिरहेको लामो कपाल पालेको एक व्यक्ति एक्कासि जंगिँदै उठ्यो। 'फलानाको छोरा, भाडा तिर्ने बेला किचकिच गर्छस्, तँलाई बाँच्न मन छैन? तेरो बाउको गाडी हो यो? यसलाई रडले हान्दे केटा,' उसले थर्कायो।
'तैंले भनेको ठाउँमा गाडी रोक्ने तेरो नोकर हो?,' उसले मुखमा आएजति गाली सबै बक्यो, जुन सुनिसाध्य थिएन।
अगाडिपट्टि लस्करै बसेका महिला मुखामुख गर्दै चुपचाप बसे। ती अधबैँसे खुरुखुरु पैसा तिरेर लुरुलुरु बाटो लागे। भित्र बसेको बाहुबली दादा भने अझै फत्फताउँदै थियो, '... भाडा नदिएको भए आज त्यो ... बाँच्ने थिएन।'
के भन्छ अध्ययन?
विश्व बैंकले काठमाडौं उपत्यकाको सार्वजनिक सवारीमाथि हालै गरेको एक अध्ययनले यहाँका माइक्रोबसलाई जंगली हात्तीसँग तुलना गरेको छ, जो खतरनाक तबरले सडकमा कुदिरहन्छन्।
अध्ययनअनुसार ३३ प्रतिशत महिला र १६ प्रतिशत पुरुष सार्वजनिक यातायात चढ्दा असुरक्षित महसुस गर्छन्। औसतमा चारमध्ये एक महिला यात्राक्रममा अनुचित छुवाइको पीडाबाट गुज्रन्छन्। दसमध्ये एक पुरुष अनुचित छुवाइ सहनुपरेको पीडा पोख्छन्। अझ क्षमताभन्दा बढी यात्रु कोचिने, अनियन्त्रित तरिकाले सवारी चलाउने, बसस्टपमा गाडी नरोक्ने, गाडी नरोकिँदै यात्रु झार्ने, गुड्दागुड्दै चढाउनेलगायत अनेक समस्या छन्। प्रहरीकहाँ गएर यी समस्याको गुनासो गरे अझ बढी झन्झट बेहोर्नुपर्ने पनि अध्ययनले देखाएको छ।
गत असोज १५ देखि मंसिर १५ सम्म गरिएको स्थलगत अध्ययनमा ८० प्रतिशत महिला र ७० प्रतिशत पुरुषले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु कोचिने गुनासो गरेका थिए। भिडभाडमा महिला यात्रु शारीरिक उत्पीडन सहेर यात्रा गर्न बाध्य रहेको पनि प्रतिवेदनमा खुलाइएको छ।
धारणा परिवर्तन भएन
संसार घुमेर अनुभव सँगालेकी चाबहिलकी अर्पणा भट्टको विचारमा समाजले धारणा परिवर्तन गर्न नसक्नु सबैभन्दा ठूलो समस्या हो। एउटालाई समस्या परेको थाहा पाउँदा–पाउँदै अरूले साथ नदिने प्रवृत्ति विकास हुँदै गएको उनी बताउँछिन्।
उनले १५ वर्षअघि बानेश्वर–चाबहिल चल्ने बसमा मद्रासी यात्रुले बसभित्रै एक महिलालाई यौनदुर्व्यवहार गर्दासमेत अरू यात्रु नबोलेको सुनाइन्। उनले आवाज उठाउँदा पनि कसैले साथ दिएनन्। बरु चालकले पीडकलाई साथ दिएर त्यो कुरा त्यत्तिकै फासफुस बनाउन जोड दियो। यो घटना उनले अझै भुल्न सकेकी छैनन्।
'यतिका वर्ष बित्यो तर हाम्रो समाजमा बस चढ्दा आफ्नो अधिकार के हो, महिलाको सम्मान के हो भन्ने कसैले बु‰दैन र दाबी गर्दैन,' उनी भन्छिन्, 'बाहुबलीले होइन, नीति र मूल्यले समाज चल्नुपर्छ भन्ने चेत आएकै छैन।'
आचारसंहिता छ, लागू छैन
यात्रु, चालक, कन्डक्टर सबैले यातायात चढ्दा अपनाउनुपर्ने आचारसंहिता बनेको छ। तर, न धेरैलाई त्यसको अस्तित्वको ज्ञान छ न त संहिता लागू नै भएको छ। (हेर्नुहोस् बक्स : आचारसंहितामा के छ?)
सभासद मीना पुनको विचारमा सबैभन्दा पहिले यात्रु, चालक, कन्डक्टर सबैलाई यातायात चढ्दा अपनाउनुपर्ने आचारसंहिताको ज्ञान हुनुपर्छ। 'आचारसंहिताअनुरूप यातायातको निरन्तर अनुगमन हुनुपर्छ,' उनी भन्छिन्, 'बसचालक र कन्डक्टरले आचारसंहिता पालना गर्ने मात्र होइन, पालना नगर्ने यात्रुलाई बसबाट ओराल्नु पनि पर्छ। महिला सिटमा बसेका पुरुषलाई उठाउने कार्य जोसुकै यात्रुले गर्नुपर्छ।'
दिनानुदिन सार्वजनिक सवारीसाधनसँगै यात्रुको संख्या पनि बढेको छ। यातायात व्यवस्था विभागको अनुमानमा दैनिक करिब ५० हजार सार्वजनिक सवारीसाधन सञ्चालन हुन्छन् भने करिब १० लाखभन्दा बढी मानिस यात्रा गर्छन्।
बढ्दो यात्रु, सवारीसाधन व्यवस्थापन र सार्वजनिक सवारीलाई भरपर्दाे र सुरक्षित बनाउनु वर्तमान समयमा यातायात व्यवस्था विभागको ठूलो चुनौती हो। सार्वजनिक यातायातलाई गुणस्तरीय, सुविधाजनक, महिला तथा वृद्धमैत्री बनाउन २०६८ जेठमा सार्वजनिक यातायात आचारसंहिता जारी गरिएको थियो। आचारसंहितामा लेखिएका कुरा कागजमा मात्र सीमित छन्। प्रायः यात्रु, सवारीचालक, सहचालक आचारसंहिताबारे कुनै जानकारी नभएको बताउँछन्।
सार्वजनिक यातायात आचारसंहिता–२०६८ कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मा यातायात व्यवस्था विभागका निर्देशकको संयोजकत्वमा गठित ६ सदस्यीय समितिको हो। विभागका निर्देशक सरोजराज अधिकारीले अनुगमन गरिरहेको दाबी पनि गरे। गाडीको प्राविधिक अवस्था, महिला, अपांग आरक्षण सिटबारे यात्रुको गुनासा भेटिने उनले सुनाए। यात्रुले दुर्व्यवहार खप्नुपरेको पनि स्वीकार गरे।
'अनुगमनमा त्रुटि भेटिन्छन्,' उनले भने, 'त्यसैअनुसार यातायात व्यवस्था कार्यालयमा कारबाहीका लागि लिस्ट पठाउँछौं।'
धेरै सवारीसाधन भएकाले सबैमा पुग्न जनशक्ति कम भएको उनको गुनासो छ। साथमा सञ्चारमाध्यमबाट सचेतनाका श्रव्यदृश्य सामग्री प्रसारण गरिरहेको उनी बताउँछन्। 'घटना भएपछिभन्दा घटना हुनै नदिनेतर्फ ध्यान पुर्याीउनुपर्छ, कुनै व्यक्तिको नैतिकता परिवर्तन गर्न निकै गाह्रो छ,' उनले भने।
दुर्व्यवहार खप्नेहरूले उजुरी गर्ने परम्परा नभएका कारण पनि कारबाही हुन सकेको छैन। क्षमताभन्दा बढी यात्रु नचढाउने हो भने दुर्व्यवहार कम गर्न सकिने उनको तर्क छ। 'ऐन, कानुनमा थप परिमार्जन गर्दै छौं। अटेर गर्नेलाई कारबाही र दण्डसजायको दायरा बढाउनु जरुरी छ,' उनले भने।
अनुगमन भएको थाहा छैन
राष्ट्रिय महिला आयोगलाई समेत अनुगमनको प्रतिनिधि सदस्यमा राखिएको छ। तर, आफूहरूलाई अनुगमनका लागि अहिलेसम्म जानकारी नआएको आयोग अध्यक्ष शेष चाँदताराले बताइन्।
'नियम बनाउँछन्, प्रतिनिधि नाम मात्रका लागि राख्छन्। कहिल्यै चिठी पठाएको हामीलाई थाहा छैन,' उनले भनिन्। आयोगले आफैं भने कहिलेकाहीँ सार्वजनिक यातायातको अनौपचारिक अनुगमन गरेको उनले जानकारी दिइन्। उनले आरक्षण सिटमा महिला, अपांग बस्न नपाउने, चुरोट–रक्सी खाएकाहरू आडमा बसिदिने, ठूलो आवाजमा गीत घन्काउने, यात्रुले आवाज उठाए 'ट्याक्सी चढ्' भनेर मुखैमुख लाग्ने गरेको अनुभव सुनाइन्।
सार्वजनिक यातायातका यिनै बेथितिका कारण रात्रिबसमा महिला एक्लै यात्रा गर्नै नसक्ने समस्या छ। भारतको दिल्ली जाँदाको प्रसंग कोट्याउँदै चाँदताराले भनिन्, 'आधा लाइन सिट 'महिलाओंके लिए' भनिएको थियो। हामीकहाँ भने महिला आरक्षण सिट थोरै छ, जुन व्यावहारिक देखिन्न।' पहिलेको तुलनामा कामकाजी महिलाको संख्या बढेकाले सार्वजनिक यातायातमा आधा लाइन उनीहरूकै लागि छुट्ट्याउनुपर्ने चाँदताराको सुझाव छ।
महिलासम्बन्धी धेरै संघसंस्था भए पनि सार्वजनिक यातायातमा महिलाले खेप्नुपर्ने दुर्व्यवहारबारे कुनै अध्ययन, अनुसन्धान नभएको पनि उनले बताइन्।
स्कुटर समाधान होइन
धेरै महिला सार्वजनिक यातायातको समस्या सहन नसकेर स्कुटर किन्छन्। यसो हेर्दा यसले सजिलो त पार्छ तर सडक दुर्घटनाको सम्भावना झनै बढ्छ। भनेको बेला पार्किङ पाइँदैन। अझ बस, माइक्रो र अन्य चालकले बाटोमा पेल्ने समस्या छँदै छन्। पानी पर्दा, जाडोमा, धुलो र खाल्टाखुल्टी सडकमा स्कुटर समस्याकै रूपमा खडा हुन्छ। स्कुटर चढ्नु ठीक/बेठिक जे भए पनि सार्वजनिक यातायात महिलामैत्री र पुरुषका लागि पनि सजिलो हुनुपर्छ।
सार्वजनिक सवारीमा समस्या परेका कारण अनुराधा थापाले स्कुटी त किनिन् तर उनलाई झन् असुरक्षित महसुस भयो। 'ठूला गाडीले पेल्छन्। पानी, हिलो, धुलो, खाल्टो सबैखाले समस्या छ। स्कुटीमा पनि सुरक्षा छैन,' उनले भनिन्, 'महिलालाई जताततै समस्यै–समस्या।'
गालामा थप्पड
सभासद रीता शाहीले आफूलाई थप्पड हान्ने यौन दुर्व्यवहारीलाई जेल त पुर्याैइन् तर त्यसले मात्र सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोकिँदैन। महिलामाथि यौनदुर्व्यवहार गर्नेलाई महिला आफैंले थप्पड हान्न सक्नुपर्ने धारणा व्यक्त गर्छिन्, सुकेधारानिवासी यमुना शर्मा।
दुई–तीन दशकको सार्वजनिक यातायात यात्रामा उनले धेरै गलत नियतका यात्रुलाई ठीक ठाउँमा राखेकी छन्। धेरै कन्डक्टरलाई राम्रो व्यवहार गर्न पाठ पढाएकी छन्। 'कसैले बोलेन भने त हेप्नेले झन् हेप्दै लग्छ, पीडित सधैं दबिएरै सकिन्छ,' शर्मा भन्छिन्।

यातायातमा डर लाग्छ : रीता शाही, सभासद
म हुम्लामा जन्मेर हुर्केकी हुँ। गोठे गाविसमा मेरो घर पर्छ। मेरो गाउँ पुग्न सदरमुकामबाट ३ दिन पैदल हिँड्नुपर्छ। हुम्लामा अझै मोटर गुड्ने बाटो छैन। गाडी नचल्ने भएकाले यातयातमा दुर्व्यवहार थाहा थिएन। एसएसलीपछि नेपालगन्ज पुगेर पहिलोपटक गाडी चढेकी थिएँ।
सभासद बनेपछि काठमाडौं बसाइ सुरु भयो। आजभोलि काठमाडौंमा एक्लै हिँड्न डर लाग्छ। सार्वजनिक यातायातमा त महिलामाथि अनेकथरी दुर्व्यवहार भइरहेको छ। यो महिलामाथि हुने एक प्रकारको हिंसा हो। यो हिंसा हामी धेरै सहेरै बसेका हुन्छौं। डर, लाजले भन्न सक्दैनौं। सवारी साधनमा पछाडिबाट हात ल्याउने, टाँसिन खोज्ने, संवेदनशील अंगमा छुन खोज्नेहरू धेरै हुन्छन्। यसको तत्कालै विरोध गर्न महिलाले सक्दैनन्।
ममाथि दुर्व्यवहार गर्नेलाई मुद्दा चलेको छ। तर, अरू कैयौं महिला घन्टा–घन्टामा यस्ता दुर्व्यवहार सहेर हिँडेका छन्। यी सबैको अन्त्य हुनुपर्छ। सार्वजनिक सवारीले नै सभ्य समाजको परिचय दिन्छ। यसका लागि नीति बनाएर कार्यान्वयन गर्न सके प्रभावकारी हुन्छ। जस्तैः मापसेले अलिकति भए पनि दुर्घटना कम हुँदै गएका छन्। यस्तै खालका चेतनामूलक कार्यक्रम ल्याउन आवश्यक छ।
विश्व बैंकको अध्ययनले भन्छ–
– माइक्रोबसलाई जंगली हात्तीजस्तै खतरनाक छन्
– ३३ प्रतिशत महिला र १६ प्रतिशत पुरुष सार्वजनिक यातायात चढ्दा असुरक्षित महसुस गर्छन्
– चारमध्ये एक महिला यात्रा क्रममा अनुचित छुवाइको पीडाबाट गुज्रन्छन्
– दसमध्ये एक पुरुष अनुचित छुवाइ सहनुपरेको पीडा पोख्छन्
– सार्वजनिक यातायातका समस्या :
क्षमताभन्दा बढी यात्रु कोचिने
अनियन्त्रित सवारी चलाउने
बस स्टपमा गाडी नरोक्ने
गाडी नरोकिँदै यात्रु झार्ने
गाडी हिँड्दाहिँड्दै चढाउने
शेष चाँदतारा
अध्यक्ष, राष्ट्रिय महिला आयोग
– सार्वजनिक यातायात अनुगमनको नियम बनाउँछन्, प्रतिनिधि नाम मात्रका लागि राख्छन्। कहिल्यै चिठी पठाएको हामीलाई थाहा छैन।
– आरक्षण सिटमा महिला, अपांग बस्न नपाउने, चुरोट, रक्सी खाएकाहरू आडमा बसिदिने, ठूलो आवाजमा गीत घन्काउने, यात्रुले आवाज उठाए 'ट्याक्सी चढ' भनेर मुखैमुख लाग्ने प्रवृत्ति छ
– सार्वजनिक यातायातको बेथितिले रात्रिबसमा महिलालाई एक्लै यात्रा गर्नै समस्या छ।
सार्वजनिक यातायातमा पालना गर्नुपर्ने आचारसंहिता
– सार्वजनिक यात्रुवाहक सवारी साधनमा चालक, परिचालकले यात्रुसँग तथा यात्रुले चालक तथा परिचालकसँग शिष्ट, सभ्य भाषामा कुराकानी गर्नुपर्नेछ। यात्रुवर्गले कुराकानी गर्दा खासगरी पुरुषले महिलासँग शिष्ट र सभ्य भाषाको प्रयोग गर्नुपर्नेछ। सवारीभित्र महिला, वृद्ध तथा बालबालिकामैत्री वातावरण हुनुपर्नेछ। यस्ता विषयमा सवारीधनी, सवारी सञ्चालकहरूले कर्मचारीलाई प्रशिक्षण दिने तथा सचेतना बढाउने व्यवस्था मिलाउनुपर्नेछ।
– महिला तथा शारीरिक अपांगता भएका व्यक्तिका लागि आरक्षित सिटमा अनिवार्य रूपमा उनीहरू नै बस्न पाउनुपर्नेछ। वृद्धवृद्धा, बिरामी, गर्भवती, नाबालकसहितका महिलालाई प्राथमिकताका साथ सिट उपलब्ध गराउनुपर्नेछ।
– सवारी चालक तथा परिचालकले बाटोमा महिला, शारीरिक अपांगता भएका व्यक्ति, बिरामी तथा वृद्धवृद्धालाई भेटे अनिवार्य रूपमा प्राथमिकतासाथ सवारी साधनमा यात्रा गराउनुपर्नेछ। बाटोमा यस्ता व्यक्तिले हात उठाए सवारी साधन रोक्नुपर्नेछ।
– सार्वजनिक सवारीभित्र कसैले धूमपान तथा मद्यपान गर्न पाउनेछैन। सवारीमा अश्लील, महिलाविरुद्धका उद्धरण लेख्न, लेखाउन तथा अश्लील चित्र, पोस्टर टाँस्न पाइने छैन। यस्ता उद्धरण लेखिएको तथा पोस्टर/चित्र टाँसिएको भए तुरुन्त मेटाउनु/हटाउनुपर्नेछ।
– कसैले महिलालाई यौन दुर्व्यवहार गरे वा गर्न सहयोग गरे कानुनबमोजिम कारबाही हुनेछ।
– क्षमताभन्दा बढी यात्रु राख्न तथा यात्रुका झिटीगुन्टाबाहेक अन्य मालसामान ढुवानी गर्न पाइने छैन। यात्रुहरूको झिटीगुन्टा कुनै कारणले सवारी साधनमा छुटे अविलम्ब यस्ता सामान नजिकको यातायात काउन्टर वा प्रहरी चौकीमा बुझाउनुपर्नेछ।
– चालकले सवारी चलाउँदा मोबाइलमा कुराकानी गर्न पाउने छैन। चालकले यात्रुसँग र यात्रुले पनि चालकसँग कुराकानी गर्न पाउने छैनन्। सवारी साधन रोकिएको अवस्थामा भने कुराकानी गर्न कुनै बाधा पर्ने छैन।
– जुन रुटमा चल्ने सवारी साधन हो, सो रुटको भाडा सबैले देख्ने गरी टाँस्नुपर्नेछ। नेपाल सरकारद्वारा तोकिएभन्दा बढी भाडा लिन पाइनेछैन।
– सार्वजनिक यात्रुवाहक सवारी साधन सधैं दुरुस्त, सफा तथा यात्रुमैत्री हुनुपर्नेछ। नियमित चेकजाँच तथा
मर्मतसम्भार गरिएको हुनुपर्नेछ।
– चालक तथा परिचालकले सवारीसँग सम्बन्धित कागजात अनिवार्य रूपमा साथमै राख्नुपर्नेछ।
– लामो तथा मध्यम दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनले अनिवार्य रूपमा प्राथमिक उपचारका सामग्री राख्नुपर्नेछ।
– यात्रुहरूलाई चढाउँदा तथा ओराल्दा तोकिएको स्थानमा मात्र ट्राफिक जाम तथा दुर्घटना नहुने गरी सावधानीपूर्वक चढाउनु/ओराल्नुपर्नेछ।
– सवारी साधन बाटोमा बिग्रिए वा रोकिने अवस्था आए यात्रुहरूलाई अलपत्र नहुने गरी वैकल्पिक व्यवस्था गर्नुका साथै यात्रुहरूले माग गरे दामासाहीले भाडा फिर्ता दिनुपर्नेछ।
– सवारी साधनमा यात्रुलाई बाधा पुग्ने गरी म्युजिक तथा भिडियो सिस्टम चलाउन पाइने छैन। लैंगिक हिंसालाई प्रोत्साहित गर्ने वा महिला वर्गको अपमान हुने खालका गीत, संगीत वा भिडियो बजाउन वा सञ्चालन गर्न पाइने छैन।
– चालकले आवश्यक भए मात्र हर्न प्रयोग गर्नुपर्नेछ। हर्न निषेधित क्षेत्रमा प्रयोग गर्न पाइने छैन। प्रेसर हर्नको प्रयोग दण्डनीय हुनेछ।
– सार्वजनिक यातायातमा कुनै पनि प्रकारको बालश्रम प्रयोग गर्न पाइने छैन। यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ।
– सवारी साधनलाई महिलामैत्री बनाउने सन्दर्भमा चालक, परिचालक तथा कर्मचारी नियुक्ति गर्दा महिलालाई प्राथमिकता दिनुपर्नेछ। लैगिंक हिंसाविरुद्ध र आचारसंहिता सम्बन्धमा सचेतना बढाउनुपर्नेछ।
– पार्किङ गर्दा निश्चित पार्किङ स्थलमा मात्र गर्नुपर्नेछ।
(नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभागले २०६८ जेठमा जारी गरेको सार्वजनिक यातायात आचारसंहिता)

एप फर एग्रिकल्चर
काठमाडौ, असार २९ - नेपाली उखान छ, 'पढेरभन्दा परेर जानिन्छ ।' नपत्याए इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर शिवजन चौलागाईलाई सोधौं । इन्जिनियरिङ सकेको त्यही ठिटो जागिर गाउँ फर्कियो स्कुल पढाउन । गाउँमा बस्दा उसले बारीमा काँक्रा, बोडीलगायतका तरकारी लगायो, किरा लागेर उत्पादन हुँदै भएन । इन्जिनियरिङ पढाइले त्यसको उपचार गर्ने तरिका उसलाई सिकाएको छैन । कसलाई सोध्ने ?
मकै छर्यो, पात पहेलिएर सुक्छ । कुन बेला पानी दिने, मल कतिखेर/कति मात्रामा हाल्ने कुनै जानकारी छैन । परम्परागत तरीकाले खेती गर्यो उत्पादन बढ्दै बढ्दैन । बारीमा आलु फलायो, गाउँका व्यापारी आएर सहरमा भाउ छैन भन्छन् । आफूलाई कुन बजारमा कति भाउ छ भन्ने थाहा नहुने । त्यसैले तिनै व्यापारीको मुखको मोलमा आलु बेच्नु पर्ने । त्यतिखेर उनलाई एउटा आइडियो आयो । उनको साथमा मोबाइल थियो ।
बजारमा चिनेजानेका एक जनालाई उनले फोन गरेर सोधे, आलुको मोल । 'गाउँका व्यापारी ३५ रूपैया धार्नी (साढे २ किलो) भन्दा दिदैं मानेका थिएनन्,' उनले भने, 'बजार पुर्याउँदा त्यही आलु ३५ रूपैयाँ किलो बिक्ने रहेछ ।' त्यतिखेर उनलाई किसान बजारको मूल्य जानकारी नपाएर ठगिइरहेका रहेछन भन्ने लाग्यो । काक्रोमा लागेको रोगको उपचारबारे, मकैमा खेती गर्ने तरीकाबारे विज्ञबाट सल्लाह लिन पाए पक्कै उत्पादन बढाउन सकिन्थ्यो ।
अनि लागे उनी आईसीटीलाई प्रयोग गरेर कृषकलाई प्रविधि, बजार र खेती गर्ने तरिकाबारे प्रशिक्षित गर्न । गाउँमा मोबाइलको पहुँच बढ्दै गएको छ । कृषकका हातहातमा मोबाइल छन् । चलाउन समेत सजिलो त्यही मोबाइलमार्फत कृषकले हरेक कुराको जानकारी पाउने गरी उनले एउटा अवधारण तयार गरे 'आईसीटी फर एगि्रकल्चर ।' उनी अमेरिकी दूतावासको युथ काउन्सिलका सदस्य थिए ।
त्यसमा उनले आफ्नो आइडिया पिच गर्ने अवसर पाए । उनको आइडियालाई 'मोस्ट इनोभेटिभ' ठहर्याएर दूताबासले ८ हजार डलर (झन्डै ८ लाख रूपैयाँ) प्रोजेक्ट डेभलप गर्न सहयोग गर्यो । उनले त्यही रकमबाट गाउँमा कृषकलाई कृषि प्रविधिबारे जानकारी दिन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) काभ्रेसँग मिलेर सिन्धुलीको झागाझोली रातमाटामा कृषि सूचना केन्द्र स्थापना गरे ।
त्यहाँ उनले कृषकका सफलताका कथा, रोग किराबारे उपचार, आधुनिक खेती प्रणालीबारे तयार गरिएका भिडियो/डकुमेन्ट्री देखाएर कृषकलाई प्रविधिबारे जानकारी गराउन थाले । यसैबीचमा उनले साथीहरू अविनास झासँग मिलेर स्थापना गरे गैरनाफामुलक कम्पनी स्माइल । त्यसमार्फत उनीहरूले विज्ञहरूसँग सल्लाह गरेर विभिन्न बाली, तिनको खेती गर्ने तरिका, तिनमा लाग्ने रोगकिरा, प्रयोग गर्नुपर्ने मलखाद, बजार लगायतका जानकारीसहितको कम्प्युटरमा डाटाबेस तयार गरे ।
त्यही डाटाबेसका आधारमा उनीहरूले किसानलाई एसएमएसबाट जानकारी गराउन थाले । 'कृषकले कुनै बालीमा रोगलागे त्यसको उपचारबारे जानकारी एसएमएसबाटै पाउने व्यवस्था मिलाएका छौं,' शिवजन भन्छन्, किसानले अब रोग लागेर बालि सखाप हुने चिन्ता लिनु पर्दैन । किसानले आफूलाई चाहिएको जानकारी लिन मोबाइलमा आईसीटी फर एगि्रकल्चरको छोटकरी रूप आईएफए टाइप गरेर४००१ मा एसएमएस पठाएपछि उनीहरू रजिस्टर्ड हुन्छन् ।
कृषकले आफ्नो हरेक बाली सूचना केन्द्रमा रजिस्टर्ड गर्न सक्छन् । आलुको रजिस्टर्ड गर्नासाथ कृषकलाई त्यसमा लाग्ने रोग, लक्षण र त्यसको उपचारबारे जानकारी प्राप्त हुन्छ । समान्य फोनबाट उनीहरूले एएमएसमार्फत जानकारी गराउँछन् भने स्मार्टफोन प्रयोगकर्ताका लागि उनीहरूले छुट्टै एप्स डेभलप गरेका छन् । एन्ड्रोइड प्लेटर्फममा इन्स्टल गर्न सकिने आइएफए-कृषि नेपाल नामको यस एपमा मुख्य बालीहरू, पशुमा लाग्ने रोग, मल, माटोको जानकारी, बजारभाउ, मौसमको पूर्वाअनुमान र कृषि उत्पादन किन्ने ब्यापारीको डाटासमेत छ ।
'किसानले एप्समा उपलब्ध हुने मौसम पूर्वानुमान हेरेर आज धान काट्ने नकाट्ने निर्णय गर्छन्,' अविनास भन्छन्, 'विभिन्न बजारमा कृषि उपजको तुलनात्मक मूल्य हेरेर धेरै पाउने बजारमा आफ्नो उत्पादन पुर्याउछन् ।' एप्स डेभलपमा सघाइरहेका छन्, दीपेश बर्तौलाले । 'किसानबाट राम्रो रेस्पोन्स पाइरहेको उनी बताउँछन् । 'कृषकलाई आवश्यकता अनुसारका सामग्री थप्दै लैजाने हाम्रो योजना छ,' उनी भन्छन् ।
आईसीटी फर एगि्रकल्चर टिममा रहेर दीपकराज जोशी, शैलेन्द्र डंगोल, अरूण प्रकाश घिमिरेलगायतले कृषकलाई सूचना प्रविधिमार्फत कृषि प्रणालीमा अपडेट गराइरहेका छन् । उनीहरूले कृषकलाई स्काइपमार्फत नियमित रूपमा नार्क, कृषि विभाग, पोलिटेक इन्स्िटच्युटलगायतका कृषि विज्ञ/प्राविधिकसँग अन्तक्रिर्या गराउँछन् । कृषकले स्थानीय स्तरमा समाधान नभएका समस्या विज्ञसँग राखेर जानकारी लिन्छन् ।
'प्रविधिको प्रयोग गरेर जिवन निर्वाहमुखी कृषि पेशालाई व्यावसायिक बनाउनु हाम्रो उद्देश्य हो,' शिवजन भन्छन्, 'कृषि उत्पादन, रोगव्याधी सम्वन्धी ज्ञान, प्राविधिकसँग अन्तक्रिया, प्रोजेक्टर, भिडियो, इन्टर्नेट, मोबाइल जस्ता सूचना प्रविधिका साधन प्रयोग गरेर उनीहरूलाई दक्ष बनाउन हामी लागि रहेका छौं ।' उनीहरूले बजार सूचना केन्द्रमार्फत विचौलियालाई निरुत्साहित गरेर कृषक-व्यापारी सिधा सम्पर्क स्थापना गराइरहेका छन् ।
इन्ट्रो
कृषकलाई प्रविधिसँग जोड्ने उनीहरूको प्रयास मुलुकमै युनिक मानिएको छ । त्यसमा पनि उनीहरूको आईएफए कृषि नेपाल कृषकका लागि मुलुककै पहिलो एप हो ।
ब्रेकर
'कृषि उत्पादन, रोगव्याधी सम्वन्धी ज्ञान, प्राविधिकसँग अन्तक्रिया, प्रोजेक्टर, भिडियो, इन्टर्नेट, मोबाइल जस्ता सूचना प्रविधिका साधन प्रयोग गरेर कृषकहरुलाई दक्ष बनाउन लागीरहेका छौं ।'
किन खान्छन यिनले दुधका पोका ?
दुग्ध विकासका कर्मचारीलाई दुध, विद्धुत प्धराधिकरणका कर्मचारीलाई िवजुली सुिवधाको बिरोध गरेको पाइन्छ । अरू त अरू भै गए पत्रकारहरूका नेताहरू पनि यसको बिरोध गर्नेमा पर्छन । श्रमजीवी भएर पनि ।
म यि बिरोधिहरूलाइ फाेर्ड गाडि निर्माता हेनरी फ्राेड को कहानी पढन सुझनब दिन्छु । छोटकरीमा भन्दा , फोर्ड गाडि बिक्न छाडो । कम्पनि घाटामा गयो । मजदूले गाली गर्न थाले । सबै चिन्तित भए । तर हेनरी फ्राेडले भने नया उपाय सोचे । यो समस्याहरूको समाधान का लागि १९१४मा । त्यति खेर अमेरीकामा पनि नेपालमा जस्तै नश्रम शोषण थियो । पत्रकार र श्रमिकलाइ तोकिएको न्यूनतम ज्याला पनि दिइदैनथ्यो । तर उनले चै अाफनाे उत्पादन बढाउन,र बिक्रि गर्न सबै भन्दा पहिले कामदारको ज्याला दुगुना गरे । यो देखेर त्य बखत का उद्भोगी र सरकार पनि छक्क पर्दै उनलाइ पागल भाे पनि भन्न भ्याए ।
उनले चै अझ अगाडि बढेर अाफ्रनो उत्पादन, कार पहिले त्यहिका कामदारलाइ चढन दिए, सबैलाइ । यसले गर्दा कारमा भएका त्रुटी सबै भन्दा पहिले अाफनै कामदारलाइ थहा भयो । बजारमा कार ल्याउन अघि त्यसका कमजोरी सचिए । मजदूरले पनि सुबिधा पाएकोले कम्पनीलाइ अधिक माया गरे । फाेर्ड कारले एक बर्ष मै दोबर मुनाफा गरो । र अहिले पनि यसको बजार अगाडि नै छ । त्यहा कहिल्यै मजदूर समसया अाउदैन । सुमधुर अैद्धोगिक सम्बन्धको अनुपम उधाहरणाको रूपमा रहेको छ, फाेर्ड ।
उत्पादन गर्नेहरूलेनै पहिले अाफुले उपभोग गरे मात्र त्यसको गुणस्तर थहा हुन्छ । अरू ग्राहकलाइ पनि विश्वास हुन्छ । गुणस्तर पनि मापन हुन्छ ।
नेपाली समाजमा पनि उखान नै छ । पकाएको चीज पहिले भान्सेले खानु पर्छ । राजा महाराजाका पालामा पनि पहिले खाना ल्याउनेलाइ ख्वाउने चलन छ ताकी त्यहा विष नहोस भनेर ।
नेपालका सेवा प्रदाय ति संस्थानका गुणस्तर उसले लिएको मुल्य अनुसार नभउकोमा मलाइ पनि चित् बुझेको छैन । बिधुत को अर्को विकल्प नभए पनि टेलीफोन र दूधको त विकल्प छ । तर अनुसन्धाले के देखाइको छ भने दूधको सवालमा दुध विकाश संस्थान गुणस्तर कायम गर्न अगाडि छ । यसको कारणा त्यहिका कामदारले पाउने केही उत्पादाको यपयोग गर्ने सुविधा हो । मैले त दूध मात्र दिएको सुनेको छु । अझ म त भन्छु सबै उत्पादन दिनु पर्छ । कान्तिपुर, हिमाल, नागरीक, गोरखा पत्र अादि पत्रिकाहरूले सबै प्रकाशन अाफना कामदार, पत्रकारलाइ दिए जस्तो ।
अर्को कुरा पत्रकार र सर्ब साधरणाले बिरोध गरेका कम्पनिहरूले दिएको सुविधा कम्पनिले फाेर्ड फर्रमुला अन्तर्गत दिएका हैनन । त्यो त त्यहा दर्ता रहेका ट्रेड युनियनले सुमधुर अाैध्दोैगिक सम्बन्धकाे फाेर्ड फर्मुला प्रयोग गरेर तिनले कम्पनी संग धेरै संघर्ष गरेर, साैदाबाजी गरेर लिएको हुन । कसैको निगाहाले दिएको हैन । साैदाबाजी संझाैता कानून सरह लागु हुन्छ ।
अब ति सेबा प्रदायबाट सेवा लिनेहरूको बिरोध गर्ने पत्रकारलाइ चै पत्रीकाहरू पनि त्यहि काम गर्ने पत्रकारले किनेर पढ भनेर कान्तिपुर,समाचार पत्र,हिमालले भन्यो भने के गर्ने ? अनि यू टीयल, एनसेल, सूविसू ले पनि दिएको सुविधा पनि कटायो भने के गर्ने ? यसको असर अाफैलाइ पनि पर्छ भन्ने कुराको हेकका राख्ने कि नराख्ने ?
पत्रकार महा संघले सरकारबाट लाखैा सहयोग लिएको छ । केका लागि ? सरकारले संचार माध्यमलाइ बचाउनु पर्छ भनेर तिनै श्रमिकले स्वदेशमा र विदेशमा ज्यान माया मारेर काम गरेर पठाएको रकमबाट राज्यकोष बाट सुविधा दिन्छ केका लागि, तिनै श्रमजीवीको विरोध गर्न र मालिकहरको स्तुतिगान गर्न ?
अरूले साना पत्रीका पनि अाफै चल्नु पर्छ । जे जस्तो नाममा भए पनि महा संघ, युनियन चैतारीलाइ सरकारले दिएको रकम बन्द गर्नु पर्छ, अाफै चल्नु पर्छ ठुला जस्तो । सरकारले किन बिज्ञापन दिने ? बितरण ब्यापक भए अाफै धेरै तिरेर पनि विज्ञापन पाइहाल्छनी भने भने चै अब सहि भन्ने ?
तर त्यो हामि भन्ने पक्षमा छैनैा । कसैले भन्नु हुदैन । पानी पलाएको मुहानबाट पहिले त धमिलै पानी अाउछ । पछि संङलन्छ । संचार माध्यम, संचार कर्मि लोकतन्त्रका मुहानहरू हुन भने ट्रेड युनियन अान्दोलन लाैकतन्त्र थुन्ने बांध हो भण्डारण हो, भकारी हो । त्यसैले लोकतन्त्रमा संचार र ट्रेड युनियन एक सिक्काका दइ पाटाहरू हुन ।
पत्रकार महासंघ कहिले ट्रेड युनियन भएन । साैदाबाजी गर्ने । खाली मगन्त भयो , निगाहामा भर पर्ने सरकारकाे । यसका सदस्यहरू र पत्रकारहरूले पनि कहिल्यै ट्रेड युनियन अान्दोलन बुझ्न सकेनन, बुझ्नेले बुझ पचाए । त्यसैले यिनिहरूले ट्रेड युनियनको सिध्दान्त, यसमा भएको विज्ञान, बैज्ञानीक साध्य, मर्म थहानै भएन, थहा पाएनन ।
विज्ञानले मान्छेको सुरक्षा गर्न बचाउन दिएको बन्दुक, बम, मान्छे मार्न प्रयोग गरेको जस्तै भएको छ ट्रेड युनियन अान्दोलन । कारण र कारक अरू कोहि हैन हामि नै हैा । हामि यसलाइ नबुझि प्रयोग गर्छाै, बुझ पचाएर अाफ्नै फाइदाको लागि स्वार्थबस प्रयोग गर्छाै । फरक यति हो, बम र बन्दूक पडकेर तत्कालै मानिस मारेको तत्कालै थहा हुन्छ , ट्रेड युनियन अान्दोलन लगायत कतिपय विज्ञानका अाविश्कारहरूको गलत प्रयोग गरेका कारण विष भएर विस्तारै मारेको थहा हुदैन ।

सुध्रिँदै विमानस्थल
काठमाडौं, असार २६ - श्रम स्वीकृतिको कागज मिलेन भन्दै केही महिनाअघिसम्म विदेश जान लागेका कामदारलाई त्रिभुवन विमानस्थलबाटै फर्काइन्थ्यो । चेकजाँचमा ढिलासुस्ती गर्दा जहाज उड्ने समयसमेत ढिलाइ हुन्थ्यो । आर्थिक लेनदेनको आधारमा कागजी प्रक्रिया नपुगेकालाई पनि छाडेको भन्दै अध्यागमनका कर्मचारीलाई अख्तियारले छानबिनका लागि नियन्त्रणमा लिने गरेको थियो । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएकालाई अध्यागमनले फिर्ता पठाउँदा सर्वसाधारण मारमा पर्ने गरेका थिए ।
तर यतिखेर अख्तियारको त्रास छैन । अध्यागमनको डेस्कमा बस्ने अधिकृत सबै 'फ्रेस' हुन् । अध्यागमन डेस्कमा हाल नयाँ नियुक्त अधिकृत/कर्मचारीलाई लगिएको छ । विदेश जाने सर्वसाधारणको पासपोर्ट जाँचमा पनि विगतको जस्तो समय लाग्दैन । श्रम 'स्टिकर' सक्कली वा नक्कली जाँच गर्ने काममात्र गर्छ । स्टिकरभित्र के काममा जान लागेको, भिसा अनुसारको काम हो/होइन यसतर्फ छिर्दैन । त्यो काम वैदेशिक रोजगार विभागको हो । पछिल्ला २ महिनामा विमानस्थलमा देखिने गरी सुधार आएको सरोकारवालाहरू बताउँछन् । खासगरी खाडी मुलुकमा जाने कामदार या अन्य पर्यटकले दुःख पाउन छाडेका छन् । राहदानी चेक गर्न पहिलेको जस्तो लामो लाइन बस्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । 'बढीमा ३ मिनेटभित्र राहदानी हेर्ने काम सकिन्छ,' विमानस्थलका अध्यागमन प्रमुख हिमनाथ दवाडीले भने । वैदेशिक रोजगार विभाग, अध्यागमन र प्रहरीबीच समन्वयले विगतको भन्दा सुधार ल्याउन सहयोग पुगेको उनले बताए ।
वैदेशिक रोजगार विभाग र अध्यागमन कार्यालयबीच सहमति भएपछि रोगजारीमा जाने कामदारले दु:ख पाउन छाडेका हुन् । गत वैशाख ३० गते अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेल र वैदेशिक रोजगार विभागका निर्देशक मधुविलास पण्डित लगायतको बैठकले दुई निकाय बीचको कामलाई बाँडफाँड गरेको थियो । त्यसअनुरूप वैदेशिक रोजगार विभागले कामदार काम गर्न जाने पेसा/कम्पनी, भिसा र अन्य आधिकारिक कागजपत्रको जाँच गरेर मात्र श्रम स्टिकर दिने निर्णय भएको थियो ।
विमानस्थलमा रहेका कर्मचारीले श्रम स्टिकर आधिकारिक हो/होइन मात्र जाँच्नुपर्ने भयो । 'हाम्रा कर्मचारीले स्टिकरमा उल्लेख भए अनुसारको काम हो/होइन अबदेखि जाँच्दैनन्,' दवाडीले भने, 'त्यसले यात्रुलाई सहज बनाइदिएको छ ।' विमानस्थल सुधारिनुको कारण दुई निकायबीचको समन्वयका साथै अध्यागमनमा राखिएका नयाँ कर्मच्ाारी हुन् । गृह प्रवक्ता सहसचिव लक्ष्मी ढकालले अपेक्षा गरिएअनुसार विमानस्थलमा सुधार आएको बताए । प्रस्थानस्थलमा लगाइने स्टिकरलाई हटाएर स्ट्याम्प मात्र लगाउन थालिएको छ ।
धेरै विवाद आउन थालेपछि लोकसेवा आयोग उत्तीर्ण गरेका २५ कर्मचारीलाई अध्यागमनसम्बन्धी तालिम दिएर त्यहाँ पठाइएको थियो । ती कर्मचारीले त्यसको गम्भीरता बुझै काम गरेको गृह प्रवक्ता ढकालले बताए । चैत दोस्रो साता विदेशबाट जहाज अवतरण हुने बेला कर्मचारीहरू डेस्क छोडेर हिँडेका थिए । त्यसलाई गृह प्रशासनले गम्भीर लापरबाही भएको भन्दै त्यसमा संलग्न कर्मचारीलाई कारबाही गरेको थियो ।
Subscribe to:
Posts (Atom)