बाल बलात्कारीको बयान
पुण्यप्रसाद भट्टराई/ सोलुखुम्बु सदरमुकाममा एकहुल महिला र केही पुरुषहरु प्लेकार्ड सहित नारा लगाउँदै तलमाथि गर्दै थिए, ‘बलत्कारीलाई फाँसी दे । महिला अधिकार ग्यारेन्टी गर ।’
त्यति नै समयमा जिल्ला सरकारी वकिल कार्यालयमा एक बलत्कारीको बयान हुँदै थियो । जिल्ला न्यायाधिवक्ता मुकुन्द पौडेलले त्यस नारा लगाउने समूह केही माथि पुगुन्जेल बयानलाई रोके ताकि हल्ला कम हुँदै गयो । सोलुखुम्बु जिल्लाको गुदेल गाविसका एक १४ बर्षीय बलात्कारी (राई थरका) अगाडि उभिएका थिए । उनको हातमा नेल भने थिएन किनकि उनको उमेर सानो भएर होला । बाहिर ‘बलत्कारीलाई फाँसी दे’ भन्दा ऊ ठूला ठूला आँखा बनाएर बाहिर तिर नियाल्दथ्यो । एक किसिमको डरलाग्दो अनुभूति गरिरहेको थियो ऊ । बास्तबमै बलात्कारी शब्द उसले आजै पहिलोपटक सुनेको हुनुपर्छ । ऊ चार कक्षामा पढ्दो रहेछ ।
केहीदिन अघि ४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऊ समातिएको थियो । त्यो समाचार राष्ट्रिय पत्रिका र टेलिभिजनबाट पनि प्रकाशन प्रसारण भएको थियो । सो सन्दर्भमा होला जुलुस पनि सदरमुकाम बाहिर माथि तल गर्दै थियो ।
सहजै अनुमान गर्न सकिन्थ्यो त्यो बलात्कारी बालकको मनमा अनेक किसिमका तर्कनाहरु खेलिरहेका थिए । उसलाई प्रश्न सोध्दा अनकनाइरहेको थियो । तथापि सँगै उभिएका प्रहरी कर्मचारीले भएको सही कुरा भन्यो भने छुट्न सकिन्छ भनेर उनलाई सम्झाइरहेका थिए । उसको सम्वेग हेर्दा लाग्थ्यो, ऊ फाँसीको सुलीमा चडाउन ल्याइएको राजनीतिक अपराधी हो ।
घटना कसरी शुरु भयो भनेर उसले भन्न शुरु गर्यो । उसले बयानमा भनेका सबैकुरा यहाँ नलेखौँ । उसको बयानमा गल्ती स्पष्ट देखिन्थ्यो र ऊद्वारा त्यो स्वीकार पनि थियो । उसले गल्ती छिपाउने कुनै प्रयत्न गरेको थिएन । चौध बर्षे बलात्कारी बालक औंलाले देखाएर भन्दै थिया, ‘यतिमात्र पसेको थियो, रुन थाली मैले अनि छाडेँ ।’
त्यसपछि थोरै समय लिएर मैले प्रश्न गरेँ । ‘तिमीसँग मोवाइल छ ?’ ‘मसँग त कहाँ हुनु ?’ ‘मोवाइल देखेका छौ ?’ ‘मैले देखेको त छु, साथीहरुले घाँस काट्न जाँदा देखाउँछन् ।’ उनीहरु धेरै समय त्यहीँ मोवाइलमा पोर्न चलचित्रहरु हेर्दारहेछन् । उनले भने, ‘त्यही मोवाइलमा व्लु फि्लमहरु हेरेको छु ।’ केही समय अघि पनि एक १२ बर्षे बलात्कारीले त्यही स्थानमा उभिएर भनेको थियो, ‘मैले आफ्नै दिदीको मोवाइलमा ब्लु फिल्म हेरेको थिएँ, र त्यसो गरौँ गरौ लाग्थ्यो ।’
उसले गरेको बयानलाई यहाँ जस्ताको तस्तै उतार गर्न नमिल्ला, तथापि उसको बयानबाट स्पष्ट हुन्छ, ४ बषिर्या बलाबालिकालाई त्कार गरेको दिन पनि उसमाथि त्यस्तो अप्राकृतिक इमोशनल एक्टिभिटी भएको थियो, उसले भन्यो, ‘भिजेको लुगा शरीरमा टाँसिएको थियो, ऊ मेरो छेउमा आएर सुती, अनि मैले गरेँ ।’
गुँदेल गाविस सोलुखुम्बुको यस्तो दुर्गम र गरिब गाविस हो जहाँबाट सदरमुकाम पुग्न झण्डै ४ दिन लाग्छ । त्यहाँ पुग्ने सामान ‘डँढाल्नो यातायात’ सेवाबाट जाने हो । त्यो स्थान प्राकृतिक रुपमा दुर्गम भएपनि चाउचाउ बिस्कुटका खोलले शहरजस्तै फोहर भएको छ ।
मेरो अर्को एउटा प्रश्नमा उसले भन्यो, ‘हामी सबै आमा बा नजिकै सुत्ने हो, उनीहरु पनि त्यसै गर्छन्, मलाई थाह छ ।’
मैले जिल्ला न्यायाधिवक्तालाई सोधेँ, अव यस वालकलाई के सजाय हुन्छ ? उनले भने, ‘त्यो अदालतले निर्णय गर्छ । तर, प्रमाण पुग्यो भने ठूलालाई हुने आधा सजाय हुन सक्छ ।’ प्रमाण त ऊ आफै सही कुरा बोलिरहेको थियो, यहाँभन्दा अरु के नै प्रमाण चाहियो र ? कठैबरा ! यो बालक त यत्रो बर्ष जेलमा बस्दा झन् कठोर बलात्कारी भएर पो निस्केला । उनले भन, ‘कानुनमा लेखेको कुरा त पालना गर्न पर्ला नि सर । मेरो पनि त ब्यक्तिगत सहानुभूति त तपाईँको जस्तै त हो नि ।’ त्यो वालक मलीन अनुहार पारेर मलाई हेरिरहेको थियो । शायद केही सहानुभूतिको आग्रह गरिरहेको थियो मसँग ।
‘बलात्कारीलाई फाँसी दे’ आवाज बजारको माथिल्लो कुनामा गुन्जिरहेको थिायो । त्यतिबेर त्यो बलात्कारी वालक बज्रासनमा घुँडा मारेर केही सोचिरहेको थियो । शायद ऊ थोरै काँपिरहेको पनि थियो । उसको आँखा रातो थियो, ओसिला थिए, ओँठ कलेटी परेको थिया, गालामा एककिसिमको त्रास र गल्तीको प्रायश्चित्तको आभाष देखिन्थ्यो । उसले लगाएको माथिल्लो लुगा मैलो लागेर लुगाको रंग नचिनिने भएको थियो । पाइन्टको पेटी अड्याउने भागमा महिलाको साडी च्यातेर बनाइएको इँजारले बाँधेको थियो, विचरा सदरमुकामको माइनस दश डिग्री जाडोमा त्यसले कसरी रात बितायो होला ?
किन हुन्छ बलात्कार ?
यतिबेर गम्भीर बहसको विषय बनेको छ बलात्कार । यसमा गम्भीर बहस र अनुसन्धानको खाँचो छ । के कारण त्यो १४ बर्षे बालक बलात्कारी भयो ? अब के उसलाई फाँसीको सजाय नै उचित हो त ? हाम्रोमा दैनिक हुने बलात्कारका घटना रोक्न कडा कानूनको आवश्यकता त छ तर यसका साथै जनचेतना, शिक्षा र सामाजिक सँस्कारका कुरालाई टाढै राखेर यसो गर्दा सही प्रतिफल आउला त ?
बलात्कार यौनसँग सम्बन्धित छ । यौन सन्तानोत्पादनसँग सम्बन्धित छ । शास्त्रले भन्छ पितृ ऋण चुकाउनका लागि भए पनि सन्तानोत्पादन आवश्यक छ । महिला र पुरुषका वीचमा हुने स्वभाविक आकर्षणका कारण सन्तानोत्पादनको चक्र चलिरहेको छ । तर, यतिबेर यही यौन क्रिडालाई गलत रुपमा प्रयोग गरी समाजलाई अस्तब्यस्त बनाइदिएको छ । हामी चाहन्छौँ यो गलत क्रियाकलापलाई सधैँका निमित्त निमिट्यान्न पार्न आवश्यक छ र त्यसकालागि मृत्युदण्डसम्मको कडा कानुनको चाहिएको हो ।
यस सन्दर्भमा हामीले विश्लेषण गर्ने कुराहरु बालकको बयानबाट नै स्पष्ट छ, उसको उमेर, उसले पाएका सामाग्री, पारिवारिक वातावरणलाई हामीले कहिल्यै भूल्न हुँदैन । यो त गाउँले बलात्कारको कुरा भयो, अब शहरका सन्दर्भमा पनि विश्लेषण गर्न सकिन्छ । शहरमा पनि बलात्कार गराउने धेरै कारण हुन सक्छन् । हामी आफ्ना उत्ताउला छोराछोरीलाई आजभोलि उचित संस्कार सिकाउनका सट्टा अधिकारको माग गरेर सडकमा नारा लगाउन सहज देख्छौँ । हामी ब्यक्ति केन्द्रित भएर मान्छेका अधिकारका कुरामा धेरै बहस गर्छौँ, तर गरिबी, मनोविज्ञान र भावनात्मक पक्षमा कहिल्यै बहस गर्दैनौ ।
हाम्रो शहरमा यति अनैतिक खुलापन छ कि हामीले देखेर नदेखेजस्तो गरेर हिँड्नुपर्ने अवस्था छ । इन्टरनेट खोलिसक्दा भाइरसको रुपमा भएपनि पोर्नजन्य सामग्रीहरु देखा पर्छन् । यौन शिक्षाका नाममा पत्रपत्रिका र टेलिभिजनले आपत्तिजनक तस्वीरहरु पस्किरहेका छन् । सरकारले पनि कतिसम्म यस्तो खुलापन राख्ने भनेर नीतिगत रुपमा अडान लिन सकिरहेको छैन । कानूनी रुपमा बन्देज भएपनि शहरमा खुलेका डान्सबारहरुमा देखाइने चर्तिकला समय समयमा अखवार र टेलिभिजनका समाचारका स्रोत बनेका छन् । एडल्ट सर्टिफिकेट दिएर चलाइएका चपली हाइट, एटिएम जस्ता चलचित्रले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव नै बढी पारेको स्पष्ट छ ।
सार्वजनिक जीवनलाई असर पार्ने भडि्कला मानिसका जीवनपद्धतिले पनि नजानिदो रुपमा गलत सँस्कारको विकास गराउँदैछ । सार्वजनिक यातायातमा हिड्ने केही युवायुवती र कलेजका विद्यार्थीसमेतका अवस्था हेर्दा कतिपय स्थानमा लाज लाग्ने अवस्था छ । कतिपय कलेजबाट फर्किरहेका युवायुवतीका भित्री कपडा सार्वजनिक यातायातमा नै स्पष्ट देखिरहेको हुन्छ । यस्तो लाग्छ यो उनीहरुको अधिकार हो जुन समाजमा प्रदर्शन भइरहेको छ । आजभोलि का प्रवेशिका उत्तीर्ण युवायुवतीको कलेज छनौटको आधार नै उनीहरुले लगाउने ड्रेसको छोटोपना हो । विकसित र सबै सुसँस्कृत देशका नागरिकका लागि यो सही होला तर हाम्रो जस्तो देशमा यो पाच्य हुँदैन र यो पनि समाजमा हुने खराव चरित्रका कारण बन्न सक्छन् । हामीले बुझ्न जरुरी छ, विर्को हो भन्दैमा कोकाकोलाको बोत्तलको विर्को हर्लिक्सको बोत्तलमा लगाउन सकिन्न । हामीले पनि हामी सुहाउँदो र हाम्रो समाजको ‘लेभेल अफ थिँकिङ’ अनुरुपको ब्यवहार गर्न सिक्नु पर्छ । यही यथार्थ भूलेर हामी अविभावकहरु पनि आधुनिकता र अधिकारका नाममा यो छाडापनलाई गर्वले स्वीकार गरिरहेका छौँ । हामीहरुले पनि बुझ्नुपर्ने बेला भएको छ, विश्वामित्र जस्ता सबै इन्दि्रयलाई बसमा राखेर ध्यान गर्नसक्ने प्रतापी सन्त ऋषिको समेत समेत ध्यान भङ्ग गर्न अप्सरा मेनकाको नग्न शरिर सफल भएको थियो । त्यही घटनाको परिणाम स्वरुप हस्तिनापूरकी महारानी शकुन्तला जन्मिएकी थिइन् । (महाभारत) । कि त यस्ता कुरालाई ऋषि र मेनकाले जस्तो स्वीकार गर्न सक्नु पर्छ । हाम्रो समाजमा आधुनिकताका नाममा जति पश्चिमी आडम्बर र छाल पसेको छ त्यति नै मानवीयता, नैतिकता र आफ्नोपना गुम्दै गएको छ ।
हामी यतिबेर खुलापनको कदर गर्दै आफ्नो सन्तानलाई सार्वजनिक स्थलमा नाँगै हिँडाइरहेका छौँ र घटना घटेपछि प्रश्न गर्छौ मेरो छोरी बलात्कृत हुँदा सरकार के हेरेर बसेको थियो । हामीले यतिबेर भूलिरहेका हुन्छौ कि त्यस घटना प्रति मेरो चाहीँ कुनै जिम्मेवारी छैन । मेरो घरको असल सँस्कार सरकारले बनाइदिनु पर्ने हो । हामीलाई थाह छ जसको घर सुसँस्कृत र सभ्य छ त्यसको घरमा न त महिला हिँसा हुन्छ न त त्यस घरका केटाकेटी खराब आचरणमा लाग्छन् । अव हामीले आफ्नो घरबाट सुधार थाल्न आवश्यक छ । सरकारलाई इन्टरनेटको छाडापन विरुद्ध सही कानुन बनाउन, गरिबी निवारण गर्न तर्फ दवाव दिनु पर्छ अनि मात्र यस्ता घटना समाजमा देखापरे भने तीनिहरुलाई प्रमाणको आधारमा हदैसम्मको सजाय हुने कानुन बनाउन सरकारलाई दवाव दिनुपर्छ चाहे त्यो मृत्युदण्ड नै किन नहोस । खुलापन र छाडापनको पराकाष्टालाई आधुनिकताको रुपमा स्वीकार गरेर रामराज्यको कल्पना गर्न सकिन्न । राज्य हरेकको घरभित्र पस्न सक्दैन । राज्यले सहीकामको सहजीकरण र गलत कार्यको निर्मूल गर्ने कार्य गर्नुपर्छ र सो कामका लागि सरकार चुक्यो भने नागरिकले त्यसको खवरदारी गर्न आवश्यक हुन्छ ।
महिलाको नाँगो शरिर देखेर पुरुष उत्तेजित हुन्छ भन्ने यथार्थतालाई लुकाएर अधिकारको नारा दिँदैमा यो दुर्घटना रोकिन्छ भन्ने सोच राख्न सकिन्न । खुलेआम चलेका यौनक्रिडास्थललाई ब्यवस्थित गर्न नसक्दा यस्ता घटना समाजमा रहिरहन्छन् । पानीको मुहान नथुनी त्यसको बेगलाई केही रोक्न त सकिएला तर त्यसले कुनैदिन सम्पूर्ण सँरचना नै भत्काउन सक्ने कुरालाई पनि बिर्सन हुँदैन । हाम्रो समाजमा महिला र यौनका सन्दर्भमा पत्रकार अश्विनी कोइरालाको ‘उनी’ र सलिना थापाको ‘पर्दाफास’ नामक दुई पुस्तक मात्र पढेपनि हाम्रो सामाजिक मनोविज्ञान र अवस्था स्पष्ट हुन्छ ।
शहरमा बसेर अधिकारको वकालत गरिरहने हामी सबैलाई मेरो विनम्र अनुरोध छ, हामीले त्यस वालकलाई फाँसीको तक्तामा चढाउन भन्दा त्यसलाई लगेर गुप्ताङ्ग छोपिने लुगा दिउँ, उसको घरमा आमाबुबा र छोराछोरी सुत्ने कोठा फरक पारौँ, राम्रो विद्यालयमा नैतिक शिक्षा समेत पढाउँ र नैतिकवान ब्यक्ति बनाएर गुदेल फिर्ता गरौँ, जवकि उसले अव दश वर्ष जेल बसेर पाएको ग्लानी भन्दा हजार गुना बढी ज्ञान बाँड्न सकोस । हामीले त्यो बलात्कारी बालकलाई फाँसी दियौँ भने महाभारतका पाण्डुले यथार्थ कुरा नबुझि संभोगग्रस्त अवस्थामा रहेका किन्दम ऋषिलाई शब्दभेदी बाणको प्रयोग गरी गरेको हत्याको श्रापले हस्तिनापूरको राजनीतिमा परेको प्रभाव झैँ सधै हाम्रो समाजले पीडा खपिरहन नपर्ला भन्न सकिन्न ।
(लेखक सोलुखुम्बूका जिल्ला निर्वाचन अधिकृत हुनुहुन्छ)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment