पोखरा संसारकै सस्तो गन्तव्य

काठमाडौ, माघ १६ - सानो झोला बोकेर धेरै समय रमणीय स्थानमा बिताउने पर्यटकका लागि पोखरा संसारकै सबैभन्दा सस्तो गन्तव्य बनेको छ । अन्तर्राष्ट्रिय वेब पोर्टल प्राइस अफ ट्राभल डट कमले विश्वका १ सय २४ पर्यटकीय गन्तव्यमा गरेको अध्ययनले मुलुकको पर्यटकीय राजधानीलाई सस्तो देखाएको हो । जहाँ दिनको १४ डलर (करिब १४ सय रुपैयाँ) भए एक दिन आरामदायी हिसाबले बिताउन सकिन्छ । साथमा नजिककैका पदयात्रा मार्गले थप आकषिर्त गर्ने उक्त वेबसाइटले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै जाँदा यहाँका गन्तव्य ब्यागप्याकरका लागि सहज बनेका हुन् । नेपाल आउने तेस्रो मुलुकका पर्यटकले सबैभन्दा पहिले काठमाडौं नै टेक्ने भए पनि धेरै एक या दुई दिनमै पोखरा लाग्छन् । कोही त्यहाँबाट मुक्तिनाथ तथा अन्नपूर्ण आधारशिविरतर्फ लाग्छन् । तर पोखरा बसिन्जेलका लागि उनीहरूले काठमाडौंको तुलनामा सस्तोमा आवास सुविधा पाउने पोर्टलले देखाएको छ । त्यसो त काठमाडौ पनि कम सस्तो छैन । यहाँ पनि १८ डलर भए बस्न पुग्छ । वेबसाइटको सूचीमा काठमाडौं छैटौं स्थानमा छ । एसियामा भने राजधानी चौथो स्थानमा छ । पोखरामा बस्न, खान, मनोरञ्जन र यातायातसमेतका लागि १४ दशमलव ३२ अमेरिकी डलरले पुग्ने अध्ययनमा उल्लेख छ । एसियामा पोखरापछि भियतनामको हानोई, थाइल्यान्डको चियाङ माई ब्यागप्याकरका लागि सस्ता गन्तव्य हुन् । काठमाडौं एसियामा चौथो स्थानमा छ तर विश्वको १ सय २४ पर्यटकीय गन्तव्यको सूचीमा छैटौं स्थानमा रहेको छ । काठमाडौंमा मुख्यगरी ठमेल क्षेत्र यस्ता पर्यटकका लागि बढी लक्षित छन् । यो सर्वेक्षणले ब्यागप्याकरलाई उत्साहित बनाए पनि मुलुकको पर्यटनको विकासका लागि यो सुखद होइन । पर्यटन व्यवसायीहरू भने नेपालको यो छविलाई परिवर्तन गर्न आवश्यक रहेको बताउँछन् । 'ब्यागप्याकरका लागि नेपाल प्याराडाइज भन्ने छवि निकै पुरानो हो,' व्यवसायी वसन्त मिश्र भन्छन्, 'यसलाई परिवर्तन गर्नुपर्छ । नभए पर्यटन आम्दानीलाई अर्थतन्त्रको ठूलो हिस्सामा ल्याउन गाह्रो छ ।' उनका अनुसार ब्यागप्याकर पर्यटक हामीलाई चाहिँदैन भन्ने होइन । तर सेवालाई गुणस्तरीय बनाएर त्यसअनुसारको आम्दानी लिन सक्नुपर्ने उनले बताए । अर्कोतर्फ पर्यटन बोर्डले नेपाली गन्तव्य सस्तोको सूचीमा पर्नु आगमन वृद्धिका लागि राम्रो भएको बताएको छ । 'प्रतिस्पर्धात्मक पर्यटनका हिसाबमा सस्तो सुविधा हुनु ठीक हो,' बोर्डका कार्यकारी निर्देशक आदित्य बरालले भने, 'गुणस्तरीय पर्यटक मात्र खोज्ने बेला आइसकेको छैन ।' यस्तै पर्यटकलाई लक्षित गरी नेपालमा बढी बजेट विमान कम्पनीहरूसमेत आइरहेको उनले बताए । 'हामीले लक्षित गरेको संख्यामा पर्यटक आगमन पुगेपछि मात्र गुणात्मकतर्फ बढी केन्दि्रत हुनुपर्छ,' उनले भने । बढी खर्च गर्ने पर्यटकका लागि काठमाडौंमा धेरै होटल भए पनि पोखरा त्यस्तो नभएको जानकारी उनले दिए । 'त्यहाँ ठूला स्तरका होटल पछिल्लो पटक खुल्दै आएका हुन्,' उनले भने, 'नभए ब्यागप्याकरकै लागि खोलिएका होटल हुन् ।' प्याकेज किनेर आउने जसलाई हामी 'गुणस्तरीय' पर्यटक भन्छौं, उनीहरूले समेत कम खर्च गरेको भन्दै सरकारले यसलाई बढाउने लक्ष्य लिएको स्थितिमा १४ या १८ डलर निकै कम भएको अर्का व्यवसायी अर्जुन शर्मा बताउँछन् । आर्थिक सर्वेक्षण २०६९/७० का अनुसार प्याकेजमा आउने अन्तर्राष्ट्रिय पर्यटकले प्रतिदिन गर्ने खर्च ३४ दशमलव ९३ डलर मात्र छ । यसलाई बढाएर ४५ देखि ५० पुर्‍याउने सरकारको लक्ष्य छ । विश्वमा घुम्नका लागि सस्तो गन्तव्यका लागि एसियाली देशले नै वर्चस्व जमाएका छन् । एसियाका ११ पर्यटकीय गन्तव्य सूचीमा सस्तोमा अगाडि छन् । युरोपमा अस्टि्रया र टर्कीको मुद्रा डलरसँग कमजोर भएकाले सस्तो गन्तव्यमा पर्छन् । छिमेकी मुलुक भारतको गोवा सस्तो गन्तव्यमा परेको छ । विश्वका गन्तव्यमा गोवा चौथो सस्तो र एसियाली मुलुकमा पाँचौं सस्तो गन्तव्यमा पर्छ ।

यि हुन नेपालका केजरीवाल ! चित्रबहादुर केसीको घरभाडा बसाई अनुभव

chitra-bdr-kcदिल्लीमा काग्रेस र भाजपालाई साइजमा ल्याएर दिल्ली सरकारको नेतृत् वगर्न पुगेको आम आदमी पार्टीका केजरीवाल भारतीय मिडियाका लागि चर्चामा छन् । सवैभन्दा बढी चर्चा उनको जीवनशैलीकै छ । उनी साच्चिकै एक आम आदम अर्थात साधरण नागरिक भएर आफ्नो राजनीतिक भविष्य खोजिरहेका छन् । हामीले पनि यस्ता राजनीतिज्ञ खोज्ने प्रयत्न शुरु गरेका छौँ, जसले नेपाली राजनीतिमा आम आदमीकै छाप बनाएका छन् । राजनीतिक विचार फरक भएपनि केजरवाल र चित्रबहादुरको जीनशैली उस्तै–उस्तै लाग्छ । त्यस्तै मध्धे एक हुन जनमोर्चाका नेता चित्रबहादुर केसी । उनले काठमाडौंको डेरा जीवन र सार्वजनिक यातायातमा हिडदाका केही पाटाहरु खोलेका छन् । माननिय भएकै कारण मैले कोठा पाइन बाको साथी भएर काठमाडौँ आएपछि त्यहिबेला म गल्कोटे राजाको घरमा भाँडा माझ्ने काममा बसेँ र त्यहिबाट मेरो काठमाडौँ बसाई सुरु भयो । पढाउने सर्त सहित मलाई भाडा माझ्ने काममा राखेको थियो तर पछि न मलाई पढ्न दिए न राम्रोसँग खान नै दिए । २०१५ सालतिरको कुरा हो, राजाको घरभित्रको अन्याय अत्याचार सहन नसकेर म विद्रोह गरेर निस्किएँ । त्यहाँबाट निस्किएपछि काठमाडौँमा पहिलो पटक पाँच रुपैँया तिरेर नक्सालमा कोठा भाडामा लिएँ । त्यो रेग्मी परिवारको घर थियो । धर्ममा विस्वास गर्ने भएकाले उहाँहरु अधिकांश समय तिर्थस्थल धाइरहनु हुन्थ्यो । त्यहि क्रममा उहाँहरु ६ महिना काशी जानेुभयो । मसँगैको राम भन्ने एउटा दाई हुनुहन्थ्यो, हामी असाध्यै मिल्ने, सँगै खाने, खेल्ने । कोठामा म र एउटा साथी बस्थ्यौँ । घरबेटी बा–आमा काशी जाने बेला भाडा रामुलाई दिनु भन्नुभएको थियो । तर हामी चार÷पाँच महिनासम्म पनि भाडा दिदैनथियौँ । बा–आमा काशीबाट आउने बेला भएपछि रामुदाई सबै भाडा रामुदाईलाई दिइसक्यौँ भन्नुनी ! फेरी मैले भनेको र तिमीहरुले भनेको कुरा मिल्नुपर्छ भन्थेँ, हामी भाडा नै तिर्दैनथियौँ । यो मेरो पहिलो डेरा बसाईको अनुभव हो, उहाँहरुसँग अहिलेपनि मेरो सम्वन्ध छ । त्यसपछि असन, दिल्लीबजार, कमल पोखरीहुँदै धेरै ठाउँमा कोठा सरेँ । धेरै घरबेटीहरु प्राय बिर्सेँ । पछि पूर्णकालिन राजनीतिमा भूमिगत भएपछि काठमाडौँमा डेरा बस्न छोडेँ । ठ्याक्कै संख्या त याद भएन तर काठमाडौँमा कम्तिमा पनि दुई दर्जन भन्दा बढि डेरा सरेँ । बहुदल आएपछि टेहबालमा एउटा कोठा लिएको थिएँ एक रातपनि नसुती एक महिनाको बहाल तिरेर छोडेँ । त्यसपछि यो घरमा १४ बर्षदेखि बस्दै आएको छु । काठमाडौँ डेरामा जे भोगेँ २०२२ सालको कुरा हो । म कमलपोखरीमा बस्थेँ । मेरो घरबेटी नारायणहिटीको पुजारी थिए । बिहान, दिउँसोको उनको व्यवहार निकै हार्दिकता थियो, तर रातीचाँहि जाँड खाएर आउँथे–हाम्रो घरमा आएर बस्ने तिमीहरु को हो भनेर निहुँ खोज्थे । उनको श्रीमती चाँहि यीनले जाँड खाएर आएका छन्, तपाईहरुले अन्यथा नमान्दिनुहोला भन्थीन् तर उनी सधैँ त्यसरी आएर झगडा गर्थे । ८÷९ महिना बसेँपछि त्यहाँ बस्न परेन र कमलादीमा कोठा सरेँ । तर त्यहाँका घरबेटीसँग कहिल्यै सम्पर्क नै नहुने । म एक्लै बस्थेँ, एक समय म असाध्यै बिरामी परेँ । मलाई टाइफाइट भएछ र उठ्नै नसक्ने भएँ । त्यहिबेला मसँगै पढ्ने धादिङ्गको साथी विष्णु नेपाल घुम्दै आउँदा मेरो कोठामा पसेका रहेछन् । र मलाई त्यस्तो अवस्थामा भेट्टाएपछि उनले लगेर औषधी गराए । पछि उनकै सल्लाहमा त्यो कोठा पनि छोडेँ । त्यो कोठामा पनि तिन महिनामात्र बसेँ । त्यसपछि पनि कहिँ एक महिना, कहि एक बर्ष, ५ महिना यस्तै छोटो–छोटो समयमा कोठा सरिरहेँ । सबैभन्दा लामो समयसम्म एकै ठाउँमा बसेको भनेको यहिँ हो । यहाँ बसेको १४ बर्ष भयो । म यहाँ बसेपछि तिनवटा घरबेटी फेरियो तर म फेरिएको छैन । माननिय भएकै कारण कोठा पाइन २०५६ सालमा सासंद भएर काठमाडौँ आएपछि कोठा खोज्दैजाँदा मैतीदेवी पीपलबोट नजिक एउटा कोठा फेला प¥यो । कोठा खाली रहेछ भाडामा दिने हो भनेको घरबेटीले दिने भन्यो । त्यसपछि भाडा के कति ? सुविधा, के कति पैसा तिर्नुपर्ने सबै कुरा भयो । हामीलाई कोठादिने पक्कापक्की भयो, मलाई पनि कोठा मन पर्यो । केहि दिनमै कोठा सर्ने कुरा गरेर फर्कन लागेको घरबेटीले तपाईको पेशा व्यवसाय के हो भनेर सोधेँ । मैले पनि गर्वका साथ बागलुङ्ग क्षेत्र नं २ बाट भर्खरै जितेर आएको सांसद हुँ भनेँ । त्यसपछि अध्यारोँ मुख लगाएर उनले भने ‘‘तपाई अप्ठेरो नमान्दिनु होला, मैले पञ्चायत कालमा पनि माननियहरुलाई डेरामा राखेँ, माननियको डेरा भन्यो, विभिन्न खालमा चुल्ठेमुन्द्रे आउने, जाँड रक्सी खाएर मात्तिने, पिटापिट गर्ने, कहिलेकाँहि त पुलिस नै आउने भयो । अरुलाई भए म आज डेरा दिन्थेँ तर तपाई माननिय पर्नु भएछ माफगर्नुहोला म डेरा दिन सक्दिन ।” त्यो कोठा पाइएन । पछि अहिले बसेको यहि कोठा भेटियो र अहिलेसम्म पनि बस्दैछु । म बसेपछि यो घरमा तिनवटा घरबेटी फेरिए तर म फेरिएको छैन । पहिलेका घरबेटी गुल्मीका थिए, ऋण लागेपछि गोरखाको आले मगरलाई बेचे तर उनलाइ पनि ऋण लागेपछि अहिले पूर्वका एकजनाले किनेका छन् । लामो समयदेखि लगातार बस्दै आएको भएरपनि होला अरुलाई भन्दा मलाई भाडा पनि निकै कम छ । तीनवटा कोठालाई यहाँ वरपर १४ हजारसम्म लिन्छन् तर मैलै छ हजारमात्र तिरिरहेको छु । सुरुमा १ हजारमा एउटामात्र कोठा लिएर बसेको थिएँ । पछि तीनवटै लिएपछि तीन हजार भयो, पछि भाडा बढाएर ४५ सय भयो र धेरै समयदेखि अहिले छ हजार तिरिरहेको छु । काठमाडौँमा घर बनाउने कम्युनिष्ट नेताबारे सम्पत्ती नै कमाउने हो भने राजनीतिमा लाग्नु पर्दैन । मेरो बुझाईमा राजनीति भनेको समाजसेवा हो । राजनीतिबाट कमाउने प्रवृतीकै कारण राजनीति विग्रीएको हो । पुँजीवादी बाटो हिड्नेहरुको त सम्पत्ती कमाउने नै अन्तिम उदेश्य हुन्छ, उनीहरुलाई मेरो भन्नु केहि छैन । तर बामपन्थीको खोल ओडेर हिजो मसँगै हिड्दा तीन महिना खान नपुग्नेहरु अहिले दुइ करोडको गाडि र तीन चार करोडको घरमा बसेर उनीहरुले सिद्धान्त, राष्ट्र र जनताप्रति विस्वासघात गरेका छन् । यसले मलाई उनीहरु प्रति घृणा जाग्छ । कम्युनिष्टको नाममा पद प्रतिष्ठा र सिद्धान्त बेचेर उनीहरुले सम्पती कमाइरहेका छन् । पैसा कमाउने उदेश्य राख्नेहरुलाई त म घृणा गर्दिन तर आफुलाई सर्वहारा वर्गको नेता भन्ने तर व्यवहारमा पुरै पुँजीवादी रुपमा पैसा कमाउनेहरुलाई घृणा गर्छु । हाम्रा कम्युनिष्ट नेताहरु आफैँसँग लड्न सकिरहेका छैनन्, त्यस्ता नेता जनताका बैरीसँग लड्न सक्दैनन् । उनीहरुको क्रियाकलापले यहाँ कम्युनिष्ट आन्दोलन झनै बदनाम भएको छ । यो पनि पढनुस पढौ हिसिलाको भित्री रुप सार्वजनिक गाडिको यात्रा अनुभव मसँग आफ्नै गाडि छैन । म अरुको प्राइभेट गाडि पनि चढ्दिन । यताउती जानुपर्दा सार्वजनिक यातायात नै प्रयोग गर्छु । पुरानो नेता भएकाले सार्वजनिक यातायातमा मलाई धेरैले चिन्छन् । गाडिमा चढ्दा कोहि बोल्दैनन् हेरिमात्र रहन्छन् तर धेरैले बोलाउँछन् । तपाईको आज गाडि के भयो र ? भनेर सोध्छन् । म अलि रमाइलो गर्ने भएकाले आज गाडि विग्रयो, आज डाइभर विरामी भयो भन्दिछु । केहिले त पत्याउँछन् तर धेरैले पत्याउँदैनन् । सार्वजनिक गाडिको यात्रामा प्रायजसो मेरो सानोतिनो कोणसभा नै हुन्छ । कोचाकोच भएपनि म उभ्भिनु पर्दैन । सबैले चिन्छन् अनि तपाई बुढो मान्छे भनेर सिट छोड्दिन्छन् । समसामयिक राजनीतिक कुराहरु गर्छन । अहिले के भइरहेको छ ? किन यस्तो भइरहेको छ भनेर सोध्छन् । सर्वसाधारणहरु सुरुमा हिड्नका लागि मात्र सार्वजनिक गाडिमा हिडेको हो की भन्थे तर अहिले वास्तविकता थाहा पाएका छन् । उनीहरु आफ्ना कुराहरु खुलेर राख्छन् र मैले पनि हार्दिकताका साथ जवाफ दिन्छु । धेरैले चासो राख्ने विषय भनेको संघियताको बिषय हो । उनीहरु मैले खुलेर संघियता विरुद्ध संसदमा बोलेको कुराको चर्चा गर्छन र समर्थन जनाउँछन् । शीर्ष नेताहरुको कार्यशैलीका बारेमा पनि जिज्ञासा राख्छन् । जे होस् अहिलेसम्म सार्वजनिक यातायातमा यात्रा गर्दा सार्वसाधारणसँगको कुरासुन्न पाएको छु र जनताका भावनालाई नजिकबाट बुझ्न पाएको छु । यहि कारणपनि म खुशी छु ।

हिँडाइबाटै पत्ता लाग्छ महिलाहरुको यौन सन्तुष्टी

कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ । सेक्सका बेला यौन सन्तुष्टी पाउने महिलामा योनी सम्भोग सुख नपाउने महिलामा भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि ठूला(ठूला पाइला चाल्ने गर्छन् । पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् । शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक् यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष् विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन्

बिल गेट्स सबैभन्दा प्रशंसनीय

लन्डन (एजेन्सी), पुस २९ - अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पार्दै माइक्रोसफ्टका संस्थापक बिल गेट्स संसारकै सबैभन्दा प्रशंसनीय व्यक्ति बनेका छन् । बेलायती टाइम्स म्यागेजिनका लागि युगोभले गरेको विश्वव्यापी मत सर्वेक्षणमा परोपकारी व्यक्तित्व गेट्सले सबैलाई उछिनेका हुन् । १३ देशका १३ हजार ८ सय ९५ जनाबीच गरिएको मत सर्वेक्षणमा गेट्सलाई १०.१० प्रतिशत मत प्राप्त भएको थियो । ओबामा दोस्रो, रुसी राष्ट्रपति भ्लादमिर पुटिन तेस्रो, क्याथोलिक धर्मगुरु पोप फ्रान्सिस चौथो, भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर पाँचौं, चिनियाँ राष्ट्रपति सि जिन पिङ छैटौं, गुजरातका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदी सातौं र अमेरिकी उद्योगपति तथा परोपकारी व्यक्तित्व वारेन बफेट आठौं स्थानमा छन् । बलिउड सुपरस्टार अमिताभ बच्चन नवौं र भारतकै पूर्वराष्ट्रपति अब्दुल कलाम आजाद १० औं बनेका छन् । भ्रष्टाचार विरोधी आन्दोलनका अभियन्ता अन्ना हजारे १४, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल १८, फुटबल स्टार लियोनेल मेस्सी १५, क्रिस्टियानो रोनाल्डो २२, बेलायती भौतिक शास्त्री स्टेफेन हकिङ १६, बेलायतकी महारानी एलिजावेथ १७, हलिउड नायिका एन्जेलिना जोली १९, ओपरा विन्फ्रे २०, एन्जेला मर्केल २६, अमेरिकी पूर्वविदेश मन्त्री हिलारी क्लिन्टन २७, चिनियाँ लोक गायिका पेङ लियुआन २८, पाकिस्तानी पूर्वक्रिकेटर इमरान खान १२, पाकिस्तान कै अब्दुल सत्तार इदी २९, तिब्बती धर्मगुरु दलाई लामा १४ र भारतीय उद्योगी रतन टाटा ३० औं स्थानमा आएका छन् ।

निर्वाचनमा ‘भोट दिन्न’ भन्ने व्यवस्था गर्न सर्वोच्चको आदेश

काठमाडौ, २१ पुस (ओएनएस) : सर्वोच्च अदालतले आउँदा निर्वाचनहरुमा ‘भोट दिन्न’ भन्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ । संविधानसभा निर्वाचनमा ‘ कुनैलाई भोट दिन्न’ अर्थात् नेगेटिभ भोट गर्न नपाएपनि अब सर्वोच्चको आदेश सरकारले मानेमा नागरिकले ‘भोट दिन्न’ भनेर आफ्नो मत जाहेर गर्न पाउनेछन् । अपराध र आतंकवाद विरुद्ध अभियान नेपालका विकास खड्काले नेगेटिभ भोटिङको अधिकार गर्न आदेश दिन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए । न्यायाधीश कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले आइतबार अब आउने निर्वाचनमा यस्तो व्यवस्था गर्न सरकार र निर्वाचन आयोगलाई निर्देशनात्मक आदेश दिएको हो । खड्काले मंसिर ४ गते कै संविधानसभा निर्वाचनमा आवश्यक नेगेटिभ भोटिङको अधिकार हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले ‘मंसिर ४ कै निर्वाचनका लागि माग गर्दै रिट आएपनि चुनाव भैसकेकाले अबदेखि हुने स्थानिय र संसदीय चुनावमा मतपत्रमा समेत नेगेटिभ भोटिङको व्यवस्था गर्नु’ भनेको छ । केही महिना अगाडि मात्र भारतमा अदालतले यस्तो व्यवस्था गर्न आदेश दिएको थियो । भारतसहित विश्वका १४ देशमा नेगेटिभ भोटको व्यवस्था छ ।

Padho Padho Path 16 Duna 8 by Pasupati Sharma New Full Hd

YO NANI KO SIRAI MA INDRA KAMAL PHUL PHOLYO NEPALI SONG

मेलम्चीको सुरुङ निर्माण सुरु

melamchiकाठमाडौं, पुस १८ - मेलम्ची खानेपानी आयोजनाको सबैभन्दा महत्त्वपूर्ण संरचना सुरुङ खन्ने कार्य बुधबार सुरु गरिएको छ । ठेकदार इटालियन कम्पनी सीएमसीले सुन्दरीजलबाट सुरुङ निर्माण सुरु गरेको हो ।
चिनियाँ ठेकेदारसितको ठेक्का तोडिएपछि अनिश्चित बनेको मेलम्ची आयोजनाको सुरुङ निर्माण कार्य पुनः सुरु भएपछि अब साढे दुई वर्षमा बन्ने निश्चित भएको छ । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ । सुन्दरीजलमा आयोजित कार्यक्रममा सहरी विकासमन्त्री छविराज पन्तले सुरुङ निर्माण सुरुआत गरे । खन्न बाँकी २१ किलोमिटर सुरुङ २०७२ चैतभित्र पूरा गरिसक्ने र २०७३ वैशाख १ देखि राजधानीका घरघरमा पुर्‍याउने लक्ष्यसाथ काम धमाधम अघि बढ्ने आयोजना प्रमुख कृष्ण आचार्यले बताए ।
ठेक्का सम्झौताअनुसार सीएमसीले २०७३ भदौभित्र मेलम्ची खोलामा बाँध र सुरुङ निर्माण सकी राजधानीसम्म पानी ल्याइसक्नुपर्ने छ । तर, सरकारले ठेकेदारलाई छिटो काम गर्न बोनस दिएर २०७२ चैतभित्र गराउने र २०७३ वैशाख १ देखि राजधानीमा मेलम्चीको पानी ल्याइपुर्‍याउने योजना छ । बोनस दिएर निर्धारित समयभन्दा छ महिना पहिले सक्ने योजना सरकारको छ ।
ठेक्का सम्झौताअनुसार ठेकेदारले निर्धारित समयभन्दा जति दिन पहिले सुरुङ पूरा गर्छ, उसलाई त्यति दिनको कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले बोनस दिइनेछ । छ महिना छिटो सकेमा ठेक्का रकमकै १० प्रतिशतसम्म बोनस पाउनेछ ।
आयोजना प्रमुखका अनुसार सुन्दरीजलको एक ठाउँबाट सुरु गरेको ठेकेदारले अबको एक महिनापछि अम्बाथान, ग्याल्थुम, सिन्धु गरी तीन अडिट दुवैतर्फ गरी ७ ठाउँबाट सुरुङ खन्न थाल्ने छ । आयोजनाको अर्को मुख्य संरचना सुन्दरीजलमा बनाइने पानी प्रशोधन केन्द्रको निर्माण कार्यसमेत ठेकेदार कम्पनीले माघ १ देखि निर्माण सुरु गर्दैछ । पानी प्रशोधन केन्द्रको निर्माण २०१६ मार्च अर्थात् २०७२ फागुनभित्रै सक्ने योजना रहेको जानकारीसमेत आचार्यले दिए ।
सीएमसीले ७ अर्ब ७१ करोड रुपैयाँमा मेलम्चीबाट राजधानीसम्म पानी ल्याउन सुरुङ (खन्न बाँकी २१ किलोमिटर) निर्माण गर्ने र खोलामा बाँध (इन्टेक) बनाउने ठेक्का पाएको हो । सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिफटिन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमिमात्र सुरुङ निर्माण गरेका कारण उससितको ठेक्का गत कात्तिकमा तोडिएपछि सुरुङ निर्माणको लागत दोब्बर बढेको छ भने दोस्रो पटक टेन्डर गर्नुपर्दा आयोजना तीन वर्ष ढिलो हुन पुगेको हो ।
चिनियाँ ठेकेदारले साढे २७ किमि सुरुङ र इन्टेक बनाउन ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ६० करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले जम्मा साढे ६ किमिमात्र सुरुङ खनेको छ । चिनियाँ ठेकेदारले लापरबाही गरी नबनाएको र लामो समय खेर फालेका कारण्ा बाँकी २१ किमि सुरुङको लागत दोब्बर बढेको हो ।
चिनियाँ ठेकेदारलाई दिइसकिएको ६० करोड र बाँकी २१ किमि सुरुङ तथा इन्टेकका लागि सीएमसीले प्रस्ताव गरेका ७ अर्ब ७१ करोड गरी सुरुङ निर्माण्ा गर्न ८ अर्ब ३१ करोड रुपैयाँ लाग्ने भएको छ ।
सुरुङबाट दैनिक ल्याइने १७ करोड लिटर पानी सुन्दरीजलमा प्रशोधन गर्न बनाइने संरचना निर्माण गर्ने ठेक्का ४ अर्ब २० करोड रुपैयाँ प्रस्ताव गरेको अस्टि्रयाको भीएटेक डब्लूएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरले पाएको छ । ठेक्का सम्झौताअनुसार काम सुरु गरेको २७ महिना अर्थात् २०७२ पुसमा पानी प्रशोधन गृह निर्माण गरिसक्नुपर्ने छ । उसले माघ १ बाट निर्माण कार्य सुरु गर्दैछ ।

गोली लागेका प्रहरीले लखेटी–लखेटी समाते भारतीय सुटर



गोली लागेका प्रहरीले लखेटी–लखेटी समाते भारतीय सुटर
प्रहरी जवान शेष समसाद पाखुरामा गोली लागेर घाइते भइसकेका थिए। उनीसँगै रहेका असई मातृका ठाकुरको कुल्हा र हात गोलीले छेडिसकेको थियो।

चारवटा हतियार बोकेका दुई सुटरलाई सामान्य राइफल र पेस्तोल बोकेका यी दुई प्रहरीले गोली लागेर घाइते हुँदा पनि साहस देखाउँदै हत्या गरेर भाग्दै गरेका दुई भारतीय अपराधीलाई पक्राउ गरे।

बुधबारको घटना हो, बारा जितपुरको। आफताब अन्सारीलाई गोली हानेर भारत छिर्न मोटरसाइकलमा भाग्दै गरेका भारत, लखनउका ३५ वर्षीय विपीन यादव र जोधपुरका रवि पाण्डेलाई यी दुई प्रहरीले कब्जामा लिएका हुन्।

भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर नेपाल भित्रिएका उनीहरु गोली हानेपछि नेपाली मोटरसाइकल कब्जामा लिएर भागेका थिए। प्रहरी सञ्चारसेटमा आएको सूचनाका आधारमा प्रहरी जवान शेष र असई ठाकुरले यी दुवैलाई आठ किमिसम्म पछ्छ्याउँदै श्रीपुर पिपरियामा नियन्त्रणमा लिएका थिए।

दुइटा पेस्तोल बोकेर प्रहरीलाई गोली हानिरहेका पाण्डेलाई घाइते हुँदाहुँदै असई ठाकुरले अँठ्याएर एउटा हतियार खोसेका थिए। पाण्डेले दोस्रो हतियारले असई ठाकुरलाई गोली हान्न खोजेपछि पाखुराबाट रगत चुहिरहेका प्रज शेषले राइफलको कुन्दाले हानेर उनलाई नियन्त्रणमा लिएका थिए।

दुवै प्रहरी पाण्डेसँग भिडिरहेको मौका पारेर उखुबारीमा भागेका ठाकुरलाई प्रहरीको अर्को टोलीले दुई घन्टा लगाएर नियन्त्रणमा लिएको थियो। ज्यानको बाजी लगाएर भारतीय अपराधीलाई पक्राउ गर्न सफल दुवै प्रहरीको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुवैको स्वास्थ्य अवस्था खतरामुक्त छ।

यस्तो थियो घटना

साढे १२ बजे वाकिटकीमा सन्देश आयो, 'जितपुरमा आफताब अन्सारीलाई गोली हानेर दुई भारतीय बीआर ०६ सी ३५१७ नम्बरको पल्सर मोटरसाइकलमा भागे, सबै प्रहरी युनिट अलर्ट हुनू।'

अस्थायी प्रहरीचौकी, इनर्वासिराका प्रहरी जवान शेष समसाद र असई मातृका ठाकुर ड्युटीमा थिए। वाकिटकीको सन्देश थियो– दुवै सुटर उनीहरुतिरै आइरहेका थिए।

'ए शेष, मोटरसाइकल स्टार्ट गर!,' ठाकुरले यति भन्नासाथ शेष राइफल भिरेर मोटरसाइकल स्टार्ट गरे, ठाकुर पछाडि बसे।

सेटमा पूर्ण विवरण नआएकाले असई ठाकुरले मोबाइलमार्फत जिल्ला प्रहरीमा सम्पर्क गरी सुटर भागेको दिशाबारे जानकारी लिँदै थिए, सूचना थपियो, 'उनीहरुले भारतीय मोटरसाइकल छाडे र ना१९प ७१०९ नम्बरको हिरोहोन्डा मोटरसाइकल खोसेर जितपुरबाट पूर्वतिर भागे।'

'हामी पनि पूर्वतिरै हान्निएका थियौं, असईसाप मोबाइलमा थप जानकारी लिँदै हुनुहुन्थ्यो, प्रस्टोकानजिक पश्चिमतिरबाट स्पिडमा आएको मोटरसाइकलले हामीलाई क्रस गरेर पूर्वतिर हान्नियो,' प्रज शेषले नागरिकसँग भने, 'सुटर उनीहरु नै हुन् भन्ने पक्का भयो, मोटरसाइकल फर्काएर पिछा गर्‍यौं।'

तेज गतिमा रहेको मोटरसाइकलको पछाडि बस्ने व्यक्ति घरीघरी पछिल्तिर हेर्दै चालकलाई केही भनिरहेको थियो। ठाकुरले तत्काल जिल्लामा खबर गरे, 'मोटरसाइकलको पिछा गरिरहेका छौं, थप मद्दत चाहियो।'

सुटर अघि–अघि, प्रहरी पछि–पछि। करिब आठ किमि यसैगरी पिछा गरिरहे। श्रीपुर पिपरियानजिक पुगेपछि पछाडि बस्नेले बन्दुक निकाल्यो, र फिल्मी शैलीमा दुवै हातले बन्दुक समातेर प्रहरीतिर तेर्स्यायो।

प्रहरीसँग पनि हतियार नभएको होइन। तर, प्रहरी जवान शेषले राइफल पिठ्युँमा भिरेका थिए। लामो हतियारका कारण मोटरसाइकल नरोकी हतियार चलाउन सम्भव थिएन। मोटरसाइकल रोक्दा उनीहरु उम्किने पक्का थियो।

प्रहरीको मोटरसाइकल सुटरनजिक पुगेलगत्तै मोटरसाइकलको पछाडि बस्नेले दुवै पेस्तोलबाट फायरिङ सुरु गर्‍यो। दुवै प्रहरीले फिल्मी शैलीमै गोली छल्दै उनीहरुलाई पछ्याइरहे। गोली हानेको हान्यै गरेपछि ठाकुरले पनि आफूसँग भएको पेस्तोल निकालेर फायर खोले।

प्रहरीको गोली छल्दै सुटरले निरन्तर गोली हानिरहेका थिए। एक्कासि शेषको पाखुरा दुख्यो। मोटरसाइकलको सन्तुलन बिग्रियो र दुवै प्रहरी लडे। 'पाखुरा दुख्यो, के भयो भनेर हेरेको गोली लागिसकेको रहेछ,' शेषले भने, 'सरलाई हेरेको त उहाँको कुल्हाबाट पनि रगत बगिरहेको थियो।'

प्रहरीको मोटरसाइकल लडेको ठाउँबाट सुटरनजिकै थिए। असई ठाकुर जुरक्क उठेर सिधै उनीहरुमाथि झम्टिए। सुटरमध्ये मोटरसाइकल चालक मोटरसाइकल फ्याँकेर उखुबारीभित्र भाग्यो, अर्काेलाई असई ठाकुरले अँठ्याइहाले।

एउटा हातको पेस्तोल भुइँमा खसे पनि अर्को पेस्तोल सुटरको हातैमा थियो। असई ठाकुरलाई गोली हान्न सुटर अर्को पेस्तोल मिलाउँदै थियो। दायाँ पाखुरामा गोली लागेका शेष हुत्तिँदै पेस्तोल मिलाउँदै गरेको सुटरको काँधमा राइफलको कुन्दाले बजारे। सुटर हलचल गर्न छाड्यो।

गोलीको आवाज सुनेर केही गाउँलेसमेत प्रहरीको पछिपछि आइरहेका थिए। असई ठाकुरले सुटरलाई हातले घाँटी अँठ्याएरै राखिराखेका थिए। घटनास्थलमा आइपुगेका एक स्थानीयले काँधमा गम्छा बोकेर आएका थिए।

प्रहरी जवान शेषले गम्छा मागे र वैकल्पिक हतकडी बनाएर सुटरको हात कसे। दुवै पेस्तोल प्रहरीले नियन्त्रणमा लिएर गोजी खोतल्दा थप १४ राउन्ड गोली फेला पर्‍यो।

दुवै प्रहरीको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट थप प्रहरी त्यतै आइरहेका थिए। सुटर फेला परेको करिब पाँच मिनेटमा मद्दत टोली घटनास्थलमा आइपुगे।

बाराबाट आएको प्रहरी टोली र सीमा सुरक्षाबलका सुरक्षाकर्मी उखुबारीमा लुकेका अर्को सुटरको खोजीमा खटिए। केही स्थानीयसमेत प्रहरीलाई सघाउन उखुबारीमा छिरे। चार बिघा क्षेत्रफलमा रहेको उखुबारीमा करिब २ घन्टा लगाएर छिचोल्दा दोस्रो सुटर पनि फेला परे। उससित समेत दुइटा पेस्तोल थियो। भाग्ने क्रममा गोली खसेकाले उसले हतियार चलाउन पाएन।

सोधपुछका क्रममा खुल्यो– दुवै सुटर भारत लखनउका ३५ वर्षीय विपीन यादव र जोधपुरका रवि पाण्डे थिए। प्रहरीलाई ताकेर गोली हान्ने सुटर थिए पाण्डे भने विपीन उनका सहयोगी।

गोली लागेका प्रहरी जवान शेष र असई ठाकुरलाई नेसनल मेडिकल कलेज पुर्‍याइयो। अन्सारी पनि त्यहीँ उपचाररत थिए। उपचारकै क्रममा अन्सारीको मृत्यु भयो। थप उपचारका लागि दुवै प्रहरीलाई हेलिकोप्टरबाट काठमाडौंको शिक्षण अस्पताल ल्याइयो। चिकित्सकका अनुसार दुवैको अवस्था खतरामुक्त छ।

'जसरी पनि गोली हान्नेलाई समात्ने जोशले गोली लागेको पनि पत्तै लागेन, उसलाई समातिसकेपछि लाग्यो, पाखुराको साटो गोली छातीमा लाग्या भए,' प्रहरी जवान शेषले नेसनल मेडिकल कलेजमा असई ठाकुरलाई सम्झँदै नागरिकलाई सोधे, 'संयोगले बाँचियो, असइसाप बढी घाइते हुनुहुन्छ, उहाँलाई अहिले कस्तो छ?'

बारा जितपुरभन्दा २० किमि दक्षिणपूर्व फेटा–८ पुर्ख्यौली थलो भए पनि ३५ वर्षीय अन्सारी जितपुर–३ मा बस्दै आएका थिए। उनले त्यहीँ नयाँ घर बनाइरहेका थिए। अन्सारी बिहान साढे ११ बजेतिर घर बनाइरहेको ठाउँमा पुगे। घर बनाउन खटिएका कामदारलाई निर्देशन दिँदै उनी कुर्सी मगाएर बसे।

एक घन्टापछि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा दुईजना आए। रातो टिसर्ट लगाएका र रातै रुमालले मुख छोपेका पाण्डे अगाडि थिए, उनका सहयोगी यादव पछाडि थिए। दुवैजना अन्सारीनजिक पुगेर केही कुरा गरे। पाण्डेले तत्काल कम्मरबाट पेस्तोल निकालेर टाउकोको पछाडि टाँसेर गोली हाने।

अपराधीहरुले गोली प्रहार गरी घटनास्थलबाट वीरगन्जतिर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भागे पनि हतियारसहित डयूटीमा रहेका अन्सारीको निर्माणाधीन घर र इलाका प्रहरी कार्यालय जितपुरको दुरी मुस्किलले डेढ सय मिटर थियो। गोली चल्दा दुई प्रहरी जवान ड्युटीमै थिए।

अन्सारी कुर्सीमै ढलेपछि घर बनाउँदै गरेका कामदार भाग्न थाले। प्रहरी जवान कार्यालयवाट बाहिर ननिस्किएपछि पेस्तोल ताक्दै सुटरहरु मोटरसाइकलमा उम्किएका थिए।

गोली हानेर सुटर भाग्दै गरेको मोटरसाइकल नम्बर वाकिटकीमार्फत प्रहरीले रिले गरिसकेको थियो। सडकमा ट्राफिक प्रहरी देखेपछि उनीहरुले बाटोमा हतियार तेर्स्याएर ना१९प ७१०९ नम्बरको मोटरसाइकल कब्जामा लिएर भारतीय सीमातिर भाग्ने प्रयास गरेका थिए।

वीरगन्ज नाकामा प्रहरी जाँचमा खटिएकाले त्यहाँबाट भाग्ने आँट गरेनन् र जितपुरबाट पूर्व इनर्वासिरा गाउँ हुदै भाग्न खोजेका थिए। लामो दुरी छान्दा दुवै सुटर प्रहरीको फन्दामा परे।

उनीहरुले अन्सारीको हत्या किन गरे, दुवैलाई बारा प्रहरीको हिरासतमा लिएर अनुसन्धान थालिए पनि अहिलेसम्म खुलेको छैन।

पाण्डेले कसैको निर्देशनमा गोली हानेको बयान दिए पनि नाम खुलाएका छैनन्।

अञ्चल प्रहरी कार्यालय, नारायणीका प्रमुख एसएसपी सर्वेन्द्र खनालले दुवैलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए।' कसको निर्देशनमा भारतीय अपराधी नेपालमा आएर अन्सारीको हत्या गरिएको हो, नखुलेको उनले बताए।

को हुन् अन्सारी?

२०६८ पुस ७ गते १ करोड २२ लाख जाली भारतीय रुपैंयाँसहित पक्राउ परेका भारत बेतियाका नसिभ आलमको बयानमा आफताव अन्सारीको नाम पोलिएको थियो। अनुसन्धान अधिकारीका अनुसार आलमले आफ्नो बयानमा '२०६५ ताका भारतबाट नेपाल आउने क्रममा वीरगन्जमा अन्सारीसँग चिनजान भएको र आफूलाई बेला–बेला 'काठमाडौंमा सामान आउँछ सहयोग गनूर्' भन्दै फोन नम्बर टिपाएको बताएका थिए।

बरामद भएको रकम अन्सारीले फोन गरेर 'मेरो सुन आएको छ, वीरगन्ज ल्याउनू' भनेको आलमले महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा नागरिक संवाददातालाई बताएका थिए। जानकार प्रहरी अधिकारीका अनुसार अन्सारी अर्का कारोबारी युनुस अन्सारी र इस्ताप अन्सारी समूहमा संलग्न रहेर जाली भारुको कारोबार गर्थे। २०६६ मा युनुस जाली भारु र खैरो हेरोइन कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेपछि इस्तापले अलग्गै समूह बनाएर कारोबार जारी राखेका थिए। इस्ताप बुधबार मारिएका अन्सारीका मामाका छोरा हुन्।

२०६८ असारमा इस्ताप पक्राउ परे, तर अन्सारीको नाम जाली भारुमा जोडिने क्रम रोकिएन। ०६९ साउन २२ मा काठमाडौं न्युरोडस्थित क्लासिक होटलमा साढे २९ लाख नक्कली भारुसहित पाकिस्तानी नागरिक मोहम्मद मिमुल्लाह र सोहिम मोहम्मद पक्राउ पर्दासमेत अन्सारीको नाम जोडियो।

अन्सारी वैध रुपमा भने पेट्रोलपम्प चलाउँथे। पछिल्लो समय उनले पम्पको कारोबार छाडेर ट्रक व्यवसाय सुरु गरेका थिए। अन्सारीका परिवार उनी सामान्य कारोबारी भएको तर, के के काम गर्थे भन्ने त्यति जानकारी नभएको बताउँछन्। मृतकका दाजु हाजी हादम अन्सारीले भाइ कारोबारी भए पनि उसले गर्ने कामबारे धेरै जानकारी नभएको बताए।

जाली भारु कारोबारमा नाम जोडिएर क्रमशः मारिएका जमिम साह, सौकत बेग, मजिद मनिहार, फैजान अहमद र दुई महिना अगाडि मारिएका मोहम्मद आलम हत्या प्रकृतिसँग बुधबारको घटना प्रकृति मेल खाने प्रहरी स्रोत बताउँछ।

यी सबै घटनामा संलग्न मुख्य सुटर फरार छन्, प्रहरी अनुसन्धानमा ती सबैको ठेगाना लखनउ उल्लेख छ। युनुस अन्सारीलाई केन्द्रीय कारागारमै पुगेर गोली हान्ने मनमित सिंह भाटिया भने पक्राउ परेका थिए।

'अहिले नै यो या त्यो भन्न सक्ने अवस्थामा हामी छैनौं,' एसएसपी खनालले भने, 'अनुसन्धानमा यस्तै प्रकृतिका पुराना घटना र फरार रहेका सुटरको विवरणको पाटोलाई समेत केलाउँछौं।'
- See more at: http://www.nagariknews.com/feature-article/story/11567#sthash.kTVeBl19.dpuf