वृद्धाश्रमहरुमा सेक्स





सेक्ससँग सम्बन्धित सबै चर्चा सामान्यतः युवा वर्गसँग जोडेर मात्र हेरिने गर्दछ । तर, एउटा नयाँ रिपोर्टले पाका नागरिकको सेक्स अधिकारको विषयमा प्रश्न उठाएको छ ।
अस्ट्रेलियन सेन्टर फर एविडेन्स बेस्ट एज केयर नामक संस्थाले यो नयाँ रिपोर्ट जारी गरेको हो । रिपोर्टमा पाका नागरिकहरुका लागि बनेका वृद्धाश्रम वा हेरचाह केन्द्रमा रहनेहरुलाई यौन अधिकारबाट बञ्चित गर्ने गरिएको उल्लेख छ ।
रिपोर्टका अनुसार ढल्कँदो उमेर र सुरक्षा चिन्ताका कारण यस्ता संस्थाहरुमा पाका नागरिकहरुलाई यौन आनन्द लिन दिइँदैन । रिपोर्टमा भनिएको छ–सेक्स एउटा सामान्य चिज हो र ढल्कँदो उमरमा स्वस्थ रहने जुन क्रिया हुन्छ त्यसमा सेक्स पनि पर्दछ ।
वृद्धाश्रम वा हेरचाह केन्द्रमा रहेका कर्मचारीमा आशंका रहन्छ कि यस्ता व्यक्तिहरुलाई यौन सम्बन्ध कायम गर्न दिनु कानुन हो वा जोखिमयुक्त त होइन ? यसकारण कर्मचारीहरु बुढाबुढीहरुलाई शारीरिक रुपमा निकटता बढाउन दिँदैनन् ।
रिपोर्टमा केही विरामीलाई कुनै पनि प्रकारको हानिकारक स्थितिबाट टाढा राख्नु उचि भए पनि पाका नागरिकहरुलाई सेक्सको विषयमा स्वयम् निर्णय लिन दिनु जरुरी रहेको उल्लेख गरिएको छ ।
रिपोर्टमा विरामीलाई यौनका विषयमा आफ्नो इच्छा व्यक्त गर्ने अवसर नदिएर एक प्रकारबाट उनीहरुको स्वायत्तताको घाँटी रेटिनु हो भन्दै यो उनीहरुको हेरचाहमा बसेका कर्मचारीको विफलता हो भनिएको छ ।
रिपोर्ट प्रकाशित गर्नेहरुकाअनुसार वृद्धवृद्धाका लागि बनेका हेरचाह केन्द्र वा वृद्धाश्रमले औपचारिक नीति लागु गर्ने विषयमा सोच्नु आवश्यक छ वा यो विषयको सामना गर्न प्रशिक्षित कर्मचारी राख्नु जरुरी छ ।

No comments:

Post a Comment