काठमाडौं– सभासद रीता शाही जेठ अन्तिम साता पुरानो बानेश्वरको डेराबाट संविधानसभा भवन आउन शंखमूल जाने टेम्पो चढिन्। टेम्पो गुड्न नपाउँदै उनलाई सँगै बसेको युवकको हात र शरीरको चालढाल असजिलो लाग्न थाल्यो। त्यसैबीच उनको फोनको घन्टी बज्यो। जसै उनी फोनमा कुराकानी गर्न व्यस्त भइन्, युवकले मौका छोपेर उनको सुरुवालको खल्तीमा हात घुसाउन खोज्यो।
शाहीले तुरुन्तै उसलाई रोकिनन्। सायद यसले युवकको मनोबल बढ्यो। उसको नियत त्यतिमै चुप लाग्ने देखिएन। केही छिनमै उसले ब्यागमा हात घुसाउन खोज्यो। शाहीलाई सही नसक्नु रिस उठ्यो। तर, सभासदजस्तो मान्छेले जे पायो त्यही बोल्न मिलेन।
उनले अलि खरो आवाजमा भनिन्, 'के गरेको, तपाईंमा अलिकति अनुशासन छैन?'
कुरा त्यत्तिकैमा सकिएको भए त हुन्थ्यो तर त्यो केटा निकै बदमास रहेछ। नयाँबानेश्वर चोक आइपुगेपछि ऊ ओर्लियो। उनी पनि ओर्लने उपक्रममा थिइन्, केटाले एक्कासि उनलाई थप्पड हान्यो। शाहीले त केही देखिनन्। दिउँसै अन्धकार भयो। गालै सुन्नियो। धन्न, एक सभासदले देखेछन्। हत्तपत्त उनलाई सम्हालेर संविधानसभा भवनभित्र लगे। युवक पनि भाग्न भ्याएन। चड्कन खाने महिला सभासद रहेको थाहा हुनेबित्तिकै त्यहाँ उपस्थित सर्वसाधारणले उसलाई समाएर प्रहरीको जिम्मा लगाए।
ती युवक रामेछापका टीकाराम सुन्दास हुन्। अहिले उनी आफूले गरेको अपराधको सजाय काट्दै छन्।
सुन्दासले सजाय पाउँदैमा रीता शाहीको मनस्थिति परिवर्तन हुन सक्दैन। अचेल सार्वजनिक यातायात चढ्नु उनका लागि सजायभन्दा कम हुँदैन। सँगै बसेको पुरुष हल्का चल्यो भने पनि उनलाई डर लाग्छ। एक्लै ट्याक्सी चढ्नसमेत डराउन थालेकी छन् शाही।
सभासदजस्तो व्यक्तिलाई त काठमाडौंको सार्वजनिक यातायातमा त्यति सास्ती र समस्या हुन्छ भने बोल्न नसक्ने, आफैंलाई दोष आउला भनेर हच्किने, लजाउने र डराउने महिलाको सकस बयान गरिसाध्य छैन। ५० हजार सवारीसाधन चल्ने र तिनले दैनिक १० लाख मान्छे बोक्ने यस नगरीमा अधिकांशले भोक, रोग र शोकजस्तै सवारीसाधनका पीडा पचाउने गरेका छन्।
नागरिकले सार्वजनिक यातायातमा भोग्नुपर्ने सास्तीबारे विभिन्न व्यक्तिसँग गरेको कुराकानीमा मुख्य पीडित महिला यात्रु नै हुने निष्कर्ष निकाल्न सकिन्छ। महिलालाई पुरुषले शारीरिक दुःख दिने, कतिले दुर्नियतसाथ क्वारक्वार्ती हेर्ने, सँगै बसेको यात्रुले ठेल्ने, हातमाथि हात राखिदिनेजस्ता अनेक समस्या देखिएको छ। कतिपय ठाउँमा कन्डक्टरले बढी भाडा मागेर सताउने, कहिले कन्डक्टरले नै जिस्क्याउने समस्याबाट पनि महिला यात्रु पीडित छन्।
महिला यात्रुका समस्या यत्तिमै सकिँदैन। अन्य पुरुष यात्रुले जसरी नै जँड्याहा, चुरोटका अम्मली, हप्तौं ननुहाउने फोहोरी यात्रुको सासको दुर्गन्ध, बेलाबेला आ..ख गरेर कफ निकाल्ने, बस थर्कने गरी मोबाइलमा गफ गर्ने, बिरामी, पाकेटमार, झगडालु, नसालुलगायत अनेक प्रकारका यात्रुको पीडा सहनुपर्छ। अझै भिडका बेला कन्डक्टरले इँटा मिलाएजसरी त्यस्तै व्यक्तिसँग टँसाएर राखिदिँदाको पीडा बयान गरिसाध्य हुँदैन। ओर्लेर अर्को बसमा जान पनि नसकिने, सँगै बस्दा पनि बान्ता आउलाजस्तो हुने अवस्थाबाट महिला र पुरुष दुवैथरी यात्रु निरन्तर गुजि्ररहन्छन्। कोच्चिनुपर्ने, झुन्डिनुपर्ने र यातायात साधनको आपसी गलत प्रतिस्पर्धामा परेर घाइते हुनुपर्ने बाध्यताबीच गुडिरहेका छन्, राजधानी सहरका मध्यम र निम्नवर्गीय जागिरे र कामदार यात्रु।
चावहिलकी ५६ वर्षीया अर्पणा भट्टलाई सार्वजनिक यातायातको लामो अनुभव छ। उनको विचारमा महिलाप्रतिको दुर्व्यवहार र पुरुष यात्रुको नियतमा खासै परिवर्तन आएको छैन। 'उहिले पनि दुर्व्यवहार निकै थियो,' उनी भन्छिन्, 'म हातमा किला लिएर हिँड्थेँ।'
अधिकांश महिलाले झैं परपुरुषको घृणालाग्दो स्पर्शबाट बच्न उनले झोला, छाता आदिको प्रयोग गर्नुपर्थ्यो पहिले पनि। त्यही भएर सार्वजनिक यातायातमा सुरक्षित यात्रा गर्ने तरिका अपनाएकी थिइन्, हातमा किला लिएर हिँड्ने। कोही गलत नियतसाथ नजिक आए कपडामा किला लुकाएर च्वास्स घोचिदिन्थिन्।
भट्ट अहिले पनि सार्वजनिक यातायातमा यात्रा गर्छिन् र यसको नसुध्रेको चाला देख्दा दिक्दार हुन्छिन्। जीवनयात्रामा बेलायत, अमेरिका, स्पेन, जर्मनीजस्ता विकसित देशमा घुमेकी र त्यहाँ कहिल्यै दुर्व्यवहार खप्नु नपरेकी उनलाई आफ्नो देशको यस्तो चाला देखेर विरक्त लाग्नु स्वाभाविकै हो।
सभासद शान्ता मानवी त सार्वजनिक यातायातको बेथितिबाट यतिसम्म आजित छिन्, कुनै दिन प्रधानमन्त्री भए माइक्रो र ट्याम्पोलाई ठूला बसले विस्थापित गर्ने योजना तुरुन्तै लागू गर्ने बताउँछिन्। 'म प्रधानमन्त्री भए पहिलो प्राथमिकता सार्वजनिक सवारीसाधनलाई दिन्थेँ,' उनी भन्छिन्, 'माइक्रोबस, ट्याम्पो हटाउँथेँ। मेट्रो चलाउँथेँ। सबै रुटमा ठूला बस चलाउँथेँ।'
लामो समयदेखि महिला आन्दोलनमा लागेकी मानवी आफूलाई बलियो ठान्छिन्। 'म त बलियो छु, उभिएरै यात्रा गर्न सक्छु तर निर्धोलाई समेत सिट दिँदैनन्। महिला अझै पीडित छन्,' उनी भन्छिन्। यति भन्दाभन्दै चोरसँग त उनको पनि केही लागेन। ६ महिनाअघि नेपाल यातायातमा उभिएर यात्रा गर्दा मोबाइलै गुमाइन्।
सभासद मीना पुन काठमाडौंमा सार्वजनिक यातायात चढ्न थालेको ११ वर्ष नाघ्यो। प्रायः भक्तपुरबाट नयाँबानेश्वरसम्म उभिएरै पुग्छिन्। 'एक त सिट पाइँदैन, पाए पनि आडैमा पुरुष हुन्छन्। अस्वाभाविक भएर बसिदिन्छन्। हात अघिअघि सार्छन्,' उनले कटु अनुभव सुनाइन्, 'धेरैजसो अधबैंसे पुरुष महिलासँग टाँसिन आउँछन्। उभिँदा पनि कन्डक्टरले मान्छे मिलाउने नाममा घचेट्ने, छुने गरिरहन्छन्। झुन्डिएर यात्रा गरिरहेकै बेला हातमाथि छुने, ठेलमठेल भएर पछाडि टाँसिनै आउँछन्। यस्ता व्यवहारबाट दिक्दार लाग्छ।'
गुन्डागर्दीको अनुभव
सार्वजनिक यातायातमा चालक, चालक सहयोगी र कन्डक्टरले गर्ने व्यवहार अर्को दुःखदायी पक्ष हो, जसले हामी सभ्य समाजमा बस्न अझै लायक छैनौं कि भन्ने भान गराउँछ।
पहिलो त माइक्रो, टेम्पो, बसलगायतले जहाँ पनि मान्छे चढाउँछन्, ओर्लन सजिलै दिँदैनन्। दुई जनाको सिटमा तीन जना बस्नैपर्छ। कोचिन मानेन, सर्न मानेन भने थर्काउने, बीच बाटोमै 'ओर्ली' भन्ने र अझै 'सक्छस् भने आफ्नै गाडीमा हिँड्, किन बस चढ्न आको' भनेर नमीठो वचन लाउँछन्। यति मात्र होइन, बस–माइक्रोबीचको हानथापमा दुर्घटना हुने र घर पुग्ने समयमा अस्पताल पुगिने डर सधैं रहिरहन्छ।
केही दिनअघि यो संवाददाता चढेको सिटी यातायातको बस बागबजार आइपुग्दा एक यात्रुले रोक्न आग्रह गरे। उनी गौशालाबाट चढेका रहेछन्। उनले भनेको स्थानभन्दा केही अगाडि गाडी रोकियो।
'चढाउने बेला जहाँ पनि रोक्न मिल्छ, ओर्लंदा किन नरोक्ने?,' ती यात्रुले भने।
हातमा २० रुपैयाँको नोट समाएका उनी पहिले ५ रुपैयाँ फिर्ता माग्दै थिए। चालकको छेउमा बसिरहेको लामो कपाल पालेको एक व्यक्ति एक्कासि जंगिँदै उठ्यो। 'फलानाको छोरा, भाडा तिर्ने बेला किचकिच गर्छस्, तँलाई बाँच्न मन छैन? तेरो बाउको गाडी हो यो? यसलाई रडले हान्दे केटा,' उसले थर्कायो।
'तैंले भनेको ठाउँमा गाडी रोक्ने तेरो नोकर हो?,' उसले मुखमा आएजति गाली सबै बक्यो, जुन सुनिसाध्य थिएन।
अगाडिपट्टि लस्करै बसेका महिला मुखामुख गर्दै चुपचाप बसे। ती अधबैँसे खुरुखुरु पैसा तिरेर लुरुलुरु बाटो लागे। भित्र बसेको बाहुबली दादा भने अझै फत्फताउँदै थियो, '... भाडा नदिएको भए आज त्यो ... बाँच्ने थिएन।'
के भन्छ अध्ययन?
विश्व बैंकले काठमाडौं उपत्यकाको सार्वजनिक सवारीमाथि हालै गरेको एक अध्ययनले यहाँका माइक्रोबसलाई जंगली हात्तीसँग तुलना गरेको छ, जो खतरनाक तबरले सडकमा कुदिरहन्छन्।
अध्ययनअनुसार ३३ प्रतिशत महिला र १६ प्रतिशत पुरुष सार्वजनिक यातायात चढ्दा असुरक्षित महसुस गर्छन्। औसतमा चारमध्ये एक महिला यात्राक्रममा अनुचित छुवाइको पीडाबाट गुज्रन्छन्। दसमध्ये एक पुरुष अनुचित छुवाइ सहनुपरेको पीडा पोख्छन्। अझ क्षमताभन्दा बढी यात्रु कोचिने, अनियन्त्रित तरिकाले सवारी चलाउने, बसस्टपमा गाडी नरोक्ने, गाडी नरोकिँदै यात्रु झार्ने, गुड्दागुड्दै चढाउनेलगायत अनेक समस्या छन्। प्रहरीकहाँ गएर यी समस्याको गुनासो गरे अझ बढी झन्झट बेहोर्नुपर्ने पनि अध्ययनले देखाएको छ।
गत असोज १५ देखि मंसिर १५ सम्म गरिएको स्थलगत अध्ययनमा ८० प्रतिशत महिला र ७० प्रतिशत पुरुषले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु कोचिने गुनासो गरेका थिए। भिडभाडमा महिला यात्रु शारीरिक उत्पीडन सहेर यात्रा गर्न बाध्य रहेको पनि प्रतिवेदनमा खुलाइएको छ।
धारणा परिवर्तन भएन
संसार घुमेर अनुभव सँगालेकी चाबहिलकी अर्पणा भट्टको विचारमा समाजले धारणा परिवर्तन गर्न नसक्नु सबैभन्दा ठूलो समस्या हो। एउटालाई समस्या परेको थाहा पाउँदा–पाउँदै अरूले साथ नदिने प्रवृत्ति विकास हुँदै गएको उनी बताउँछिन्।
उनले १५ वर्षअघि बानेश्वर–चाबहिल चल्ने बसमा मद्रासी यात्रुले बसभित्रै एक महिलालाई यौनदुर्व्यवहार गर्दासमेत अरू यात्रु नबोलेको सुनाइन्। उनले आवाज उठाउँदा पनि कसैले साथ दिएनन्। बरु चालकले पीडकलाई साथ दिएर त्यो कुरा त्यत्तिकै फासफुस बनाउन जोड दियो। यो घटना उनले अझै भुल्न सकेकी छैनन्।
'यतिका वर्ष बित्यो तर हाम्रो समाजमा बस चढ्दा आफ्नो अधिकार के हो, महिलाको सम्मान के हो भन्ने कसैले बु‰दैन र दाबी गर्दैन,' उनी भन्छिन्, 'बाहुबलीले होइन, नीति र मूल्यले समाज चल्नुपर्छ भन्ने चेत आएकै छैन।'
आचारसंहिता छ, लागू छैन
यात्रु, चालक, कन्डक्टर सबैले यातायात चढ्दा अपनाउनुपर्ने आचारसंहिता बनेको छ। तर, न धेरैलाई त्यसको अस्तित्वको ज्ञान छ न त संहिता लागू नै भएको छ। (हेर्नुहोस् बक्स : आचारसंहितामा के छ?)
सभासद मीना पुनको विचारमा सबैभन्दा पहिले यात्रु, चालक, कन्डक्टर सबैलाई यातायात चढ्दा अपनाउनुपर्ने आचारसंहिताको ज्ञान हुनुपर्छ। 'आचारसंहिताअनुरूप यातायातको निरन्तर अनुगमन हुनुपर्छ,' उनी भन्छिन्, 'बसचालक र कन्डक्टरले आचारसंहिता पालना गर्ने मात्र होइन, पालना नगर्ने यात्रुलाई बसबाट ओराल्नु पनि पर्छ। महिला सिटमा बसेका पुरुषलाई उठाउने कार्य जोसुकै यात्रुले गर्नुपर्छ।'
दिनानुदिन सार्वजनिक सवारीसाधनसँगै यात्रुको संख्या पनि बढेको छ। यातायात व्यवस्था विभागको अनुमानमा दैनिक करिब ५० हजार सार्वजनिक सवारीसाधन सञ्चालन हुन्छन् भने करिब १० लाखभन्दा बढी मानिस यात्रा गर्छन्।
बढ्दो यात्रु, सवारीसाधन व्यवस्थापन र सार्वजनिक सवारीलाई भरपर्दाे र सुरक्षित बनाउनु वर्तमान समयमा यातायात व्यवस्था विभागको ठूलो चुनौती हो। सार्वजनिक यातायातलाई गुणस्तरीय, सुविधाजनक, महिला तथा वृद्धमैत्री बनाउन २०६८ जेठमा सार्वजनिक यातायात आचारसंहिता जारी गरिएको थियो। आचारसंहितामा लेखिएका कुरा कागजमा मात्र सीमित छन्। प्रायः यात्रु, सवारीचालक, सहचालक आचारसंहिताबारे कुनै जानकारी नभएको बताउँछन्।
सार्वजनिक यातायात आचारसंहिता–२०६८ कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मा यातायात व्यवस्था विभागका निर्देशकको संयोजकत्वमा गठित ६ सदस्यीय समितिको हो। विभागका निर्देशक सरोजराज अधिकारीले अनुगमन गरिरहेको दाबी पनि गरे। गाडीको प्राविधिक अवस्था, महिला, अपांग आरक्षण सिटबारे यात्रुको गुनासा भेटिने उनले सुनाए। यात्रुले दुर्व्यवहार खप्नुपरेको पनि स्वीकार गरे।
'अनुगमनमा त्रुटि भेटिन्छन्,' उनले भने, 'त्यसैअनुसार यातायात व्यवस्था कार्यालयमा कारबाहीका लागि लिस्ट पठाउँछौं।'
धेरै सवारीसाधन भएकाले सबैमा पुग्न जनशक्ति कम भएको उनको गुनासो छ। साथमा सञ्चारमाध्यमबाट सचेतनाका श्रव्यदृश्य सामग्री प्रसारण गरिरहेको उनी बताउँछन्। 'घटना भएपछिभन्दा घटना हुनै नदिनेतर्फ ध्यान पुर्याीउनुपर्छ, कुनै व्यक्तिको नैतिकता परिवर्तन गर्न निकै गाह्रो छ,' उनले भने।
दुर्व्यवहार खप्नेहरूले उजुरी गर्ने परम्परा नभएका कारण पनि कारबाही हुन सकेको छैन। क्षमताभन्दा बढी यात्रु नचढाउने हो भने दुर्व्यवहार कम गर्न सकिने उनको तर्क छ। 'ऐन, कानुनमा थप परिमार्जन गर्दै छौं। अटेर गर्नेलाई कारबाही र दण्डसजायको दायरा बढाउनु जरुरी छ,' उनले भने।
अनुगमन भएको थाहा छैन
राष्ट्रिय महिला आयोगलाई समेत अनुगमनको प्रतिनिधि सदस्यमा राखिएको छ। तर, आफूहरूलाई अनुगमनका लागि अहिलेसम्म जानकारी नआएको आयोग अध्यक्ष शेष चाँदताराले बताइन्।
'नियम बनाउँछन्, प्रतिनिधि नाम मात्रका लागि राख्छन्। कहिल्यै चिठी पठाएको हामीलाई थाहा छैन,' उनले भनिन्। आयोगले आफैं भने कहिलेकाहीँ सार्वजनिक यातायातको अनौपचारिक अनुगमन गरेको उनले जानकारी दिइन्। उनले आरक्षण सिटमा महिला, अपांग बस्न नपाउने, चुरोट–रक्सी खाएकाहरू आडमा बसिदिने, ठूलो आवाजमा गीत घन्काउने, यात्रुले आवाज उठाए 'ट्याक्सी चढ्' भनेर मुखैमुख लाग्ने गरेको अनुभव सुनाइन्।
सार्वजनिक यातायातका यिनै बेथितिका कारण रात्रिबसमा महिला एक्लै यात्रा गर्नै नसक्ने समस्या छ। भारतको दिल्ली जाँदाको प्रसंग कोट्याउँदै चाँदताराले भनिन्, 'आधा लाइन सिट 'महिलाओंके लिए' भनिएको थियो। हामीकहाँ भने महिला आरक्षण सिट थोरै छ, जुन व्यावहारिक देखिन्न।' पहिलेको तुलनामा कामकाजी महिलाको संख्या बढेकाले सार्वजनिक यातायातमा आधा लाइन उनीहरूकै लागि छुट्ट्याउनुपर्ने चाँदताराको सुझाव छ।
महिलासम्बन्धी धेरै संघसंस्था भए पनि सार्वजनिक यातायातमा महिलाले खेप्नुपर्ने दुर्व्यवहारबारे कुनै अध्ययन, अनुसन्धान नभएको पनि उनले बताइन्।
स्कुटर समाधान होइन
धेरै महिला सार्वजनिक यातायातको समस्या सहन नसकेर स्कुटर किन्छन्। यसो हेर्दा यसले सजिलो त पार्छ तर सडक दुर्घटनाको सम्भावना झनै बढ्छ। भनेको बेला पार्किङ पाइँदैन। अझ बस, माइक्रो र अन्य चालकले बाटोमा पेल्ने समस्या छँदै छन्। पानी पर्दा, जाडोमा, धुलो र खाल्टाखुल्टी सडकमा स्कुटर समस्याकै रूपमा खडा हुन्छ। स्कुटर चढ्नु ठीक/बेठिक जे भए पनि सार्वजनिक यातायात महिलामैत्री र पुरुषका लागि पनि सजिलो हुनुपर्छ।
सार्वजनिक सवारीमा समस्या परेका कारण अनुराधा थापाले स्कुटी त किनिन् तर उनलाई झन् असुरक्षित महसुस भयो। 'ठूला गाडीले पेल्छन्। पानी, हिलो, धुलो, खाल्टो सबैखाले समस्या छ। स्कुटीमा पनि सुरक्षा छैन,' उनले भनिन्, 'महिलालाई जताततै समस्यै–समस्या।'
गालामा थप्पड
सभासद रीता शाहीले आफूलाई थप्पड हान्ने यौन दुर्व्यवहारीलाई जेल त पुर्याैइन् तर त्यसले मात्र सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोकिँदैन। महिलामाथि यौनदुर्व्यवहार गर्नेलाई महिला आफैंले थप्पड हान्न सक्नुपर्ने धारणा व्यक्त गर्छिन्, सुकेधारानिवासी यमुना शर्मा।
दुई–तीन दशकको सार्वजनिक यातायात यात्रामा उनले धेरै गलत नियतका यात्रुलाई ठीक ठाउँमा राखेकी छन्। धेरै कन्डक्टरलाई राम्रो व्यवहार गर्न पाठ पढाएकी छन्। 'कसैले बोलेन भने त हेप्नेले झन् हेप्दै लग्छ, पीडित सधैं दबिएरै सकिन्छ,' शर्मा भन्छिन्।

यातायातमा डर लाग्छ : रीता शाही, सभासद
म हुम्लामा जन्मेर हुर्केकी हुँ। गोठे गाविसमा मेरो घर पर्छ। मेरो गाउँ पुग्न सदरमुकामबाट ३ दिन पैदल हिँड्नुपर्छ। हुम्लामा अझै मोटर गुड्ने बाटो छैन। गाडी नचल्ने भएकाले यातयातमा दुर्व्यवहार थाहा थिएन। एसएसलीपछि नेपालगन्ज पुगेर पहिलोपटक गाडी चढेकी थिएँ।
सभासद बनेपछि काठमाडौं बसाइ सुरु भयो। आजभोलि काठमाडौंमा एक्लै हिँड्न डर लाग्छ। सार्वजनिक यातायातमा त महिलामाथि अनेकथरी दुर्व्यवहार भइरहेको छ। यो महिलामाथि हुने एक प्रकारको हिंसा हो। यो हिंसा हामी धेरै सहेरै बसेका हुन्छौं। डर, लाजले भन्न सक्दैनौं। सवारी साधनमा पछाडिबाट हात ल्याउने, टाँसिन खोज्ने, संवेदनशील अंगमा छुन खोज्नेहरू धेरै हुन्छन्। यसको तत्कालै विरोध गर्न महिलाले सक्दैनन्।
ममाथि दुर्व्यवहार गर्नेलाई मुद्दा चलेको छ। तर, अरू कैयौं महिला घन्टा–घन्टामा यस्ता दुर्व्यवहार सहेर हिँडेका छन्। यी सबैको अन्त्य हुनुपर्छ। सार्वजनिक सवारीले नै सभ्य समाजको परिचय दिन्छ। यसका लागि नीति बनाएर कार्यान्वयन गर्न सके प्रभावकारी हुन्छ। जस्तैः मापसेले अलिकति भए पनि दुर्घटना कम हुँदै गएका छन्। यस्तै खालका चेतनामूलक कार्यक्रम ल्याउन आवश्यक छ।
विश्व बैंकको अध्ययनले भन्छ–
– माइक्रोबसलाई जंगली हात्तीजस्तै खतरनाक छन्
– ३३ प्रतिशत महिला र १६ प्रतिशत पुरुष सार्वजनिक यातायात चढ्दा असुरक्षित महसुस गर्छन्
– चारमध्ये एक महिला यात्रा क्रममा अनुचित छुवाइको पीडाबाट गुज्रन्छन्
– दसमध्ये एक पुरुष अनुचित छुवाइ सहनुपरेको पीडा पोख्छन्
– सार्वजनिक यातायातका समस्या :
क्षमताभन्दा बढी यात्रु कोचिने
अनियन्त्रित सवारी चलाउने
बस स्टपमा गाडी नरोक्ने
गाडी नरोकिँदै यात्रु झार्ने
गाडी हिँड्दाहिँड्दै चढाउने
शेष चाँदतारा
अध्यक्ष, राष्ट्रिय महिला आयोग
– सार्वजनिक यातायात अनुगमनको नियम बनाउँछन्, प्रतिनिधि नाम मात्रका लागि राख्छन्। कहिल्यै चिठी पठाएको हामीलाई थाहा छैन।
– आरक्षण सिटमा महिला, अपांग बस्न नपाउने, चुरोट, रक्सी खाएकाहरू आडमा बसिदिने, ठूलो आवाजमा गीत घन्काउने, यात्रुले आवाज उठाए 'ट्याक्सी चढ' भनेर मुखैमुख लाग्ने प्रवृत्ति छ
– सार्वजनिक यातायातको बेथितिले रात्रिबसमा महिलालाई एक्लै यात्रा गर्नै समस्या छ।
सार्वजनिक यातायातमा पालना गर्नुपर्ने आचारसंहिता
– सार्वजनिक यात्रुवाहक सवारी साधनमा चालक, परिचालकले यात्रुसँग तथा यात्रुले चालक तथा परिचालकसँग शिष्ट, सभ्य भाषामा कुराकानी गर्नुपर्नेछ। यात्रुवर्गले कुराकानी गर्दा खासगरी पुरुषले महिलासँग शिष्ट र सभ्य भाषाको प्रयोग गर्नुपर्नेछ। सवारीभित्र महिला, वृद्ध तथा बालबालिकामैत्री वातावरण हुनुपर्नेछ। यस्ता विषयमा सवारीधनी, सवारी सञ्चालकहरूले कर्मचारीलाई प्रशिक्षण दिने तथा सचेतना बढाउने व्यवस्था मिलाउनुपर्नेछ।
– महिला तथा शारीरिक अपांगता भएका व्यक्तिका लागि आरक्षित सिटमा अनिवार्य रूपमा उनीहरू नै बस्न पाउनुपर्नेछ। वृद्धवृद्धा, बिरामी, गर्भवती, नाबालकसहितका महिलालाई प्राथमिकताका साथ सिट उपलब्ध गराउनुपर्नेछ।
– सवारी चालक तथा परिचालकले बाटोमा महिला, शारीरिक अपांगता भएका व्यक्ति, बिरामी तथा वृद्धवृद्धालाई भेटे अनिवार्य रूपमा प्राथमिकतासाथ सवारी साधनमा यात्रा गराउनुपर्नेछ। बाटोमा यस्ता व्यक्तिले हात उठाए सवारी साधन रोक्नुपर्नेछ।
– सार्वजनिक सवारीभित्र कसैले धूमपान तथा मद्यपान गर्न पाउनेछैन। सवारीमा अश्लील, महिलाविरुद्धका उद्धरण लेख्न, लेखाउन तथा अश्लील चित्र, पोस्टर टाँस्न पाइने छैन। यस्ता उद्धरण लेखिएको तथा पोस्टर/चित्र टाँसिएको भए तुरुन्त मेटाउनु/हटाउनुपर्नेछ।
– कसैले महिलालाई यौन दुर्व्यवहार गरे वा गर्न सहयोग गरे कानुनबमोजिम कारबाही हुनेछ।
– क्षमताभन्दा बढी यात्रु राख्न तथा यात्रुका झिटीगुन्टाबाहेक अन्य मालसामान ढुवानी गर्न पाइने छैन। यात्रुहरूको झिटीगुन्टा कुनै कारणले सवारी साधनमा छुटे अविलम्ब यस्ता सामान नजिकको यातायात काउन्टर वा प्रहरी चौकीमा बुझाउनुपर्नेछ।
– चालकले सवारी चलाउँदा मोबाइलमा कुराकानी गर्न पाउने छैन। चालकले यात्रुसँग र यात्रुले पनि चालकसँग कुराकानी गर्न पाउने छैनन्। सवारी साधन रोकिएको अवस्थामा भने कुराकानी गर्न कुनै बाधा पर्ने छैन।
– जुन रुटमा चल्ने सवारी साधन हो, सो रुटको भाडा सबैले देख्ने गरी टाँस्नुपर्नेछ। नेपाल सरकारद्वारा तोकिएभन्दा बढी भाडा लिन पाइनेछैन।
– सार्वजनिक यात्रुवाहक सवारी साधन सधैं दुरुस्त, सफा तथा यात्रुमैत्री हुनुपर्नेछ। नियमित चेकजाँच तथा
मर्मतसम्भार गरिएको हुनुपर्नेछ।
– चालक तथा परिचालकले सवारीसँग सम्बन्धित कागजात अनिवार्य रूपमा साथमै राख्नुपर्नेछ।
– लामो तथा मध्यम दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनले अनिवार्य रूपमा प्राथमिक उपचारका सामग्री राख्नुपर्नेछ।
– यात्रुहरूलाई चढाउँदा तथा ओराल्दा तोकिएको स्थानमा मात्र ट्राफिक जाम तथा दुर्घटना नहुने गरी सावधानीपूर्वक चढाउनु/ओराल्नुपर्नेछ।
– सवारी साधन बाटोमा बिग्रिए वा रोकिने अवस्था आए यात्रुहरूलाई अलपत्र नहुने गरी वैकल्पिक व्यवस्था गर्नुका साथै यात्रुहरूले माग गरे दामासाहीले भाडा फिर्ता दिनुपर्नेछ।
– सवारी साधनमा यात्रुलाई बाधा पुग्ने गरी म्युजिक तथा भिडियो सिस्टम चलाउन पाइने छैन। लैंगिक हिंसालाई प्रोत्साहित गर्ने वा महिला वर्गको अपमान हुने खालका गीत, संगीत वा भिडियो बजाउन वा सञ्चालन गर्न पाइने छैन।
– चालकले आवश्यक भए मात्र हर्न प्रयोग गर्नुपर्नेछ। हर्न निषेधित क्षेत्रमा प्रयोग गर्न पाइने छैन। प्रेसर हर्नको प्रयोग दण्डनीय हुनेछ।
– सार्वजनिक यातायातमा कुनै पनि प्रकारको बालश्रम प्रयोग गर्न पाइने छैन। यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ।
– सवारी साधनलाई महिलामैत्री बनाउने सन्दर्भमा चालक, परिचालक तथा कर्मचारी नियुक्ति गर्दा महिलालाई प्राथमिकता दिनुपर्नेछ। लैगिंक हिंसाविरुद्ध र आचारसंहिता सम्बन्धमा सचेतना बढाउनुपर्नेछ।
– पार्किङ गर्दा निश्चित पार्किङ स्थलमा मात्र गर्नुपर्नेछ।
(नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभागले २०६८ जेठमा जारी गरेको सार्वजनिक यातायात आचारसंहिता)

No comments:
Post a Comment