तपाइले दुइपाते जिब्रो भएकी महिला देख्नु भएको छ ?

यो दुनिया पनि विचित्रकै छ भन्या । मान्छे इश्वरको सबैभन्दा सुन्दर रचना भनिन्छ ।

तर मान्छे मै सबैभन्दा धेरै विचित्रता पाइन्छ ।

यो दुनियाका कोही मान्छे यस्ता हुन्छन्, जो अरु भन्दा शारिरिक र मानसिक रुपले निकै भिन्न हुन्छन् ।

सामान्य मान्छेको तुलनामा त्यस्ता मान्छे विचित्रकै लाग्छन् ।

कतिपयको क्षमता तथा बनोट त पत्याउनै गाह्रो पर्ने खालको हुन्छ ।

हामीले यहाँ एउटी यस्ती युवतीको भिडियो प्रस्तुत गरेका छौँ जसका दुइवटा जिब्रा छन् ।

हुनत यी युवतीका जरैदेखि दुइ जिब्रा भने होइनन् ।

आधाआधी भागबाट जिब्रो दुइ भागमा बाँडिएर दुइवटा जिब्रा जस्तो देखिएको मात्रै हो ।

र झ्वाट्ट हेर्ने मान्छेलाई यिनका दुइवटै जिब्रो छन् जस्तो लाग्छ ।

उनले आफ्नो दुइपाते जिब्रोलाई विभिन्न आकार प्रकारमा ढाल्न सक्छिन् ।

हेर्दा उत्तिकै राम्री यी युवतीका दुइपातो जिब्रोको कला विचित्रकै छ ।

No comments:

Post a Comment