१७ बर्षकी युवतीसंग १३ पटक सेक्स !

१७ बर्षकी युवतीसंग १३ पटक सेक्स !कार्तिक ५, इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरका साथ सेक्स गर्नका लागि पैसा दिएको आरोप अश्विकार गरेका छन् । उनीमाथी मिलानमा मुद्दा चलिरहेको छ । बर्लुस्कोनीका अनुसार उनको घरमा कहिल्यै पनि ‘ सेक्स संग जोडिएको’ कुनै कार्यक्रमको आयोजना नभएको बताएका छन् । उनी यस मुद्दाको सुनवाईमा अचानक पुगेका थिए ।



बर्लुस्कोनीले उनको एक पार्टीमा करीमा अल-महरूग नामकी ती युवती आएको भने स्विकार गरेका छन् साथै उनले ती युवतीको उमेर सोध्दा २४ बर्षको भएको बताएकी थिइन् । अल-महरूगले भने आफुसंग १७ बर्षको उमेरमा पूर्व प्रधानमन्त्री बर्लुस्कोनीले १३ पटक सेक्स गरेका थिए भन्ने आरोप लागएकी छन् । इटलीमा १८ बर्ष भन्दा कम उमेरकी युवतीसंग यौन सम्बन्ध राख्नका लागी पैसा दिन पाइँदैन् ।

बर्लुस्कोनी रूबी नामले चिनिने अल-महरूगका साथ त्यतिबेलासम्म सेक्स गरेका थिए, जब उनी १७ बर्षकी थिइन् । यसका लागी उनलाइ पैसा पनि दिइएको भन्ने आरोप लगाइएको छ । त्यति बेला बर्लुस्कोनी ७० बर्षका थिए ।

उनीमाथि प्रधानमन्त्रीको प्रभावको प्रयोग गर्दै ती युवतीलाइ प्रहरी हिरासतबाट छुटाउनका लागी मद्दत गरेका थिए भन्ने पनि आरोप पनि लागेको छ ।

तर बर्लुस्कोनीले भने उनले कहिल्यै पनि मिलान प्रहरीमाथि कुनै प्रकारको दबाव दिएका छैनन् भनेका छन् ।

मोरक्कोबाट आएकी अल-महरूग चोरीको एक आरोपमा पक्राउ परेकी थिइन् । सेक्स पार्टिहरूसंग जोडिएको यस मुद्दामा बर्लुस्कोनीले ती ७८ जना साक्षीहरूको सूची पेश गरेका छन्, जसमा उनले रियाल म्याड्रिडका फ़ुटबलर क्रिस्टियानो रोनाल्डो र हलीउड स्टार जर्ज क्लूनी पनि समाबेस छन्र । यी सबै बर्लुस्कोनीको एक पार्टीमा पाहुना भैसकेका छन् । उनले यी सबै जनाका लागी आफुले डिनरको आयोजना गरेका थिए । जसमा सबैजनाले साथमा बसेर खाना खाएका थिए ।

No comments:

Post a Comment