प्रहरी जवान शेष समसाद पाखुरामा गोली लागेर घाइते भइसकेका थिए। उनीसँगै रहेका असई मातृका ठाकुरको कुल्हा र हात गोलीले छेडिसकेको थियो।
चारवटा हतियार बोकेका दुई सुटरलाई सामान्य राइफल र पेस्तोल बोकेका यी दुई प्रहरीले गोली लागेर घाइते हुँदा पनि साहस देखाउँदै हत्या गरेर भाग्दै गरेका दुई भारतीय अपराधीलाई पक्राउ गरे।
बुधबारको घटना हो, बारा जितपुरको। आफताब अन्सारीलाई गोली हानेर भारत छिर्न मोटरसाइकलमा भाग्दै गरेका भारत, लखनउका ३५ वर्षीय विपीन यादव र जोधपुरका रवि पाण्डेलाई यी दुई प्रहरीले कब्जामा लिएका हुन्।
भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर नेपाल भित्रिएका उनीहरु गोली हानेपछि नेपाली मोटरसाइकल कब्जामा लिएर भागेका थिए। प्रहरी सञ्चारसेटमा आएको सूचनाका आधारमा प्रहरी जवान शेष र असई ठाकुरले यी दुवैलाई आठ किमिसम्म पछ्छ्याउँदै श्रीपुर पिपरियामा नियन्त्रणमा लिएका थिए।
दुइटा पेस्तोल बोकेर प्रहरीलाई गोली हानिरहेका पाण्डेलाई घाइते हुँदाहुँदै असई ठाकुरले अँठ्याएर एउटा हतियार खोसेका थिए। पाण्डेले दोस्रो हतियारले असई ठाकुरलाई गोली हान्न खोजेपछि पाखुराबाट रगत चुहिरहेका प्रज शेषले राइफलको कुन्दाले हानेर उनलाई नियन्त्रणमा लिएका थिए।
दुवै प्रहरी पाण्डेसँग भिडिरहेको मौका पारेर उखुबारीमा भागेका ठाकुरलाई प्रहरीको अर्को टोलीले दुई घन्टा लगाएर नियन्त्रणमा लिएको थियो। ज्यानको बाजी लगाएर भारतीय अपराधीलाई पक्राउ गर्न सफल दुवै प्रहरीको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुवैको स्वास्थ्य अवस्था खतरामुक्त छ।
यस्तो थियो घटना
साढे १२ बजे वाकिटकीमा सन्देश आयो, 'जितपुरमा आफताब अन्सारीलाई गोली हानेर दुई भारतीय बीआर ०६ सी ३५१७ नम्बरको पल्सर मोटरसाइकलमा भागे, सबै प्रहरी युनिट अलर्ट हुनू।'
अस्थायी प्रहरीचौकी, इनर्वासिराका प्रहरी जवान शेष समसाद र असई मातृका ठाकुर ड्युटीमा थिए। वाकिटकीको सन्देश थियो– दुवै सुटर उनीहरुतिरै आइरहेका थिए।
'ए शेष, मोटरसाइकल स्टार्ट गर!,' ठाकुरले यति भन्नासाथ शेष राइफल भिरेर मोटरसाइकल स्टार्ट गरे, ठाकुर पछाडि बसे।
सेटमा पूर्ण विवरण नआएकाले असई ठाकुरले मोबाइलमार्फत जिल्ला प्रहरीमा सम्पर्क गरी सुटर भागेको दिशाबारे जानकारी लिँदै थिए, सूचना थपियो, 'उनीहरुले भारतीय मोटरसाइकल छाडे र ना१९प ७१०९ नम्बरको हिरोहोन्डा मोटरसाइकल खोसेर जितपुरबाट पूर्वतिर भागे।'
'हामी पनि पूर्वतिरै हान्निएका थियौं, असईसाप मोबाइलमा थप जानकारी लिँदै हुनुहुन्थ्यो, प्रस्टोकानजिक पश्चिमतिरबाट स्पिडमा आएको मोटरसाइकलले हामीलाई क्रस गरेर पूर्वतिर हान्नियो,' प्रज शेषले नागरिकसँग भने, 'सुटर उनीहरु नै हुन् भन्ने पक्का भयो, मोटरसाइकल फर्काएर पिछा गर्यौं।'
तेज गतिमा रहेको मोटरसाइकलको पछाडि बस्ने व्यक्ति घरीघरी पछिल्तिर हेर्दै चालकलाई केही भनिरहेको थियो। ठाकुरले तत्काल जिल्लामा खबर गरे, 'मोटरसाइकलको पिछा गरिरहेका छौं, थप मद्दत चाहियो।'
सुटर अघि–अघि, प्रहरी पछि–पछि। करिब आठ किमि यसैगरी पिछा गरिरहे। श्रीपुर पिपरियानजिक पुगेपछि पछाडि बस्नेले बन्दुक निकाल्यो, र फिल्मी शैलीमा दुवै हातले बन्दुक समातेर प्रहरीतिर तेर्स्यायो।
प्रहरीसँग पनि हतियार नभएको होइन। तर, प्रहरी जवान शेषले राइफल पिठ्युँमा भिरेका थिए। लामो हतियारका कारण मोटरसाइकल नरोकी हतियार चलाउन सम्भव थिएन। मोटरसाइकल रोक्दा उनीहरु उम्किने पक्का थियो।
प्रहरीको मोटरसाइकल सुटरनजिक पुगेलगत्तै मोटरसाइकलको पछाडि बस्नेले दुवै पेस्तोलबाट फायरिङ सुरु गर्यो। दुवै प्रहरीले फिल्मी शैलीमै गोली छल्दै उनीहरुलाई पछ्याइरहे। गोली हानेको हान्यै गरेपछि ठाकुरले पनि आफूसँग भएको पेस्तोल निकालेर फायर खोले।
प्रहरीको गोली छल्दै सुटरले निरन्तर गोली हानिरहेका थिए। एक्कासि शेषको पाखुरा दुख्यो। मोटरसाइकलको सन्तुलन बिग्रियो र दुवै प्रहरी लडे। 'पाखुरा दुख्यो, के भयो भनेर हेरेको गोली लागिसकेको रहेछ,' शेषले भने, 'सरलाई हेरेको त उहाँको कुल्हाबाट पनि रगत बगिरहेको थियो।'
प्रहरीको मोटरसाइकल लडेको ठाउँबाट सुटरनजिकै थिए। असई ठाकुर जुरक्क उठेर सिधै उनीहरुमाथि झम्टिए। सुटरमध्ये मोटरसाइकल चालक मोटरसाइकल फ्याँकेर उखुबारीभित्र भाग्यो, अर्काेलाई असई ठाकुरले अँठ्याइहाले।
एउटा हातको पेस्तोल भुइँमा खसे पनि अर्को पेस्तोल सुटरको हातैमा थियो। असई ठाकुरलाई गोली हान्न सुटर अर्को पेस्तोल मिलाउँदै थियो। दायाँ पाखुरामा गोली लागेका शेष हुत्तिँदै पेस्तोल मिलाउँदै गरेको सुटरको काँधमा राइफलको कुन्दाले बजारे। सुटर हलचल गर्न छाड्यो।
गोलीको आवाज सुनेर केही गाउँलेसमेत प्रहरीको पछिपछि आइरहेका थिए। असई ठाकुरले सुटरलाई हातले घाँटी अँठ्याएरै राखिराखेका थिए। घटनास्थलमा आइपुगेका एक स्थानीयले काँधमा गम्छा बोकेर आएका थिए।
प्रहरी जवान शेषले गम्छा मागे र वैकल्पिक हतकडी बनाएर सुटरको हात कसे। दुवै पेस्तोल प्रहरीले नियन्त्रणमा लिएर गोजी खोतल्दा थप १४ राउन्ड गोली फेला पर्यो।
दुवै प्रहरीको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट थप प्रहरी त्यतै आइरहेका थिए। सुटर फेला परेको करिब पाँच मिनेटमा मद्दत टोली घटनास्थलमा आइपुगे।
बाराबाट आएको प्रहरी टोली र सीमा सुरक्षाबलका सुरक्षाकर्मी उखुबारीमा लुकेका अर्को सुटरको खोजीमा खटिए। केही स्थानीयसमेत प्रहरीलाई सघाउन उखुबारीमा छिरे। चार बिघा क्षेत्रफलमा रहेको उखुबारीमा करिब २ घन्टा लगाएर छिचोल्दा दोस्रो सुटर पनि फेला परे। उससित समेत दुइटा पेस्तोल थियो। भाग्ने क्रममा गोली खसेकाले उसले हतियार चलाउन पाएन।
सोधपुछका क्रममा खुल्यो– दुवै सुटर भारत लखनउका ३५ वर्षीय विपीन यादव र जोधपुरका रवि पाण्डे थिए। प्रहरीलाई ताकेर गोली हान्ने सुटर थिए पाण्डे भने विपीन उनका सहयोगी।
गोली लागेका प्रहरी जवान शेष र असई ठाकुरलाई नेसनल मेडिकल कलेज पुर्याइयो। अन्सारी पनि त्यहीँ उपचाररत थिए। उपचारकै क्रममा अन्सारीको मृत्यु भयो। थप उपचारका लागि दुवै प्रहरीलाई हेलिकोप्टरबाट काठमाडौंको शिक्षण अस्पताल ल्याइयो। चिकित्सकका अनुसार दुवैको अवस्था खतरामुक्त छ।
'जसरी पनि गोली हान्नेलाई समात्ने जोशले गोली लागेको पनि पत्तै लागेन, उसलाई समातिसकेपछि लाग्यो, पाखुराको साटो गोली छातीमा लाग्या भए,' प्रहरी जवान शेषले नेसनल मेडिकल कलेजमा असई ठाकुरलाई सम्झँदै नागरिकलाई सोधे, 'संयोगले बाँचियो, असइसाप बढी घाइते हुनुहुन्छ, उहाँलाई अहिले कस्तो छ?'
बारा जितपुरभन्दा २० किमि दक्षिणपूर्व फेटा–८ पुर्ख्यौली थलो भए पनि ३५ वर्षीय अन्सारी जितपुर–३ मा बस्दै आएका थिए। उनले त्यहीँ नयाँ घर बनाइरहेका थिए। अन्सारी बिहान साढे ११ बजेतिर घर बनाइरहेको ठाउँमा पुगे। घर बनाउन खटिएका कामदारलाई निर्देशन दिँदै उनी कुर्सी मगाएर बसे।
एक घन्टापछि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा दुईजना आए। रातो टिसर्ट लगाएका र रातै रुमालले मुख छोपेका पाण्डे अगाडि थिए, उनका सहयोगी यादव पछाडि थिए। दुवैजना अन्सारीनजिक पुगेर केही कुरा गरे। पाण्डेले तत्काल कम्मरबाट पेस्तोल निकालेर टाउकोको पछाडि टाँसेर गोली हाने।
अपराधीहरुले गोली प्रहार गरी घटनास्थलबाट वीरगन्जतिर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भागे पनि हतियारसहित डयूटीमा रहेका अन्सारीको निर्माणाधीन घर र इलाका प्रहरी कार्यालय जितपुरको दुरी मुस्किलले डेढ सय मिटर थियो। गोली चल्दा दुई प्रहरी जवान ड्युटीमै थिए।
अन्सारी कुर्सीमै ढलेपछि घर बनाउँदै गरेका कामदार भाग्न थाले। प्रहरी जवान कार्यालयवाट बाहिर ननिस्किएपछि पेस्तोल ताक्दै सुटरहरु मोटरसाइकलमा उम्किएका थिए।
गोली हानेर सुटर भाग्दै गरेको मोटरसाइकल नम्बर वाकिटकीमार्फत प्रहरीले रिले गरिसकेको थियो। सडकमा ट्राफिक प्रहरी देखेपछि उनीहरुले बाटोमा हतियार तेर्स्याएर ना१९प ७१०९ नम्बरको मोटरसाइकल कब्जामा लिएर भारतीय सीमातिर भाग्ने प्रयास गरेका थिए।
वीरगन्ज नाकामा प्रहरी जाँचमा खटिएकाले त्यहाँबाट भाग्ने आँट गरेनन् र जितपुरबाट पूर्व इनर्वासिरा गाउँ हुदै भाग्न खोजेका थिए। लामो दुरी छान्दा दुवै सुटर प्रहरीको फन्दामा परे।
उनीहरुले अन्सारीको हत्या किन गरे, दुवैलाई बारा प्रहरीको हिरासतमा लिएर अनुसन्धान थालिए पनि अहिलेसम्म खुलेको छैन।
पाण्डेले कसैको निर्देशनमा गोली हानेको बयान दिए पनि नाम खुलाएका छैनन्।
अञ्चल प्रहरी कार्यालय, नारायणीका प्रमुख एसएसपी सर्वेन्द्र खनालले दुवैलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए।' कसको निर्देशनमा भारतीय अपराधी नेपालमा आएर अन्सारीको हत्या गरिएको हो, नखुलेको उनले बताए।
को हुन् अन्सारी?
२०६८ पुस ७ गते १ करोड २२ लाख जाली भारतीय रुपैंयाँसहित पक्राउ परेका भारत बेतियाका नसिभ आलमको बयानमा आफताव अन्सारीको नाम पोलिएको थियो। अनुसन्धान अधिकारीका अनुसार आलमले आफ्नो बयानमा '२०६५ ताका भारतबाट नेपाल आउने क्रममा वीरगन्जमा अन्सारीसँग चिनजान भएको र आफूलाई बेला–बेला 'काठमाडौंमा सामान आउँछ सहयोग गनूर्' भन्दै फोन नम्बर टिपाएको बताएका थिए।
बरामद भएको रकम अन्सारीले फोन गरेर 'मेरो सुन आएको छ, वीरगन्ज ल्याउनू' भनेको आलमले महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा नागरिक संवाददातालाई बताएका थिए। जानकार प्रहरी अधिकारीका अनुसार अन्सारी अर्का कारोबारी युनुस अन्सारी र इस्ताप अन्सारी समूहमा संलग्न रहेर जाली भारुको कारोबार गर्थे। २०६६ मा युनुस जाली भारु र खैरो हेरोइन कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेपछि इस्तापले अलग्गै समूह बनाएर कारोबार जारी राखेका थिए। इस्ताप बुधबार मारिएका अन्सारीका मामाका छोरा हुन्।
२०६८ असारमा इस्ताप पक्राउ परे, तर अन्सारीको नाम जाली भारुमा जोडिने क्रम रोकिएन। ०६९ साउन २२ मा काठमाडौं न्युरोडस्थित क्लासिक होटलमा साढे २९ लाख नक्कली भारुसहित पाकिस्तानी नागरिक मोहम्मद मिमुल्लाह र सोहिम मोहम्मद पक्राउ पर्दासमेत अन्सारीको नाम जोडियो।
अन्सारी वैध रुपमा भने पेट्रोलपम्प चलाउँथे। पछिल्लो समय उनले पम्पको कारोबार छाडेर ट्रक व्यवसाय सुरु गरेका थिए। अन्सारीका परिवार उनी सामान्य कारोबारी भएको तर, के के काम गर्थे भन्ने त्यति जानकारी नभएको बताउँछन्। मृतकका दाजु हाजी हादम अन्सारीले भाइ कारोबारी भए पनि उसले गर्ने कामबारे धेरै जानकारी नभएको बताए।
जाली भारु कारोबारमा नाम जोडिएर क्रमशः मारिएका जमिम साह, सौकत बेग, मजिद मनिहार, फैजान अहमद र दुई महिना अगाडि मारिएका मोहम्मद आलम हत्या प्रकृतिसँग बुधबारको घटना प्रकृति मेल खाने प्रहरी स्रोत बताउँछ।
यी सबै घटनामा संलग्न मुख्य सुटर फरार छन्, प्रहरी अनुसन्धानमा ती सबैको ठेगाना लखनउ उल्लेख छ। युनुस अन्सारीलाई केन्द्रीय कारागारमै पुगेर गोली हान्ने मनमित सिंह भाटिया भने पक्राउ परेका थिए।
'अहिले नै यो या त्यो भन्न सक्ने अवस्थामा हामी छैनौं,' एसएसपी खनालले भने, 'अनुसन्धानमा यस्तै प्रकृतिका पुराना घटना र फरार रहेका सुटरको विवरणको पाटोलाई समेत केलाउँछौं।'

No comments:
Post a Comment