कोसी ब्यारेजमा खतराको संकेतका रुपमा रातो झण्डा राखियो

इटहरी, २६ असार । अबिरल वर्षाका कारण सप्तकोसी नदीको कोसी ब्यारेजमा खतराको सूचक रातो झण्डा गाडिएको छ । एकलाख ५० हजार क्यूसेक प्रतिसेकेन्ड पानी कोसीमा बग्न थालेपछि रातो झण्डा राख्ने गरिन्छ । हिजो दिउँसोदेखि नै कोसीमा पानीको बहाव बढ्ने÷घट्ने क्रम जारी छ । हिजो साँझ कोसीमा २ लाख ७३ हजार ६ सय क्यूसेक प्रतिसेकेन्ड पानी बगेको थियो  ।
आज  मध्याह्न २ लाख ४३  हजार ९१० क्यूसेक प्रतिसेकेन्डको दरले  पानीको बहाव भइरहेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटा ढोकामध्ये ३७ बटा खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोसीमा पानीको बहाव बढेसँगै कोसीको पश्चिमी क्षेत्रमा रहेको श्रीलङ्का टापूतर्फ कटान सुरु भएको छ । श्रीलङ्का टापू कोसीको भङ्गालोको बीचमा पर्छ ।
कोसीले कटान थालेपछि सो क्षेत्रका सर्वसाधारण आतङ्िकत भएका स्थानीयवासी बाबुराम कार्कीले जानकारी दिनुभयो ।
यो वर्ष कोशी नदीको पानीलाई पश्चिमतर्पm फर्काइएकाले सो क्षेत्रमा कटान भएको हो । पूर्वी तटबन्धतर्फको धरहरा टपन भन्ने ठाउँमा रहेको स्पर नम्बर २३–५२ देखि २३–७८ को बीचमा पानीको धार ठोकिरहेको छ । पानीको धारले पानीको बेग रोक्न लगाइएको प्रोकोपाइनहरु समेत बगाएर लगेको छ । वर्षाका कारण सुनसरीको सोनापुर–३ मा टेग्रा खोलामा आएको बाढी गाउँ पसेको छ । खोला गाउँ पस्दा सोनापुर रनिगाउँका २ सय घर उच्चजोखिममा परेका छन् ।
दुई दिनदेखि खोला गाउँ पस्दा पनि रोकथामका लागि प्रशासनले वास्ता नगरेको स्थानीयवासीले गुनासो गरेका छन् । औद्योगिक करिडोरका उद्योगहरुमा टेग्रा खोलाको बाढी पसेको छ । बाढीका कारण अरिहन्त मल्टिफाइबर्स लिमिटेड, प्रगति टेक्सटायललगायतका उद्योगको कामसमेत प्रभावित भएको छ ।
यस्तै सुनसरी खोलाको बाढीले  नरसिंह गाविसको १, २, ३, ४, ५, ७ र ६ डुबानमा पर्दा सयौँ स्थानीयवासी विचल्लीमा परेका छन् । नरसिंह गाविस ३ का ४०, २ का ५४ र ६ का ४३ घर डुबानमा परेको पीडितहरुले बताएका छन् । डुबानका कारण विस्थापित भई सुनसरी खोलाको बाँधमा त्रिपाल टाँगेर बस्न बाध्य भएको  स्थानीयवासी जगदीश यादवले जानकारी दिनुभयो ।
सुनसरीको दुहवी बजार क्षेत्रमा २ फिटसम्म पानी जमेको छ । दुहवी–१ को मुसहर बस्तीमा १५ परिवार विस्थापित भई स्थानीय मदन आश्रित विद्यालयमा आन्तरिक शरणार्थी भई बसेको स्थानीयवासी आषिश यादवले जानकारी दिनुभयो ।
सुनसरीको वक्लौरी–३ स्थित मुसहर बस्तीमा पसेको पानीले १ सय घर डुबानमा पारेको स्थानीय विजय चौधरीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment