अमेरिकी कंग्रेसमा 'नेपाल प्रस्ताव' दर्ता

न्युयोर्क, श्रावण १६ - अमेरिकी कंग्रेसको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टिभ्स’ मा नेपाल प्रस्ताव दर्ता गरिएको छ । संभवत अमेरिकी कंग्रेसको इतिहासमा नेपाल सम्बन्धी प्रस्ताव दर्ता भएको यो पहिलो घटना हो ।
LARSON
नेपालप्रति सरोकार राख्ने सात जना अमेरिकी कंग्रेसम्यानहरुले मंगलबार प्रस्ताव दर्ता गर्दै नेपालमा अबिलम्ब निर्वाचन मार्फत सरकारको गठनको पहल गर्न अमेरिकी कंग्रेसमा छलफलको माग गरेका छन् । प्रस्तावबारे आगामी साता 'हाउस अफ रिप्रिजेन्टिभ्स’ को विदेश नीति सम्बन्धी समितिमा छलफल हुनेछ ।  
वासिङटन राज्यका डेमोक्रयाट् कंग्रेसम्यान रिक लार्सनको नेतृत्वमा दर्ता गरिएको सो नेपाल प्रस्तावमा एक रिपब्लिकन पार्टी पक्षधर कंग्रेसम्यान फ्लोरिडाका एनडर क्रेन्साको समेतको सर्मथन । क्रेन्सासहित कोलोराडोका जेरेड पोलिस, क्यालिफोर्नियाका अमी बेरा लगायत वासिङ्टन राज्यका विधायकहरु डेनिस हेक, सुजान डेलबेने र डेरेक किलमेरले लार्सनको नेतृत्वमा दर्ता गरेको प्रस्तावमा समर्थन गरेका छन् ।
फ्लोरिडाका क्रेन्सा र कोलोराडोका पोलिस, अमेरिकी कंग्रेसमा नेपाल सरोकार समुहका संयोजकद्वय हुन् । गत बर्षको निर्वाचनमा वासिङटन राज्यबाट कंग्रेसम्यान पदमा उम्मेद्‍वार दिएका नेपाली मुलको दर्शन रौनियारले विशेष पहलपछि सो प्रस्ताव दर्ता गरिएको हो । विगत केहि महिनादेखि रौनियार यस बिषयमा सक्रिय थिए ।
नेपालप्रति विशेष चासो र अध्ययन गरिरहेका वासिङटन राज्यका विधायक लार्सनको नेतृत्वमा दर्ता गरिएको तीन पेजको प्रस्तावमा नेपालको स्वतन्त्र निर्वाचनको अपरिहार्यतमा जोड दिँदै निर्वाचनमा बृहत सहभागिताका लागि अमेरिकी सरकार लगायत अन्तर्राष्ट्रिय समुदायले सहयोग र सदभाव गर्नुपर्ने उल्लेख छ । त्यसैगरि, नेपाली जनताहरुको स्वाभिमान एवम राष्ट्र निमार्णमा उनीहरुकै सहभागितालाई महत्त्व दिनुपर्ने उल्लेख गर्दै नेपालमा शान्ति स्थापना एवम जनताको हक अधिकारको प्रत्याभूतिका लागि निर्वाचन मार्फत सरकार गठनलाई प्रमुख प्राथकिता दिईएको छ ।
प्रस्तावमा नेपालको अखण्डता, स्वाभिमान र राष्ट्रिय सुरक्षा प्रति अमेरिकी सर्मथन उल्लेख गरिएको छ । 


No comments:

Post a Comment