डाक्टरी पढ्ने विद्याथीका सेक्स पार्टनर बढि




एक अध्ययनले चिकित्सा विषय अध्ययन गर्ने मान्छेका यौन साथी बढि हुने गरेको तथ्य पत्ता लगाएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुले गरेको सर्भेक्षणले यस्तो देखाएको हो । झण्डै एक हजार विद्यार्थीमा गरिएको सर्भेपछि डाक्टरी विषय पढ्नेले जिन्दगीभरमा कम्तीमा पनि ८ जना सेक्स पार्टनर बनाउने गरेको तथ्यको खुलासा भएको हो ।

अध्ययनले धार्मिक विषय पढ्ने विद्यार्थीका सबैभन्दा कम सेक्स पार्टनर हुने तथ्य पनि पत्ता लगायो । धर्मकर्मको विषय पढ्ने विद्यार्थीका जिवनकालमा औषतमा २ जना सेक्स पार्टनर हुने गरेका छन् ।

पार्टनर फेरि फेरि सेक्स गर्नेमा डाक्टरी पछि राजनीति शास्त्रका विद्यार्थी अग्रमोर्चामा छन् । राजनीति शास्त्र पढ्ने विद्यार्थीका औषतमा ७ जना सेक्स पार्टनर हुने गरेका छन् भने इतिहास विषय पढ्ने विद्यार्थीका ६ जना सेक्स पार्टनर हुने गरेका छन् ।

भाषाशास्त्र अध्ययन गर्ने विद्यार्थीका ५ जना सेक्स पार्टनर हुने गरेको तथ्य पनि खुलेको छ । सर्भेक्षणले विद्यार्थीहरु यौन संक्रमित रोगको विषयमा कमै सचेत हुने गरेको पनि देखाएको छ

No comments:

Post a Comment