प्रेमी प्रयोग गरेर श्रीमतीले गरिन श्रिमानको हत्या




२५ पुस,काठमाडौ । काठमाडौमा श्रीमतीले नै
प्रेमीको सहयोगमा आफ्नै
श्रीमानको हत्या गराएकी छिन्।
संखुवासभा मकालु घर भएर ट्रेकिङ
व्यवसाय गर्दै आएका फुदोर्चि शेर्पालाई
श्रीमती याङजी शेर्पाले
हत्या गराएको प्रहरीले बताएको छ।
याङजी शेर्पा र उनका प्रेमीले पासङ
शेर्पाले नीरकुमार कार्की र अर्का एक
टे्रकिङ व्यवसायी फुर्तेन्जी शेर्पालाई
पैसा दिएर
फुदोर्चिको हत्या गराएको प्रहरीले
बताएको छ।
फुदोर्चिको फलाम काट्ने ह्याक्सोले
विभत्स
हत्या गरिएको अवस्था भेटिएको थियो।
मृतक फुदोर्चि र याङजीले २०५८
सालमा प्रेमविवाह गरेका थिए । तर २
वर्षअघि पासाङसँग प्रेम सम्बन्ध सुरु
भएको प्रहरीले जनाएको छ ।
पासाङसंग प्रेम बढ्दै
गएपछि श्रीमानको हत्या गर्ने
प्रेमीको सहयोग लिएको याङजीले
स्विकार गेरेकी छीन्।
हाल हत्यामा संगल्न चारै जनालाई
प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
राति उनीहरूले झुन्ड्याएर मार्ने
योजना बनाएको भएपनि मृतक
कराएपछि ह्याक्सोले किलकिले रेटेर
हत्यागरिएको थियो। नीरकुमारले
खुट्टा र फुर्तेन्जिले
घाँटी समातेपछि पासाङले रेटेर
हत्या गरेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment