११ कक्षा पढ्दै गरेकी युवती "पिल्स" चक्कीमा पल्किंदा




"दिदी तपाईं त म्यारडि हुनुहुन्छ, तपाईंलाई अप्ठ्यारो हुन्न, इमर्जेन्सी पिल्स किनेर ल्याइदिनूस् न !" भर्खर ११ पढ्दै गरेकी छिमेकी बहिनीको यो हठात् आग्रह काठमाडौँ, कालीमाटीकी प्रमिलालाई एक क्षण त सपनाजस्तै लाग्यो। भन्छिन्, "मलाई होइन, साथीकी दिदीलाई भनिन्, पछि अलि कड्किएर र केही फकाएर सोधेपछि मात्र ब्वाइफ्रेन्डसँग असुरक्षित यौनसम्पर्क भएको स्विकारिन।" त्यसपछि आइन्दा यस्तो गल्ती नगर्ने सर्तमा इमर्जेन्सी पिल्स (गर्भनिरोधक) किनेर दिइएको प्रमिला सुनाउँछिन्। यस्तै अनुभव छ, एचआईभी/एड्स तथा यौनरोगका क्षेत्रमा क्रियाशील संस्था दृष्टि नेपालकी स्वास्थ्य परामर्शदाता नारायणी विकको। भर्खरै १५ वर्षमा हिँड्दै गरेकी एक किशोरीमा यौनरोगको संक्रमण देखियो। विक भन्छिन्, "ती किशोरीले आफ्नो केटा साथीसँग यौनसम्पर्क राख्दा कन्डमको प्रयोग नगर्ने तर पछि इमर्जेन्सी पिल्स किनेर खाने गरेकी रहिछन्।" बढ्दो खुलापनका कारण नयाँ पुस्ताका किशोरीहरू असुरक्षित हुँदै गएका छन् । लहडमा वा बिनायोजना नै असुरक्षित यौनसम्पर्क राख्ने र सम्भावित गर्भ रहन नदिनका लागि इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स (ईसीपी) खाने प्रवृत्ति किशोरीहरूमा देखिन थालेको छ। यस्तो प्रवृत्तिले उनीहरूमा अन्य शारीरकि समस्याका साथै यौनजन्य रोगको संक्रमणसमेत बढेको विक बताउँछिन्। भन्छिन्, "सजिलो उपायका रूपमा ईसीपीको प्रयोग भइरहेको छ।" हुन त ईसीपी अनिच्छित गर्भाधान रोक्ने भरपर्दो साधन हो। गर्भपतन गर्नुपर्ने अवस्थाको जोखिमलाई सुरुमै न्यूनीकरण गर्न ईसीपी विश्वभर िनै प्रभावकारी मानिन्छ। यौनक्रीडाका बेला कन्डमको प्रयोग नभएमा, कन्डम फुटेमा, महिलाले नियमित सेवन गर्ने गर्भनिरोधक चक्की खान लगातार तीन दिनसम्म छुटेको वा तीनमहिने सुई लगाउन दुई साताभन्दा बढी भएको समयमा यौनसम्पर्क भएमा गर्भ रहन नदिन आपत्कालीन रूपमा इमर्जेन्सी पिल्सको प्रयोग गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । बलात्कारका घटनामा गर्भ रहन नदिनका लागि पनि ईसीपी उत्तम विकल्प हो। तर, सामाजिक खुलापनसँगै देखिएका विकृतिका कारण युवापुस्तामा ईसीपीको दुरुपयोग हुनु र गर्भनिरोधक अन्य पिल्सझैँ प्रयोग गरनिु उचित नभएको विज्ञहरू बताउँछन्। "धेरै खायो भने त चिनी पनि तीतो हुन्छ," प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्की भन्छिन्, "दुरुपयोग भएको अवस्थामा ईसीपीको पनि नकारात्मक असर देखिन सक्छ।" विभिन्न ब्रान्ड र नाममा उपलब्ध ईसीपी ९९ प्रतिशत प्रभावकारी हुने उत्पादकहरूले बताउँदै आएका छन्। अहिले बजारमा नेपाल सीआरएस कम्पनीद्वारा वितरति ई-कोन, सिप्ला कम्पनीको आई-पिल्सलगायतका ईसीपी उपलब्ध छन्। तर, अन्तर्राष्ट्रिय संस्था अमेरकिी सहयोग नियोग यूएसएडको एक प्रतिवेदनलाई आधार मान्ने हो भने ईसीपी सही तरकिाले उपयुक्त समय -७२ घन्टा)भित्र सेवन गर्दा पनि गर्भ रहने सम्भावना १५ देखि २५ प्रतिशतसम्म रहन्छ। उक्त प्रतिवेदनमा एकपटक यौनसम्पर्क हुँदा एक सयमा आठ जनामा गर्भको सम्भावना रहनेमा ईसीपी सेवन गरेको अवस्थामा पनि दुई जनासम्ममा गर्भ रहन सक्ने औँल्याइएको छ। यसैलाई आधार मान्ने हो भने पनि ईसीपीको प्रयोगबाट ढुक्क नै हुन नसकिने विज्ञहरू बताउँछन्। डा कार्की पनि आपत्कालीन अवस्थामा मात्र सेवन गर्नुपर्ने औषधीलाई जथाभावी र नियमित सेवन गर्दा त्यसको प्रभावकारतिामा कमी आउन सक्ने बताउँछिन्। सानो उमेरमा गरनिे वा असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, पाठेघरको क्यान्सर, बाँझोपनलगायतका समस्या देखिन सक्ने कार्कीको भनाइ छ । कुनै पनि औषधीले शरीरमा हर्मोनको मात्रामा असन्तुलन पैदा गर्छ। त्यसको प्रभाव अल्पकालीन वा दीर्घकालीन रूपमा स्वास्थ्यमा देखिन सक्छ। महिलाहरूले नियमित सेवन गर्ने गर्भनिरोधक चक्कीमा जुन हर्मोन हुन्छ, ईसीपीमा पनि त्यही हर्मोन बढी मात्रामा राखिएको हुन्छ। ईसीपीको प्रयोगपछि रंिगटा लाग्ने, वाकवाकी आउने, वान्ता हुने र रक्तस्राव हुने लगायतका समस्या देखिन सक्छन्। डा कार्की भन्छिन्, "नियमित प्रयोगले मानसिक र शारीरकि विकासक्रममा रहेका किशोरीहरूको वृत्तिविकासमा बाधा सिर्जना गर्न सक्छ।" विश्व स्वास्थ्य संगठनले समेत ईसीपी आपत्कालीन अवस्थाका लागि निकै भरपर्दो भए पनि नियमित प्रयोगका लागि उपयुक्त नहुने स्पष्ट तोकेको छ। विकका अनुसार खुलापनसँगै एकभन्दा बढीसँग सम्बन्ध राख्ने प्रवृत्ति बढेकाले संसारमै ठूलो चुनौतीका रूपमा देखापरेको एचआईभी संक्रमण तथा यौनरोगबाट बच्न ईसीपी प्रभावकारी साधन होइन। बिनाकन्डम एकभन्दा बढीसँग असुरक्षित यौन सम्बन्ध राख्ने झन्डै ७५ प्रतिशतमा कुनै न कुनै खालको संक्रमण देखिने गरेको छ। "विज्ञापन हेरेका भरमा ईसीपी खाएपछि ढुक्क भएँ भन्ने ठान्नेमा संक्रमण बढी देखिएको छ," विक भन्छिन्, "उमेर नपुगी सकेसम्म सम्पर्क नराखेकै राम्रो, नभए कन्डमको प्रयोग सबैभन्दा उत्तम विकल्प हो।" ईसीपी खाए भइहाल्छ नि भन्ने मानसिकताका कारण कम उमेरमै यौनजन्य क्रियाकलापमा लाग्न युवापुस्ता प्रोत्साहित हुन थालेकाले सामाजिक रूपमा समेत यसको नकारात्मक असर परेको हो । नेपालमा ईसीपीको बिक्री र यसको मुख्य प्रयोगकर्ताको अनुपातलाई हेर्ने हो भने पनि बिहे नगरेका किशोरीहरू नै प्रमुख प्रयोगकर्ता भएको अनुमान छ। त्यस अनुसार प्रतिवर्ष करबि पाँच लाख प्याकेट ईसीपी खपत हुने गरेको छ। विवाहिता तथा परपिक्व महिलाहरूले ईसीपीको निकै कम प्रयोग गर्छन्।

No comments:

Post a Comment