विक्की र सुरभीको पहिलो भेटमा नै रोमान्स video




नयाँ अनुहारको रुपमा देखिएका विक्की मल्ल र सुरभी बिष्टले पहिलो भेटमा नै रोमान्स गर्ने भएका छन् । अभिनेत्री मौसमी मल्लसँग मिलेर सन्देश श्रेष्ठले निर्माण गरेको फिल्म ‘समय’ को अफिसियल प्रोमो सार्वजनिक गरिएको छ । प्रोमो हेर्दा थाहा हुन्छ चलचित्रमा कतिको मसला छ भनेर अनि विक्की मल्ल र सुरभी बिष्टको भने यो डेब्यू चलचित्र हो । दयाराम दाहालले निर्देशन गरेको समय दुई जेनेरेशनको कथामा आधारित फिल्म हो जहाँ राजेश हमाल तथा मौसमी पहिलो जेनेरेशन र सुरभी र विक्कीले दोस्रो जेनेरेशनको प्रतिनिधित्व गर्दैछन् ।
आउनुस् हेरौ यसै चलचित्रको ट्रेलर:

No comments:

Post a Comment