भ्रष्टाचारको आरोपमा चीनमा पूर्व रेलमन्त्रीलाई मृत्युदण्डको सजाय




असार २४ – चीनका पूर्व रेलमन्त्री लिउ झिजुनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
पूर्व रेलमन्त्री लिउले भ्रष्टाचार गरेको तथा पद र शक्तिको दुरुपयोग गरेको भन्दै चिनियाँ अदालतले मृत्युदण्डको सजाय सुनाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
आफ्नो २५ वर्षे कार्यकालमा रेलमन्त्री लिउमाथि १ करोड डलर भ्रष्टाचार गरेको आरोप छ । सि जिनपिङ राष्ट्रपति बनेपछि उच्च अधिकारमाथि भ्रष्टाचारको परिक्षण भएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चीन सरकारले मृत्युदण्डको सजाय सुनाएकालाई आजिवन काराबास दिने तयारी थालेको छ ।

No comments:

Post a Comment