पार्टीमा वेश्या बोलाउँने राजदूतको जागिर चट


hondurasबोगोटा, पुस २२, होन्डुरस सरकारले कोलम्बियामा तैनाथ आफ्ना राजदूतलाइ क्रिसमस पार्टीमा वेश्याहरूलाइ बोलाएको मामलामा बर्खास्त गरेको छ ।  आधिकारिक सूत्रहरूले जनाए अनुसार यो पार्टी बोगोटा स्थित दूतावासमा आयोजना गरिएको थियो । ती वेश्याहरूलाइ ल्याउनका लागी दूतावासको सरकारी गाडीको प्रयोग गरिएको थियो । उनीहरूले दुतावासबाट ल्यापटप र मोबाइल फोन पनि चोरेर लगेका थिए । 

यस मामलालाइ गम्भीरताका साथ हेर्दै राजदूत कारलोस रोड्रिगजलाइ आफ्नो पदबाट राजिनामा दिन निर्देशन दिइएको छ ।
होन्डुरस सरकारले यस मामलालाइ उच्च स्तरीय जांचका लागी एक कमिटी गठन समेत गरेको छ । उता कोलम्बिया प्रहरी भने ती दुइ बेश्याहरूको खोजी गरिरहेको छ । यो पार्टी राजदूतका एक नजिकका अधिकारीले आयोजना गरेको बताइएको छ ।

No comments:

Post a Comment