एमआरपी बनाउने नेपाली १० लाख पुगे, ३० लाखसँग हस्तलिखित


२३ असार, काठमाण्डौं । राहदानीमा नयाँ व्यवस्था लागू भएपछि मेसिन रिडेबल राहदानी (एमआरपी) लिनेको संख्या १० लाख पुगेको छ । त्यस्तै हस्तलिखित राहदानी लिनेको संख्या ३० लाख पुगेको छ । नयाँ व्यवस्थाअनुसार हस्तलिखित राहदानी ३० महिनाभित्र विस्थापित हुनुपर्नेछ । तीन बर्षअघिदेखि सरकारले एमआरपी दिँदै आएको छ ।

राहदानी विभागले पछिल्लो समयमा सार्वजनिक बिदाबाहेक दैनिक दुईहजार पाँचसय एमआरपी जारी गर्दै आएको छ । सुरुका दिनमा दैनिक पाँच सय एमआरपी जारी गरिएको थियो ।

राहदानी बनाएर सबै जिल्ला, विदेशस्थित नेपाली नियोगमा पठाउने र दोब्बर राजस्व दिएर विभागमा नै द्रुत सेवाअन्र्तगत सेवाग्राहीलाई उपलब्ध गराउने कार्य विभागबाट भइरहेको छ । थोरै जनसंख्या भएको अति कम विकसित मुलुकका नागरिकले यति धेरै राहदानी लिनुलाई परराष्ट्र अधिकारीहरुले नेपालीको चेतनास्तरको वृद्धिसँग दाँजेको अन्नपूर्ण पोष्टमा खबर छ । उनीहरुका अनुसार नेपालीको हकमा सचेतनासँगै वैदेशिक रोजगारीको बाध्यताले पनि राहदानी बनाउनेक्रम बढेको हो ।

No comments:

Post a Comment