छोटो लुगा लगाएको भन्दै सलमानले कुटे कटरिनालाई




बलिउडका नम्बर १ अभिनेता सलमान खानमाथि आफ्नी पूर्वप्रेमिका कटरिना कैफलाई कुटेको आरोप लागेको छ । पछिल्लो फिल्म एक था टाइगरको शुटिङका क्रममा कटरिनाले छोटा कपडा लगाएको भन्दै सलमान रिसले चुर भएर कटरिनालाई गाली गलौज गर्नुका साथै लट्ठीले कुटेका छन् ।
घटना केही समय अगाडिको भएपनि हालैमात्र एक म्यागेजिनले यो खुलासा गरेको हो । समाचार अनुसार शुटिङका दौरान कटरिना निकै छोटो पहिरनमा देखिएपछि सलमान खानलाई रिस उठेको हो । हुनपनि कटरिनाले निकै छोटो कपडा लगाएका कारण उनको सरीरको अघिकांस हिस्सा देखिन पुगेको थियो ।
सलमानमा रिसको पारो यति चढ्यो कि उनले कटरिनालाई तथानाम गाली गलौज गरे र हातमा रहेको लठ्ठीले एक पटक पिटे पनि । सलमानको त्यो हरकत देखेर शुटिङ युनिटमा रहेका मान्छेका हात खुट्टा डरले फूलेका थिए । म्यागेजिनमा छापिएको समाचार अनुसार, सलमानले आफुलाई कुटेपछि कटरिनाले तत्कालै त्यहाँ रहेकी अर्की अभिनेत्री करीना कपूरसँग गुनासो गरिन् । त्यसपछि करीना झ्वाट्टै सलमान सँग पुगेर उनलाई शान्त पारिन् र थप घटना हुनबाट रोकिन् ।
सलमानले कटरिनालाई कुटपिट गरेको खबरको कटरिनाका निकटवर्तीहरुले भने खण्डन गरेका छन् । उनीहरुले यो समाचार असत्य रहेको भन्दै फिल्म शूटिङका दौरान सलमानले कटरिनालाई निकै माया तथा ख्याल गरेको दाबी गरेका छन् ।
स्मरण रहोस् फिल्म युवराजको शुटिङका बेला पनि सलमानले कटरिनामाथि हात उठाएका थिए 

No comments:

Post a Comment