महिलाले आफ्नै छोरीलाई १० लाखमा बेचिदिइन् यौनधन्दामा लगाउन




१४ माघ, एजेन्सी । भारतको राजस्थानस्थित टोङ्कमा बस्दै आएकी एक महिलाले आफ्नै ११ वर्षकी छोरीलाई १० लाखमा बेचेकी छिन् । चेलिबेटी बेचबिखनको काम गर्दै आएका सान्त्रा र ताराचन्दलाई बालिकाकी आमाले १० लाखमा बेचेकी हुन् ।
सान्त्रा र ताराचन्दले ती बालिकालाई वेश्यालयमा यौनधन्दाका लागी उक्त रकम तिरेर किनेका थिए । ती बालिका उनीहरूको चंगुलबाट भाग्न सफ॥ भइन र उनी प्रहरीसमक्ष आफ्नो रक्षाका लागी गुहार्न पुगिन् । बालिकाले प्रहरीमा रिपोर्ट लेखाएपछी प्रहरीले ती बालिकालाई नारी निकेतन सेल्टरमा राखेर अनुसन्धान सुरू गर्यो यस क्रममा ती बालिकाको आमाले सान्त्रा रताराचन्दसँग गरेको सम्झौतापत्र फेला पारेका थिए । ती बालिकाकी आमाले गत डिसेम्बर १६ मा ३ लाख लिएकी थिइन् भने बाँकी रकम दुई महिनापछि दिने शर्त राखिएको थियो ।
बालिका बेच्ने बालीकाकी आमा राजरानी र चेलिबेटी बेचबिखनमा संलग्न सान्त्रा र ताराचन्दलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । बालिकाकी आमाले भने आफूले छोरीलाई नबेचेको र आफूले ताराचन्दसँग लिएको ३ लाख फर्काइसकेको बताएकी छिन् ।

No comments:

Post a Comment