नांगो तस्वीर देखाउन किशोरकिशोरी लालायित




पछिल्लोपटक गरिएको एक अध्ययनले झण्डै ३० प्रतिशत किशोर किशोरीहरुमा आफ्नो नांगो तस्वीर अरुलाई देखाउने रहर भएको देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले सयमा २८ जना किशोरकिशोरीले कुनै न कुनै प्रकारले आफ्नो नांगो तस्वीर अरुलाई पठाउने गरेका हुन्छन् ।
अमेरिकाको टेक्सासमा १४ देखि १९ वर्षका झण्डै १ हजार किशोरकिशोरीमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा झण्डै २८ प्रतिशतले आफुले आफ्नो नांगो तस्वीर साथी वा अरु कुनै व्यक्तिलाई इन्टरनेट मार्फत पठाएको स्विकार गरे ।
किशोर किशोरीहरुमा आफ्नो नांगो फोटो अरुलाई देखाउने र अरुको नांगो तस्वीर हेर्ने रहर बढेको हुुन्छ । र यस्तो रहरका कारण किशोरकिशोरीहरु यौन क्रियाकलाप प्रति बढि आकषिर्त हुने गर्छन् । यस्तो बानीव्यहोरा बढ्दै जाँदा खासगरी किशोरीहरुमा यौनक्रियाको गर्नुअघि लागुऔषध वा मद्यमान गर्ने तथा एक भन्दा बढि पार्टनरसँग सेक्स गर्ने लत बढ्दै जाने शोधकर्ताहरु बताउँछन् ।

No comments:

Post a Comment