छचल्कियो महिमाको जवानी





पछिल्लो समय चलचित्रमा आईटम गीतको माग वढ्दै गएको छ । खासगरी, नयाँ अनुहारले आईटम गीतमा खुलेरै अंग प्रदर्शन गर्ने भएकोले पुरानालाई भन्दा नयाँलाई बढी ठाउँ दिएको पाइन्छ ।
रमेश पोखरेलको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘एक से एक’मा पनि एउटा आईटम गीत समावेश गरिएको छ । सल सल पानी वोलको गीतमा नव कलाकार महिमा सिलवालले नृत्य गरेकी छिन् ।
महिमाले आफ्नो जवानीलाई वियरको नशामा सक्दो छचल्काएकी छिन् । असोज महिनामा नेपालमा र भदौमा युरोप र अष्ट्रेलियामा रिलीजमा आउने तयारीमा रहेको चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका हुन् । शिव शर्माको नृत्य रहेको यो आईटम गितलाई राजन उप्रेतीले लेखेका हुन् । गीतको छायांकन ठमेलको एक डान्स वारमा गरीएको हो ।
यसराज थापा र यम ओलीको निर्माण रहेको चलचित्र ‘एक से एक’मा धिरेन थापा, सिमरन पोखरेल, रमेश थापा, दिवेश भण्डारी, विराज वस्नेत, रचित अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

No comments:

Post a Comment