यौन दुर्व्यवहारको आरोपमा एमाओवादी नेताको हत्या


काँकडभिट्टा, आश्विन २८ - झापाको महारानीझोडा- ५ का दुई महिलाले यौन दुर्व्यवहारको आरोपमा स्थानीय एमाओवादी rape
नेताको हत्या गरेका छन् ।
श्रीमान् नभएको मौका छोपी पटक पटक यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै स्थानीय कल्पना विक र सम्झना विकले एमाओवादी महारानीझोडा सेक्रेटरी भीमबहादुर अधिकारीको हत्या गरेका हुन् । कल्पना र सम्झना जेठानी-देउरानी हुन् । उनीहरुका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् ।
मध्यरात १२ बजे खुकुरी प्रहार गरी अधिकारीको हत्या गरेपछि दुवै महिलाले आइतबार बिहान २ बजे इलाका प्रहरी कार्यालय दमकमा आत्मसमर्पण गरेको गौरादह प्रहरी ईञ्चार्ज नारायण चापागाईंले जानकारी दिए ।
प्रहरीसामू ती महिलाले दिएको बयानअनुसार अधिकारीले पटक पटक यौन दुर्व्यवहारको प्रयास गर्दै आएका थिए ।

No comments:

Post a Comment